नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालमा चलेको दशवर्षे जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउनका लागि भारतको सकारात्मक धारणा भएका कारणले सम्भव भएको बताएका छन्।
सोमबार नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेद्वारा लिखित पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज’को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भारतको सकारात्मक धारण नभइदिएको भए माओवादी वा तत्कालीन सात दलको मात्रै चाहानले मात्रै शान्ति प्रक्रियामा आउन सम्भव नहुने बताए।
‘नेपालको राजनीतिक शक्तिहरु, लोकतान्त्रिक राजनीतिक शक्तिहरु र हाम्रा छिमेकीहरु यो प्रक्रिया अगाडि आओस् भन्ने सहयोगको भावना नभएको भएपनि हामीले माओवादीले चाहेर मात्रै पनि यो ठाउँमा आउन सकिदैनथ्यो त्यो कुरापनि म सिन्सियर्ली राख्न चाहान्छु,' उनले भने, 'त्यो माओवादीले मात्रै चाहेर या त्यतिबेलामा सात राजनीतिक दलले मात्रै चाहेर मात्रै पनि त्यो सबै सहज ढंगले सम्पन्न हुन सक्दैनथ्यो। हाम्रा छिमेकीहरुको, अझ त्यसमा भारतको सकारात्मक धारणा हुनैपथ्र्यो, भयो। त्यसकारण हामी अहिले यहाँ छौँ।’
यस्तै, अध्यक्ष प्रचण्डले नेपाल हालसम्म स्वतन्त्र राष्ट्रको रुपमा रहेको उल्लेख गर्दै नेपालको स्वतन्त्रता र सार्वभौमिकताको भारत सरकारले सम्मान गर्नुपर्ने बताए। उनले भारतीय प्रधानमन्त्रीले संविधान सभामा आएर नेपाल स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भन्दा नेपालका सांसदहरुले तालि बजाएको कुरालाई स्मरण गर्दै उनले नेपाल स्वतन्त्र राष्ट्र हो भन्दा तालि बजाउनेहरुलाई तालि बजाइरहने बनाउन पनि उनले आग्रह गरे। नेपाल भारत सीमा समस्या रहेको उल्लेख गर्दै उनले सीमा समस्यालाई सम्वादको माध्यमबाट समाधान गर्न सकिने तर्क गरे।
उनले नेपालको राष्ट्रिय स्वार्थमा भारतले बाधा नपुर्याएमा भारतसँग मित्रता हुने पनि बताए। नेपाल र भारतले एक अर्काको राष्ट्रिय स्वार्थमा बाधा नपुर्याई सहयोग गर्ने प्रक्रियाको सुरुवात गरेमा दुई देशबीचको सम्बन्ध सुदृढ हुने उल्लेख गरे।
अध्यक्ष प्रचण्डले माओवादी जनयुद्ध भारतको सहयोगमा भएको भन्ने प्रचारबाजी झुठो भएको पनि उल्लेख गरे। माओवादी जनयुद्धलाई भारतको कुनैपनि प्रकारको सहयोग नरहेको उनले स्पष्ट पारे।
नेकपा(माओवादी केन्द्र)ले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान शनिवार(भोलि)देखि शुरु गर्ने भएको छ।
माओवादीले गत साउन १७ गतेदेखि २१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुरूपको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान देशभरका सबै वडामा शनिवार एकैसाथ शुरु गर्ने भएको हो। आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले शनिवार बिहान ९ बजे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गर्ने जानकारी दिए।
त्यसैगरी शनिवार नै दिउँसो १ बजे सबै वडाहरूले कार्यक्रम राखी अभियानको प्रारम्भ गर्ने बताए। अभियानको लागि माओवादी केन्द्रले सबै केन्द्रीय कमिटी सदस्यहरूलाई कार्यक्षेत्र तोकिसकेको छ। अभियानको शुभारम्भ गर्न पार्टीका पदाधिकारीहरू खटिइसकेका उनले बताए। जस अनुसार अध्यक्ष पुष्पकमल दाहालले चन्द्रागिरि नगरपालिका वडा नं. २ काठमाडौं घट्टेडाँडाँ पार्कको कार्यक्रममा सहभागिता जनाउनुहुनेछ। त्यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धि ललितपुरमा जानेछन्।
उपाध्यक्षहरूमा कृष्णबहादुर महरा सुनछहारी गाउँपालिका जेलवाङ रोल्पा, अग्निप्रसाद सापकोटा लिसंखुपाखर ३ सिन्धुपाल्चोक र पम्फा भुसालले ललितपुर महानगरपालिका २२ ललितपुरको जिम्मेवारी लिनुभएको प्रवक्ता सापकोटाले जानकारी दिए।
महासचिव देवप्रसाद गुरुङले सुन्दर बजार नगरपालिका ८ भोटे ओडार लमजुङको जिम्मेवारी लिएका छन भने उपमहासचिवहरू गिरिराजमणि पोखरेलले गोकर्णेश्वर नगरपालिका ४ काठमाडौं, वर्षमान पुन काठमाडौँ महानगरपालिका १६ गंगबु काठमाडौँ, हरिबोल गजुरेलले कमलामाई नगरपालिका सिन्धुली, जर्नादन शर्माले चन्द्रागिरि नगरपालिका वडा नं. २ काठमाडौं, शक्तिबहादुर बस्नेतले भेरी नगरपालिका १ जाजरकोट र मात्रिकाप्रसाद यादवले वीरेन्द्रनगर नगरपालिका १ सुर्खेतको जिम्मेवारी लिएका छन।
त्यसैगरी सचिवहरूमा दिनानाथ शर्मालाई वागलुङ नगरपालिका १२ वागलुङ, चक्रपाणि खनाललाई विराटनगर नगरपालिका १८ मोरङ, देवेन्द्र पौडेललाई पोखरा महानगरपालिका २० कास्की, लिलामणि पोखरेललाई बर्दिबास नगरपालिका महोत्तरी, गणेश साहलाई काठमाडौं महानगरपालिका १० बानेश्वर काठमाडौं, हितमान शाक्यलाई सिस्ने गाउँपालिका ६ रुकुमपूर्ण, हितराज पाण्डेलाई पालुङटार नगरपालिका ६ गोरखा, डिलाराम आचार्यलाई धनगढी उपमहानगरपालिका १६ कैलाली, सुरेन्द्रकुमार कार्कीलाई बुद्ध शान्ति गाउँपालिका ४ झापाको जिम्मेवारी तोकिएको छ भने कोषाध्यक्ष श्रीराम ढकाललाई चन्द्रागिरि नगरपालिका २ काठमाडौँको जिम्मेवारी दिइएको छ।
माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको नारा ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ राखेको छ। अभियानको क्रममा त्यस्तै नवीकरण र बिस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पुर्याउने लक्ष्य राखिएको जनाइएको छ। अभियानको क्रममा कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरूको बारेमा जानकारी गराउने बताइएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।