संग्रह
१५ वर्षिया बालिकालाई बलात्कार आरोपमा एक जना पक्राउ
छिमेकमा रहेकी १५ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा कपिलवस्तुको कृष्णगनर नगरपालिका– ११ औराहामा एक जना युवक पक्राउ परेका छन । शुक्रबार राति १० बजेतिर काम छ भनी आफ्नै घरमा बोलाएर बलात्कार गरेको आरोपमा २४ वर्षिय तिरथ यादव पक्राउ परेका हुन ।
छोरी करणी गरेको आरोपमा बाबु पक्राउ
इलाका प्रहरी कार्यालय मेलम्चीले १८ वर्षीया युवतीका बाबु मेलम्ची नगरपालिका–११ कालाई पक्राउ गरेको हो । छोरीलाई विगत तीन÷चार वर्षदेखि बलात्कार गर्दै आएको आरोप उनीमाथि लागेको छ । युवतीकी आमाको जाहेरीका आधारमा बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
४८ घण्टामा बलात्कार अभियोगमा ४ पक्राउ
उदयपुर प्रहरीले ४८ घण्टाको अवधिमा बालिकामाथि जवरजस्ती गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । बुधबार र बिहीबार फरक फरक बालिकामाथि जवरजस्ती गरेको आरोपमा ४ जना पक्राउ परेका हुन् ।
क्वारेन्टिनमा बसेकी महिलालाई सामुहिक बलात्कार
कैलालीको लम्की चुहा नगरपालिकाका वडा नम्वर १ शहिद स्मृती माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी एक महिलालाई तीन जनाले बलात्कार गरेको आरोप लागेको छ । शनिबार राती स्वयंम सेवक वसेका तीन जनाले बलात्कार गरेको पिडितले प्रहरीलाई बताएको छ ।
अंगिराको न्यायका लागि बुटवलमा प्रदर्शन
रुपन्देही देवदहकी १३ वर्षीया अंगिरा पासीको जातीय भेदभावकै कारण बलात्कारपछि हत्या भएको भन्दै न्यायका लागि प्रदर्शन गरिएको छ । जेठ १० गते देवदहकी १३ वर्षीया अंगिरालाई जनप्रतिनिधि र समाजका अगुवाहरूले छिमेकका २५ वर्षीय विरेन्द्र भरको जिम्मा लगाएर पठाएको केहि घन्टामै झुन्डिएको अवस्थामा शव भेटिएको थियो ।
कोरोना बहानामा बलात्कारी आरोपीलाई उन्मुक्ति
गत मंसिर २६ गते राति चिंगाड गाउँपालिकाकी १५ वर्षीया किशाेरी छिमेकीबाटै बलात्कृत भइन्। किशाेरीका आफन्तले दुई दिनपछि ३० वर्षीय ओमबहादुर रानाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जबरजस्ती करणी मुद्दा दर्ता गरे। प्रहरीले भोलिपल्टै उनलाई पक्राउ गर्यो।
भागरथी हत्याको ६ दिनः फितलो अनुसन्धान, दोषी उम्किने चिन्ता
किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको ६ दिनसम्म प्रहरीले दोषी पहिचान गर्न सकेको छैन। जिल्ला अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि घाँटी थिचेर उनको हत्या भएको हो। तर प्रहरीले दोषी पत्ता लाग्ने गतिलो आधार फेला पार्न सकेको छैन। घटनास्थलमा फेला परेको भागरथीको मोबाइल र फेसबुक एकाउन्टबाट पनि सुराक पत्ता लगाउन सकिएको छैन।
‘गृहमन्त्री ज्यू! भागरथीको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कडा कार्बाही होस्’
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माविमा अध्ययनरत कानून संकायका विद्यार्थी समूहले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दोषीमाथि कडा कार्बाहीको माग गरेका छन्।
बलात्कारका अभियुक्त पक्राउ
होहल्ला भएपछि सोही दिनदेखि फरार अभियुक्त यादवलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
‘सबै लिङ्गका व्यक्तिलाई सम्बोधन हुने गरी कानुन निर्माण हुनुपर्छ’
हालै एक युवतीले आठ वर्षअघि आफूमाथि बलात्कार भएको घटना सार्वजनिक गरेलगतै एकपछि अर्को बलात्कार तथा यौन हिंसाका घटनाहरु सार्वजनिक भइरहेका छन्। हाल सार्वजनिक भईरहेका घटनाहरुमा व्यापक रुपमा प्रदर्शन भईरहेको छ। सडकदेखि सदनसम्म यस्ता विषयहरुलाई गम्भीर रुपमा हेर्न थालिएको छ।