राष्ट्रिय सभा निर्वाचनमा जनमतले उम्मेदवारी दिन्छ: अध्यक्ष राउत
२३ पौष २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
राष्ट्रिय सभा निर्वाचनमा जनमतले उम्मेदवारी दिन्छ: अध्यक्ष राउत

राष्ट्रिय सभा निर्वाचनमा सता गठबन्धनबाट आफ्नो भागमा एक सिट पनि नपरेपछि जनमत पार्टीले छुटै उम्मेदवारी दिने भएको छ।

अध्यक्ष सिके राउतले राष्ट्रिय सभा निर्वाचनमा  जनमत पार्टीले छुटै उम्मेदवारी दिने बताए। रफत सञ्चार क्लब सूर्यविनायक भक्तपुरमा सोमबार भएको साक्षात्कार कार्यक्रममा अध्यक्ष राउतले मधेस र लुम्बिनी प्रदेशबाट एक-एकजना गरी दुई जनाले उम्मेदवारी दिने जानकारी गराए।

राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको सोमबार उम्मेदवारी मनोनयन पत्र दर्ता हुँदै छ।

लोकप्रिय
अर्को समाचार
उपेन्द्र र सिकेबिच टकराब बढ्दै
१० माघ २०८०
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
उपेन्द्र र सिकेबिच टकराब बढ्दै

तराई मधेसमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतबिच टकराब बढ्दै गएको छ। यही टकराबको कारण मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ।  र सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। अब जनमतले मधेस सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने तयारी गरिरहेको छ।

जसपा स्रोतका अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवले अघिल्लो साता नै मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवलाई  जनमतलाई सरकारबाट हटाउन निर्देशन दिएका थिए। केन्द्रीय अध्यक्षको निर्देशन पछि मुख्यमन्त्रीले जनमतका दुई मन्त्री महेश यादव र चन्दन सिंहलाई सरकारबाट हटाउने तयारी गरेका थिए । सार्वजनिक रूपमै जनमतलाई सरकारबाट हटाउने तयारी भएको मुख्यमन्त्री यादवले घोषणा गरेका थिए।  मुख्यमन्त्री यादवले लामो समयसम्म जनमतका मन्त्रीलाई मन्त्रालय खोसेर जिम्मेवारी नदिई विना विभागीय राखेका थिए। बाध्य भएर जनमत सरकारबाट बाहिरिएको थियो।

स्रोत भन्छ, 'जनमतलाई केन्द्र सरकारबाट पनि हटाउन यादवले प्रधानमन्त्री र गठबन्धनका नेताहरूलाई दबाब दिइरहेका छन्। जनमत सरकारमै रहेर पनि राष्ट्रिय सभाको निर्वाचनमा मधेस र प्रदेश र लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धन बाहिरबाट छुट्टै उम्मेदवारी दिएको छ। यसबाट गठबन्धन र जनमतबिच दुरी बढेको छ।'

यद्यपि जनमत पार्टीका प्रवक्ता शरत्सिंह यादवले राष्ट्रिय सभामा छुट्टै उम्मेदवारी दिए पनि केन्द्र सरकारबाट बाहिरिने विषयमा गृहकार्य नभएको बताए। उनले भने, ‘सङ्घीय सरकारबाट जसपाका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले हामीलाई हटाउन सक्छन् भने हटाएर देखाउन्। हाम्रो चुनौती हो।’ जनमतले जनताको पक्षमा काम गरेको तर जसपाले लुट्ने मात्र काम गरेको उनको भनाइ छ।

मधेस प्रदेश सभामा जनमत र जसपाको संख्या उस्तै उस्तै छ। जनमतका सांसद १३ छन् भने जसपाका १६ जना छन्। प्रवक्ता यादवका अनुसार पोहर साल मधेसमा प्रदेशमा सरकार निर्माण हुँदा जसपा र सत्तारुढ गठबन्धनबिच सहमति भएको थियो। जस अनुसार एक वर्ष मधेस सरकारको नेतृत्व जसपाले गर्ने, त्यसपछिका २ वर्ष जनमतले गर्ने र त्यसपछिका दुई वर्ष नेपाली काँग्रेसले गर्ने सहमति भएको थियो। सो सहमतिलाई जसपाले ठाडै उल्लङ्घन गरेको यादवको भनाइ छ।

२०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभाको चुनावको पछि उपेन्द्र र राउतबिच टकराब बढ्दै गएको हो। दुवै नेताले सप्तरी २बाटै उम्मेदवारी दिए। राउतले चुनाव जिते। उपेन्द्र हारे। त्यसपछि २०८० वैशाखमा सम्पन्न उप निर्वाचनमा गठबन्धन दलहरूले उपेन्द्रलाई सहयोग गरे तर राउतले उपेन्द्रलाई हराउन जनमतबाट छुट्टै उम्मेदवारी दिन लगाए। त्यति बेला उपेन्द्रले चुनाव जिते। यसबाट यादव र राउतबिच  बिग्रेको सम्बन्ध अझै सुधार भएको छैन।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस