घोराही उपमहानगरपालिकाको शाहीपुरस्थित बराह प्राविका शिक्षक विष्णुप्रसाद रेग्मीले आगामी चैत १९ गते अनिवार्य अवकाश पाउँदैछन्।
उनले अवकाश पाएपछि मात्रै रिक्त हुने दरबन्दीमा नयाँ शिक्षकको पदस्थापन गर्नुपर्ने हुन्छ। तर घोराही उपमहानगर कार्यपालिका बैठकले सो पद रिक्त नहुँदै पदस्थापनका लागि अर्का शिक्षक तय गरिसकेको छ। गत भदौको कार्यपालिका बैठकले अवकाशपछि रेग्मीको स्थानमा प्रावि कर्मकोटका शिक्षक निमा कालाथोकीलाई पठाउने निर्णय गरिसकेको छ।
उपमहानगरका अनुसार अब कालाथोकीबाहेक उक्त दरबन्दीमा अरू कोही जान पाउँदैनन्। नगर शिक्षा शाखा भन्छ, ‘उहाँ (निमा कालाथोकी) को सरुवा पक्का भइसक्यो, अब उहाँबाहेक रेग्मीको स्थानमा अरू कोही जान पाउँदैनन्।’ कारणवश कालाथोकी जाने अवस्था नआए मात्रै अर्को शिक्षकबारे निर्णय हुने नगर शिक्षाको भनाइ छ।
घोराही–६ स्थित जयशेर माविका राहत शिक्षक वामा घिमिरेले पनि चैतमा शिक्षण पेसा छाड्दैछिन्। उपमहानगरले उनको स्थानमा पनि अर्का अर्का राहत शिक्षकलाई पदस्थापन गर्ने निर्णय गरिसकेको छ। उनको स्थानमा अर्को विद्यालयका राहत शिक्षक डम्बर गौतम राहत दरबन्दीसहित लाने निर्णय घोराही नगरको कार्यपालिका बैठकले गरिसकेको छ।
शिक्षा व्यवस्थापनका लागि प्राप्त अधिकार प्रयोग गरेको घोराही उपमहानगरको शिक्षक व्यवस्थापनको यो शैलीले भने शिक्षा नियमावलीलाई चुनौती दिइरहेको छ।
शिक्षा नियमावलीअनुसार पद रिक्त भइसकेपछि मात्रै उक्त पदमा नयाँ शिक्षकलाई पदस्थापन गर्नुपर्ने उल्लेख छ। नियमावलीमा भनिएको छ, ‘कुनै व्यक्ति वा शिक्षकलाई रिक्त शिक्षक दरबन्दी नरहेको विद्यालयमा नियुक्ति वा पदस्थापन गर्नुहुँदैन।’
घोराही उपमहानगरले भने शिक्षक बहाल भएकै पदमा अवकाशको मिति हेरेर अहिले नै पदस्थापन गर्ने निर्णय गरिसकेको छ। ‘उहाँहरूबाहेक अरू उक्त पदमा जान पाउने भनेपछि त उहाँहरूलाई उपमहागरले पदस्थापन गरिसकेको भन्नुपर्यो नि !’ एक पूर्वशिक्षकले भने ‘यो त बाबु कहिले मर्लान् र सम्पत्ति खान पाइएला भन्ने मानसिकताले गरिएको निर्णयजस्तै भयो नि !’ घोराही उपमहानगरपालिका शिक्षा शाखाका अधिकृत नारायण पौडेलले यसलाई स्थानीय सरकारको अधिकारको विषय भएको बताए। तर, शिक्षा नियमावलीले यो विषयमा नबोलेको पनि उनले स्वीकार गरे।
‘सरोकारवाला पक्ष शिक्षक संगठनहरूको सहमतिमा शिक्षा समिति र घोराही नगरको नगर कार्यपालिका बैठकले निर्णय गरेको हो,’ पौडेलले भने, ‘यो अधिकार स्थानीय तहले शिक्षा व्यवस्थापनको अधिकारअन्तर्गत प्रयोग गरेको हो।’ पद रिक्त नहुँदै शिक्षक पदस्थापन गर्न मिल्छ कि नमिल्ने भन्ने विषयमा पौडेलले भने, ‘पाउने कि नपाउनेभन्दा पनि व्यावहारिकतालाई हेरेर पनि नगर कार्यपालिकाले यो निर्णय गरेको होला।’
दरबन्दी रिक्त नहुँदै शिक्षक पक्का गरिसकेको घोराही उपमहानगरपालिकाले आगामी चुनावलाई लक्षित गरेर यो निर्णय गरेको जानकारहरू बताउँछन्। स्थानीय तहको वर्तमान जनप्रतिनिधिहरूको कार्यकाल अन्तिमतिर छ।
उनीहरूले आफ्नो कार्यकालमै शिक्षकहरूको सरुवा तथा पदस्थापन गर्ने नियतले चैतसम्मको पदस्थापनको निर्णय अहिले नै गरिसकेका छन्। ‘अब स्थानीय तहहरूको वर्तमान कार्यकाल अन्तिम अन्तिममा छ, फलतः पहिल्यै नै निर्णय गरेर शिक्षकहरूलाई अन्तिमसम्म पदस्थापन गर्ने रणनीति जनप्रतिनिधिहरूको हो,’ एक शिक्षकले भने, ‘नत्र चुनावी आचारसंहिताले उनीहरूलाई अन्तिम सम्म यो निर्णय गर्न दिँदैन, फलतः पहिलेकै निर्णय देखाएर पदस्थापन गर्ने चलाखी अपनाइएको हो।’
सुनाली प्रावि दम्तिमा कार्यरत शारदा ज्ञवाली आगामी पुस ११ मा मावि रझेनामा पदस्थापन हुने पक्कापक्की भइसकेको छ। ज्ञवालीलाई पदस्थापन गर्न पुस ११ मा हुने वासुदेव सुवेदीको अनिवार्य अवकाश पर्खेर उपमहानगर बसिरहेको छ। सुवेदीले अवकाश पाएपछि उनको स्थानमा ज्ञवालीलाई पदस्थापन गर्ने निर्णय कार्यपालिकाले गरिसकेको छ।
नगर कार्यपालिकाले ७१ शिक्षकको पदस्थापन तथा सरुवाको निर्णय गरेको छ। यीमध्ये कसैको पदस्थापन तथा सरुवा भइसकेको छ भने कसैको हुन बाँकी छ। तर पद रिक्त नहुँदै उपहानगरले शिक्षक तयार पारेर बसेको छ। त्यसरी पदस्थापनको निर्णय गरिएका शिक्षक ११ जना छन्।
शिक्षक पदस्थापनका लागि अन्य शिक्षकहरूको अनिवार्य अवकाश मिति कुरेर बसेको घोराही उपमहानगरले अवकाशको मिति तय नभएकै शिक्षकहरूको अवकाशको बाटोसमेत हेरेको छ। ती शिक्षकहरूको अवकाश हुनासाथ नयाँ शिक्षकको पदस्थापन गर्ने भनेर उपमहानगरले शिक्षक तोकिसकेको छ।
सीता गैरे हाल प्रावि श्रीचौरमा कार्यरत शिक्षक हुन्। घोराही उपमहानगरले उनको पदस्थापन हुने विद्यालय गंगा मावि रामपुर तोकिसकेको छ। तर, त्यहाँ एक शिक्षकको पद रिक्त भए उनको पदस्थापन हुने घोराहीको निर्णय छ।
घोराहीको नगर कार्यपालिका बैठकले गंगा मावि रामपुरमा कार्यरत कमला भट्टराईको स्थानमा गैरेलाई पदस्थापन गर्ने भनेको छ। तर, भट्टराईको अवकाशको यकिन मिति नगरलाई थाहा छैन। ‘कमला भट्टराईको दरबन्दी रिक्त भएमा’ उल्लेख गरेर घोराही नगरले गैरेको पदस्थापन गंगा मावि रामपुरमा तोकिदिइसकेको छ।
शिक्षक महासंघले घोराही उपमहानगरले पद रिक्त नहुँदै शिक्षकहरूको पदस्थापनको निर्णय गर्नु उपयुक्त नभएको प्रतिक्रिया दिए। ‘दरबन्दी रिक्त भएपछि मात्रै अर्को शिक्षकलाई पदस्थापन गर्नुपर्ने हो,’ शिक्षक महासंघका एक प्रतिनिधिले भने, ‘यहाँ त शिक्षा नियमावलीलाई चुनौती दिने काम भएको छ।’ उनका अनुसार स्थानीय तहले आफ्नो नियमावली बनाएर यसरी दरबन्दी रिक्त नहुँदै पदस्थापन तथा सरुवाको निर्णय गरेको हो। तर, स्थानीय तहलाई संघीय कानुनसँग बाझिनेगरी कानुन निर्माण गर्न पाउने अधिकार छैन।
‘संघीय कानुनसँग बाझिने गरी स्थानीय तहलाई कानुन बनाउन पाउने अधिकार हुन्न,’ जिल्ला शिक्षा समन्वय एकाइ दाङका प्रमुख मित्र गौतमले भने, ‘तर उहाँहरूले कसरी यसो गर्नुभयो ? यसरी पहिल्यै निर्णय नगरेको भए राम्रो हुन्थ्यो।’ उनका अनुसार नगर कार्यपालिकाको यो निर्णयमाथि शिक्षा समन्वय एकाइले निगरानी राख्न मिल्दैन। ‘उहाँहरूले दरबन्दी खाली नभएकै स्थानमा शिक्षक पठाएको खण्डमा हामीले हेर्ने हो,’ गौतमले भने, ‘तर अहिले उहाँहरूले नपठाइसकेका कारण हामीले यो विषयमा बोल्न मिल्दैन।'
घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उनका श्रीमान् खुशीराम चौधरी दुनाटपरी उत्पादन गर्न व्यस्त छन्। करिब ५० वर्षीया शान्ति र ५६ वर्षीय खुशीरामले विसं २०६९ बाट दुनाटपरी व्यवसाय गर्दै आउनुभएको हो। घरको काम सकेर बचेको समय यहीँ व्यवसायमा उनीहरुको दैनिकी बित्ने गरेको छ।
यस सहारा दुनाटपरी लघु उद्योगमा स्थानीय १० महिलाले पनि नियमित रुपमा काम गर्दै आएका छन्। ‘उद्योगका अध्यक्ष शान्तिले आफूसँगै अन्य दिदीबहिनीहरु पनि जोडिएर आम्दानी गर्दै आएकाले खुशी व्यक्त गर्छिन्’,उनले भनिन्, ‘अलि गाह्रो भनेको वनबाट पात टिपेर ल्याउँदा हुने गरेको छ।’ बजारीकरणका लागि त्यति समस्या नहुने गरेको उनले बताइन्।
‘पहिले घरको चुलोचौकोमा आफूसँगै अरू दिदीबहिनीहरुको दिन बित्थ्यो, अहिले भने उद्यागेले सीपसँगै आम्दानी पनि राम्रो दिएको छ’, उनले भनिन्,‘अहिले घरको सबै काम सकेर श्रीमानले पनि सहयोग गर्ने भएको हुँदा झनै सहज हुने गरेको छ।’ उनको दम्पतीले मासिक १५ हजार आम्दानी गर्दै आएका छन्।
दुनाटपरी व्यवसायमा जोडिएका अन्य महिलाले पनि मासिक रु १०/१२ हजार आम्दानी गरिरहेका छन्। चाडपर्वको समयमा मागअनुसारको बजार पु¥याउन समस्या हुने उनको भनाइ छ। मेहनत र दुःखअनुसारको मूल्य पाउन नसक्दा समस्या हुने गरेको उनले सुनाइन्। उत्पादित ठूलो बौत्तालाई साढे दुई र एक सय वटा भएको प्याकेटलाई साढे दुई सयमा बिक्री गरिएको छ।
यसैगरी,टपरी पाँचका दरले बिक्री हुने गर्दछ। दुनाटपरी उद्योगमा दुई मेसिनमार्फत उत्पादन गरिन्छ। उद्योगमा मेसिन चलाउन, वनबाट पात टिपेर ल्याउन श्रीमतीलाई सहयोग गर्दै आएको शान्तिका श्रीमान् खुशीराम बताउछन्। घरमा दुवै जना मिलेर काम गर्दा सहज हुने गरेको उनको अनुभव छ।
मेसिन बिग्रेमा कुनै सामान लिनु परेमा भारतसम्म खुशीराम नै जान्छन्। उत्पादन गरेका दुनाटपरी घोराहीका विभिन्न होटल तथा मःमः पसलमा पठाउने गरिएको उनले बताए। कतिपय घरमै पनि लिने आउने गर्दछन्। जिल्लामा सञ्चालित मेला महोत्सवमा बढी बिक्री हुने गरेको छ।
प्लास्टिकबाट बनेका वस्तुको प्रयोग बढ्दै जाँदा वातावरण नै प्रदूषित भइरहेको भन्दै सालका पातबाट बनाइने दुनाटपरीले वातावरणलाई पनि स्वस्थ्य बनाउन यस दुनाटपरी उद्योगले सहयोग पु¥याउँदै आएको छ। विवाह, व्रतबन्ध, पूजाआजालगायत कार्यमा दुनाटपरी अहिले पनि प्रयोग हुँदै आएको छ।
उद्योगमा आवश्यक कच्चापदार्थ सङ्कलनदेखि अन्य कार्यका लागि फुर्सदको समयलाई उपयोग गर्दै राम्रो आम्दानी गर्न सफल भएको दुनाटपरी उद्योगका सदस्य ४० वर्षीया कमला चौधरीले जानकारी दिइन्। समयको सदुपयोग, सीप र आम्दानी पनि आफूले काम गरे अनुसारको प्राप्त हुने उनी बताउछिन्।
सहारा दुनाटपरी लघु उद्योगका अध्यक्ष शान्तिको प्रयासबाट सञ्चालित उद्योगले स्वरोजगार प्रदान गर्नाका साथै परम्परागत दुनाटपरीको संरक्षण भएको उनको भनाइ छ। खेर जाने सालको पातलाई प्रयोगमा ल्याएर आम्दानीको पाटोलाई बढाउन पाउँदा खुशी व्यक्त गर्छिन्।-रासस
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।