कपिलवस्तुमा दुई संचारकर्मी सहित नौ जना कोरोना संक्रमित थपिए
०९ जेष्ठ २०७७
१० मिनेट पाठ
संग्रह
Email
ईमेल
कपिलवस्तुमा दुई संचारकर्मी सहित नौ जना कोरोना संक्रमित थपिए

कपिलवस्तुमा दुई संचारकर्मी सहित नौ जना कोरना संक्रमित थपिएका छन्। यससंगै जिल्लामा कोरोना संक्रमितको संख्या ६९ पुगेका छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान पुष्टि गरेका कपिलवस्तको नौ जना मध्ये बाणगंगा नगरपालिकाका पाँच, मायादेबी गाउपालिकाका तीन र कपिलवस्तु नगरपालिकाका एक जना हुन्।  

जिल्लाका चार सुरक्षाकर्मी, एक स्टाफ नर्स, दुई कर्मचारीमा यस अघि नै संक्रमण पुष्टि भइसकेको थियो । कपिलवस्तु नगरपालिका–३ का २९ वर्षिय पुरुष र बाणगंगा नगरपालिका–१० का २५ वर्षिय पुरुष गरी दुई जनामा कोरोना पुष्टि भएको पत्रकार महासंघका जिल्ला सभापति डिलाराम भुसालले बताए । २९ वर्षिय पुरुषले एक अनलाईनमा र २४ वर्षिय पुरुषले स्थानीय टेलिभजनमा फाटो पत्रकार हुन्। दुबै जना लकडाउनका बेला स्थलगत रिपोटिङका क्रममा संक्रमित भएको हुन सक्ने अध्यक्ष भुसालले बताए ।

दुबै जना आफनै घरमा परिवारसंगै बस्दै आएका छन्। दुबैले बाणगंगा नगरपालिको सिद्धार्थ क्याम्पसमा गएर स्वाब दिएका थिए । जिल्लामा डेढ दर्जन पत्रकारको पिसिआर परीक्षण गरिएको भुसालले बताए । बाणगांगा नगरपालिकामा वडा नं ७ का ५३ वर्षिय, वडा नं. ५ का २७ वर्षिय, वडा नं. १० का २५ वर्षिय, वडा नं. ८ का २४ वर्षिय पुरुष रहेका छन्। यस्तै वडा नं. ४ की ८ वर्षिया बालिकामा पनि कोरोना देखिएको छ ।  

ति मायादेवी गाउँपालिका वडा नं. ४ का ४५ वर्षिय, वडा नं. ५ का ३४ वर्षिय र ३६ वर्षिय दुई जना पुरुष रहेका छन्। स्वास्थ्य कार्यालय अनुसार बाणगंगामा भेटिएका मध्ये तीन जना सिद्धार्थ क्याम्पस बुङचीको क्वारेन्टिनमा बसेका ब्यक्ति हुन्। भारतको मुम्बईबाट वैशाखको चौथो साता फर्के पछि उनीहरूलाई क्वारेन्टिनमा राखिएको छ । वडा नम्बर ४ ठकुरापुरमा भेटिएकी ८ वर्षिया संक्रमित बालिका भने घरै छिन्।

यस अघि  सोही गाउकी ६ वर्षिया बालिकामा कोराना देखिएको थियो । उता मायादेबी गाउपालिकामा कोरोना पुष्टि भएका ब्यक्तिहरू भारतको मुम्बईबाट दुई साता अघि फर्केर क्वारेन्टिनमा बस्दै आएका छन्। तिनै जनाको आरटिडी समेत पोजेटिभ देखिएको गाउपालिकाका स्वास्थ्य संयोजक महेन्द्र प्रसाद यादवले बताए ।

शुक्रबार बिहान संक्रमित पुष्टि भएका नौ जना मै कोरोनाको कुनै लक्षण नदेखिएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबार संक्रमित पुष्टि भएसंगै बाणगांगामा ५, मायादेबीमा १२ र कपिलवस्तु नगरपालिकामा संक्रमितको संख्या १० पुगेका छ ।

लोकप्रिय
अर्को समाचार
किन लगाउने कोरोनाविरुद्धको अतिरिक्त बुस्टर डोज?
०६ वैशाख २०८०
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
किन लगाउने कोरोनाविरुद्धको अतिरिक्त बुस्टर डोज?

पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गइरहेको छ। संक्रमणदर बढेसंगै मृत्यु हुनेको संख्या पनि बढेको देखिन्छ। मंगलबार मात्र कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरिरहेको छ। मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारी बिरामी हुने जोखिम कम गर्न, कोभिड–१९ लागेमा गम्भीर रूपमा बिरामी हुनबाट बच्न र परिवार, साथी र समुदायलाई सुरक्षित राख्न खोप लगाउनुपर्ने बताउँछन्।

कोरोनाविरुद्धको खोप लगाउने कुरा समुदायमा संक्रमण कतिको फैलिएको छ, समुदायमा प्रतिरोधात्मक क्षमता कमजोर भएर मानिसहरु अस्पताल भर्ना हुने दर बढ्दै जादा बूस्टर डोज लगाउनुपर्ने अधिकारीले बताए।  

सामान्य अवस्थामा कोरोनाविरुद्धको खोप ३ वटा डोज मात्र लगाए पुग्ने उनको भनाइ छ। कोरोनाको अलि बढी जोखिममा भएका फ्रन्टलाइनरहरु, स्वास्थ्यकर्मी, ५५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक र दिर्घरोगीहरुलाई कोरोनाविरुद्धको खोपको अतिरिक्त डोज दिएको उनले बताए।

तर नेपालमा कोरोना संक्रमण कम हुँदा खोप लगाउन नजाने र संक्रमण बढेपछि खोप लगाउन जाने परिपाटीले खोपको व्यवस्थापन गर्न गाह्रो भएको अधिकारी बताउँछन्।

उनी भन्छन्,‘हाम्रोमा कोरोना संक्रमण कम हुँदा खोप लगाउन कोही जानु हुँदैन्। संक्रमण बढेपछि खोप लगाउन जाने संख्या पनि बढ्छ। त्यसैले खोप व्यवस्थापन गर्नै गाह्रो भइरहेको छ। खोपले हामीलाई थप सुरक्षित गर्न र जटिल अवस्था भएर अस्पताल भर्ना हुन नपरोस भनी खोप लगाउने हो।’

अहिलेसम्म आएका कोरोनाको भेरियन्टहरुका लागि यस अघि लगाएको ३ डोज खोपले पुग्ने उनको बुझाइ छ। अहिले दिइरहेको अतिरिक्त डोज भने बढी जोखिम  भएकालाई दिइरहेको अधिकारीले बताए।  

सरकारले पछिल्लो समय बुस्टर डोजमा फाइजर खोप लगाइरहेको छ। कोरोनाविरुद्धको अन्य खोप लगाएकाहरुले बुस्टर डोजमा फाइजर खोप लगाउन मिल्ने डा.अधिकारीले बताए।  

नेपालमा अहिलेसम्म कोरोनाविरुद्धको खोपहरुमा कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, फाइजर लगाइएको छ। उनले यी खोपहरु लगाएकाहरुलाई पनि बुस्टर डोजमा फाइजर लगाउन मिल्ने बताए।

‘पछिल्लो समय हामीले लगाएको कोरोना विरुद्धको बुस्टर डोज खोप ओमिक्रोन भेरिएन्टलाई लक्षित गरेर लगाइएको हो। नभए पहिलाको नै २ डोज खोपले पुग्ने थियो। अहिले अतिरिक्त डोज दिनै पर्ने व्यक्तिहरुलाई दिएका हौं’, अधिकारीले भने।

पछिल्लो समय सरकारले कोरोनाविरुद्धको खोप स्थानीय तहरुको माग अनुसार पठाइरहेको छ भने स्थानीय तहहरुको व्यवस्थापनमा खोप लगाइरहेको छ।  

काठमाडौं उपत्यकामा भने यस अघि खोप लागाइएका ठूला अस्पताल र काठमाडौं महानगरका केही वडाहरुको स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउन पाइन्छ। खोप लगाउन जाँदा यस अघि खोप लगाएको कार्ड लिएर जार्नुपर्ने छ।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस