धमाधाम क्वारेन्टिनबाट घर पठाइदै
२५ जेष्ठ २०७७
६ मिनेट पाठ
संग्रह
Email
ईमेल
धमाधाम क्वारेन्टिनबाट घर पठाइदै

भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरूलाई आरडिटी परीक्षण गरेर सिधै घर पठाउने गरिएको छ । जेठको पहिलो साताबाट भारतका बिभिन्न रेडजोनबाट करिव ८० हजार जति सुदूरपश्चिममा भित्रिएका छन्। कुनै जाँच नगरि सिमानाकाबाट गाउँगाउँमा लगेर क्वारेन्टिनमा राखिएको थियो । आरडीटी जाँच गर्दै धमाधम घर पठाउन थालेपछि समुदायमा संक्रमण फैलिने जोखिम बढेको छ । 

आरडिटी जाँच पछि रिपोर्ट नेगेटिभ आएर क्वारेन्टिनबाट घर गएकाहरू संक्रमण नभएको भन्दै समुदायमा घुलमिल हुने गरेका छन् । ‘भारतबाट संगै आएका संक्रमण भएर अस्पताल छन्, उनी सँगै आएका घर आएर सवैतिर उठवस गरिरहेका छन्’ डडेल्धुृरा अमरगढी नगरपालिकाका १ महिलाले भनिन्,‘गाउँमा संक्रमण फैलिने त्रास छाएको छ ।’

आरडिटी जाँचमा रिपोट नेगेटिभ आउदाँ पनि कोरोनाको भाईरस हुने भएकाले आरडिटी जाँचका आधारमा संक्रमण छैन भनेर घर घर पठाएर समुदायमा घुलमिल हुन दिने अवस्था ठिक नभएको सेती प्रादेशिक अस्पतालका कोरोना उपचाार बिभाग प्रमुख शेरवहादुर कमर भन्छन । ‘आरडिटी जाँचकै आधारमा रेडजोनबाट आएकालाई घर पठाइनुले संक्रमण फैलिने धेरै जोखिम हुन्छ’उनले भने ।

स्थानिय बासिन्दा र विज्ञहरूले भारतबाट आएकालाई पिसिआर जाँच गरेर कोरोनाको संक्रमण भए नभएको एकिन गरेर मात्र घर पठाउनु पर्छ भनेर भनिरहेपनि सुनवाई नगरी आरडिटीका आधारमा धमाधम घर पठाइन लागेको हो । अस्तव्यस्त क्वारेन्टिनमा वस्दा संक्रमितबाट अरुमा पनि सर्ने र घर घर पठाउदाँ उनीहरूबाट समुदायमा सर्ने जोखिम बढेको स्थानिय दान बहादुर साउँदले बताए ।

आरडिटी पोजिटिभ आएकाहरूको मात्र पिसिआर गरिने गरेको छ । आरडिटी भएकाको पनि नमुना संकलन हुन बाँकी रहेको छ । आरडिटी रिपोर्ट पोजेटिभ भएकाहरू पनि नमुना संकलन र जाँच बाँकी भएकाले क्वारेन्टिनमै बसेका छन् ।

आरडिटी पोजिटिभ रिपोर्ट आएकाहरू संग क्वारेन्टिनमा संगै बस्दै आएका, एउटै शौचालय एउटै धारा प्रयोग गरेका नेगेटिभ रिपोर्ट आएकाहरूलाई घर पठाउने गरिएको छ । एउटै क्वारेन्टिनमा  सँगै बसेका नेगेटिभ रिपोर्ट आएकाहरू एक हप्ता घरमै अलग बस्ने सल्लाह दिँदै घर पठाउने गरिएपनि आरडिटीको रिपोर्टमा संक्रमण नदेखिएको भन्दै उनीहरू घरपरिवार र समाजमा घुलमिल हुने गरेको स्थानियले बताएका छन्।

आरडिटी  मात्र गरेर घर पठाउन थालेपछि गाउँघरमा त्रास फैलिएको छ । आरडिटी भरपर्दो नहुँदा नहुँदै पनि आरडिटीकै आधारमा घर पठाउँदा जोखिम बढेको पञ्चेश्वर गाउँपालिका–२ का रामी चन्दले बताए । आरडिटीकै भर पर्दा समुदायमा कोरोना फैलिने त्रास रहेको स्वास्थ्यकर्मी बताउँछन् ।

बैतडीमा  हालसम्म पिसिआर ५ सय ७९ जनाको मात्रै गरिएको छ  भने ३ हजार ७ सय ४८ जनाको आरडिटी परीक्षण गरिएको छ ।  तिमध्ये २ सय १६ जनामा आरडिटी पोजिटिभ आएपछि पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ । केही व्यक्तिको रिपोर्ट आउन बाँकी छ । आरडिटी पोजेटिभ आउँदा धेरै जना त्रसित हुने गरेका छन् ।

पिसिआर विधिबाट परीक्षण नहुँदासम्म ढुक्क हुने अवस्था नभएको पञ्चेश्वर गाउँपालिका–४ का नरेन्द्र चन्दले बताए । ‘सबैको पिसिआर परीक्षण गर्नु पर्ने तर यहाँ त आरडिटी गर्दै घर पठाउँदै गरेका छन्,’ उनले भने, एक हप्ता होम क्वारेन्टिनमा बसेको छु अझै ढुक्क हुने अवस्था छैन ।’ आरडिटी परीक्षणको धेरैले बिश्वासै गर्दैनन् । तर भारतबाट एउटै हुँलमा सँगै आएका धेरैमा कोरोना संक्रमण देखिँदा गाउँघरमा त्रास फैलिएको छ । 

भारतबाट सँगै आएका शिवनाथका ४ जनामा संक्रमण देखिएको छ, तर उनीहरूसँगै आएका धेरै जनाको आरडिटी टेस्ट गरेर घर पठाइएको स्थानीय बताउँछन् । ‘आरडिटीको रिपोर्ट उल्टोे आउने गरेकाले ढुक्कसँग बस्ने अवस्था छैन’  पुर्चौडी नगरपालिका–३, न्यादेउका स्थानीय रमेश लुहार बताउँछन्,‘गाउँभरी त्रास भएको छ ।’

पिसिआर विधिबाट परीक्षणै नगरी घर फर्काइएपछि कोरोना भए÷नभएको यकिन नहुँदा गाउँघरमा धेरै जना त्रसित रहेको मेलौली नगरपालिका–१ का सुरत पार्कीले बताए । ‘२ हप्ता क्वारेन्टिनमा बसिसकेकालाई आरडिटी गरेर नेगेटिभ रिपोर्ट आएको खण्डमा घर पठाउँने गरिएको छ,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले भने, ‘सबैको पिसिआर गर्न संम्भव छैन, किटको पनि अभाव छ । आरडिटी गर्दा नेगटिभ देखिएकालाई घर पठाउने गरिएको छ ।’

आरडिटीलाई आधिकारिक मान्दै धमाधम घर फर्काउन थालेपछि गाउँमा त्रास फैलिएको स्थानीय बताउँछन् । भारतबाट धेरै जना आएपछि स्थानीय तहलाई व्यवस्थापन गर्न समस्या भएको छ । कुनै वडाका विद्यालय खाली छैनन शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले भने, ‘आरडिटी गरेर घरमै सुरक्षित रूपमा बस्ने सर्तबमोजिम उनीहरूकै इच्छा अनुसार पठाइएको हो ।’

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ६२ हजार ५ सय २७ जना क्वारेन्टीनमा छन ।  ३२ हजार ७ सय ५६ को आरडिटी जाँच भएको छ त्यस मध्य ९ सय २८ पोजेटिभ आएको छ । भारतबाट भित्रिएको र क्वारेन्टिनमा वसेकाको संख्या हेर्दा भारतबाट करिव ८० हजार जना भित्रिएकोमा १८ जना जति घर घर गईसकेको देखिन्छ ।

३ दिनदेखि नमुना संकलन रोक

सुदूरपश्चिममा एक मात्र रहेको प्रयोगशालाको क्षमता अपुग भएपछि तीन देखि नमुना संकलन रोकिएको छ । गत शुक्रवार ५ दिन सम्म थ्रोट स्वाब संकलन नगर्न प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशानलयले लिखित रुपमै ९ जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको थियो ।

क्वारेन्टिनमा बसेकाको आरडिटी जाँचमा पोजेटिभ देखिएकाको, संक्रमति संख्या बढ्दै गएकाले उनको सम्पर्कमा रहेका र लक्षण देखिएकाको ९ जिल्लामा नमुना संकलन गर्दा धनगढीमा रहेको एकमात्र प्रयोगशालाको क्षमता, जनशक्ती, अन्य सामग्री अपुग भएको भन्दै नमुना संकलन रोकिएको थियो । भारतबाट आएर क्वारेन्टिन बसेका आरडिटी जाँचमा पोजेटिभ रिपोर्ट आएका सयौं जना, कन्ट्रयाक्ट ट्रेसिङ गर्नुपर्ने लगायतको नमुना संकलन हुन नसकेपछि सुदूरपश्चिममा अवस्था थप जटिल भएको छ । नमुना संकलन रोकिएपछि एकमात्र पिसिआर मेसिन भएकोमा थप पिसिआर मेसिन राख्न सरकारले पहल नगरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरिरहेका छन । सुदूरपश्चिम प्रदेश सरकारले डोटी र बैतडीमा प्रयोगशाला स्थापना गर्ने भनेर गत चैत महिनामा नै निर्णय गरेपनि कार्यान्वयन हुन सकेको छैन ।

आरडिटी जाँच बन्द गर्न माग

आरडिटी जाँचको रिपोट भरपर्दो नभएर जोखिम बढेको भन्दै यस प्रदेशमा सर्वसधारण देखि सासंद सम्मले आरडिटी जाँच बन्द गर्न माग गरेका छन । धनगढी उपमहानगरपालिका–४ का ५५ वर्षिय महिलाको आरडिटी रिपोट नेगेटिभ आएपछि उनलाई डाईलोसिस वार्डमा भर्ना गरियो । त्यहि क्रममा उनको मृत्यु भएपछि आरडिटी रिपोर्टकै भरमा अन्तेष्टी समेत गरियो । पछि पिसिआर जाँच गर्दा कोरोनाको संक्रमण पुष्टि भयो । यसरी आरडिटी रिपोर्ट भरपर्दो नभएको भन्दै सर्वसधारणले समाजिक सन्जालमा बन्द गर्न आवाज उठाएका छन्। 

सुदूरपश्चिम प्रदेश सभाको बैठकमा आईतबार सत्तापक्ष र बिपक्षी दलका सासंदहरूले आरडिटी जाँच बन्द गर्न माग गरेका थिए । आरडिटीको बिश्वसनियता विश्वमा कतै नभएको भन्दै सासंदहरू ले प्रयोग बन्द गर्न माग गरेका थिए । ‘आरडिटी जाँच गरेर पठाइएकाबाट संक्रमण भयाभह फैलिन सक्ने भएकाले आरडिटी जाँच बन्द गरेर पिसिआर जाँच बढाइनु पर्छ’ नेकपाका प्रदेश सभा सदस्य पुर्णा जोशीले भनिन् । यसैगरी नेपाली काग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खड्काले यृुरोपियन देश लगायतका बन्द गरेको आरडिटी जाँचको प्रयोग हुनु दुःखद रहेको उल्लख गर्दै समुदायमा संक्रमण भयाभह फैलिन नदिन आरडिटी जाँच बन्द गर्न माग गरे ।

लोकप्रिय
अर्को समाचार
कोरोना मैदानको एप्रोनधारी कमान्डर डा. सुनिल
२५ भदौ २०७८
६ मिनेट पाठ
संग्रह
Email
ईमेल
कोरोना मैदानको एप्रोनधारी कमान्डर डा. सुनिल

२०७७ वैशाख ४ गते मुगुको खत्याड गाउँपालिका खमालेका दत्त बुढामा कोरोना पोजेटिभ देखियो। यो नै कर्णाली प्रदेशको पहिलो कोरोना पोजेटिभ केस थियो। पहिलो पटक कोरोना पोजेटिभ देखिएपछि कर्णालीभर त्रास फैलियो। स्थिति भयावह बन्यो। आरडिटी परीक्षणमै कोरोनाले कर्णालीमा पहिलो पटक प्रवेश पायो। कर्णाली कोरोनाको हटस्पट बन्न सक्ने देखियो। उतिबेला कामको सिलसिलामा कालापहाड जाने कर्णालवासी फर्कने क्रम जारी थियो। भारत हुँदै आएका नागरिकमा कोरोना संक्रमण फैलन सक्ने तीव्र खतरा बढ्यो।

खत्याडमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सकको टोली खटायो। त्यो टोलीको नेतृत्वमा थिए, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका बालरोग विभाग प्रमुख सुनिल बुढाथोकी। उनी यसअघि कोरोनाबारे जानकारी दिने कर्णाली प्रतिष्ठानका सूचना अधिकारीका रुपमा तोकिएका थिए।

