सवारीचालक अनुमतिपत्रमा अनियमितता
२७ पौष २०७९
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
सवारीचालक अनुमतिपत्रमा अनियमितता

विशेष अदालतले सवारीचालक अनुमतिपत्रको परिणाम फेरबदल र राजस्व चुहावट मुद्दामा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका तत्कालीन कार्यालय प्रमुख उपसचिव आनन्दकेशरी पोखरेल, प्रहरी नायब उपरीक्षक नवराज थापा, प्रहरी निरीक्षक मुरारी मिश्रसहितलाई दोषी ठहर गर्दै कैद र जरिवाना तोकेको छ।

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र खुसीप्रसाद थारुको इजलासले सवारीचालक अनुमतिपत्र परीक्षामा अनुत्तीर्ण भएकालाई उत्तीर्ण गरी परिणाम फेरबदल गरेको ठहर गर्दै मंगलबार उनीहरूलाई कैद सजाय र जरिवाना ठहर गरेको हो।

अदालतले तत्कालीन उपसचिव पोखरेललाई राजस्व चुहावट र परीक्षाको परिणाम फेरबदल गरेको मुद्दामा दोषी ठहर गरेको छ। उनलाई छुट्टाछुट्टै कैद सजाय र जरिवाना तोकिएको छ। उनलाई ८ महिना कैद र ९ हजार रूपैयाँ जरिवाना तोकिएको छ।

त्यसैगरी अदालतले इन्जिनियर वासुदेव पोखरेल, प्रहरी निरीक्षक मुरारी मिश्र र प्रहरी नायब उपरीक्षक नवराज थापालाई जनही ६ महिना कैद र ८ हजार रूपैयाँ जरिवाना ठहर गरेको छ। त्यसै मुद्दामा संलग्न तत्कालीन शाखा अधिकृतहरू राममणि पोखरेल, इश्वरराज रेग्मी, शम्भुप्रसाद थपलियालाई जनही ४ महिना कैद र ६ हजार रूपैयाँ जरिवाना ठहर भएको छ।

विशेष अदालतले राजस्व चुहावट मुद्दामा उपसचिव पोखरेललाई ६ महिना कैद र ७ हजार रूपैयाँ जरिवाना तोकेको छ। त्यसैगरी प्रहरी निरीक्षक रविन्द्र श्रेष्ठलाई ५ महिना कैद र ६ हजार रूपैयाँ जरिवाना तोकिएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सवारीचालक अनुमतिपत्रका लागि लिइने परीक्षामा अनियमितता भएको दाबीसहित २०७६ सालमा ३९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दर्ता गरेको थियो।

अख्तियारले २०६९ वैशाख, जेठ र असार महिनामा प्रयोगात्मक परीक्षामा फेल भएका १२ सय ८४ जनालाई पास गराएको दाबीसहित मुद्दा दर्ता गरेको थियो। परीक्षा परिणाम फेरबदल गरेको आरोपमा मुद्दा चलाइएका धेरैले सफाइ पाएका छन्। कर्मचारीहरू धर्मराज ढुंगाना, वासुराज रेग्मी, रत्नबहादुर श्रेष्ठ, मदनप्रसाद पोखरेल, वासुदेव तिवारी, भरतकुमार थापा, टीकाराम खनाल, भविन्द्र कार्की, वच्चुप्रसाद पोखरेल, थानेश्वर ढुंगाना, कमलकुमार खत्री, मदन गिरी, प्रेमराज निरौला, राधाकृष्ण पोखरेल, सत्यबहादुर भण्डारी, शिवप्रसाद चापागाइँ, उमाकान्त ब्रजाचार्य, सन्जीव न्यौपाने, कविता खड्का, रञ्जु सेन पाण्डे, बाबुकृष्ण महत, बद्रीप्रसाद दाहाल, कोषबहादुर थापा, माधवप्रसाद कोइराला, मणिराम कोइराला, प्रतिभा न्यौपाने क्षेत्री, रघुनाथ केसी, रामप्रसाद भट्टराई, तीर्थराज जैसी र तुलसा श्रेष्ठ अधिकारीले सफाइ पाएका छन्।

लोकप्रिय
अर्को समाचार
कारबाही गर्न सिफारिस गरिएका कर्मचारी अख्तियारमा
१२ वैशाख २०८१
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
कारबाही गर्न सिफारिस गरिएका कर्मचारी अख्तियारमा

नक्कली लाइसेन्स वितरण गरेको विषयमा यातायात व्यवस्था विभागले गठन गरेको छानबिन प्रतिवेदनले कारबाही गर्न सिफारिस गरिएका एकजना प्राविधिक कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा काज सरुवा गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार सञ्चार मन्त्रालयमा कार्यरत कम्प्युटर इञ्जिनियर सुरज प्रकाश अर्याललाई सञ्चारबाट अख्तियारमा तीन महिने काज सरुवा गरिएको हो। उनले सोमबार नै सरुवाको चिठीसमेत बुझिसकेको मन्त्रालय स्रोतले बताएको छ।

अर्यालले कारागारमा रहेका संशाक बस्नेतलाई उहीँ पुगेर नक्कली लाइसेन्स बुझाएको छानबिन प्रतिवेदनमा उल्लेख छ। बस्नेत हाल जेलबाट रिहा भइसकेका छन्। विभागका आइटी इन्जिनियर मुकेश रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो।

समितिले प्रतिवेदन बुझाइसकेपछि अर्याललाई विभागबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएको थियो। सामान्य मन्त्रालयका अर्का एक उच्च कर्मचारीका अनुसार अख्तियारबाटै माग भएपछि अर्यालालई अख्तियार पठाइएको हो। सामान्यतया सामान्यले अख्तियारमा कर्मचारी सरुवा गर्दा अख्तियारले नै माग गरेका कर्मचारी पठाउने गर्छ।

राष्ट्रपति कार्यालय, लोकसेवा आयोग, प्रधानमन्त्री कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान राष्ट्रिय सतर्कता केन्द्रलगायतका कार्यालयमा सम्बन्धित कार्यालयले नै माग गरेका कर्मचारी सरुवा गर्ने गरिएको छ।

नक्कली लाइसेन्स छानबिन प्रकरण अहिले अख्तियारमा पुगेको छ। अनुसन्धानको दायरामा रहेका कर्मचारी आफैं अख्तियारमा सरुवा हुनुले यसबाट छानबिन प्रभावित हुने यातायात व्यवस्था विभागका एक कर्मचारी बताउँछन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस