नेपालगन्जमा तीव्र रुपले फैलिएको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दिनहुँ बढ्दो क्रममा छ। दोस्रो चरणमा देखा परेको कडा खालको भाईरसका कारण संक्रमितको छोटो समयमै मृत्यु हुने गरेको पाइएको छ। संक्रमितको छोटो समयमै मृत्यु हुने क्रम बढेपछि नेपालगन्जवासी थप त्रसित भइरहेका छन्।
भेरी अस्पतालमा उपचाररत सुर्खेत, गुर्भाकोट निवासी ३१ वर्षीय पुरुषको शुक्रबार बिहान बोल्दा बोल्दै एक्कासी मृत्यु भएको छ। एक हप्ताअघि मात्र भारतबाट फर्केका उनलाई श्वास फेर्न समस्या भएपछि चैत ३१ गते नेपालगन्ज मेडिकल कलेजमा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।
सोही दिन भेरी अस्पतालमा भर्ना भएका उनको शुक्रबार बिहान साढे ७ बजेतिर एक्कासी मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए। ‘मृतक युवकलाई पहिले कुनैपनि दिर्घरोग थिएन, उनलाई श्वास फेर्न समस्या भइरहेको थियो, बोल्दा बोल्दै एक्कासी मृत्यु भयो,’ उनले भने।
यस्तै स्थानीय सरस्वती माध्यमिक विद्यालयमा कार्यरत एक जना शिक्षिकाको शंकास्पद रुपले मृत्यु भएपछि नेपालगन्जका शिक्षक, विद्यार्थी तथा अभिभावक थप त्रसित भएका छन्। ‘एक हप्ताअघि सम्म उहाँको स्वास्थ्य अवस्था राम्रै थियो, एक्कासी ज्वरा आएपछि उहाँ मंगलबार नेपालगन्ज मेडिकल कलेजमा जानुभयो, त्यहाँ आइसियु खाली नभएपछि मेडिकल कलेजले भेरी अस्पतालमा पठायो, त्यसपछि भेरीमै उपचारका क्रममा मृत्यु भयो,’ नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बिरेन्द्र यादवले भने।
यादवका अनुसार मृतक शिक्षिकाको परिवारले बिहीबार नै धार्मिक बिधिपुर्वक अन्त्येष्टी गरिसकेका छन्। ‘म्याडमको मृत्यु भएपछि परिवारले तत्कालै अस्पतालबाट शव बुझेर लिइसकेका रहेछन्, स्वाब परीक्षण गर्नतिर कसैको ध्यान गएन छ,’ यादवले भने ‘तर मृत्यु हुनुमा कोरोनाकै शंका छ।’
नेपालगन्जमा तीव्र रुपले फैलिएको दोस्रो चरणको कोरोना संक्रमणको असरले यहाँ मानवीय क्षति हुने क्रम बढेको छ । कोरोना संक्रमणको असर यहाँका विद्यालयमा पनि देखिएको छ। तर पनि, विद्यालय तथा कलेजले निर्वाध रुपमा कक्षा सञ्चालन गरिरहेका छन्। नेपालगन्ज उपमहानगरपालिकाले आइतबारबाट लागु हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ।
बाँकेमा भुसको आगोजस्तै कोरोना भाइरस फैलिरहँदा पनि नेपालगन्ज बाहेकका अन्य स्थानीय तहले शैक्षिक संस्था बन्द गर्ने विषयमा कुनै निर्णय गरेका छैनन्। जसले गर्दा अभिभावकहरु निकै चिन्तित भएका छन्। नेपालगन्ज मेडिकल कलेजमा बिहीबार लिइएको ४५ जनाको स्वाब रिपोर्ट पनि सबै पोजेटिभ आएको फोकल पर्सन ओलीले जानकारी दिए। ‘अहिले त जति स्वाब परीक्षण गर्यो, त्यति नै पोजेटिभ आइरहेको छ, धेरै खतराको स्थिती छ,’ उनले भने।
गीतेन्द्रबाबु राईको समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ठगिएका ३२ जना पीडितले बाँके प्रहरीसमक्ष जाहेरी दिएका छन्।
उक्त सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीले ठगी गरेको भन्ने ठगीसम्बन्धी कसुर मुद्दा अनुसन्धानका लागि ती जाहेरी दरखास्त आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले उक्त संस्थामा जम्मा भएको बचतकर्ताको रकम ठगी गरेको भन्ने ठगीसम्बन्धी कसुर मुद्दा अनुसन्धानका लागि हालसम्म ३२ जनाको जाहेरी दरखास्त प्राप्त हुन आएको जानकारी दिए।
बाँके प्रहरीले सोबाहेक जाहेरी दरखास्त दिन छुटेका अन्य बचतकर्तालाई पनि उक्त संस्थामा रकम जम्मा गरेको प्रमाण कागजातसहित कार्यालयमा जाहेरी दरखास्त पेस गर्न अनुरोध गरेको छ। समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपालगन्जको सुर्खेतरोडमा कार्यालय खोलेर कारोबार गर्दै आएको थियो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।