मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावका लागि हस्ताक्षर संकलन सुरु भएपछि यो प्रदेश सरकारको नेतृत्व के हुने भन्ने बारेमा अन्यौलता बढेको छ । सत्ता साझेदार दल माओवादी केन्द्र, प्रतिपक्ष कांग्रेसलगायत साना दलहरुले मुख्यमन्त्री शंकर पोखरेललाई जसरी पनि पद मुक्त गर्ने रणनीतिका साथ उत्रिएका छन्।
यता सत्ताको नेतृत्व गरिरहेको एमालेले भने वर्तमान सरकारको निरन्तरताका लागि ‘फेस’ गर्ने रणनीति बनाईरहेको छ। एमालेका तर्फबाट भौतिक योजना तथा पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले वर्तमान सरकारको नेतृत्व फेरबदल नहुने दाबी गरे। उनले संसदमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भैहाले पनि पोखरेलले विश्वासको मत पाउने ठोकुवा नै गरे।
‘संसदमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने भनेर तयारी गरिरहेको भन्ने सुनेको छु,’ मन्त्री चौधरीले भने ‘तर उनिहरुको त्यो योजना सफल हुन्न, किनकी मुख्यमन्त्रीविरुद्ध बहुमत उनिहरुले पुर्याउन सक्दैनन्।’ माओवादीलाई सरकारको नेतृत्व गर्न हतार भएको दाबी गरेका उनले पार्टी अलग अलग भए देखिनै अविश्वासको प्रस्ताव दर्ताको तयारी भैरहेको बताए।
तर अहिले सम्म सफल हुन नसक्नुको कारण भनेकै उनिहरुले बहुमत जुटाउन नसक्नु रहेको मन्त्री चौधरीले बताए। ‘अविश्वास प्रस्ताव दर्ताको तयारी त अहिले गरिएको हैननि, यो त धेरै पहिले देखिको उनिहरुको प्रयास हो त ,’ मन्त्री चौधरीले भने ‘तर मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव जुटाउन नसकेरै उनिहरु मौन बस्दै आएका हुन्।’
सरकारको नेतृत्व गरिरहेको एमालेले जसपालाई आफ्नो सरकार जोगाउने बलियो आधार बन्ने दाबी गरेको छ। संसदमा रहेको जसपाको ६ मत आफ्नै पोल्टामा पर्ने दाबी गरेको एमालेले यो मत उसको पोल्टामा परे मुख्यमन्त्रीलाई पद जोगाउन काफी हुने छ।
जसपाको केन्द्रीय समितिको निर्णय भैनसकेको अवस्थामा अहिले पूर्ण रुपमा जसपाको मत मुख्यमन्त्रीकै पक्षमा रहेको दाबी मन्त्री चौधरीले गरे। फलतः जसपाको यो मत मुख्यमन्त्रीकै पक्षमा कायम रहने दाबी उनको छ।
‘जसपाले अहिले सम्म मुख्यमन्त्रीकै पक्षमा छ, जसपा मुख्यमन्त्रीको पक्षबाट टाढिन्न,’ उनले भने, ‘जसपा हाम्रो साथमा रहँदा बित्तिकै हाम्रो सरकारले निरन्तरता पाईहाल्छ।’ तर जसपाले भने आफ्ना ५ सांसद मुख्यमन्त्रीविरुद्ध रहेको जनाईसकेको छ।
एक मत मात्रै अहिले सम्म अनिर्णित छ। यो अनिर्णित एक मतलाई मात्रै एमालेले आँफूतिर तान्नका लागि निकै जोडबल गरिरहेको छ। यो एक मत आँफूतिर तान्न सके मात्रै पोखरेलको पद जोगिन सक्ने बढी सम्भावना रहन्छ। प्रदेशमासभामा रहेको कुल ८५ मध्य बहुमतका लागि ४३ मत आवश्यक पर्छ। तर अविश्वासको प्रस्ताव दर्ता गरिरहेकाहरुले मुख्यमन्त्रीका विरुद्ध ४२ मत रहेको तयार भैसकेको दाबी गर्छ।
त्यसोत, मुख्यमन्त्रीको ब्यक्तिगत प्रभावका कारण पनि अविश्वासको प्रस्ताव पास हुने सम्भावना एमालेका सांसदहरुले देखेका छैनन्। प्रतिपक्ष लगाएत सबै दलका सांसदसंग निकटस्थको भूमिकामा रहेको भन्दै मुख्यमन्त्री पोखरेलको पक्षमा बलियो मत रहन सक्ने आँकलन अर्का प्रदेशसभा सदस्य रेवतीरमण शर्माले बताए।
‘अविश्वासको प्रस्तावका लागि अहिले केही राजनीति दलहरुले तयारी गरिरहेका छन्, तर मलाई लाग्दैन मुख्यमन्त्रीले विश्वासको मत पाउनु हुन्न भन्ने,’ उनले भने ‘मुख्यमन्त्रीको ब्यक्तिगत प्रभावले पनि उहाँलाई विश्वासको मत दिलाउँछ भन्ने मेरो विश्वास हो।’ प्रदेश तहबाट भन्दा पनि पार्टीका उपल्लो तहका नेताहरुबाट यो चाल चलिएको भन्दै केन्द्रको रणनीतिले प्रदेशमा प्रभाव पार्न नसक्ने विश्वास सांसद शर्माको छ।
‘अविश्वास प्रस्तावको तयारी उपल्लो राजनीतिक तवरबाट भएको हो, प्रदेशले यो चाहन्छ कि चाहन्न भन्ने कुरा प्राथमिकताको बिषय हो,’ उनले भने ‘यसर्थ उपल्लो निर्देशन वा तयारीलाई प्रदेश तहले मान्छ भन्नेमा म बिश्वस्त छैन, मुख्यमन्त्री पोखरेलका लागि यहाँका माननीय ज्युहरुले हार्नु हुन्न भन्ने मलाई लाग्छ।’
त्यसोत, पोखरेल पक्षीय सांसदहरु अहिले मुख्यमन्त्रीको पक्षमा बहुमत जुटाउनका लागि दौडधुपमा छन्। उनिहरुले जसपाका सांसदहरुलाई बिशेष जोड दिएर फकाईरहेका छन्। जसपसंगको संबाद सकारातमक रुपमा अघि बढिरहेको भन्दै सांसद शर्माले भने ‘यो संबादले पनि वर्तमान सरकारको नेतृत्वले निरन्तरता पाउनेमा ढुक्क छौँ।’
यसैगरि यो प्रदेशमा फ्लोर क्रस नहुनेमा मुख्यमन्त्री पोखरेल पक्षीय सांसदहरु ढुक्क छन्। कर्णाली प्रदेशमा प्रदेश स्तरमै भएको प्रतिष्पर्धाका कारण त्यहाँ फ्लोर क्रस भएको भन्दै भौतिक योजना तथा पूर्वाधार बिकास मन्त्री चौधरीले कर्णालीको अवस्था लुम्बिनीमा नदोहोरिने दाबी गरे। ‘कर्णालीको परिस्थती अलिक फरक हो, त्यहाँको आन्तरिक लडाईँले त्यो परिस्थती बन्न पुगेको हो,’ उनले भने ‘हाम्रो प्रदेशमा त्यो परिस्थती आउँदैन।’
तर एमाले नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका केन्द्रीय सदस्य मेटमणी चौधरीले भने मुख्यमन्त्री पोखरेलको बिदाईका लागि आवश्यक परेको खण्डमा फ्लोर क्रस हुने बताईसकेका छन्।
अल्पमतमा परेका लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार राजीनामा दिएका छन्। योसँगै लुम्बिनी प्रदेशको सत्ताको नेतृत्व विपक्षी गठबन्धनतर्फ सोझिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। यो आह्वानसँगै बहुमत पुर्याई सत्ताको नेतृत्व गर्ने तयारीमा गठबन्धन जुटेको छ। नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख शेरचनले बिहीबार दिउँसो तीन बजेसम्मको समय तोकेका छन् । संविधानको धारा १६८ को उपधार २ बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुखले आह्वान गरेका हुन्।
चार दल सम्मिलित विपक्षी गठबन्धनका प्रमुख दुई दल कांग्रेस र माओवादी केन्द्रले प्रदेश सरकारको बाँकी अवधि ‘आधाआधा’ नेतृत्व गर्ने सहमति गरेका छन्। साना दुई दल जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले पनि सरकारमा सहभगिता जनाउने सहमति भएको छ। वर्तमान सत्ता फेरबदलका लागि भएको यो सहमति गठबन्धनको सरकार निर्माणको पहिलो आधार पनि हो ।
फागुन २३ गते नेकपा खारेजीसँगै प्रदेश सरकारहरूको सत्तामा डगमगाउने परिस्थिति बन्यो। त्यसलगत्तै गण्डकी र लुम्बिनी प्रदेशको सत्ता समीकरणका लागि विपक्षी दलहरूको मोर्चाबन्दी सुरु भएको हो। एमाले इतरका राजनीतिक शक्तिहरूबीच गठबन्धन निर्माण गरेर प्रदेशको सत्ता परिवर्तन गर्ने योजनामुताबिक लुम्बिनी प्रदेशमा भावी सत्ता सञ्चालनको खाका बनेको थियो। खाकाबमोजिम नै कांग्रेस र माओवादी केन्द्रले सरकार ‘आलोपालो’ प्रणालीमा चलाउने निष्कर्ष निकालेका थिए।
ती दुई दलले सरकारको आधाआधा अवधि नेतृत्व गर्ने सहमति बने पनि सुरुमा कसको नेतृत्वमा सरकार निर्माण गर्ने भन्ने विषय गण्डकी प्रदेशको भूमिकामा निर्भर थियो। लुम्बिनी प्रदेशमा सत्ता फेरबदलको कसरत सुरु भइसक्दा गण्डकीमा भने कुनै सुरसार थिएन। ‘त्यो बेला हाम्रो प्रदेशमा सरकार फेरबदलको कसरत सुरु भइसकेको थियो। यहाँ कांग्रेस र माओवादी केन्द्रले आधाआधा सरकार चलाउने सहमति भइसकेको थियो,’ माओवादी केन्द्रका सांसद इन्द्रजित चौधरीले भने,‘तर सुरुमा कसले सरकारको नेतृत्व गर्ने भन्ने विषय गण्डकीको भूमिकामा निर्भर थियो।’
गण्डकीमा बनेको विपक्षी गठबन्धनले तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने योजना बनायो । वैशाख २ मा कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि लुम्बिनीमा पनि सत्ता नेतृत्व हकदारको टुंगो लागेको थियो।
गण्डकीमा कांग्रेसलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएपछि लुम्बिनीमा सुरुमा सरकारको नेतृत्व माओवादी केन्द्रले गर्ने निधो भएको थियो। ‘गण्डकीमा माओवादी केन्द्रले सरकारको नेतृत्व पाउने परिस्थिति बनेको भए लुम्बिनी सरकारको नेतृत्व सुरुमा कांग्रेसले लिने गरी अघि बढ्ने सहमति थियो,’ माओवादी सांसद चौधरीले भने।
वैशाख ६ मा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव गर्दै माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरियो। ‘गण्डकीको मुख्यमन्त्री कांग्रेसले पाउने भएपछि लुम्बिनी सरकारको नेतृत्व पहिलो चरणमा माओवादीले गर्ने भन्ने टुंगो लागेको हो,’ सांसद चौधरीले भने, ‘सोहीअनुसार मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसीको नाम सिफारिस गरिएको हो।’ सरकारको नेतृत्व आधाआधा गर्ने सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारले अबको यात्रा तय गर्ने विपक्षी दलका सांसदहरू बताउँछन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।