नेकपा (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सरकारविरुद्ध अहिले चालिएका सबै चक्रब्यूह तोडेर अगाडि बढ्ने बताएका छन्। राष्ट्रिय धान दिवसका अवसरमा आज राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको आयोजना तथा युवा संघ नेपाल भक्तपुरको समन्वयमा सूर्यविनायक नगरपालिका–९ नंखेलमा आयोजना गरिएको रोपाइँ विशेष कार्यक्रममा बोल्दै उनले अहिले सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएको जनाए।
पूर्वमन्त्री ज्ञवालीले यो खेल प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर अर्कोलाई प्रधानमन्त्री बनाउने मात्रैमा सिमित नभएको दाबी गर्दै भने, “सरकारलाई चौतर्फी घेराबन्दीमा पारिएको छ, यो प्रधानमन्त्रीको लडाईँ मात्रै हो भन्ने बुझ्नु हुँदैन, मुलुकमा अहिलेसम्म भएका उपलब्धीलाई सिध्याउने षड्यन्त्र पनि हो।” जब एमाले विकासको लहर लिएर आउँछ तब एमालेलाई घेराबन्दीमा पारेर सिध्याउने षड्यन्त्र हुने गर्छ भन्दै उनले एमालेलाई सिध्याउने २०५० सालदेखिको षड्यन्त्र असफल हुँदै आएको बताए।
“एमाले जुर्मुराएको बेला २०५० सालमा जननेता मदन भण्डारीको हत्या भयो, अब एमाले सिध्दियो भन्ठानेका थिए, तर एमाले धूलो टक्टक्याएर उठ्यो, २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा अनेकौ दाउपेच भयो, अब एमाले ढल्यो भन्नेहरुका अगाडि एमाले फेरी ब्युझिँएर अगाडि बढ्यो,” नेता ज्ञवालीले भने,“यही क्रममा २०५४ सालमा एमाले फुट्यो, राजा र माओवादीका अतिवादलाई पनि हाम्रो पार्टीले असफल तुल्याएको हो।”
कुनै समयमा हिंसाका कारण मानिसहरू बोल्न नसक्ने अवस्था थिए भन्दै उनले भने, “आफ्नै घरबाट मान्छेको अपहरण र हत्या गरिँदासमेत सुरक्षा निकायमा गएर उजुरी गर्ने आँट थिएन, चन्दाको मागको डरले आफैँ पोको पारेर चन्दा बुझाउन जान्थे, चन्दा मागेन भने ब्ल्याक लिस्टमा पो परेकी भनेर डराउँथे, त्यस्तो डरलाग्दो हिंसाको अवस्थालाई शान्तिपूर्ण माध्यमबाट हिंसाको अन्त्य गरियो, गुमेको नेपाली भूभागलाई नक्सामा समेट्ने काम गरियो, भूमि फिर्ता ल्याउन पहल गरिरहेको छ, देशको परराष्ट्रनीतिलाई सुधार गर्दै गरी समृद्ध नेपालको यात्रा थालनी भएको छ।”
उनले संविधान बनाउँदा भएको विदेशी हस्तक्षेप तथा नाकाबन्दीको सामना गर्दै, जातजाती, धर्म, लिङ्ग, मधेश पहाडदेखि भूगोलको विषय उठाएर हिंसा भड्काउने खेल विगतदेखि नै भएको भन्दै उनले अब युवा अगाडि बढ्नुपर्ने बताए।
सरकारले विभिन्न ठूला सिँचाइ आयोजना सञ्चालन गरेको, कृषिलाई आधुनिकीकरण र प्रविधियुक्त बनाउँदै लगेको, मलको हाहाकार हुन नदिन आफ्नै देशमा रासायनिक मल उत्पादन गर्न लागेको भन्दै उनले देशलाई कृषिमा आत्मानिर्भर बनाएर खाद्यान्न निर्यात गर्न सक्ने अवस्थामा पुर्याउन लागिरहेको बताए।
