कैलालीको लम्की चुहा नगरपालिकाका वडा नम्वर १ शहिद स्मृती माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी एक महिलालाई तीन जनाले बलात्कार गरेको आरोप लागेको छ । शनिबार राती स्वयंम सेवक वसेका तीन जनाले बलात्कार गरेको पिडितले प्रहरीलाई बताएको छ ।
प्रहरीले बलात्कार गरेको आरोपमा ३ जना पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदीले पिडित महिलाले बलात्कार गरेको भनेर उजृुरी दिएको बताएका छन ।‘पिडित महिलाले बलत्कार गरेको भनेर उजुृरी दिएको छ, हामीले अनुसन्धान गरिरहेका छौंं’उनले भने । पिडित महिलाको उजुरीका आधारमा बलत्कारको आरोप लागेका ३ जना पक्राउ गरेको उनले बताए ।
पक्राउ पर्नेमा २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण बिक र १८ वर्षीय सर्जन बिक छन ।
कोरोनाको महामारीको कारण सबै जना लकडाउन भएका वेला क्वारेन्टिनमा वसेकी महिलालाई सामुहिक बलात्कार हुनुले जिल्लाको सुरक्षा जिम्मेवारी लिनेको लापरवाही भनेर स्थानियले आलोचना गरेका छन । कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुप शमसेर जवराले भने क्वारेन्टिनमा सामुहिक बलात्कार भएको बारेमा आफूलाई पुरै जानकारी आइनसकेकोले भन्न नसकिने भनेर नागरिक दैनिकलाई जवाफ दिएका छन् ।
नाबालिकालाई बलात्कार गरेको कसुर जिल्ला अदालत बागलुङले एक पुरुषलाई १२ वर्ष सजाय फैसला गरेको छ। १५ वर्षीया नाबालिक किशोरीलाई अपहरण गरी बलत्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालत बागलुङले जिल्लाको जैमिनी नगरपालिका—२ का ४३ वर्षीय दिलबहादुर थापालाई उक्त कैद सजायको फैसला सुनाएको हो।
जिल्ला अदालत बागलुङका इजलाश अधिकृत गंगाधर सापकोटाका अनुसार जिल्ला न्यायाधिस डा. दिवाकर भट्टको आइतबारको इजलाले १२ वर्षको कैद सजाय तोक्दै ३० हजार रुपैयाँ पीडित पक्षलाई क्षतिपूर्ति दिन आदेश दिएको हो।
‘नाबालिक बलत्कारको मुद्दामा कसुर ठहर भएपछि १२ वर्ष कैद र ३० हजार क्षतिपूर्तिको फैसला भएको छ,’ सापकोटाले भने। गतवर्ष २०७८ को भदौ ९ गते बालिकालाई अपहरण गरी भदौ १४ गतेसम्म विभीन्न स्थानमा पु¥याएर प्रतिवादीले पटक पटक जबरजस्ती करणी गरेको अदालतले ठहर गरको छ। थापाले बालिकालाई अपहरण गरी बलात्कार गरेको भन्दै परिवारले ०७८ भदौ १६ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित उजुरी दिएका थिए।
नाबालिका बलत्कारको मुद्दा परेपछि थापालाई प्रहरीले २०७८ भदौ २७ गते पक्राउ गरेको थियो। पक्राउ परेका थापालाई प्रहरीले जिल्ला अदालत बागलुङमा अपहरण तथा शरीर बन्धक बनाई जबरजस्ती करणी गरेको कसुर शिर्षकमा मुद्दा दर्ता गरेको थियो। तत्कालिन जिल्ला न्यायाधिस बासुदेव न्यौपानेको २०७८ कात्तिक ८ गतेको इजालाशले पुर्पक्षको लागि जिल्ला कारागार बागलुङमा थुनामा रहेका उनलाई १२ वर्षे कैद सजाय फैसला भएको हो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।