डा. बुढाथोकीका लागि आफ्नो टोलीलाई सुरक्षित बनाउँदै सिंगो नागरिक सुरक्षित बनाउने चुनौती थियो। नयाँ रोग, नयाँ भूगोल र नयाँ अनुभूतिसहित डा. बुढाथोकीले टोली खत्याड पुर्‍याए। पहिलो पटक पोजेटिभ देखिएकाले मनमा त्रास थियो। तर स्वास्थ्य सुरक्षाका हरेक क्रियाकलापबारे जानकार भएकाले खासै समस्या थिएन। उनले भने, ‘कोरोना पनि एक प्रकारको लडाइँ बन्यो। मानवको अस्तित्व संकट पार्ने गरी सिर्जना भएको कोरोनाको रोकथाम तथा नियन्त्रण कम चुनौती थिएन। तर स्वास्थ्यकर्मीको सक्रियता, नागरिकको जागरुकता र सरकारको जिम्मेवारीका कारण खत्याडमा संक्रमण दर बढेन। ’

डा. बुढाथोकीको टोली २०७७ वैशाख ५ गते नै खत्याडतिर प्रस्थान गर्‍यो। जतिसक्दो आरडिटी परीक्षण गर्ने, कोरोना सचेतना फैलाउने र बिरामीको रेखदेख र उपचार गर्ने त्यो टोलीको जिम्मेवारी थियो। टोलीले रातापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन बनाएर संक्रमितलाई राख्यो। लक्षणअनुसार औषधि प्रयोग गर्न र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न भन्यो। १४ दिनको आइसोलेसन बसाइपछि संक्रमितको रिपोर्ट नेगेटिभ आयो। विस्तारै गाउँबस्तीमा खुसियाली छाउन थाल्यो।

खत्याड गाउँपालिकाका सबै वडामा टोली पुग्यो र आरडिटी परीक्षण गर्न थाल्यो। त्यो समयमा स्थानीयमा निकै त्रास थियो। कोरोना पोजेटिभलाई गर्ने व्यवहार निकै फरक थियो। कोरोना के हो ? कोरोनाको पहिलो चरण के हो भन्ने विषयमा अन्योल थियो। जुम्लादेखि हिँडेको चिकित्सकको टोली देखेर बाटामा स्थानीय आत्तिन्थे।

डा. बुढाथोकीले भने, ‘कोरोनाको पहिलो संक्रमित भएको क्षेत्रमा खटिएर काम गर्न पाउँदा निकै उत्साहित थियौं। जनता आत्तिएका थिए। हरेक बस्तीमा त्रास फैलिएको थियो।’ टोलीले संक्रमितको पिसिआर गर्‍यो। रिपोर्ट नेगेटिभ आयो। गाउँमा पोजेटिभ देखिँदा फैलिएको त्रास कम भयो।’ झन्डै ७ सय जनाको आरडिटी तथा पिसिआर गरिएको थियो।

जनतालाई स्वास्थ्य शिक्षा, बिरामीको जाँच तथा उपचार र स्वास्थ्य परामर्शमा टोली केन्द्रित भयो। आफू पनि सुरक्षित हुने र नागरिकलाई पनि सुरक्षित बनाउने कार्यमा जुट्यो। चिकित्सकको टोली १३ दिन खत्याडमै बसेर फर्कियो। आरडिटी नगर्दा त्रास थियो। कोरोनाले गर्दा ज्यान खतरामा रहेको अनुभूति हुन्थ्यो। तर चिकित्सको टोली पुगेपछि स्थानीयले शान्तिको सास फेरे। औषधि बोकेर टोली गएकाले खासै समस्या थिएन।

यो रोग नयाँ भएकाले मृत्युदर बढ्ने र संक्रमण भयावह हुने निश्चित थियो। औषधि उपचार र उच्च सतर्कता अपनाउन थालिएको थियो। खत्याडमा पुगेर टोली जुन हिसाबले प्रस्तुत भयो। त्यही हिसावको हार्दिकता स्थानीयले देखाए। संकटभित्रको खत्याड बसाइ निकै आनन्ददायी र उपलब्धिपूर्ण बन्यो। डा. बुढाथोकीले भने, ‘कोरोना मैदानमा सेता एप्रोनधारी लडाकुको रुपमा प्रस्तुत भएर जनताको घरदैलोमा स्वास्थ्य सेवा दिन पाउँदा निकै खुसी छु। सजिलोमा सबैले साथ दिन्छन् तर संकटमा साथ दिनुको मज्जा अर्कै रहेछ।’

डा. बुढाथोकीसँगै डा. विशाल पोखरेल, डा. कपिल गुरागाईं, निशान्त लामा, विष्णुदत्त आचार्य र नवराज खड्का पनि खटिएका थिए। मुगुको खत्याडबाट फर्किएको टोली १० दिन क्वारेन्टिनमा बस्यो। खत्याडबाट फर्कन लागेको बेला डा. बुढाथोकीको समूहलाई चौतर्फी स्वागत तथा सम्मान गरिएको थियो।

त्यसलगत्तै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले जिल्लाका हरेक पालिकामा चिकित्सक खटाउने निर्णय ग¥यो। डा. बुढाथोकी तातोपानी गाउँपालिकामा खटिए। क्वारेन्टिन व्यवस्थापन, पिसिआर तथा आरडिटी परीक्षण र आइसोलेसन सेन्टर स्थापना गर्नुपर्ने जिम्मेवारी थियो। उनीसँगै फार्मेसिस्ट सूक्ष्मा काफ्ले थिइन्। तीन हप्ता तातोपानीमा खटिएका उनी हरेक बस्ती पुगे। गाउँबस्तीमा कोरोना संक्रमणविरुद्धको कार्यक्रम गर्न थाले। सचेतना फैलाउन थाले। उनले भने, ‘जबसम्म नागरिक सचेत हुँदैनन्, तबसम्म कोरोना भाइरस नियन्त्रणमा भएका प्रयासले मूर्त रुप पाउँदैनन्। त्यही भएर पहिलो जोड नै सचेतना बन्यो।’

संक्रमित बसेको क्वारेन्टिनमा प्रवेश गर्न निकै कठिन थियो। बाहिरैबाट खाना पोका पारेर फाल्ने गरिन्थ्यो। जब चिकित्सकको टोली भित्र जान थाल्यो अनि क्वारेन्टिनमा प्रवेश गर्न थालियो। पछिल्लो समयमा नजिकै गएर खानापानी छोड्न थालियो। जसले संक्रमितको मनोबल बढ्यो। उनले भने, ‘चिकित्सकको टोली एप्रोन लगाएर आइसोलेसनमा प्रवेश गर्नेबित्तिकै संक्रमित निकै उत्साहित हुन्थे। कोरोना संक्रमणको अवस्था र उपचार प्रक्रियाबारे चासो राख्थे।’

दोस्रो लहरमा जुम्लामा संक्रमितको संख्या बढ्न थाल्यो। सबैलाई अस्पताल ल्याएर राख्न नसकिने अवस्था रह्यो। बिरामीको प्रकृतिअनुुसार निगरानी गर्नुपर्ने भयो। हरेक पालिकामा कोभिड अस्पताल बने। सामान्य लक्षण देखिएका र लक्षण नदेखिएकालाई पालिकामै निगरानी गर्ने भन्ने परिपत्र भयो।

डा. बुढाथोकी पातारासी गाउँपालिकामा खटिए। उनी एक महिना बसे। गाउँमा गएर कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सचेतना फैलाउने, पिसिआर टेस्ट गर्ने र संक्रमितको अवस्था हेरेर उपचार विधि अपनाउन थाले। उनी कोरोना कालमा निकै जोखिमपूर्ण ठाउँमा खटिए। उनले त्यही ठाउँबाटै औधि माया पाए। अहिले उनी पुगेका हरेक बस्तीमा उनकै चर्चा हुन्छ। स्थानीय टेलिफोन गरेर स्वास्थ्य परामर्श लिन्छन्। स्वास्थ्यकर्मी फोन गरेर स्वास्थ्य क्षेत्रमा देखिएका समस्या राख्छन्।

डा. बुढाथोकीले भने, ‘कोरोनाले मानिसमानिस बीचको भौतिक दुरी मात्र बढाएन, एक मानवले अर्को मानवलाई गर्ने व्यवहार र सहयोगबारे समेत राम्रो पाठ सिकायो। स्वास्थ्य शिक्षा दिलायो। स्वास्थ्यप्रति संवेदनशील हुन प्रेरित गर्‍यो।’ पछिल्लो समय कोरोना भाइरसको रुपमा परिवर्तन भइरहेकाले सचेत रहन आग्रह गरिएको छ। सामाजिक दुरी कायम नगर्नु, मास्कको प्रयोग नहुनु र कोरोनालाई खेलाँची सम्झनु अहिलेको सबैभन्दा ठूलो चुनौती हो। विगत तीन वर्षदेखि डा. बुढाथोकीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा दिँदै आएका छन्। दुर्गममा स्वास्थ्य सेवा र शिक्षा दिन असजिलो छ। उनले भने, ‘स्थानीय साधनस्रोतको भरपुर प्रयोगले कार्यसम्पादनमा सहजता पैदा गर्न सकिन्छ।’ डा. बुढाथोकीले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर मात्र अघि बढ्न आग्रह गरेगरेर मात्र अघि बढ्न आग्रह गरे।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस