भ्रमणका लागि एक करोड २९ हजार बजेट
२३ पौष २०७८
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
भ्रमणका लागि एक करोड २९ हजार बजेट

घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा मात्रै भ्रमण खर्चमा एक करोड २९ हजार रूपैयाँ छुट्याएको थियो। यति ठूलो रकममा ‘भ्रमण’ गर्ने निर्णय गरेको उपमहानगरपालिकाले न त भ्रमणको लक्ष, उद्धेश्य नै उल्लेख गरेको छ न त भ्रमण गर्ने स्थान नै तोके छ।

उपमहानगरले बजेट विनियोजन गरेको भ्रमणका ‘शिर्षक’ हेर्दा त ‘नियत’ माथि प्रश्न उब्जिएको छ। घोराही उपमहानगरको भ्रमण अति महंगो देखिन्छ। यो उपमहानगरले भ्रमणका चार शीर्षक उल्लेख गरेको छ। चार शीर्षकमा भ्रमण खर्च राखेको उपमहानगरले कुनै पनि शीर्षकमा उद्धेश्य खुलाएको छैन।

पहिलो शीर्षक ‘भ्रमण खर्च’ उल्लेख गरेको उपमहानगरले यो ७० लाख विनियोजन गरेको छ। उपमहानगरले आन्तरिक स्रोतबाट यो भ्रमण खर्च छुट्याएको हो। तीन चरणमा उक्त रकम खर्च गर्ने गरेर बजेट छुट्याएको उपमहानगरले पहिलो चौमासिकमा १४ लाख, दोस्रो र तेस्रो चौमासिकमा २८/२८ लाख खर्च हुने गरी बजेट तोकिएको छ।

भ्रमण खर्च भनेर ७० लाख छुट्याएको उपमहानगरले विशिष्ट व्यक्ति तथा प्रतिनिधिमण्डलको भ्रमण खर्च भनेर थप २५ लाख बजेट छुट्याएको छ। ‘विशिष्ट व्यक्ति को हुन्? अनि प्रतिनिधिमण्डल भनेको के हो?’ एक वडा अध्यक्षले भने ‘विशिष्ट अनि प्रतिनिधिमण्डललाई कहाँ, कुन प्रयोजनका लागि भ्रमण गराउने हो? खुलाइएकै छैन।’ उपमहागनरले यो भ्रमण खर्च पनि आफ्नो आन्तरिक स्रोतबाट विनियोजन गरेको उल्लेख गरेको हो।

पहिलो शीर्षक भ्रमण खर्च, अनि दोस्रो शीर्षक विशिष्ट व्यक्ति तथा प्रतिनिधिमण्डलको भ्रमण भनेर खर्च छुट्याएको उपमहानगरले अर्को शीर्षक फेरि ‘विशिष्ट व्यक्ति तथा प्रतिनिधिमण्डलको भ्रमण’ भनेरै थप बजेट छुट्याएको छ।

उसको थप बजेटको शीर्षकमा २९ हजार छुट्याइएको छ। यो बजेट भने लुम्बिनी प्रदेश सरकारले अनुदान दिएको उपमहागरले उल्लेख गरेको छ। घोराही उपमहानगरको भ्रमण यतिमै सकिएको छैन। विभिन्न तीन शीर्षकमा रकम भ्रमण खर्च छुट्याइएको उपमहानगरले ‘अन्य भ्रमण खर्च’ भनेर थप बजेट समेत विनियोजन गरेको छ। अन्य भ्रमण खर्च भनेर थप ५ लाख रकम विनियोजन गरिएको छ।

चार छुट्टाछुट्टै खर्च शीर्षक राखेर कुल १ करोड २९ हजार बजेट भ्रमण खर्च शीर्षकमा विनियोजन गरेको घोराही उपमहानगरपालिकाले अहिलेसम्म भ्रमणमा कति खर्च भयो भन्ने एकिन नभएको बताउँछ। उपमहानगरबाट अहिलेसम्म भ्रमण नभएको एक कर्मीचारीले बताए।

तर रकम भने खर्च भइरहेको बताइएको छ। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीका अनुसार अहिलेसम्म उपमहानगरबाट ‘समूहगत’ भ्रमण नभएको बताए। उनका अनुसार कर्मचारी तथा जनप्रतिनिधिहरू काम विशेषले बाहिरी जिल्ला गएकोलाई भ्रमण शीर्षकबाट खर्च हुने गरेको छ।

‘कर्मचारी तथा जनप्रतिनिधिहरू कामको शिलशिलामा बाहिर गएको अवस्थामा त्यो बजेट त्यसमा प्रयोग हुन्छ,’ केसीले भने, ‘तर काम भने कार्यालयकै प्रयोजन भएमात्रै उक्त रकम प्रयोग हुने हो।’ उनका अनुसार जनप्रतिनिधिहरू वा कर्मचारीहरू भ्रमणका लागि भनेर समूह बनाएरै कतै जाँदैनन्। भ्रमण खर्च भनेर छुट्याइएको ७० लाख रूपैयाँ कर्मचारीको भ्रमणका लागि हो। यस्तै विशिष्ट व्यक्ति तथा प्रतिनिधिमण्डलको भ्रमण भनेर छुट्याइएको २५ लाखभन्दा बढीको बजेट जनप्रतिनिधिको भ्रमणका लागि हो।

तर जनप्रतिनिधि पनि अहिलेसम्म सामूहिक भ्रमणमा गएका छैनन्। ‘जनप्रतिनिधिहरू विशेष कामले काठमाडौं वा अन्य कुनै जिल्लामा जानुहुन्छ,’ केसीले भने, ‘त्यो समयको खर्च त्यही शीर्षकबाट हुन्छ।’ केसीका अनुसार भ्रमणका लागि भनेर छुट्याइएको एक करोड २९ हजार रूपैयाँ पुरै खर्च हुँदैन।

लोकप्रिय
अर्को समाचार
दुनाटपरी उद्योगबाट राम्रो आम्दानी गर्दै चौधरी दम्पती
२८ चैत्र २०८०
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
दुनाटपरी उद्योगबाट राम्रो आम्दानी गर्दै  चौधरी दम्पती

घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उनका श्रीमान् खुशीराम चौधरी दुनाटपरी उत्पादन गर्न व्यस्त छन्। करिब ५० वर्षीया शान्ति र ५६ वर्षीय खुशीरामले विसं २०६९ बाट दुनाटपरी व्यवसाय गर्दै आउनुभएको हो। घरको काम सकेर बचेको समय यहीँ व्यवसायमा उनीहरुको दैनिकी बित्ने गरेको छ।  

यस सहारा दुनाटपरी लघु उद्योगमा स्थानीय १० महिलाले पनि नियमित रुपमा काम गर्दै आएका छन्। ‘उद्योगका अध्यक्ष शान्तिले आफूसँगै अन्य दिदीबहिनीहरु पनि जोडिएर आम्दानी गर्दै आएकाले खुशी व्यक्त गर्छिन्’,उनले भनिन्, ‘अलि गाह्रो भनेको वनबाट पात टिपेर ल्याउँदा हुने गरेको छ।’ बजारीकरणका लागि त्यति समस्या नहुने गरेको उनले बताइन्।  

‘पहिले घरको चुलोचौकोमा आफूसँगै अरू दिदीबहिनीहरुको दिन बित्थ्यो, अहिले भने उद्यागेले सीपसँगै आम्दानी पनि राम्रो दिएको छ’, उनले भनिन्,‘अहिले घरको सबै काम सकेर श्रीमानले पनि सहयोग गर्ने भएको हुँदा झनै सहज हुने गरेको छ।’ उनको दम्पतीले मासिक १५ हजार आम्दानी गर्दै आएका छन्।

दुनाटपरी व्यवसायमा जोडिएका अन्य महिलाले पनि मासिक रु १०/१२ हजार आम्दानी गरिरहेका छन्। चाडपर्वको समयमा मागअनुसारको बजार पु¥याउन समस्या हुने उनको भनाइ छ। मेहनत र दुःखअनुसारको मूल्य पाउन नसक्दा समस्या हुने गरेको उनले सुनाइन्। उत्पादित ठूलो बौत्तालाई साढे दुई र एक सय वटा भएको प्याकेटलाई साढे दुई सयमा बिक्री गरिएको छ।  

यसैगरी,टपरी पाँचका दरले बिक्री हुने गर्दछ। दुनाटपरी उद्योगमा दुई मेसिनमार्फत उत्पादन गरिन्छ। उद्योगमा मेसिन चलाउन, वनबाट पात टिपेर ल्याउन श्रीमतीलाई सहयोग गर्दै आएको शान्तिका श्रीमान् खुशीराम बताउछन्। घरमा दुवै जना मिलेर काम गर्दा सहज हुने गरेको उनको अनुभव छ।  

मेसिन बिग्रेमा कुनै सामान लिनु परेमा भारतसम्म खुशीराम नै जान्छन्। उत्पादन गरेका दुनाटपरी घोराहीका विभिन्न होटल तथा मःमः पसलमा पठाउने गरिएको उनले बताए। कतिपय घरमै पनि लिने आउने गर्दछन्। जिल्लामा सञ्चालित मेला महोत्सवमा बढी बिक्री हुने गरेको छ।  

प्लास्टिकबाट बनेका वस्तुको प्रयोग बढ्दै जाँदा वातावरण नै प्रदूषित भइरहेको भन्दै सालका पातबाट बनाइने दुनाटपरीले वातावरणलाई पनि स्वस्थ्य बनाउन यस दुनाटपरी उद्योगले सहयोग पु¥याउँदै आएको छ। विवाह, व्रतबन्ध, पूजाआजालगायत कार्यमा दुनाटपरी अहिले पनि प्रयोग हुँदै आएको छ।  

उद्योगमा आवश्यक कच्चापदार्थ सङ्कलनदेखि अन्य कार्यका लागि फुर्सदको समयलाई उपयोग गर्दै राम्रो आम्दानी गर्न सफल भएको दुनाटपरी उद्योगका सदस्य ४० वर्षीया कमला चौधरीले जानकारी दिइन्। समयको सदुपयोग, सीप र आम्दानी पनि आफूले काम गरे अनुसारको प्राप्त हुने उनी बताउछिन्।  

सहारा दुनाटपरी लघु उद्योगका अध्यक्ष शान्तिको प्रयासबाट सञ्चालित उद्योगले स्वरोजगार प्रदान गर्नाका साथै परम्परागत दुनाटपरीको संरक्षण भएको उनको भनाइ छ। खेर जाने सालको पातलाई प्रयोगमा ल्याएर आम्दानीको पाटोलाई बढाउन पाउँदा खुशी व्यक्त गर्छिन्।-रासस

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस