स्वास्थ्य चौकीमा सिटमोलसमेत पाइँदैन
१० माघ २०८०
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
स्वास्थ्य चौकीमा सिटमोलसमेत पाइँदैन

घोराही उपमहानगरपालिका १० मा रहेको स्वास्थ्य चौकीमा वडावासीले सिटामोलसमेत पाउँदैनन्। जीवनजलको अभाव पनि उस्तै छ। जबकि सरकारले निःशुल्क घोषणा गरेका यि औषधिहरू नागरिकले निःशुल्क र सहजै पाउनुपर्ने हो। तर, सिटामोल अभाव हुँदा स्वास्थ्य चौकीले बाहिरै खरिद गर्न नागरिकलाई सल्लाह दिन्छ।

‘गत मंसिरसम्म यी औषधि थिए तर अहिले सकियो,’ स्वास्थ्य चौकी प्रमुख डिल्ली आचार्यले भने, ‘औषधि नहुँदा सेवाग्राहीहरूलाई बाहिरै किन्न सुझाव दिने गरेका छौं।’ निःशुल्क औषधि नपाउनुुको दोष स्वास्थ्य चौकी तथा वडा कार्यालयमाथि स्थानीयले थोपर्छन्।

‘सरकारले निःशुल्क भनेको औषधि पनि नदिने भनेर सेवाग्राहीले हामीमाथि गुनासो गर्नुहुन्छ,’ उनले भने, ‘स्वाभाविकै रूपमा सरकारले निःशुल्क घोषणा गरेको औषधि नागरिकहरूले सहजै पाउनुपर्ने हो।’

स्थानीय नागरिकलाई औषधि खरिद गरेर उपलब्ध गराउने जिम्मेवार निकाय वडा नभई उपमहानगरपालिका हो। उपमहानगरले नै औषधि गरेर वडाहरूलाई पठाउनुपर्ने हो। तर, उपमहानगर आमनागरिकको स्वास्थ्यका सवालमा गैरजिम्मेवार देखिएको छ।

उसको यही गैरजिम्मेवारीपनका कारण आमनागरिकहरूले सामान्य सिटामोलसम्म गाउँमै खान पाएका छैनन्। ‘उपमहानगरले औषधि उपलब्ध गराउँदैन, जेनतेन वडाको बजेटबाट औषधि खरिद गरेर उपलब्ध गराउँछौं, वडा नम्बर १० का वडाध्यक्ष दीपक पाण्डेले भने, ‘तर पर्याप्त औषधि हुँदैन, औषधिको अभाव हुन्छ।’

यो उपमहानगरको विकट वडा मानिने वडा नम्बर १९ को कार्यालयले उपमहानगरबाट औषधि नपाएपछि आफ्नो स्रोतबाट औषधि किनेर स्थानीयलाई खुवाउँदै आएको छ। यो वडाका वडाध्यक्ष ज्ञानबहादुर रायमाझीले वडाले छुट्याएको बजेटबाट खरिद गरेर स्थानीयलाई औषधि खुवाइरहेको बताए।

संघीय सरकारबाट लाखौं बजेट आए पनि यो उपमहानगरले औषधि खरिद गरेर बिक्री गर्न कन्जुस्याइँ गर्छ। तर, वडाहरूलाई बजेट अभाव रहने भन्दै औषधि खरिदका लागि बजेट विनियोजन गर्न सुझाव दिन्छ। ‘कार्यपालिका बैठकमा पनि औषधि खरिदका लागि पर्याप्त बजेट छैन, वडाहरूले व्यवस्थापन गर्नुपर्ला भन्ने कुरा उपमहानगरबाट आउँछ,’ वडा–१९ का वडाध्यक्ष रायमाझीले भने, ‘सोहीअनुसार बजेट व्यवस्था गरेर औषधि खरिद गर्छौं।’

यो उपमहानगरको वडा नम्बर ४ मा पनि उपमहानगरले औषधि व्यवस्थापन नगरिदिएको लामो समय भयो। वडावासीलाई भनेकै समयमा वडाले पनि निःशुल्क औषधि उपलब्ध गराउन हम्मेहम्मे भइरहेको छ। उपमहानगरले औषधि व्यवस्थापन गर्न नसक्दा वडाले नै औषधि गर्ने योजनाअनुसार एक लाख रूपैयाँ विनियोजन गर्‍यो। उपमहानगरले औषधि उपलब्ध गराएकै छैन।

वडा आफैंले नै खरिद गरेर स्थानीयलाई उपलब्ध गराउने प्रयास गरिरहेकै छ। ‘हामीहरूले औषधि खरिदका लागि एक लाख रूपैयाँ विनियोजन गरेका छौं, औषधि खरिद गरेर स्थानीयहरूलाई उपलब्ध गराउँदै आएका छौं,’ वडाध्यक्ष मुनाल घिमिरेले भने ‘उपमहानगरले औषधि उपलब्ध गराएको छैन, सरकारले निःशुल्क घोषणा गरेको औषधि आम नागरिकले पर्याप्त रूपमा नपाएको अवस्था सत्य हो।’ उनका अनुसार स्थानीयले भनेअनुसारको औषधिको परिमाण उपलब्ध गराउन असहज हुने गरेको छ।

‘औषधिको पर्याप्तता हुँदैन, अनि एक पत्ता सिटामोल खोज्न आउनेलाई आधा पत्ता दिएर पठाउँछौं,’ वडाध्यक्ष घिमिरेले भने, ‘आर्थिकस्तर बलियो भएका नागरिकहरू त बजारमा गएर खरिद गर्न सक्ने अवस्था हुन्छ तर विपन्नलाई पनि पर्याप्त औषधि खुवाउन सकिएको छैन।’

घोराही उपमहानगरपालिका–१३ मा रहेको स्वास्थ्य चौकीले पनि उपमहानगरबाट औषधि नपाउँदा आफ्नो आन्तरिक स्रोतबाटै औषधि खरिद गरेर वितरण गरिरहेको छ। ‘उपमहानगरबाट अहिलेसम्म औषधि आएको छ, वडाले नै आफै व्यवस्थान गरेर औषधि खरिद गरेर स्थानीयलाई उपलब्ध गराइरहेको छ,’ भ्युडर स्वास्थ्य चौकीका प्रमुख माधव गौतमले भने, ‘वडाकै स्रोतबाट खरिद भएको औषधिले स्थानीयलाई सहज बनाइरहेका छौं।’

यता वडा तहमार्फत आम नागरिकलाई निःशुल्क औषधि उपलब्ध गराउनुपर्ने जिम्मेवारी बोकेको घोराही उपमहानगरले गत आर्थिक वर्ष औषधि उपलब्ध नै गराएन।

औषधि खरिदका लागि संघीय सरकारबाट लाखौं रकम बजेटसमेत आउँछ तर आमनागरिकको स्वास्थ्यप्रति जिम्मेवार नदेखिएको उपमहानगरले गत वर्ष औषधि नकिन्नुको बहाना ‘टेन्डर नलागेको’ बनायो। दुईपटक टेन्डर आह्वान गरेको र ठेक्का नलागेपछि औषधि खरिद गर्न नसकेको बताएको उपमहानगर स्थानीयहरूलाई निःशुल्क औषधि उपलब्ध गराउने जिम्मेवारीबाट टाढा रह्यो।

‘गत वर्ष औषधि बाँड्न सकिएन,’ उपमहानगरका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले भने, ‘दुईपटक ठेक्का खोल्यौं तर ठेक्का नै लागेन।’ गत वर्ष नारिकलाई एक पत्ता औषधि पनि उपलब्ध नगराएको उपमहानरले यो आर्थिक वर्षको ६ महिना पुगिसक्दा पनि औषधि दिन सकेको छैन, सोही कारण हरेक वडामा औषधिको अभाव दिनानुदिन बढिरहेको छ।

तर, औषधि ठेक्का प्रक्रियाबाट ल्याइसकेको र केही दिनमै वितरण गरिने उपमहानगर बताउँछ। ‘१७ प्रकारका औषधि केही दिनअघि मात्रै आएको छ,’ घर्तीले भने, ‘अब केही दिनमै बाँड्छौं।’ ठेक्का अनुसारको अर्को एक प्रकारको औषधि नआएका कारण औषधि वितरण गर्न नसकिएको उनले बताए।

‘१८ प्रकारका औषधि आउनु पर्नेमा १७ प्रकारका औषधि मात्रै आएको छ,’ घर्तीले भने, ‘आउन बाँकी रहेको औषधि आएपछि हामीहरूले वडाहरूलाई बाँड्छौँ।’ उनका अनुसार उपमहानगरले अहिले चार लाख बजेटमा औषधि खरिद गरेको छ। औषधि खरिदकै लागि भनेर संघीय सरकारबाट ३५ लाख रूपैयाँ बजेट आएको छ भने उपमहानगरले २५ लाख रूपैयाँ औषधि खरिदका लागि छुुट्याएको उनले जानकारी दिए।

संघीय सरकारबाट लाखौं रकम लिएर पनि उपमहानगरले खरिद गर्न सक्दैन, तर वडावासीलाई औषधि खुवाउन वडाहरूले आन्तरिक स्रोतबाट व्यवस्थापन गरिरहेका छन्।

लोकप्रिय
अर्को समाचार
दुनाटपरी उद्योगबाट राम्रो आम्दानी गर्दै चौधरी दम्पती
२८ चैत्र २०८०
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
दुनाटपरी उद्योगबाट राम्रो आम्दानी गर्दै  चौधरी दम्पती

घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उनका श्रीमान् खुशीराम चौधरी दुनाटपरी उत्पादन गर्न व्यस्त छन्। करिब ५० वर्षीया शान्ति र ५६ वर्षीय खुशीरामले विसं २०६९ बाट दुनाटपरी व्यवसाय गर्दै आउनुभएको हो। घरको काम सकेर बचेको समय यहीँ व्यवसायमा उनीहरुको दैनिकी बित्ने गरेको छ।  

यस सहारा दुनाटपरी लघु उद्योगमा स्थानीय १० महिलाले पनि नियमित रुपमा काम गर्दै आएका छन्। ‘उद्योगका अध्यक्ष शान्तिले आफूसँगै अन्य दिदीबहिनीहरु पनि जोडिएर आम्दानी गर्दै आएकाले खुशी व्यक्त गर्छिन्’,उनले भनिन्, ‘अलि गाह्रो भनेको वनबाट पात टिपेर ल्याउँदा हुने गरेको छ।’ बजारीकरणका लागि त्यति समस्या नहुने गरेको उनले बताइन्।  

‘पहिले घरको चुलोचौकोमा आफूसँगै अरू दिदीबहिनीहरुको दिन बित्थ्यो, अहिले भने उद्यागेले सीपसँगै आम्दानी पनि राम्रो दिएको छ’, उनले भनिन्,‘अहिले घरको सबै काम सकेर श्रीमानले पनि सहयोग गर्ने भएको हुँदा झनै सहज हुने गरेको छ।’ उनको दम्पतीले मासिक १५ हजार आम्दानी गर्दै आएका छन्।

दुनाटपरी व्यवसायमा जोडिएका अन्य महिलाले पनि मासिक रु १०/१२ हजार आम्दानी गरिरहेका छन्। चाडपर्वको समयमा मागअनुसारको बजार पु¥याउन समस्या हुने उनको भनाइ छ। मेहनत र दुःखअनुसारको मूल्य पाउन नसक्दा समस्या हुने गरेको उनले सुनाइन्। उत्पादित ठूलो बौत्तालाई साढे दुई र एक सय वटा भएको प्याकेटलाई साढे दुई सयमा बिक्री गरिएको छ।  

यसैगरी,टपरी पाँचका दरले बिक्री हुने गर्दछ। दुनाटपरी उद्योगमा दुई मेसिनमार्फत उत्पादन गरिन्छ। उद्योगमा मेसिन चलाउन, वनबाट पात टिपेर ल्याउन श्रीमतीलाई सहयोग गर्दै आएको शान्तिका श्रीमान् खुशीराम बताउछन्। घरमा दुवै जना मिलेर काम गर्दा सहज हुने गरेको उनको अनुभव छ।  

मेसिन बिग्रेमा कुनै सामान लिनु परेमा भारतसम्म खुशीराम नै जान्छन्। उत्पादन गरेका दुनाटपरी घोराहीका विभिन्न होटल तथा मःमः पसलमा पठाउने गरिएको उनले बताए। कतिपय घरमै पनि लिने आउने गर्दछन्। जिल्लामा सञ्चालित मेला महोत्सवमा बढी बिक्री हुने गरेको छ।  

प्लास्टिकबाट बनेका वस्तुको प्रयोग बढ्दै जाँदा वातावरण नै प्रदूषित भइरहेको भन्दै सालका पातबाट बनाइने दुनाटपरीले वातावरणलाई पनि स्वस्थ्य बनाउन यस दुनाटपरी उद्योगले सहयोग पु¥याउँदै आएको छ। विवाह, व्रतबन्ध, पूजाआजालगायत कार्यमा दुनाटपरी अहिले पनि प्रयोग हुँदै आएको छ।  

उद्योगमा आवश्यक कच्चापदार्थ सङ्कलनदेखि अन्य कार्यका लागि फुर्सदको समयलाई उपयोग गर्दै राम्रो आम्दानी गर्न सफल भएको दुनाटपरी उद्योगका सदस्य ४० वर्षीया कमला चौधरीले जानकारी दिइन्। समयको सदुपयोग, सीप र आम्दानी पनि आफूले काम गरे अनुसारको प्राप्त हुने उनी बताउछिन्।  

सहारा दुनाटपरी लघु उद्योगका अध्यक्ष शान्तिको प्रयासबाट सञ्चालित उद्योगले स्वरोजगार प्रदान गर्नाका साथै परम्परागत दुनाटपरीको संरक्षण भएको उनको भनाइ छ। खेर जाने सालको पातलाई प्रयोगमा ल्याएर आम्दानीको पाटोलाई बढाउन पाउँदा खुशी व्यक्त गर्छिन्।-रासस

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस