केपी ओलीमा बदलाको भावना छ : नेपाल
०८ माघ २०७७
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
केपी ओलीमा बदलाको भावना छ : नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली बदलाको भावना लिएर अघि बढ्ने स्वभावको भएको टिप्पणी गरेका छन् । ओलीले उनमा निहित खराब प्रवृत्तिलाई सच्याउन आग्रह गर्ने र चुनौती दिनेलाई शत्रुको व्यवहार गर्ने नेपालले बताए ।  

सम्पादकहरूसँग बुधबार कुराकानी गर्दै अध्यक्ष नेपालले आफूले ओली प्रवृत्तिलाई चुनौती दिएकाले आफूमाथि बढी नै प्रहार भएको बताए । उनले तत्कालीन एमालेको नवौं महाधिवेशनबाट पार्टी लगातार ओरालो यात्रातिर लागेको पनि बताए । प्रधानमन्त्री ओलीले बोल्ड निर्णय गर्ने र चमत्कार गर्ने बताउँदै आएका प्रति लक्षित गर्दै अध्यक्ष नेपालले पहिलो चरणमा आफूलाई जेलमा राख्ने र दोस्रो चरणमा पुष्पकमल दाहाललाई जेल ठोक्ने रणनीति बनाएको बताए । ‘उहाँले मलाई ललिता निवास प्रकरणमा थुन्ने योजना बनाउनुभएको रहेछ’, नेपालले भने, ‘मैले पनि जेलमा राखेर देखाउन चुनौती दिएँ । मैले एकएक केसमा जान्छु भनें । मैले चुनौती दिएपछि चाहिँ उहाँ भनेकै छैन भन्नुहुन्छ, चुनौती दिनेबित्तिकै अरिंगालको गोलामा हान्ने र साइबर सेना खटाउने गर्नुहुन्छ ।’  

नेपालले ओलीमा अहंकार बढ्दै गएको र त्यसैको परिणाम प्रतिनिधिसभा विघटन भएको बताए । उनले प्रधानमन्त्री ओलीले गलत काम गर्दै जाने र पार्टीले त्यस्ता कामलाई समर्थन गर्नुपर्ने अवस्था आएपछि आफूहरूले समर्थन गर्न नसक्ने बताएको जानकारी पनि सम्पादकलाई गराए । आफूहरूले समर्थन गर्न नसक्ने बताएपछि ओलीले थप पेल्न र हेप्न खोजेको नेपालले बताए ।

नेपालले तत्कालीन र एमाले र माओवादीबीच एकता उठानको कुरा पनि स्मरण गरे । ‘२०६४ सालमा मैले प्रचण्ड (दाहाल) लाई एकता गरौं भनेर प्रस्ताव गरेको हो, ओलीले पनि एकता गर्ने भनेपछि म दंग, बल्ल ठाउँमा आए भनेजस्तो लागेको थियो,’ नेपालले भने ।  

अध्यक्ष नेपालले पार्टी एकतालगत्तै ओलीले झलनाथ खनालमाथि आक्रमण सुरु गरेको बताए । त्यो क्रम लगातार जारी रहँदा अहिलेको अवस्था आएको दाबी उनले गरे । ‘ओलीबाट हेपिँदा, पेलिँदा नै अहिले यो परिस्थिति सिर्जना भएको हो । एकता भएको केही दिनबाटै उहाँले समर्थन नगर्नेहरूलाई पेल्न सुरु गर्नुभएको थियो’, उनले भने ।  

नेपालले आफूले संसद्मा ‘देश डुब्न लाग्यो, माझी बोलाइदेऊ न’ भनेदेखि नै ओलीले खेद्न लागेको सुनाए । ‘जब मैले संसद्मा यस्तो बोलें, त्यही बेलादेखि ओलीले मसँग बदला लिन खोज्नु भयो’, नेपालले भने । उनले तल्लोस्तरमा ओर्लेर अरुलाई गाली गर्ने ओलीको स्वभाव र प्रवृत्ति रहेको टिप्पणी गरे ।  

सम्पादकहरूसँगको कुराकानीका क्रमा नेकपपा नेपाल–दाहाल समूहका अर्का अध्यक्ष पुष्पकमल दाहालले ओलीसँग अब एकता असम्भव रहेको बताए । ‘ओलीले प्रतिनिधिसभा विघटनप्रति आत्मालोचना वा गल्ती स्वीकार गर्ने अवस्था देखिन्न । ५/७ वर्षपछि के हुन्छ भन्न सकिन्न तर तत्कालका लागि पुनः एकता सम्भव छैन,’ दाहालले भने । ओलीलाई बेलैमा सहमति पालना गराउन र विधि–पद्धतिमा हिँडाउन नसक्नु आफूहरूको कमजोरी भएको स्वीकार गर्दै त्यसप्रति दाहालले आत्मालोचना गरे ।

लोकप्रिय
अर्को समाचार
ओली चेतना भया, रिङरोडमा सेनाको कारगेड प्रदर्शन हुँदैमा कोही डराउनेवाला छैनः नेपाल
२४ माघ २०७७
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
ओली चेतना भया, रिङरोडमा सेनाको कारगेड प्रदर्शन हुँदैमा कोही डराउनेवाला छैनः नेपाल

नेकपा नेपाल–दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशता लाद्न खोजेको र पार्टी मात्र होइन, देश नै कब्जा गर्न खोजेको आरोप लगाएका छन् । अध्यक्ष नेपालले शुक्रबार सञ्चारकर्मीसँगको अन्तर्क्रियामा आफूहरू विधि, नीति र पद्धतिअनुसार पार्टी चल्नुपर्छ भन्ने पक्षमा रहँदारहँदै पनि ओलीले पार्टी फुटाएको आरोप पनि लगाए । उनले आफूहरू विचारको लडाइँमा रहेको र व्यक्तिपूजामा केन्द्रित नभएको बताए । व्यक्ति भनेको कोही नरहन सक्छ तर विचार सधैं रहने भएकाले विचार र सिद्धान्तमा केन्द्रित भएर आफूहरू आन्दोलनमा होमिएको उनले प्रस्ट्याए ।

अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै चक्रपथमा सेनाका बख्तरबन्द गाडी घुमाउँदैमा कोही नडराउने बताए । केही दिनअघि रातिको समयमा काठमाडौंको चक्रपथमा सेनाका बख्तरबन्द गाडी घुमाइएको थियो । त्यसतर्फ संकेत गर्दै नेपालले प्रधानमन्त्री ओलीले आफूसँग सहमत नहुनेलाई तर्साउने कोसिस गरेको तर त्यसबाट कोही पनि नतर्सिने प्रतिक्रिया दिएका हुन् । ‘केपी ओली चेतना भया, रिङरोडमा सेनाको कारगेड प्रदर्शन हुँदैमा कोही डराउनेवाला छैन’, अध्यक्ष नेपालले भने ।  

अध्यक्ष नेपालले ओलीलाई लक्षित गर्दै पार्टीबाट चोइटिएर जाने भए गए हुने बताए । ‘कसैलाई चोइटिएर जाने इच्छा भए गए हुन्छ, बालकोटमै पार्टी बनाएर त्यहीं बसे हुन्छ,’ उनले भने । उनले ओलीको प्रतिनिधिसभा विघटनलगायतका गलत कदमविरुद्ध आफूहरू चुप लागेर नबस्ने बताए । ‘केपी ओलीले जे–जे गर्छन्, हामी तमासा हेरेर बस्दैनौं । हामी उनको असंवैधानिक कदमविरुद्ध, प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर सडक आन्दोलनमा छौं,’ नेपालले भने । ओलीको गलत प्रवृत्तिको एकएक हिसाब इतिहासले लिने पनि उनले बताए । अध्यक्ष नेपालले आफूहरूले माघ २८ गते बृहत् विरोध कार्यक्रम गर्न लागेको जानकारी पनि दिए । आफूहरूको आन्दोलन प्रतिगमनविरुद्ध भएको उनको स्पष्टोक्ति छ ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस