कमजोर बन्दै भ्रष्टाचार मुद्दा
०६ असोज २०७९
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
कमजोर बन्दै भ्रष्टाचार मुद्दा

नेपालमा भ्रष्टाचार बढ्दै जाँदा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दर्ता गरेका मुद्दा कमजोर बन्दै गएका छन्। अख्तियारले विशेष अदालतमा आर्थिक वर्ष २०७८/०७९ मा दर्ता गरेका मुद्दामध्ये करिब ३९ प्रतिशतमा मात्रै भ्रष्टाचार ठहर भएको छ। विशेष अदालतले आधार र प्रमाण नपुगेको जनाउँदै भ्रष्टाचारका धेरै मुद्दामा सफाइ दिने गरेको छ।

पछिल्लो एघार वर्षको अवधिमा अख्तियारले दायर गरेका भ्रष्टाचार मुद्दामा फैसलाको यो तथ्यांक सबैभन्दा कमजोर हो। यस अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष २०६७/०६८ र २०७५/०७६ मा करिब ८९ प्रतिशत भ्रष्टाचार मुद्दामा अख्तियारको पक्षमा फैसला भएको उसको ३२औं वार्षिक प्रतिवेदनमा उल्लेख छ। प्रमुख आयुक्त प्रेमकुमार राईले बुधबार अख्तियारको ३२औं प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन्।

मुद्दा लगाउने आधार र प्रमाण पुर्‍याउन नसकी अनुसन्धान फितलो भएका कारण अदालतमा दर्ता गरिएका भ्रष्टार मुद्दामा धेरैले सफाइ पाउने गरेका छन्। अख्तियारले रिसवत घुस, नक्कली शैक्षिक प्रमाणपत्र, सार्वजनिक सम्पत्तिको हानिनोक्सानी, गैरकानुनी सम्पत्ति आर्जन, राजस्व चुहावटलगायतका भ्रष्टाचाजन्य विषयमा मुद्दा चलाउँदै आएको छ। मुद्दाको संख्या बढी देखिए पनि कसूर ठहर हुने संख्या न्यून छ। अख्तियारले भने मुद्दा दर्ता संख्या मात्रै गन्ने गरेको छ। दर्ता मुद्दामध्ये कममा सफलता पाउने गरेको अख्तियार आफैंले स्विकारेको छ। रंगेहात पक्राउ गर्न नपाएका कारण पनि प्रमाण कम भएको र मुद्दा असफल हुने दर बढेको अख्तियारको ठहर छ। अख्तियारले घुस लिनेलाई यसअघि रंगे हात पक्राउ गथ्र्यो। अख्तियार आफैंले सेवाग्राहीलाई पैसा उपलब्ध गराएर घुस माग्ने कर्मचारीलाई दिन लगाउने र त्यही मौकामा रंगेहात पक्राउ गथ्र्यो। अख्तियारको रंगे हात पक्राउ प्रकरण कानुनविपरीत भएको भन्दै सर्वोच्च अदालतले खारेज गरिदिएको थियो।  

‘अख्तियारको अहिलेसम्मकै तथ्यांकमा मुद्दामा गत वर्ष कम सफलता मिलेको छ। दायर भएका मुद्दामा कमै सफलता मिल्ने गरेको छ। मुद्दाको विषय हामीहरूको हातमा छैन’, अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले भने, ‘रंगे हात पक्राउ गर्ने प्रक्रिया सर्वोच्च अदालतले खारेज गरेपछि प्रमाण कम हुने गरेकाले असफलता दर बढेको हो।’ अख्त्यिारको विस्तृत अनुसन्धानबाट आर्थिक वर्ष २०७८/०७९ मा १३० वटा मुद्दा दर्ता गरिएको थियो।  

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको भ्रष्टाचार सूचकांकमा पनि नेपालले भ्रष्टाचार नियन्त्रणमा सुधार गर्न सकेको छैन। भ्रष्टाचार नियन्त्रणका लागि सबै नियामक निकायहरूको सामूहिक प्रयास हुनुपर्ने प्रवक्ता भण्डारीले बताए। ‘सबै जिम्मेवार निकायको सामूहिक प्रयास हुन आवश्यक छ। गलत काम गर्नेलाई विभागीय कारबाही गरेर छोड्नु हुँदैन,’ उनले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्ने काम अख्तियारको जिम्मेवारीमा मात्रै पनि छोड्नु हुँदैन।’ अख्तियारमा पुगेका केही ठूला मुद्दा अंग नपुगेका कारण अदालतमा दर्ता हुन नसकेको पनि उनले बताए।  

भ्रष्टाचार मुद्दामा कार्यालय सहयोगी र बिचौलिया प्रतिवादी  

अख्तियारले दर्ता गरेका भ्रष्टाचार मुद्दामा धेरैजसो कार्यालय सहयोगी र बिचौलिया प्रतिवादी हुने गरेका छन्। विशेष अदालतमा दर्ता गरिएका मुद्दामा जम्मा ६ सय ३९ जनालाई प्रतिवादी बनाइएको छ। तीमध्ये पूर्वमन्त्री १ जना, विशिष्ट श्रेणीका ३ जना कर्मचारी, अधिकृतस्तरका १५१ जना कर्मचारी, कार्यालय सहयोगी कर्मचारी १५९ जना, निर्वाचित जनप्रतिनिधि १५१ जना र बिचौलिया/मतियार १७४ जनालाई प्रतिवादी बनाइएको छ। गत असारभित्र दर्ता गरिएका भ्रष्टाचारका विभिन्न मुद्दामा २ अर्ब ७९ करोड २७ लाख ४८ हजार रूपैयाँ बिगो मागदाबी गरिएको छ।  

अख्तियारले सबैभन्दा धेरै संघीय मामिला एवं स्थानीय तहविरुद्ध उजुरी पर्ने जनाएको छ। त्यसैगरी शिक्षा, भूमि प्रशासन, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, भौतिक पूर्वाधार तथा यातायात, गैरकानुनी सम्पत्ति आर्जन, नक्कली शैक्षिक प्रमाणपत्रलगायतका विषयमा उजुरी पर्ने गरेका छन्। कुनै पनि व्यक्तिले गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेर मुद्दा दर्ता गर्छ। आर्थिक वर्ष २०७८/०७९ मा २४ हजार ३३१ वटा उजुरी आयोगमा परेका थिए। त्यसमध्ये १७ हजार १६९ वटा उजुरी फस्र्योट गरेको छ। फस्र्योट भएका उजुरीमध्ये ५ हजार ३०२ वटा तामेलीमा पठाइएको छ। जम्मा ८ सय २३ वटा उजुरीमाथि विस्तृत अनुसन्धान गर्ने निर्णय भएको तथ्यांकमा उल्लेख छ।

सरकारलाई सुझाव

अख्तियारले सरकारलाई निर्वाचन प्रणालीमा सुधार गर्न सुझाव दिएको छ। ३२औं वार्षिक प्रतिवेदनमा निर्वाचनमा अचाक्ली खर्च हुने गरेकाले राजनीतिक दललाई पारदर्शी र वस्तुगत मापदण्ड बनाएर खर्चमा अंकुश लगाउन सरकारलाई सुझाव दिइएको छ। आयोगले वार्षिक प्रतिवेदनमार्फत निर्वाचनको प्रचारप्रसार, कार्यकर्ता परिचालनजस्ता काममा गरिने खर्चको मापदण्ड र आचारसंहिता कडाइका साथ लागू गर्न पनि सुझाव दिएको छ।  

भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको कार्यान्वयन गर्न, निजी तथा गैरसरकारी क्षेत्रको भ्रष्टाचारलाई कानुनको दायरामा ल्याउन, विद्यालयस्तरीय पाठ्यक्रममा सुशासन प्रवद्र्धनसम्बन्धी विषय समावेश गर्न पनि प्रतिवेदनले सुझाएको छ। त्यसैगरी सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा सिसिटीभी राखी त्यसको भण्डारणलाई कानुनले तोकेको अवधिसम्म सुरक्षित राख्न सुझाव दिइएको छ। जिम्मेवारी पूरा नगरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गर्ने पदाधिकारीलाई जिम्मेवार बनाउनेलगायतका सुझाव प्रतिवेदनमा छन्। सुशासन, सदाचार र नैतिक आचरणतर्फ राजनीतिक नियुक्ति हुने पदमा नियुक्त हुनुअघि र पदाधिकार समाप्त भए पछि सम्पत्ति विवरणअनिवार्यरूपमा सार्वजनिक गर्न कानुनी व्यवस्था मिलाउन अख्तियारको माग छ। सार्वजनिक क्षेत्रमा देखिएको सदाचार तथा नैतिक आचरणको विचलनलाई रोक्न राष्ट्रिय सदाचार नीति बनाएर लागू गर्न सुझाव दिइएको छ। अनुत्पादक क्षेत्रको अनुदानलाई निरूत्साहित गर्न, बैंकिङ प्रणालीमार्फत मात्र भुक्तानी दिनुपर्ने अख्तियारको सुझाव छ।

लोकप्रिय
अर्को समाचार
कारबाही गर्न सिफारिस गरिएका कर्मचारी अख्तियारमा
१२ वैशाख २०८१
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
कारबाही गर्न सिफारिस गरिएका कर्मचारी अख्तियारमा

नक्कली लाइसेन्स वितरण गरेको विषयमा यातायात व्यवस्था विभागले गठन गरेको छानबिन प्रतिवेदनले कारबाही गर्न सिफारिस गरिएका एकजना प्राविधिक कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा काज सरुवा गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार सञ्चार मन्त्रालयमा कार्यरत कम्प्युटर इञ्जिनियर सुरज प्रकाश अर्याललाई सञ्चारबाट अख्तियारमा तीन महिने काज सरुवा गरिएको हो। उनले सोमबार नै सरुवाको चिठीसमेत बुझिसकेको मन्त्रालय स्रोतले बताएको छ।

अर्यालले कारागारमा रहेका संशाक बस्नेतलाई उहीँ पुगेर नक्कली लाइसेन्स बुझाएको छानबिन प्रतिवेदनमा उल्लेख छ। बस्नेत हाल जेलबाट रिहा भइसकेका छन्। विभागका आइटी इन्जिनियर मुकेश रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो।

समितिले प्रतिवेदन बुझाइसकेपछि अर्याललाई विभागबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएको थियो। सामान्य मन्त्रालयका अर्का एक उच्च कर्मचारीका अनुसार अख्तियारबाटै माग भएपछि अर्यालालई अख्तियार पठाइएको हो। सामान्यतया सामान्यले अख्तियारमा कर्मचारी सरुवा गर्दा अख्तियारले नै माग गरेका कर्मचारी पठाउने गर्छ।

राष्ट्रपति कार्यालय, लोकसेवा आयोग, प्रधानमन्त्री कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान राष्ट्रिय सतर्कता केन्द्रलगायतका कार्यालयमा सम्बन्धित कार्यालयले नै माग गरेका कर्मचारी सरुवा गर्ने गरिएको छ।

नक्कली लाइसेन्स छानबिन प्रकरण अहिले अख्तियारमा पुगेको छ। अनुसन्धानको दायरामा रहेका कर्मचारी आफैं अख्तियारमा सरुवा हुनुले यसबाट छानबिन प्रभावित हुने यातायात व्यवस्था विभागका एक कर्मचारी बताउँछन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस