मधेस आन्दोलनको उद्गमस्थल लहान नगरपालिकाको नयाँ नेतृत्वका लागि नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) तथा नेकपा माओवादी केन्द्रको गठबन्धन र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरका उम्मेदवार मुनि साह सुडीले ११ हजार ३ सय ७ मत ल्याएर विजयी भएका थिए। कांग्रेसबाट मेयर उम्मेदवार अचमितलाल चौधरी ९ हजार १ सय ३८ मत ल्याएर दोस्रो भएका थिए। जसपाबाट मेयर उम्मेदवार वैद्यनाथ साहले ५ हजार ७ सय राप्रपा नेपालबाट मेयर उम्मेदवार लगनलाल चौधरीले ४ हजार माओवादी केन्द्रबाट मेयर उम्मेदवार खडगनारायण चौधरीले २ हजार ८ सय मत ल्याएका थिए।
पाँच वर्षअघिको चुनावी गणितअनुसार कांग्रेस नेतृत्वको गठबन्धनको मतभार बढी छ। अहिले एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ। एमालेका मुनि साहसँग त्यो बेला राप्रपाका उम्मेदवार बनेका लगनलाल चौधरी साथमा छन्। दुवैको मत जोड्दा करिब १७ हजार पुग्छ। त्योबेलाको प्राप्त मत जोड्दा गठबन्धनको मत २० हजारभन्दा बढी हुन्छ। यो हिसाबले गठबन्धनको मतभार बढी देखिन्छ।
तीनपटक लहानको मेयरमा सहज जित हात पार्न सफल मुनि साहका लागि यसपटकको चुनावी प्रतिस्पर्धा सकसपूर्ण बनेको छ। गठबन्धनका कारण कांग्रेसबाट मेयरका उम्मेदवार महेश चौधरीको वजन भारी बन्न पुगेको छ।
कोरोना कहरका बेला गरिब र अभावपीडितका घरघर पुगेर खाद्यान्न सहयोग गरेका महेश चौधरी गरिबका नायकको बन्न सफल भएका थिए। दलित र गरिबको मत निर्णायक रहेको यस नगरमा उनले दुःखका बेला जितेको गरिबको मन चुनावमा मतका रूपमा पोखिने बुद्धिजीवी राकेश झा बताउँछन्। गरिबले दुःखको दिन कहिल्यै विर्सिदैन लहानका बुद्धिजीवी विजय गुप्ता भन्छन, ‘गठबन्धन दल र परिवर्तण चाहनेको मत गठबन्धका उम्मेदवारको पक्षमा पोखिन्छ।’
यता निवर्तमान मेयर एवं नेकपा एमालेबाट मेयर उम्मेदवार मुनि साह सुडीले चुनाव बेलाका ९० प्रतिशत प्रतिबद्धता आफूले पूरा गरेर देखाइदिएको दाबी गर्छन्। खुट्टी खोला सिँचाइ नहर, घन्टाघर, चक्रपथ, भानु वाचनालयको सुविधासम्पन्न भवनलगायतका निर्माण कामलाई उनले प्रमुख रूपमा गन्ती गराए।
अहिलेसम्म हेर्दा प्रतिस्पर्धा दुई दल गठबन्धन र एमालेबीच नै हुने देखिन्छ। अन्य उम्मेदवार दुई दलभन्दा केही पछि रहेको देखिन्छ। यद्यपि, यो प्रतिस्पर्धामा तेस्रो नम्बरको दल छिर्न सक्ने गुन्जाइस अझै सम्भव छ।
निर्वाचन परिणामलाई जातीय मतदाताले प्रभावित गर्ने आकलनसहित प्रमूख दलले जातीय समीकरण मिलाएर उम्मेदवार खडा गरेका छन्। सामूहिक जातीय हिसाबले साह र एकल जातीय हिसाबले थारूको बाहुल्य रहेको लहान नगरमा उनीहरूको मतलाई आफ्नो पक्षमा पार्न प्रतिस्पर्धी दलले सोही समयुदायका व्यक्तिलाई मैदानमा उतारेका छन्।
मुनि साहले २०५४ को निर्वाचनमा कांग्रेसका उम्मेदवार रामसुन्दर चौधरी र राप्रपाका उम्मेदवार लगनलाल चौधरीसँग चुनाव जितेका थिए। त्यो बेला दोस्रो नम्बरमा राप्रपाका लगनलाल र तेस्रोमा कांग्रेस उम्मेदवार रामसुन्दर थिए। अहिले कांग्रेसको उम्मेदवार फरक छ। तर एमालेको उम्मेदवार उही मुनि साह।
कांग्रेसका मेयर उम्मेदवार महेश चौधरी पहिलोपटक स्थानीय चुनावमा उम्मेदवार बनेका छन्। अन्य दलको भन्दा कांग्रेसको संगठन पनि मजबुत छ। तर वडाहरूमा उम्मेदवारीको विषयमा मनमुटाव छ। ‘संगठनात्मक मतबाहेकको मत जसले आफ्नो पक्षमा पार्न सक्यो उही उम्मेदवार जित्ने हो,’ कांग्रेसका एक कार्यकर्ताले भने, ‘पार्टी कार्यकर्तामाझ हाम्रो उम्मेदवार परिचित र आम मतदातामाझ उहाँको परिचय मजबुत छ।’
कांग्रेसभित्रको आन्तरिक विवाद (देउवा पौडेल लाइन संघर्ष) का कारण यहाँ टिकट विवाद भएको थियो। अहिले यो विवाद सुल्झिसकेको कांग्रेस नेताहरू बताउँछन्। सबै सँगै घरदैलोमा गइरहेका छन्। जातीय आधारले लहान नगरपालिकामा पचपनिया (तेली, सुडी, कलवार, गुप्ता र कलाल) को मतदातामा बलियो होल्ड छ। दोस्रोमा चौधरी (थारू), तेस्रोमा महतो (कोईरी) र चौथोमा यादव मतदाता छन्। यहाँ मुस्लिम र दलित मदतादा निर्णयक अवस्थामा छन् ।
यहाँको राजनीतिमा डेउढी भरसेस बजारको फ्याक्टरले महत्वपूर्ण भूमिका खेल्दै आएको इतिहास छ। लहानका एकजना पुराना राजनीतिकर्मीले भने, ‘स्थानीय, संसदीय निर्वाचनसम्म यहाँ डेउढी (मटिअर्वा नियन्त्रित) भरसेस एन्टिडेउढी (बजार नियन्त्रित) छ ।’ यहाँ क्याम्पसको चुनावमा पनि यही प्रवृत्ति देखिएको ती राजनीतिकर्मीले बताए। यसपालि गठबन्धनका उम्मेदवार महेश चौधरी डेउढी बाहिरका हुन्।
निर्वाचन परिणामलाई जातीय मतदाताले प्रभावित गर्ने आकलनसहित प्रमुख दलले जातीय समीकरण मिलाएर उम्मेदवार खडा गरेका छन्। सामूहिक जातीय हिसाबले साह र एकल जातीय हिसाबले थारूको बाहुल्य रहेको लहान नगरमा उनीहरूको मतलाई आफ्नो पक्षमा पार्न प्रमुख दलले सोही समयुदायका व्यक्तिलाई मैदानमा उतारेका छन्। प्रमुख राजनीतिक दलमध्येबाट चौधरी र साहबाहेक अन्य समुदायबाट उम्मेदवारी परेको छैन। यहाँ चौधरीको मत विभाजित हुँदा अर्को चौधरी उम्मेदवारलाई र साह समुदायको मत विभाजित हुँदा अर्को साह उम्मेदवारले फाइदा उठाउन सक्ने सम्भावना देखिन्छ।
स्थानीय तहको पुनःसंचरनामा पछिल्लो समयमा केही ग्रामीण भेग थपिएका छन्। ग्रामीण भेगका मतदाता सहर बजारका भन्दा फरक हुने भएकाले त्यसले पनि चुनावी परिणामलाई प्रभावित गर्न सक्छ। राजमार्गछेउका वडामा कांग्रेस र एमाले मजबुत रहेको र थपिएका वडामा पनि यही दुई पार्टीको संगठन राम्रो रहेको सम्बद्ध पक्षको जिकिर छ। ‘यहाँ एमाले हामीसँग प्रतिस्पर्धामा छ। त्यसले कांग्रेसलाई अझ सहज बनाएको छ,’ कांग्रेस उम्मेदवार मेहेश चौधरीले भने, ‘हाम्रो निष्ठा र पार्टीहरूको संगठनले हाम्रो गठबन्धन टिमलाई जित दिलाउनेछ।’
एमालेका उम्मेदवार मुनि साहले आफ्नो जितले यो नगरको विकास उत्साहजनक रूपमा हुने दाबी गरे। लहानको समाज विभिन्न आन्दोलनका कारण भावनात्मक रूपमा क्षतविक्षत भइसकेको छ। ‘ध्वस्त भइसकेको संरचना, गुमेको सौन्दर्य अवरुद्ध विकासलाई गती दिने विराट अठोटलाई नगरवासीको सहयोगले अन्तिम रूप दिने लालसा छ,’ उनले भने, ‘विकासप्रेमी भनेर चिन्ने जनताले धोका दिँदैन ।’ संघीय समाजवादी फोरम नेपालका वडा ७ अध्यक्ष उम्मेदवार राकेश गुप्ता रोशनले चुनावी प्रतिस्पर्धा कांग्रेससँग भए पनि जित आफ्नो हुने दाबी गरे। ‘मधेसी जनताका हकअधिकार र पहिचानका लागि हाम्रो दलको पक्षमा सचेत जनलहर छ,’ उनले भने, ‘चुनाव हामी जित्छौं ।’
राप्रपाका मेयर उम्मेदवार लगनलाल चौधरीले लहानमा आफ्नो जित सुनिश्चित भएको दाबी गरे। कांग्रेसभन्दा अगाडि आफू रहेको दाबी उनले गरे। ‘लहानलाई लहान भनेर चिनाउने अवस्था मैले बनाएको हुँ। त्यसको उधारो जनताले मलाई मतदानमार्फत फिर्ता गर्नेछन्,’ उनले भने। यहाँको विकास, पर्यटन प्रवर्धन, शिक्षा र रोजगारलाई मुख्य प्राथमिकतामा राखेर चुनावी प्रचारमा जुटेको उनले सुनाए। ‘कृषि र सीपमूलक शिक्षा त यहाँको मुटु नै भइहाल्यो,’ उनले थपे ।
यहाँको निर्णायक मतदातामध्येको एक हो ‘युवा मत’। उनीहरूको मतलाई आफ्नो पक्षमा पार्न पनि उम्मेदवारहरू कसरत तीव्र बनाएका छन्। मधेस आन्दोलनको उद्गमस्थल लहान। यहाँ भएका तीनपटकको आन्दोलन। त्यसपछि विकसित राजनीतिक घटनाक्रमले युवालाई मधेस केन्द्रित दलतर्फ आकर्षित गरेको मधेसी दलका उम्मेदवारहरूको विश्लेषण छ। यहाँका परम्परागत मतदाताको मत राप्रपा, कांग्रेस र एमालेको पक्षमा बढी रहेको विश्लेषण गर्दै युवाको मतमा आफ्नो एकलौटी होल्ड रहेको उनीहरूको दाबी छ। नेतृत्व चयनका लागि निर्णायक युवा मतमाथि कब्जा गर्न सबै उम्मेदवार शक्ति खर्चिंदै छन्।
मधेस आन्दोलनको उद्गमस्थलमा एमाले आफ्नो जितको झन्डा फहराउने कसरतमा छ। कांग्रेस आफ्नो गुमेको साख फर्काउने कसरत गर्दैछन्। मधेस केन्द्रित दल ‘अखडा’ मा आफ्नो लाज छोप्न शक्ति खर्चिरहेका छन्।
जनता समाजवादी पार्टी (जसपा) फुटेपछि बाँकेका कार्यकर्ताहरु अहिले अलमलमा परेका छन्। जसपाबाट अलग भएर अशोक राईको नेतृत्वमा आइतबार एक समुहले निर्वाचन आयोग समक्ष निवेदन पेश गरेको थियो। पुरानो पार्टीबाट अलग भएको उक्त समुहले गठन गरेको नयाँ पार्टीको महासचिव पदमा बाँकेका नेता मोहम्मद ईस्तियाक राईले जिम्मेवारी पाएका छन्। राईसँगै बाँकेबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद हसिना खातुन पनि नयाँमा जोडिएकी छन्।
मधेस आन्दोलनबाट तत्कालिन मधेसी जनअधिकार फोरम हुँदै पार्टी राजनीतिमा सक्रिय रहेका राई बाँकेबाट प्रतिनिधित्व गर्दै पटक–पटक संघीय सरकारको मन्त्री तथा सांसद बनिसकेका छन्।
२०७९ सालको निर्वाचनमा भने उनी बाँके क्षेत्र नम्बर २ बाट राप्रपाका महामन्त्री डा. धवलसम्शेर राणासँग पराजित भए। त्यसपछि राई राजनीतिमा कम सक्रिय देखिन्थ्ये। यद्यपी, राईको प्रभाव पार्टीभित्रको राजनीतिमा धेरै रहेको उनी निकट नेता तथा कार्यकर्ताको दाबी थियो।
पुरानो पार्टी फुटाएर नेता राई नयाँ पार्टीको जिम्मेवार पदमा बसेपछि बाँकेका नेता तथा कार्यकर्ताहरु अलमलमा परेका हुन्। अधिकांस नेता तथा कार्यकर्ताहरु कतातिर जाने भन्नेमा अहिलेसम्म अन्यौलमा देखिन्छन्। केही नेताहरु भने दुबैतिर खुलेको पाइएको छ।
नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर समेत रहेका जनता समाजवादी पार्टी(जसपा) बाँकेका अध्यक्ष कमरुद्धिन राईले आफु कतातिर जाने भन्नेबारे अहिलेसम्म कुनै सोच नबनाएको प्रतिक्रिया दिए।
‘अहिलेसम्म कुनै सल्लाह भएको छैन, साथीहरुसँग सल्लाह गरेर आवश्यक निर्णय लिनुपर्ला,’ उनले भने। नव गठित पार्टीका महासचिवकै जिल्ला भएकाले बाँकेमा स्वभाविक रुपले केही प्रभाव पर्न सक्ने संकेत गरे।
यस्तै जसपा लुम्बिनी प्रदेशका महासचिव राजन रानामगरले अहिले कार्यकर्ताहरु निर्णय गर्ने अवस्थामा नरहेको बताए। यद्यपी, धेरैजसो कार्यकर्ताहरु पुरानै पार्टीमा रहने उनको दाबी छ। ‘बाँकेमा खासै प्रभाव पर्दैन, किनकी नयाँ पार्टी गएर कसैले पनि आफ्नो राजनीति समाप्त गर्न चाहदैन,’ उनले भने। जसपा बाँकेका पुर्वअध्यक्ष समेत रहेका रानाले आफुले पुरानै पार्टीमा बस्ने सोच बनाएको बताए।
जिल्लामा रहेका केही नेताहरु खुलेपनि तल्लो तहका नेता, कार्यकर्ताहरु भने अन्यौलमै देखिन्छन्। उनीहरुलाई अहिले पार्टी ‘निल्नु र ओकल्नु’ जस्तै भएको छ। कतिपय नेता, कार्यकर्ता सम्पर्क बाहिर छन्। केहीले मोबाईल अफ गरेर बसेका छन्।
जनता समाजवादी पार्टी (जसपा) बाँकेका तत्कालिन संगठन विभाग प्रमुख अहतर हुसेन फारुकी नव गठित पार्टीका महासचिव इस्तियाक राईतिर खुलिसकेका छन्। उनले बाँकेमा सबै नेता तथा कार्यकर्ता नयाँ पार्टीमा जाने दाबी गरे।
यद्यपी, निर्वाचन आयोगले आधिकारिकता नदिदाँसम्म मात्र कार्यकर्ताहरु अलमलमा पर्ने उनले खुलाए। ‘महासचिवको जिल्ला हो, प्रभाव त त्यसैपनि पर्छ नै,’ उनले भने ‘मन्त्री जी(ईस्तियाक)कै सहयोगले बाँकेमा धेरैको राजनीति उचाई बढेको हो, अहिले मन्त्री जीलाई कसैले धोका दिन्छन् जस्तो मलाई लाग्दैन।’
जसपा बाँकेका युवा नेता सर्वणकुमार यादव भने नयाँ पार्टीमा कार्यकर्ताको खासै चासो नदेखिएको जिकिर गरे। ‘पार्टीका जिम्मेवार नेता साथीहरु पुरानै पार्टीमा छन्, बाँकेबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेशका सांसद साथीहरु पनि कतै गएका छैनन,’ राष्ट्रिय भूमी आयोग बाँकेका निर्वतमान अध्यक्ष समेत रहेका नेता यादवले भने ‘हामी पहिचानवादी मुद्दा बोकेर आएको हो, उपेन्द्र यादवसँग मात्र पहिचानको मुद्दालाई नेतृत्व गर्ने क्षमता छ।’ पुर्वमन्त्री ईस्तियाक राईले पार्टी छाड्दा पुरानो पार्टी जसपालाई बाँकेमा ठुलो क्षति भने भएको उनले सुनाए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।