संग्रह
सवारीसाधनले क्षमताभन्दा बढी भार बोकेमा कारवाही
यातायात व्यवस्था विभागले यही चैत १५ गतेदेखि सवारीसाधनले तोकिएभन्दा बढी भार बोकेको पाइएमा सम्बन्धित ठाउँमा सामग्री झार्ने र जरिवाना गर्ने भएको छ। मालवाहक सवारीसाधनको भरवाहन नियमनसम्बन्धी निर्देशिका, २०७४ को व्यवस्थाअनुसार मालवाहक सवारीसाधनको नियमन र गल्ती पाइएमा कारवाही गर्न लागिएको विभागले जनाएको छ।
सात लाख बढीले लाइसेन्सको अनलाइन फारम भरे
यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे लाइसेन्सको अनलाइन आवेदन दिनेको संख्या ६/७ लाख पुगिसकेको बताउँछन्। ‘अनलाइनमा २४सै घन्टा आवदेन दिने व्यवस्था मिलाएका छौं, त्यसैले आवेदन दिनेको संख्या अत्यधिक छ,’ उनले भने, ‘आगामी जनवरीसम्मको मिति भरिएको देखिन्छ। तर हामीले सिस्टम रिभ्यू गरेर तोकिएको समयभन्दा अगावै ट्रायल गर्ने प्रयत्न गरिरहेका छौं।’
यातायात व्यवस्था विभागले परीक्षणकालीन लाइसेन्स दिन सुरु गर्यो
यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नविकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ।
उपत्यकाबाट बाहिरिनेहरुका लागि ११ गतेदेखि अग्रिम टिकट बुकिङ
काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि यही असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ।
सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुल्यो
देशभरका २१ वटा यातायात कार्यालयमा दैनिक ५ हजार सेवाग्राहीले मात्रै आवेदन दिन सक्ने।
लाइसेन्सको अनलाइन आवेदन प्रणाली चार दिनमै बन्द
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द भएको छ। यातायात व्यवस्था विभागले सबै प्रकारका सवारीको लाइसेन्सका लागि आवेदन खुल्ला गरेको चार दिनमै प्रणालीमा प्राविधिक समस्या आएको छ।
परीक्षा उर्तीण गरेकाहरुले पनि चालक अनुमति पत्र पाएनन्
विभागले हाल लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नविकरणका लागि आवेदन दिएका चालकलाई अस्थायीरुपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स वितरण गर्दै आएको छ।
निरीक्षण गर्ने पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेट जडान
विभागले दुईपांग्रे सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दा २ हजार ५ सय, तीनपांग्रेमा २९ सय, साना चारपांग्रे सवारीमा ३२ सय र ठुला सवारीमा ३६ सय रूपैयाँ शुल्क तोकेको छ।
राजधानी केन्द्रित ठूला परियोजना: सपना मात्र देखाइन्छ, निर्माण गरिँदैन
यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्यलाई पनि प्रभावकारी ढंगले अघि बढाउन सकेको छैन।
नेपालमा उत्पादित सवारीसाधन दर्ताका लागि बाटो खुल्यो
यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता गर्ने व्यवस्था गरेको छ। यातायात व्यवस्थापन कार्यविधि, निर्देशिका २०६०संशोधन गर्दै विभागले उक्त व्यवस्था गरेको हो।