मुठभेड निम्त्याएर मधेसमा राजनीति चम्काउने दाउमा राउत
२० पौष २०७८
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
मुठभेड निम्त्याएर मधेसमा राजनीति चम्काउने दाउमा राउत

सोमबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया खण्डमा ट्रकमा आगजनी गरिएको छ। सिके राउतले आह्वान गरेको चक्काजाम गर्ने क्रममा मिर्चैया नगरपालिका–६ बतहा पुलनजिक उखु बोकेको ना ४ ख १००९ नम्बरको ट्रकमा चार/पाँचजनाको समूहले आगजनी गरेको हो।

आगजनीबाट ट्रकअगाडिको भाग जलेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद ओलीले जानकारी दिए। आगजनीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।

गत शुक्रबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ महुली पुलमा गिट्टी बोकेर पूर्वतर्फ जाँदै गरेको ना ६ ख ७६२९ नम्बरको ट्रकमा आगजनी गरिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले ट्रकमा आगजनी गर्ने समूहको खोजी भइरहेको बताएका छन्।

आइतबार बिहानैदेखि पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा सडक अवरुद्ध गरी बसेका जनमत पार्टीका कार्यकर्ता हटाउन खोज्दा झडप भयो। प्रहरीले १६ राउण्ड अश्रु ग्यास र ११ राउण्ड रबरको गोली चलाएर अवरुद्ध सडक खुलायो।

रबरको गोली लागेर जनमत पार्टीका ५ जना कार्यकर्ता घाइते भए। घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। गोली चलाउनुअघि सुरक्षाकर्मी र जनमत कार्यकर्ताबीच भएको झडपका क्रममा नेपाल प्रहरीका एकजना र सशस्त्र प्रहरीका एक गरी दुईजना सुरक्षाकर्मी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्तासमेत रहेका डिएसपी जितेन्द्र बस्नेतले बताए।

घटनापछि जनमत पार्टीका अध्यक्ष सिके राउतले शान्तिपूर्ण धर्नामा बसेका कार्यकर्तामाथि प्रहरीले रबरको मात्र नभई गोली नै प्रहार गरेको प्रतिक्रिया दिएका छन्। प्रहरीको गोली लागि आफ्ना पाँचजना कार्यकर्ता घाइते भई प्रादेशिक अस्पताल जनमपुरमा उपचाररत रहेको उनले बताएका छन्। उनले भने, ‘नश्लीय प्रहरीले दमन बन्द नगरे आन्दोलन अझ सशक्तरूपमा अघि बढ्छ।’ उनले अब आन्दोलनको स्वरूप फेर्न बाध्य हुने चेतावनीसमेत दिए।

सिरहाको औरही गाउँपालिकामा गहुँको बिउ लुटिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय मिथलेश यादवलाई पक्राउ गरेपछि जनमत पार्टी आन्दोलनमा उत्रेका हुन्। दुई साताअघि औरही गाउँपालिका–३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको गोदाममा भण्डारण गरी राखिएको करिब दुई सय बोरा गहुँको बिउ लुटिएको थियो। केही उत्छृंखल व्यक्तिको उक्साहटमा गहुँको बिउ लुटिएपछि औरही गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय सिराहामा उजुरी गरेको थियो। उजुरीको आधारमा प्रहरीले औरही गाउँपालिका–३ का मिथलेश यादवलाई पक्राउ गरी आपराधिक उपद्रोअन्तर्गत मुद्दा दर्ता गरी कारबाही चलाएका थिए।

पक्राउ परेका यादवको रिहाइका लागि जनमत पार्टी दबाब स्वरूप औरही गाउँपालिका कार्यालयमा तालाबन्दी गरे। पक्राउ परेका यादवलाई प्रहरीले नछोडेपछि जनमत पार्टीले गत आइतबार सिरहा जिल्ला आमहडतालको घोषणा गरे। सो क्रममा एउटा मालबाहक ट्रकमा आगजनीसँगै १५ वटा निजी तथा सार्वजनिक सवारी साधनमा तोडफोड भएको थियो। तोडफोड र आगजनीमा संलग्न १४ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

औरही गाउँपालिकाले आफ्नो भौगोलिक सीमाभित्रका किसानलाई पूर्ण अनुदानमा वितरण गर्न गौतम, विजय र एनएल–९७१ प्रजातिको गहुँको बिउ ल्याएको थियो। टेन्डर प्रक्रियाबाट गत २९ मंसिरमा २ हजार ६ सय ४० क्विन्टल बिउ ल्याइएको थियो। किसानलाई वितरण गरेर केही बोरा पुनः वितरण गर्नका लागि गोदाममा राखिएको बिउ लुटिएको थियो।

गाउँपालिकामा तालाबन्दी र प्रदर्शन गर्दै थालिएको जनमतको आन्दोलन उग्र बन्दै गएको छ। जनमतका कार्यकर्ताले चक्काजाम गर्दा प्रदेश २ का जिल्लामा प्रायः सुरक्षाकर्मीसँग झडप हुँदै आएको छ। किसानका मुद्दा उठाएर दुई सातादेखि पूर्व–पश्चिम राजमार्ग अवरूद्ध पार्दै आन्दोलन चर्काइरहेका जनमत पार्टीका कार्यकर्ता र सुरक्षाकर्मीबीच प्रदेश २ का जिल्लामा दिनहुँ झडप भइरहेको छ।

रौतहटको चन्द्रनिगाहपुरमा प्रहरी र जनमत कार्यकर्ताबीच झडप भयो। राजमार्ग बन्द गराउन आउने आन्दोलनकारीलाई सडकबाट तितरबितर पार्न सुरक्षाकर्मीले सधैं बल प्रयोग गर्नुपरेको छ। सीके राउत नेतृत्वको जनमत पार्टीले पुस १५ देखि प्रहरीलाई छक्याउँदै राजमार्गमा चक्काजाम गरिरहेको छ। जनमतका कार्यकर्ताहरू गाउँदेखि राजमार्गसम्म, जनप्रतिनिधिदेखि सुरक्षाकर्मीसम्मलाई चिढाउँदै मुठभेड निम्त्याउन खोजीरहेको स्थानीय बुद्धिजीवी बताउँछन्।  

जनमत पार्टीका कार्यकर्ताले जनप्रतिनिधिमाथि दुर्व्यवहार गरेको भन्दै सप्तरीको हनुमाननगर कंगालिनी नगरपालिकाका सबै १३ वटा वडा कार्यालय बुधबारदेखि बन्द छ। हनुमाननगर कंकालिनी–११ मा जनमत पार्टीको कार्यक्रम भइरहँदा कार्यकर्ताले माइकमा उक्त वडाका अध्यक्ष मोही यादवमाथि गालीगलौज गर्दै व्यक्तिगत चरित्रमाथि आघात पार्नेगरी अभिव्यक्ति दिएका थिए। जनमतका कार्यकर्तामाथि कारबाहीको माग गर्दै वडाध्यक्षहरूले नै वडा कार्यालय नै बन्द गरेका हुन्।

आफूहरूमाथि जनमतका कार्यकर्ताहरूले विनाकारण गालीगलौज र अभद्र व्यवहार गर्न थालेको र प्रहरीले कारबाही नगरेकाले बाध्य भएर वडा कार्यालय बन्द गर्नुपरेको वडाध्यक्षहरूको भनाइ छ।

कारबाहीका लागि नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुखलगायतलाई ज्ञापनपत्र बुझाउँदै कारबाहीको माग तथा काम गर्ने वातावरणका लागि आग्रह गर्दा पनि माग पूरा नभएपछि कार्यालय बन्द गरी आन्दोलनमा उत्रनुपरेको वडाध्यक्षहरू बताउँछन्।  

जनता समाजवादी पार्टीका कार्यकर्ताहरूले सप्तरीको हनुमाननगरमा खबरदारी जुलुस निकालेर सिके राउत र जनमत पार्टीविरुद्ध प्रदर्शन गरेका छन्। यस नगरपालिकामा नगरप्रमुख, उपप्रमुखसहित १२ वटा वडाध्यक्ष जसपाकै छन्।

सिके राउत नेतृत्वको जनमत पार्टीले चरणबद्ध आन्दोलन थालेपछि गहुँको बिउ लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका मिथलेश यादव पुस १३ गते नै रिहा भएका थिए। आन्दोलनको क्रममा सवारीसधानमाथि भएको तोडफोड र आगजनीको आरोपमा पक्राउ परेका सम्पूर्ण जनमत कार्यकर्ता सोही दिन रिहा भएका थिए। आन्दोलन उग्र बन्न थालेपछि सिरहा प्रशासनले दुई दिनको लागि जारी गरेको राजमार्ग क्षेत्रमा निषेधाज्ञा पनि फिर्ता लिएको थियो।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा(एस), माओवादी केन्द्र, जसपा र लोसपा सिरहाले संयुक्त रूपमा जनमतका कार्यकर्ता रिहा गरी निषेधाज्ञा फिर्ता लिन चेतावनी दिएको केही घण्टामै सिरहा प्रशासनले निषेधाज्ञा फिर्ता लिएर सबैलाई रिहा गरेको थियो।

पक्राउ परेका सम्पूर्ण कार्यकर्ता रिहा गरिएपनि जनमत पार्टीले आन्दोलन रोक्नुको साटो झन् चर्काउँदै छन्। जनमतले सिरहाबाट सुरु भएको आन्दोलन अहिले प्रदेश २ का जिल्लाहरू सहित अन्य प्रदेशमा समेत फैलाउँदै लगेको छ।

जनता समाजवादी पार्टीका नेता एवं प्रदेश २ का पूर्वराज्यमन्त्री सुरेश मण्डल भन्छन्,'सिके राउत किसानको नाममा आफ्नो रोटी सेक्न चाहन्छन्।' उनले थपे, ‘सिके राउतले लहान घटना (०६३ माघ ५को मधेस विद्रोह) दोहर्‍याएर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने दाउमा छन्।’ सिके राउत नेतृत्वको जनमत पार्टीको यो बन्द न किसानको हो न किसानका लागि उनी भन्छन्, ‘यो आन्दोलन होइन, अराजकता हो।’

लोकप्रिय
अर्को समाचार
सिके राउत, हृदयेश र वृषेशचन्द्रलालले कार्यगत एकता गर्ने
२८ फागुन २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
सिके राउत, हृदयेश र वृषेशचन्द्रलालले कार्यगत एकता गर्ने

तराई मधेस केन्द्रित तीन दल जनमत पार्टी, जनता प्रगतिशील पार्टी तथा तराई मधेस लोकतान्त्रिक पार्टीले कार्यगत एकता गर्ने भएका छन्।

आइतबार जनमतका अध्यक्ष सिके राउत, जप्रपाका अध्यक्ष हृदेयश त्रिपाठी तथा तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले विज्ञप्तिमा संयुक्त हस्ताक्षर गरी सहकार्य गर्ने सहमति गरेका हुन्।

विज्ञप्तिमा उनीहरूले  नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न, तराई मधेसका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्न, विद्यमान सबै प्रकारका विभेदहरू अन्त्य गर्न, उत्पादनमुखी अर्थतन्त्र स्थापित गरी राष्ट्रिय पुँजी निर्माण गर्नको लागि सहकार्य गर्न सहमत भएको जनाएका छन्।

यसैगरी उनीहरूले देशको कृषि उत्पादनमा वृद्धि तथा किसानको हितमा क्रियाशील रहन, उद्योग–धन्धा तथा कलकारखानाहरू स्थापित गर्दै रोजगारी सिर्जना गर्न, गुणस्तरीय तथा सर्वसुलभ शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न सहमत भएका जनाएका छन्। यस अभियानमा अन्य दलहरूलाई सहभागी हुन उनीहरूले आग्रह गरेका छन्। यतिबेला यी तीन दल सरकार बाहिर छन्। 

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस