मनाङको चामेमा मर्स्याङदी नदीको वहाव रोकिँदा त्यस क्षेत्रमा जोखिम बढाएको छ। माथिबाट आएका घट्टे खोलाले मर्स्याङदीको वहावमा अवरोध सिर्जना गर्दा जोखिम बढाएको स्थानीय प्रशासनले बताएको छ।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुुसार मर्स्याङदीको वहावलाई अवरोध गर्नेगरि घट्टे खोलाले रुखका मुढा, ढुंगा मस्र्याङदीमा पुर्याएको छ। त्यसबाहेक गेग्रान पनि थुप्रिँदा पानीको सतह माथिसम्म आएको लामिछानेले बताए । उनका अनुसार चामेको पुलमाथिबाटै अहिले मस्र्याङदी बगिरहेको छ।
‘घट्टेखोलाले काठमा मुढा र ढुंगा बगाएर मस्र्याङदीमा मिसाउँदा वहाव नै रोकिएको हो। तर पूर्ण रुपमा मर्स्याङदी बग्नबाट रोकिएको भने होईन,’ उनले भने, ‘पानी सहजै बग्न नपाउँदा पुल नै नाघेको छ। यसले जोखिम भने बढाएको छ।’ रोकिएको ठाउँको पानीको वहाव घटाउनका लागि सुरक्षाकर्मी परिचालन गरेको भएपनि वर्षा भईरहेकोले समस्या भएको उनले बताए।
‘एक्कासी फुट्ने हो की भन्ने त्रास छ । पुल नै बगाउनले जोखिम पनि छ,’ उनले भने, ‘तत्काल वहाव खोल्ने अवस्था छैन। नदीमा पानीको वहाव घटेको खण्डमा बल्ल ढुंगामुढा हटाएर वहावलाई पहिलेकै अवस्थामा फर्काउनुपर्ने हुन्छ।’ अहिले सुरक्षाकर्मीले पुल क्षेत्रको रेखदेख गरिरहेको उनले बताए।
हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा ट्र्याक खोलिदै छ। सडक विस्तार भएको २० वर्षपछि विकट क्षेत्रको रुपमा रहेको नार्पाभूमिमा सडकको ट्र्याक खोल्न थालिएको हो।
प्रदेश सरकार र पालिकाले बजेट छुट्याएपछि नार्पाभूमिमा विष्फोटक पदार्थ प्रयोग गरी पहाड फोरेर सडकको ट्र्याक खोल्न सुरुआत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेले जानकारी दिए। सडक सञ्जालबाट वञ्चित सो पालिकामा चट्टान फुटाउन विष्फोटक पदार्थ प्रयोग गरिँदै छ।
जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भएपछि आजदेखि विष्फोटक पदार्थ प्रयोग गरी नार्पाभूमिको कोतो–च्याँखु सडक खण्डको ट्र्याक खोल्न थालिएको उनले बताए। विष्फोटक पदार्थ प्रयोग गर्ने समयमा पशुचौपाय नछोड्न र पैदलयात्रुलाई आवतजावत नगर्न अनुरोध गरिएको छ।
नार्पाभूमिमा सडक सञ्जालका लागि ट्र्याक खोल्न स्थानीय सरकार र प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ। केही भागमा ट्र्याक खोल्ने काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पाख्रिनले जानकारी दिए। ट्र्याक खोल्न गण्डकी प्रदेश सरकारले ५० लाख र गाउँपालिकाले ९० लाख विनियोजन गरेको छ। रासस
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।