रौतहटमा अत्यधिक कोरोना संक्रमित फेला पर्न थालेपछि सर्वसाधारणमा त्रास बढेको छ । रौतहटमा सोमवार एकैदिन अहिलेसम्मकै उच्च १०२ जना कोरोना सक्रमित फेला परेको हो ।
आइतबार ७६ जना कोरोना संक्रमित फेला परेका थिए । सोमवार थप १०२ जना कोरोना संक्रमित फेला परेसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८७३ पुगेको छ । देशमा कुनै एउटा जिल्लामा सबैभन्दा बढी कोरोना संक्रमित भएको सम्भवतः रौतहट नै भएको छ ।
कोरोना संक्रमितहरु जति सबै जिल्लाको विभिन्न क्वारेन्टाइनमा नै रहेका छन् । क्वारेन्टाइन भन्दा बाहिरको परीक्षण नभएकोले समाजका कोरोनाको संक्रमण कस्तो छ भनेर तत्काल भन्न नसकिने सम्बद्ध स्वास्थ्यकर्मीहरु बताउँछन् । जिल्लामा सबैभन्दा बढी ईशनाथ र राजपुर नगरपालिकाका छन् । करिब दुई महिनाअघि जिल्लामा सबैभन्दा पहिलो संक्रमित ईशनाथ नगरपालिकामा नै फेला परेको थियो ।
कोरोना संक्रमण दिनानुदिन बढिरहेको भए पनि बजार भने खुल्लै छ । बजारमा अत्यधिक भीडभाड देखिएको छ । सामाजिक दुरी अपनाइएको र मास्क लगाइएको पनि पाइएको छैन । बजारमा खासै सावधानी नअपनाउँदा जिल्लामा कोरोना संक्रमणको भयावह रुप लिने हो कि भन्ने त्रास बढेको छ ।
कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने एस्ट्राजेनेकाले कोभिसिल्ड खोप लगाउनेमा गम्भीर नकारात्मक असर (साइड इफेक्ट्स) देखिन सक्ने बताएको छ।
बेलायती औषधि उत्पादनकर्ता एस्ट्राजेनेकाले बेलायतको उच्च अदालतमा कोभिड–१९ खोपका कारण थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम जस्ता साइड इफेक्ट्स देखिन सक्ने स्वीकार गरेको हो।
थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोमका कारण शरीरमा रगत जम्न (फाल्सा÷ब्लड क्लट) जम्न थाल्छ वा शरीरमा प्लेटलेट्स तीव्र गतिमा कम हुन थाल्छ। शरीरमा ब्लड क्लटका कारण मस्तिष्कघात या कार्डिएक अरेस्ट हुन सक्ने जोखिम बढेर जान्छ।
एस्ट्राजेनेकाले यसै वर्षको फेब्रुअरीमा बेलायतको उच्च अदालत समक्ष खोपको साइड इफेक्ट्स सम्बन्धी आरोपलाई स्वीकार गरेको थियो। युनिभर्सिटी अफ अक्सफोर्डसँग मिलेर एस्ट्राजेनेकाले कोरोनाभाइरसविरुद्धको खोप तयार गरेको थियो।
एस्ट्राजेनेकाले आरोप स्वीकार्दै विभिन्न अध्ययनमा यो खोप कोरोनाभाइरसविरुद्ध उपयोगी भएको र थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम निकै दुर्लभ रुपमा देखा परेको पनि बताएको छ।
एस्ट्राजेनेकाले उत्पादन गरेको कोरोनाभाइरसविरुद्धको कोभिशिल्ड र भ्याक्सजेवरिया नामले बिक्री गर्दै आएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।