कार्यक्रममा पूर्वमन्त्री महेश बस्नेतले सरकारले देशको व्यापार घाटा घटाउँदै कृषिमा आधुनिकीकरण गर्दै लगेको र विद्यार्थी, महिला, दलित, जनजातीलाई रोजगारी र उद्यमशीलता दिँदै क्रमशः आत्मनिर्भर बनाएको बताए।
प्रधानमन्त्री ओली राष्ट्रनायक भएको उल्लेख गर्दै उनले सरकारको विकासको योजना सफल पार्न युवा संघ जोश जाँगर र उर्जाका साथ अगाडि बढेको जनाए।
कार्यक्रममा युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले कृषिको विकास र उत्पादन वृद्धिमा युवा लागेको जनाए।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धन पूर्ण रुपमा असफल भएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले एक वर्षमा केही गर्न नसकेको तथा अब सप्रिन्छु भन्ने निष्कर्ष सुनाएको जिकिर गर्दै ओलीले सरकार सम्पूर्ण रुपमा असफल भएको दाबी गरेका हुन्।
मंगलवारबाट पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले सरकारको एकमात्रै एजेण्डा एमालेको बिरोध गर्नु रहेको पनि दोहोर्याए। सरकारसँग सुशासनको, भ्रष्टाचार अन्त्यको र आम नेपाली जनताको समस्या समाधान गर्ने कुनै योजना नै नभएको बताए। अध्यक्ष ओलीले सरकार असफल भएकै कारण जनतामा आक्रोश थपिँदै गएको तर्क समेत गरे।
उनले भने, ‘अहिले कस्तो गठबन्धन छ–तपाई हामी सबैलाई थाहा छ। गठबन्धन राष्ट्रियताप्रति अत्यन्त कमजोर, सुशासनप्रति कमजोर यस्तो गठबन्धन छ। विकासप्रति चासो नै छैन। चालु भएका आयोजनाहरु बन्द भएका छन्। थप कुनै योजना, आयोजनाहरु छैनन्। यो गठबन्धन, अहिलेको गठबन्धनको उद्देश्य नेकपा (एमाले)को बिरोध हो। एमालेलाई अघि बढ्न नदिनु हो। एमालेलाई बदनाम गर्नु हो। एमालेको चरित्र हत्या गर्नु हो। झुटा लाञ्छना लगाएर एमालेलाई कसरी जनताको नजरमा गिराउन सकिन्छ? त्यो प्रयास गर्नु हो। त्यही काम यस गठबन्धनले गरिराखेको छ। यस गठबन्धनको एजेन्डामा एउटा मात्रै हो–एमालेको विरोध, एमालेका बिरोध। विकासको एजेण्डा छै,न, सुशासनको एजेण्डा छैन। भ्रष्टाचार रोक्ने एजेण्डा छैन। किसानका समस्या, मजदुरको समस्या अथवा सामाजिक जीवनका अन्य तहतप्काका समस्याहरु समाधान गर्ने कुनै योजना छैन। र, यो गठबन्धन नितान्त एमालेका बिरुद्ध केन्द्रित छ। हामीले यो कुरा बुझेका छौं। र यसका विरुद्ध हामी लोकतान्त्रिक तरिकाले शान्तिपूर्ण बाटोबाट लोकतान्त्रिक अभ्यासको बाटोबाट यस कुरालाई पराजित गर्नसक्छांै। तर अहिले यो गठबन्धन कायम छ। यो गठबन्धन भनिरहनु पर्दैन, पूर्ण रुपमा असफल भयो। मैले त एक वर्षको समिक्षा प्रधानमन्त्रीले गरिरहँदा जम्माजम्मी एउटा निष्कर्ष सुने–केही गर्न सकिएन। अब सप्रिन्छु, अब गर्न कोशिस गर्छु, सप्रिन्छु आदि। केही पनि गर्न सकिन भन्ने निष्कर्ष नै हो। अरु केही छैन। सरकार असफल भएको छ। यस सरकारको असफलताले गर्दा देश गरिवीतिर जाँदो छ। अराजकतातिर जाँदो छ। जनतामा असन्तुष्टि बढदो छ। असन्तुष्टिले आक्रोशको रुप लिइराखेको छ।’
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।