घोराही उपमहानगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माग गरेबमोजिम ०७७ असार सम्मको कोरोना व्यवस्थापनमा भएको खर्च विवरण पठायो । क्वारेन्टिन निर्माण र क्वारेन्टिनमा प्रयोग हुने सामाग्री खरिद शिर्षकमा मात्रै यो उपमहानगरले २२ लाख ३४ हजार १ सय ३९ रुपैयाँ खर्च भएको विवरण मन्त्रालमा पेश गरेको छ । यसैगरि क्वारेन्टिनमा बसेकाहरुको खाना/खाजा खर्च समेत ब्यहोरेको जनाएको उपमहानगरले खाना र खाजामा ४ लाख ४२ हजार ४ सय ६ रुपैैयाँ खर्च भएको विवरण मन्त्रालयमा पेश गर्यो । उपमहानगरले यो अबधि सम्म २ हजार ३ सय ११ जना क्वारेन्टिनमा बसेको संख्या उल्लेख गरेको छ ।
क्वारेन्टिन निर्माण र क्वारेन्टिनमा प्रयोग हुने सामाग्री खरिद गरेको उल्लेख गरेको उपमहानगरले भवन निर्माण गरेको वा पाल खरिद गरेको उल्लेख गरेको छ । यसैगरि झुल , तन्ना , खाट ईलेक्ट्रिक सामान र बिछ्यौना खरिद गरेको उसको प्रतिवेदनमा उल्लेख छ । यसैगरि क्वारेन्टिनमा बसेकाहरुलाई टुथपेष्ट, ब्रस, तौलिया चप्पल ईत्यादी खरिद गरेको जनाएको छ । उपमहानगरले तयार पारेको प्रतिवेदन अनुसार यसको कुल लागत २२ लाख ३४ हजार १ सय ३९ रुपैयाँ छ ।
वडा तहमा क्वारेन्टिनको ब्यवस्थापन गरेका वडा कार्यालयहरुले क्वारेन्टिन ब्यवस्थापनमा भएको लागतलाई हेर्ने हो भने उपमहानगरले खरिदै नभएको सामान समेत खरिद गरेको देखाएर लाखौँ रकमको गलत बिबरण संघीय सरकारलाई पठाएको पुष्टि हुन्छ । अँझ खाना खर्च वापत लागेको खर्च साढे चार लाख रुपैयाँ त झनै झूठ सावित छ । 
घोराही उपमहानगरपालिका वडा नम्बर ३ मा ५ वटा क्वारेन्टिनहरु सञ्चालन भए । यि पाँचै वटा क्वारेन्टिनमा बसेकाहरुको खाना उनिहरुकै परिवारले खुवाए । यो वडाका अध्यक्ष माधव चौधरीले भने ‘उपमहानगरपालिकाले वडामा खाना खाजा वापत केहि पठाएको हैन ।’ वडाले स्थानीयहरु संग चन्दा माग गरेर केहि दिन खानाका लागि मेस चलाएको चौधरीले बताए । ‘हामीहरुले केहि क्वारेन्टिनमा स्थानीयहरु संग माना चामल सहयोग मागेर मेस चलाएका पनि हौँ,’ उनले भने ‘तर अधिकांशका आफन्तहरुले नै खाना र खाजाको व्यवस्थापन गरिदिनु भएको हो ।’
यसैगरि उपमहानगरपालिकाले उल्लेख गरेको टुथपेष्ट,तौलिया, चप्पल , सुत्नका लागि खाट यो वडामा खरिद भएकै हैन । ‘हामीहरुले हात धुने साबुन भने किनिदिएका हौँ, त्यो पनि यो रकम वडाकै हो,’ उनले भने ‘चप्पल, तौलिया, खाट,टुथपेष्ट ब्रस केहि पनि किनिएको हैन ।’ उनका अनुसार उपमहानगरपालिकाले यो वडालाई प्रति ब्यक्ति सुत्नका लागि एउटा म्याट,एउटा तन्ना र एउटा झूल मात्रै बितरण गरेको हो । ‘यो बाहेक उपमहानगरले अरु केहि दिएको हैन,ढाँटेर के गर्नु ?’ वडा अध्यक्ष चौधरीले भने ।
यो उपमहानगरको ४ नम्बर वडामा चलेका चारवटा क्वारेन्टिनमा बसेकाहरुलाई वडाले स्थानीयहरुसंग सहयोग उठाएर खानाको ब्यवस्थापन गर्यो । तर उपमहानगरले संघीय मन्त्रालयमा बिबरण पठाउँदा आफ्नो लागत भएको देखाईदियो । यो वडाका वडा अध्यक्ष भक्तबहादुर सार्किले उपमहानगरपालिकाबाट खाद्यान्न सहयोगै नभएको बताए ।
‘हामीहरुले स्थानीयहरुसंग सहयोग मागेर खानपीनको ब्यवस्था गरिदिएका हौँ,’उनले भने ‘उपमहानगरले खाद्यान्नका एक दाना अन्न पनि सहयोग गरेको हैन ।’ यसैगरि यो वडाले पनि उपमहानगरपालिकाबाट पाएको भनेको एउटा म्याट, एउटा तन्ना र एउटा झूल मात्रै हो । ‘यि तीन चिज बाहेक उपमहानगरपालिकाबाट केहि आएको हैन,’ उनले भने ‘तौलिया, ब्रस मन्जन, चप्पल केहि पनि आएका हैनन् ।’
वडा नम्बर ५ का वडा अध्यक्ष बिष्णुमणी दाहालले पनि उपमहानगरपालिकाले एक तन्ना, एक म्याट र एक झूल बाहेक अन्य सहयोग उपमहानगरपालिकाबाट नभएको बताए । यहाँ सञ्चालन भएका ६ वटा क्वारेन्टिनमा बसेकाहरुलाई उनिहरुकै परिवारले खानाको ब्यवस्था गरिदिए । ‘उपहानगरपालिकाले खानाको जोहो गरिदिएको हैन,वडाले पनि गरेको हैन,’ उनले भने ‘क्वारेन्टिनमा बसेका परिवारकै सदस्यहरुले खानाको ब्यवस्थापन गरेका हुन् ।’
वडा नम्बर १५ ले भने क्वारेन्टिनमा बसेकाहरु सबैलाई खानाको ब्यवस्थापन गर्यो । एउटा मात्रै क्वारेन्टिन रहेको यो वडाले विभिन्न दाताहरुसंगको सहयोगमा यो ब्यवस्थापन गरेको हो । यो वडाले पनि उपमहानगरपालिकाले खाना, खाजाका लागि भनेर उल्लेख गरेको भएपनि उसको एक दाना अन्न क्वारेन्टिनमा नपरेको दाबी गर्छ ।
‘उपमहानगरपालिकाबाट खाद्यान्नका लागि सहयोग भएकै हैन,’ यो वडाका वडा अध्यक्ष रमेशकुमार पाण्डेले भने ‘मैले विभिन्न दाता गुहारेर उहाँहरुको सहयोगमा भित्रै मेस चलाएका हौँ ।’ प्रति व्यक्ति एउटा तन्ना,एउटा झूल र एउटा म्याट मात्रै उपमहानगरबाट पाएको यो वडाले टुथपेष्ट, ब्रस, तौलिया चप्पल खरिद गरेको भनेर प्रतिवेदन देखाउनु निकै हाँयास्पद भएको बताउँछ । ‘खोई त ? उपमहानगरले यि सामाग्रीहरु खरिद गरेर कहाँ प्रयोग गर्यो?’ पाण्डेले भने ‘क्वारेन्टिनका लागि त कुनै पनि वडाले यो सहयोग पाएकै छैनन् ।’
उपमहानगरका वडा नम्बर ६ , ७ र ८ का वडा अध्यक्षहरुको भनाईले पनि उपमहानगरपालिकाको सहयोग र खर्च उस्तै झूठ सावित गरिदिन्छ । वडा नम्बर ६ का वडा अध्यक्ष रेबबहादुर बुढाथोकीका अनुसार यो वडामा सञ्चालन भएका ९ वटा क्वारेन्टिमा बसेकाहरुलाई उपमहानगरले एक छाक खाजा खुवाएकै हैन । नत खाजा नै । ‘क्वारेन्टिनमा बसेकाहरु सबैलाई उनिहरुकै परिवारले खानाको व्यवस्था गरिदिएका हुन्,’ अध्यक्ष बुढाथोकीले भने ‘यो बाहेक टुथपेष्ट,ब्रस, चप्पल , तौलिया,पलङ केहि पनि खरिद भएको हैन ।’
वडा नम्बर ७ का वडा अध्यक्ष खोपीराम चौधरीले पनि क्वारेन्टिनमा बसेकाहरुको खानाको व्यवस्थापन उनिहरुकै परिवारले गरिदिएको बताए । यो वडामा सञ्चालन भएका तीनवटा क्वारेन्टिन मध्य कुनैमा पनि उपमहानगरले भनेजस्तो सामान खरिद भएनन् । ४ वटा क्वारेन्टिन सञ्चालन गरेको वडा नम्बर ८ ले पनि प्रतिब्यक्ति एउटा म्याट, एउटा तन्ना र एउटा झूल बाहेक अरु केहि नदिएको बताउँछ । ‘यि तीन चिजबाहेक हाम्रो वडालाई उपमहानगरले अरु केहि पनि दिएको हैन,’ यो वडाका वडा अध्यक्ष चन्द्रप्रसाद चौधरीले भने ।
खाना खाजा खर्च र पलङ,टुथपेष्ट,ब्रस, तौलिया चप्पल खरिद गरेको भनेर गलत बिवरण बुझाएको उपमहानगरले केहि वडाहरुमा भने बिद्युत तथा पानीको व्यवस्थापन गरिदिएको वडाहरु बताउँछन् । वडा नम्बर ९ का वडा अध्यक्ष मानबहादुर बस्नेतले बिद्युत नभएका क्वारेन्टिनमा बत्ति, पंखा तथा पानी तताउने भाँडाहरु उपमहानगरपालिकाले सहयोग गरेको बताए । यसैगरि अन्य वडाहरुलाई सहयोग गरेजस्तै म्याट, झूल, तथा तन्ना यो वडाले पनि उपमहानगरबाट पायो । यि बाहेक खाना, खाजा खर्च र अन्य सामाग्री भने उपमहानगरबाट केहि नआएको उनको भनाई छ ।
क्वारेन्टिनमा बसेकाहरुलाई प्रति ब्यक्ति एउटा म्याट,एउटा तन्ना र एउटा झूल सहयोग गरेको उपमहानगरपालिकाले खाना खाजा लगाएत आँफूले गर्दै नगरेका कामहरुको प्रतिवेदन किन तयार पार्यो त ? आँफूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बुझाईएको लाखौँ रकम खर्च उल्लेख गरिएको प्रतिवेदन सरासर भूठ हो भनेर उपमहानगरकै प्रतिनिधिहरुको भनाईले पुष्टि गरिदिन्छ । यो उपमहानगरका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीको भनाईलाई आधार मान्ने हो भने उपमहानगरले मन्त्रालयमा बुझाएको प्रतिवेदन सरासर भूठ छ ।
अर्थात खर्च कागजमा मात्रै छ, ब्यवहारतः खर्च भएकै छैन । जबकी मन्त्रालयमा पठाईएको प्रतिवेदन प्रमाणित गरेर हस्ताक्षर गर्ने उनै घर्ती पनि एक हुन् । उनले पनि उपमहानगरपालिकामा सञ्चालित क्वारेन्टिनहरुमा प्रति ब्यक्ति सुत्नका लागि एउटा म्याट,एउटा तन्ना र एउटा झूल प्रदान गरिएको बताए । यसैगरि बिद्युत नभएको स्थानमा बिद्युत बिस्तारको काम गरियो भने पंखा नभएका स्थानमा यसको व्यवस्थापन भयो भने पानीको व्यवस्थापन भएका क्वारेन्टिनमा पानीको व्यवस्थापन गरियो । तर कुनै पनि क्वारेन्टिनमा तौलिया, चप्पल, टुथपेष्ट, ब्रस, पलङ लगाएतका बस्तुहरु उपमहानगरले सहयोग नगरेको उनले बताए ।
‘यि तौलिया, चप्पल, टुथपेष्ट, ब्रस, पलङ लगाएतका बस्तुहरु उपमहानगरले पठाएको हैन,’ आँफैले हस्ताक्षर गरेर प्रमाणित गरेको उपमहानगरको प्रतिवेदनलाई गलत प्रमाणित गरेका उनले भने ‘हामीले पठाएको भनेको सुत्नका लागि म्याट,तन्ना, झूल हो, यसबाहेक कतै बिद्युत बिस्तार,पंखा, पिउने पानीको व्यवस्थापन, अनि भवन मर्मतको काम गरिएको हो ।’ उपमहानगरले उल्लेख गरेको खाना÷खाजाको खर्चलाई पनि आँफै गलत प्रमाणित गरिदिए । ‘उपमहानगरपालिकाले खाना तथा खाजाको ब्यवस्था कुनै पनि क्वारेन्टिनमा गरेको हैन,’ उनले भने ‘कतै वडाहरु आँफैले सहयोग उठाएर मेस चलाए भने अधिकांशका परिवारले नै खाना खुवाएका हुन् ।’
घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उनका श्रीमान् खुशीराम चौधरी दुनाटपरी उत्पादन गर्न व्यस्त छन्। करिब ५० वर्षीया शान्ति र ५६ वर्षीय खुशीरामले विसं २०६९ बाट दुनाटपरी व्यवसाय गर्दै आउनुभएको हो। घरको काम सकेर बचेको समय यहीँ व्यवसायमा उनीहरुको दैनिकी बित्ने गरेको छ।
यस सहारा दुनाटपरी लघु उद्योगमा स्थानीय १० महिलाले पनि नियमित रुपमा काम गर्दै आएका छन्। ‘उद्योगका अध्यक्ष शान्तिले आफूसँगै अन्य दिदीबहिनीहरु पनि जोडिएर आम्दानी गर्दै आएकाले खुशी व्यक्त गर्छिन्’,उनले भनिन्, ‘अलि गाह्रो भनेको वनबाट पात टिपेर ल्याउँदा हुने गरेको छ।’ बजारीकरणका लागि त्यति समस्या नहुने गरेको उनले बताइन्।
‘पहिले घरको चुलोचौकोमा आफूसँगै अरू दिदीबहिनीहरुको दिन बित्थ्यो, अहिले भने उद्यागेले सीपसँगै आम्दानी पनि राम्रो दिएको छ’, उनले भनिन्,‘अहिले घरको सबै काम सकेर श्रीमानले पनि सहयोग गर्ने भएको हुँदा झनै सहज हुने गरेको छ।’ उनको दम्पतीले मासिक १५ हजार आम्दानी गर्दै आएका छन्।
दुनाटपरी व्यवसायमा जोडिएका अन्य महिलाले पनि मासिक रु १०/१२ हजार आम्दानी गरिरहेका छन्। चाडपर्वको समयमा मागअनुसारको बजार पु¥याउन समस्या हुने उनको भनाइ छ। मेहनत र दुःखअनुसारको मूल्य पाउन नसक्दा समस्या हुने गरेको उनले सुनाइन्। उत्पादित ठूलो बौत्तालाई साढे दुई र एक सय वटा भएको प्याकेटलाई साढे दुई सयमा बिक्री गरिएको छ।
यसैगरी,टपरी पाँचका दरले बिक्री हुने गर्दछ। दुनाटपरी उद्योगमा दुई मेसिनमार्फत उत्पादन गरिन्छ। उद्योगमा मेसिन चलाउन, वनबाट पात टिपेर ल्याउन श्रीमतीलाई सहयोग गर्दै आएको शान्तिका श्रीमान् खुशीराम बताउछन्। घरमा दुवै जना मिलेर काम गर्दा सहज हुने गरेको उनको अनुभव छ।
मेसिन बिग्रेमा कुनै सामान लिनु परेमा भारतसम्म खुशीराम नै जान्छन्। उत्पादन गरेका दुनाटपरी घोराहीका विभिन्न होटल तथा मःमः पसलमा पठाउने गरिएको उनले बताए। कतिपय घरमै पनि लिने आउने गर्दछन्। जिल्लामा सञ्चालित मेला महोत्सवमा बढी बिक्री हुने गरेको छ।
प्लास्टिकबाट बनेका वस्तुको प्रयोग बढ्दै जाँदा वातावरण नै प्रदूषित भइरहेको भन्दै सालका पातबाट बनाइने दुनाटपरीले वातावरणलाई पनि स्वस्थ्य बनाउन यस दुनाटपरी उद्योगले सहयोग पु¥याउँदै आएको छ। विवाह, व्रतबन्ध, पूजाआजालगायत कार्यमा दुनाटपरी अहिले पनि प्रयोग हुँदै आएको छ।
उद्योगमा आवश्यक कच्चापदार्थ सङ्कलनदेखि अन्य कार्यका लागि फुर्सदको समयलाई उपयोग गर्दै राम्रो आम्दानी गर्न सफल भएको दुनाटपरी उद्योगका सदस्य ४० वर्षीया कमला चौधरीले जानकारी दिइन्। समयको सदुपयोग, सीप र आम्दानी पनि आफूले काम गरे अनुसारको प्राप्त हुने उनी बताउछिन्।
सहारा दुनाटपरी लघु उद्योगका अध्यक्ष शान्तिको प्रयासबाट सञ्चालित उद्योगले स्वरोजगार प्रदान गर्नाका साथै परम्परागत दुनाटपरीको संरक्षण भएको उनको भनाइ छ। खेर जाने सालको पातलाई प्रयोगमा ल्याएर आम्दानीको पाटोलाई बढाउन पाउँदा खुशी व्यक्त गर्छिन्।-रासस
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।