सात लाख बढीले लाइसेन्सको अनलाइन फारम भरे
१३ चैत्र २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
सात लाख बढीले लाइसेन्सको अनलाइन फारम भरे

कोभिड १९ को कारण रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फारम गत पुस दोस्रो साता खुल्यो। १० महिनापछि खुलेको लाइसेन्सको अनलाइन फारम भर्नेको संख्या निकै बढेको छ। पुसयता सात लाखभन्दा धेरै सेवाग्राहीले अनलाइन फारम भरेर प्रयोगात्मक (ट्रायल) परीक्षा पर्खिरहेका छन्। तर यातायात व्यवस्था कार्यालयले सेवाग्राहीको चाप अनुसार सेवा प्रवाह गर्न नसक्दा २०२२ जनवरीसम्मको मिति भरिइसकेको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे लाइसेन्सको अनलाइन आवेदन दिनेको संख्या ६/७ लाख पुगिसकेको बताउँछन्। ‘अनलाइनमा २४सै घन्टा आवदेन दिने व्यवस्था मिलाएका छौं, त्यसैले आवेदन दिनेको संख्या अत्यधिक छ,’ उनले भने, ‘आगामी जनवरीसम्मको मिति भरिएको देखिन्छ। तर हामीले सिस्टम रिभ्यू गरेर तोकिएको समयभन्दा अगावै ट्रायल गर्ने प्रयत्न गरिरहेका छौं।’  

कोभिड १९ का कारण लाइसेन्सको परीक्षा १० महिना ठप्प भयो। सो अवधिमा पाँच लाखभन्दा धेरै सेवाग्राही मर्कामा परे। कोभिड १९ को संक्रमण बढेसँगै दुईपांग्रे तथा चारपांग्रे सवारी खरिद गर्नेको संख्या उलेख्य बढ्यो, तर लाइसेन्सको परीक्षा रोकियो। नाडा अटोमोबाइल एसोसिएसनका अनुसार कोभिड १९ पछि दुईपांग्रे किन्नेको संख्या दोब्बरभन्दा धेरै बढेको छ। तर यातायात व्यवस्था विभाग संघीय सरकार मातहत र सवारी चालक अनुमतिपत्र लिने यातायात व्यवस्था कार्यालयहरू प्रदेश सरकार मातहत भएकाले समन्वय छैन।

लाइसेन्सका सेवाग्राही अत्यधिक बढ्दा सेवा प्रवाह गर्न समेत समस्या छ। यातायात व्यवस्था कार्यालय (सवारी चालक) सुकेधाराका प्रमुख विष्णु भट्टराईले अनलाइनमार्फत लाइसेन्सको आवेदन दिनेको संख्या अत्यधिक भएको बताए। ‘कोभिड १९ को कारण यातायात कार्यालय झण्डै आठ महिना ठप्पै भयो, जसले गर्दा लाइसेन्स लिन चाहनेको संख्या धेरै बढेको हो,’ उनले भने, ‘सेवाग्राहीको संख्या धेरै भएकाले प्रयोगात्मक परीक्षा सञ्चालन गर्न समस्या छ।’  

महानिर्देशक घिमिरेले लाइसेन्स कार्यालयको क्षमता बढाउँदै दैनिक ट्रायल लिने क्षमतामा समेत सुधार गर्ने प्रयास भइरहेको बताए। ‘अहिले मुलुकभर दैनिक १२ सयको मात्रै ट्रायल लिने क्षमता छ,’ उनले भने, ‘आगामी वैशाखभित्र दैनिक ट्रायल क्षमता बढाएर तीन हजार पु¥याउने प्रयास गर्दैछौं।’  काठमाडौं उपत्यकामा लाइसेन्सको लिखित र ट्रायल परीक्षा लिने चारवटा यातायात कार्यालय छन्। उपत्यकाबाहिर ११ वटा छन्।

विभागका महानिर्देशक घिमिरेले अनलाइन आवेदन फारम भरेका सेवाग्राहीको मासिक रिभ्यू गरेर असारसम्म धेरै संख्या घटाउने बताए। उनले भने, ‘मासिक रिभ्यूको काम वैशाखदेखि सुरु गरिनेछ।’ विभागले लाइसेन्सको प्रयोगात्मक परीक्षाको अंकभार समेत परिवर्तन गर्ने तयारी गरेको छ। ट्रायलको पूर्णांक १०० बनाएर ७० अंक प्राप्त गर्नेलाई लाइसेन्स दिने गरी कानुन संशोधन गर्न लागेको हो।

अहिले शतप्रतिशत पास गरेमात्रै लाइसेन्स पाइन्छ। अब हुने ट्रायलमा अंग्रेजी ८ को अंक जस्तो आकार घुमाउने, उकालोमा रोक्ने, साइडबत्ती बाल्ने लगायत नियमलाई सय अकंमा गणना गरेर ७० अंक प्राप्त गर्नेलाई पास गर्ने नियम बनाउन खोजिएको हो। महानिर्देशक घिमिरेले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा नियम संशोधन गर्ने कानुनको प्रस्तावित मस्यौदामा मन्त्रालयले सैद्धान्तिक स्वीकृति दिएकाले आवश्यक अध्ययन गरेर कानुन छिट्टै जारी गरिने बताए। 

लोकप्रिय
अर्को समाचार
कारबाही गर्न सिफारिस गरिएका कर्मचारी अख्तियारमा
१२ वैशाख २०८१
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
कारबाही गर्न सिफारिस गरिएका कर्मचारी अख्तियारमा

नक्कली लाइसेन्स वितरण गरेको विषयमा यातायात व्यवस्था विभागले गठन गरेको छानबिन प्रतिवेदनले कारबाही गर्न सिफारिस गरिएका एकजना प्राविधिक कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा काज सरुवा गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार सञ्चार मन्त्रालयमा कार्यरत कम्प्युटर इञ्जिनियर सुरज प्रकाश अर्याललाई सञ्चारबाट अख्तियारमा तीन महिने काज सरुवा गरिएको हो। उनले सोमबार नै सरुवाको चिठीसमेत बुझिसकेको मन्त्रालय स्रोतले बताएको छ।

अर्यालले कारागारमा रहेका संशाक बस्नेतलाई उहीँ पुगेर नक्कली लाइसेन्स बुझाएको छानबिन प्रतिवेदनमा उल्लेख छ। बस्नेत हाल जेलबाट रिहा भइसकेका छन्। विभागका आइटी इन्जिनियर मुकेश रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो।

समितिले प्रतिवेदन बुझाइसकेपछि अर्याललाई विभागबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएको थियो। सामान्य मन्त्रालयका अर्का एक उच्च कर्मचारीका अनुसार अख्तियारबाटै माग भएपछि अर्यालालई अख्तियार पठाइएको हो। सामान्यतया सामान्यले अख्तियारमा कर्मचारी सरुवा गर्दा अख्तियारले नै माग गरेका कर्मचारी पठाउने गर्छ।

राष्ट्रपति कार्यालय, लोकसेवा आयोग, प्रधानमन्त्री कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान राष्ट्रिय सतर्कता केन्द्रलगायतका कार्यालयमा सम्बन्धित कार्यालयले नै माग गरेका कर्मचारी सरुवा गर्ने गरिएको छ।

नक्कली लाइसेन्स छानबिन प्रकरण अहिले अख्तियारमा पुगेको छ। अनुसन्धानको दायरामा रहेका कर्मचारी आफैं अख्तियारमा सरुवा हुनुले यसबाट छानबिन प्रभावित हुने यातायात व्यवस्था विभागका एक कर्मचारी बताउँछन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस