नेकपा विवादः हकदाबीमा होडबाजी
०७ माघ २०७७
७ मिनेट पाठ
संग्रह
Email
ईमेल
नेकपा विवादः हकदाबीमा होडबाजी

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि पार्टीको असली हकदार दावी गर्ने होडबाजी चलेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेपाल–दाहाल समूह र ओली समूहमा विभाजित भएपछि नेकपाको असली हकदार दुवै पक्षले आफूहरू भएको दाबी गर्दै आएका छन् । दिनहुँजस्तो दुवै पक्षले आफूनिकट नेता तथा कार्यकर्ताको भेला गर्दै नेकपाको आधिकारिक पक्ष आफैं भएको जिकिर गर्दै आएका छन् ।  

पुस ७ गतेपछि दुवै समूहले आफूनिकट नेता–कार्यकर्ता जम्मा पारेर गरेका बैठक, भेला, आमसभा र विभिन्न कार्यक्रममा नेकपाको संस्थापन आफूहरू नै भएको दाबी गर्दै आएका छन् । केपी शर्मा ओलीले पार्टीको प्रथम अध्यक्ष, महासचिव र माइन्युट आफूसँग भएको र पूर्वएमालेतर्फ रहेका कार्यकर्ताको ठूलो पंक्ति आफूसँग रहेको भन्दै संस्थापन पक्ष आफूहरू भएको दाबी गरेका छन् । नेपाल–दाहाल समूहले पार्टीको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी तथा सबै कमिटीमा आफूहरूको बहुमत रहेको भन्दै आफूहरू नै संस्थापन पक्ष भएको दाबी गरेका छन् । यो क्रम एक महिनादेखि नै चलिरहेको छ । ओलीले ‘असली बाजेको पेडा पसल’को संज्ञा दिएर आफू संस्थापन भइरहेको बताउँदा नेपाल–दाहाल समूहले पनि त्यसको खण्डन गर्दै असली आफूहरू नै भएको दाबी गर्दै आएका छन् ।  

नेपाल–दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले सो समूहनिकट पत्रकारहरूको भेलामा मंगलबार ओलीले संस्थापन पक्ष भएको भ्रम छरिरहेको बताउँदै पूर्वएमालेमा आफू संस्थापन रहेको, ओलीचाहिँ कुनै एउटा गुटको मात्र नेता भएको बताए । प्रधानमन्त्री ओलीले ‘असली बाजेको पेडा पसल’ आफूतिर रहेको भन्दै आएको अभिव्यक्ति लक्षित गर्दै अध्यक्ष नेपालले अहङ्कार र दम्भले उनी एक्लिएको र भ्रम छरिरहेको बताए । उनले प्रधानमन्त्री ओली गणतन्त्र र संघीयताविरोधी भएको आरोप लगाएका छन् । केपी ओली प्रतिगमनका प्रतीक हुन् । उनको एकलवाद, अहङ्कार, दम्भ र संवैधानिक कदमविरुद्ध सिंगो देश आन्दोलित छ, ओली अहिले आफूलाई असली एमाले भनेर भ्रम छरिरहेका छन् तर असली एमाले माधव नेपाल हो,’ अध्यक्ष नेपालले भने । 

उनले ‘माधव नेपाल प्रचण्डको कार्यकर्ता बन्न गए’ भन्ने ओलीको भनाइलाई प्रतिवाद गरे । ‘ओरिजिनल एमाले माधव नेपाल हो, केपी ओली होइन । तर अब एमाले र माओवादी कोही छैन, सबै एक भइसकेको छ, नेकपा भइसकेको छ,’ उनले भने । उनले संसद् विघटन भइसकेपछि प्रधानमन्त्री शर्मा ओलीको हैसियत के हो ? भनेर प्रश्न पनि गरे । ‘प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि उहाँको हैसियत के ? हामीले त यो संसद् विघटन मानेकै छैनौं,’ अध्यक्ष नेपालले भने । उनले ओलीलाई कि कामचलाउ प्रधानमन्त्री भन्न, कि कुर्सी छोड्न चेतावनी पनि दिए । ‘कि काम चलाउ भन्नुस् कि तत्काल कुर्सी छोड्नुस्, तर उहाँ छोड्नुहुन्न । भर्‍याङ बनाउनुहुन्छ । पार्टी, म र प्रचण्डलाई पनि भर्‍याङ बनाउनुभयो,’ अध्यक्ष नेपालले भने । उनले केपी ओलीमा चरम व्यक्तिवाद रहेको टिप्पणीसमेत गरे । ‘सानो कोटरीमा रमाउनु हुन्छ । यहि गुटवादी र अलोकतान्त्रिक संस्कारकाविरुद्ध आन्दोलन गरिरहेका छौं । ओली पद छाड्न चाहँदैनन्, भ्रमको खेती गर्न खप्पिस छन् । एक दिनमा तीनजनालाई तीन पद दिन्छन्,’ अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले संघीयता र परिवर्तन संकटमा भएका बेला सही र गलत छुट्याउन सक्नुपर्नेमा पनि जोड दिए । सत्यको पक्षमा उभिने नै असली नेता हो भन्दै उनले परिवर्तनको रक्षा गर्नु साझा दायित्व बनेको बताए । उनले अहिले ओलीका ‘साइबर सेना’ सक्रिय रहेको सुनेको भन्दै तिनीहरूले केही गर्न नसक्ने बताए । ‘अरिगांलको गोला र झुसिल किराहरूले केही गर्न सक्दैनन् । सत्य र न्याय हाम्रो पक्षमा छ,’ उनले भने । उनले गणतन्त्रको पक्षमा पार्टीले फैसला गर्ने वा निर्णय गर्ने बेलामा ओलीले मात्रै फरक मत राखेको दाबी गर्दै उनले भने, ‘सबै जना एकापट्टि भएर गणतन्त्रको पक्षमा निर्णय गरियो, ओलीले मात्रै फरक मत राखे ।’

ओलीमा राजतन्त्रको भाषा गन्हायो : दाहाल

सोही कार्यक्रममा सो समूहका अर्का अध्यक्ष पुष्पकमल दाहालले ओलीमा राजतन्त्रको भाषा ह्वास्सै गन्हाएको बताएका छन् । संसद् विघटनपछि देशमा जटिल अवस्था सिर्जना भएको बताउँदै ओलीमा राजतन्त्र पुनस्र्थापना गर्ने सोच र प्रक्रियाको सुरुवाती भाषा गन्हाएको दाबी गरेका छन् । ‘प्रधानमन्त्रीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेका छन् । त्यो सिफारिसको भाषामा राजाको भाषा ह्वास्सै गन्हाएको छ । संसद् विघटन सिफारिस भएको भाषामा राजामहाराजाको दुर्गन्ध आउँछ । ओलीको हरेक भाषामा राजतन्त्रको आभास मिल्छ । निरंकुशतन्त्रतर्फ देशलाई धकेल्ने काम भएको छ । यो राजतन्त्र पुनस्र्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नुछ,’ दाहालले भने । उनले प्रतिगमनविरुद्ध लडाइँ गर्नुपर्ने बेला फेरि आएको बताए ।

उनले आफूले बोलेको कुराको बेलाबेलामा अपभ्रंश पनि हुने गरेको बताए । ‘हेर्दाहेर्दै आफ्नै पार्टीको, आफैंले प्रस्ताव गरेको प्रधानमन्त्रीद्वारा संविधानको बच्चाको हत्या भएको छ । मैले कुनै हिंसाको प्रोत्साहन गर्न विद्यार्थीलाई आक्रामक हुन भनेको होइन,’ उनले भने, ‘हामी बन्दुक होइन, मतपत्रको भाषाबाट देश निर्माण गर्ने हो ।’ अध्यक्ष दाहालले ओलीको कदम संसद् विघटन नभई संविधान विघटनको प्रक्रिया भएको आरोप लगाएका छन् । ‘९ महिना गर्भमा राखेर बच्चा जन्माएपछि, बच्चाको हत्या गर्न खोज्दा आमाको मनमा जे उत्पन्न हुन्छ, अहिले मभित्र त्यस्तै आवेग र आक्रोश उत्पन्न भएको,’ दाहालले भने ।  

‘२०१७ साल, २०३६ साल र २०४६ सालमा राजाहरूले विभिन्न धाराहरू व्याख्या गर्दै अन्तरनिहित राजकीय अधिकार राजासँग हुने भन्दै संविधान विघटन गर्थे, ओलीमा पनि त्यही हावी भयो, प्रवृत्ति बदल्नका लागि लामो संघर्ष र बलिदानबाट नेपाली जनताका प्रतिनिधिबाट पहिलोपटक संविधान जारी गरियो तर प्रधानमन्त्रीले हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरिदिए,’ अध्यक्ष दाहालले भने । उनले प्रधानमन्त्री बन्न ओलीले ठगी धन्दा चलाएको आरोपसमेत लगाए । ‘आलोपालो प्रधानमन्त्री हुने सहमति भएकै हो, तर उहाँले कार्यान्वयन गर्नुभएन, पछि ठगीधन्दा गर्नुभयो,’ उनले भने । भारतसँगको ओलीको सम्बन्धतर्फ संकेत गर्दै जससँग मिलेर जेजे गरे, त्यसलाई नै टेकेर संविधान विघटन गरेको पनि आरोप लगाए । ‘उहाँ पहिला जसलाई गाली गर्नुहुन्थ्यो, अहिले उनीहरूसँगै लम्पसार परेर बस्नुभएको छ, म कसैको नाम भन्न चाहन्नँ तपाईंको यो खोक्रो राष्ट्रवाद उदाङ्गो भएको छ,’ उनले भने । उनले आफू भावुक हुने र कठोर पनि हुन बताए । ‘मैले जनयुद्धको नेतृत्व गरेको हो, कठोर हुन सक्छु, तपाईले प्रचण्डलाई प्रयोग गरेर माधव नेपाललाई भित्तामा पुर्‍याउँछु भन्ने ठान्नुभएको थियो गल्ती गर्नुभयो, तपाईलाई अब म भित्तामा पु¥याउँछु,’ दाहालले भने ।

सोही कार्यक्रममा स्थायी कमिटी सदस्य योगेश भट्टराईले बाहिरका महाराजालाई फ्याँके पनि आफ्नै पार्टीभित्रका महाराजाहरूलाई देख्न नसकेकाले यस्तो परिस्थिति आएको बताए । उनले नेपालमा पटक–पटक भएका राजनीतिक क्रान्तिले बाहिर देखिएका महाराजालाई फाले पनि आफ्नै पार्टीभित्रका महाराजहरूलाई देख्न र फाल्न नसकेकाले अहिले पुनः सडकमा आउनुपरेको बताए । ‘जारी आन्दोलनले अब यो क्रान्ति, संघर्ष र जागरणले हाम्रो छेउमै भएका महाराजहरू रहँदैनन् भन्ने संकल्प गर्नुपर्छ, कम्युनिस्ट पार्टीको नाममा अलोकतान्त्रिक शासनको जन्म भयो यसको हिसाबकिताब चुक्ता गर्नुपर्नेछ, पार्टीभित्रको व्यवस्था बदल्न नसक्दा पीडा भोग्नुपरेको छ । विधान, संविधान र जनअधिकारको खिलाफमा जाने शासक जन्मँदैन भन्ने संकल्प गर्नुपर्ने छ,’ स्थायी कमिटी सदस्य भट्टराईको भने । उनले संसद् विघटनपछि दुईवटा पसल खुलेको भन्दै दूध विक्री गर्ने पसल वा रक्सी भट्टीतिर जाने भन्ने निर्णय गर्ने बेला आएको पनि बताएका छन् ।  

सो कार्यक्रममा पत्रकार एवं लेखक नारायण वाग्लेले प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसै संसद्मा डोजर चलाएको आरोप लगाए । उनले अहिलेको आन्दोलन प्रधानमन्त्री फेर्नका लागि मात्रै गरिएको हो भने नागरिक समाज आन्दोलनमा सहभागी नहुने बताए । उनले नेकपा अध्यक्ष दाहालले केही दिनअघि शाकाहारी आन्दोलन होइन, अब मांसाहारी आन्दोलन गर्नुपर्ने भन्ने अभिव्यक्तितिर केन्द्रित हुँदै हिजो द्वन्द्वको घाउ बाँकी रहेकाले त्यसको उद्देश्य के हो भनेर प्रश्न गरेका थिए । ‘कमरेडहरूले भन्नुभयो, मांसाहारी आन्दोलन चाहियो । हिजोका द्वन्द्वको घाउ बाँकी नै छ । यसो गर्नुभयो भने नागरिकको साथ हुन्न,’ उनले भने । नेकपाका नेता सुवास नेम्वाङको नाम नलिई आजका दिनमा सबैभन्दा निरीह दुई कार्यकाल संविधानसभा अध्यक्ष भएका व्यक्ति भएको पनि पत्रकार वाग्लेको टिप्पणी थियो । ‘आजको नेपालमा सबभन्दा निरीह को भयो भन्दा हिजो दुई कार्यकाल संविधानसभा अध्यक्ष भएका व्यक्ति हुन्,’ उनले भने । 

प्रतिपक्ष र प्रधानन्यायाधीशसमेत लाचार हुने यो कस्तो लोकतन्त्र हो भनेर उनले प्रश्न पनि गरेका थिए । ‘प्रतिपक्ष लाचार छ के यो लोकतन्त्र हो ? प्रधानन्यायाधीश प्रधानमन्त्रीको कोठामा निरीह भएर जाने के यो लोकतन्त्र हो ? शक्ति सन्तुलन हो ? प्रतिपक्षी दलका नेता प्रधानमन्त्रीको दैलोमा चहार्नुपर्ने यो के बाध्यता हो ?,’ पत्रकार वाग्लेले प्रश्न गरे ।

लोकप्रिय
अर्को समाचार
ओली चेतना भया, रिङरोडमा सेनाको कारगेड प्रदर्शन हुँदैमा कोही डराउनेवाला छैनः नेपाल
२४ माघ २०७७
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
ओली चेतना भया, रिङरोडमा सेनाको कारगेड प्रदर्शन हुँदैमा कोही डराउनेवाला छैनः नेपाल

नेकपा नेपाल–दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशता लाद्न खोजेको र पार्टी मात्र होइन, देश नै कब्जा गर्न खोजेको आरोप लगाएका छन् । अध्यक्ष नेपालले शुक्रबार सञ्चारकर्मीसँगको अन्तर्क्रियामा आफूहरू विधि, नीति र पद्धतिअनुसार पार्टी चल्नुपर्छ भन्ने पक्षमा रहँदारहँदै पनि ओलीले पार्टी फुटाएको आरोप पनि लगाए । उनले आफूहरू विचारको लडाइँमा रहेको र व्यक्तिपूजामा केन्द्रित नभएको बताए । व्यक्ति भनेको कोही नरहन सक्छ तर विचार सधैं रहने भएकाले विचार र सिद्धान्तमा केन्द्रित भएर आफूहरू आन्दोलनमा होमिएको उनले प्रस्ट्याए ।

अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै चक्रपथमा सेनाका बख्तरबन्द गाडी घुमाउँदैमा कोही नडराउने बताए । केही दिनअघि रातिको समयमा काठमाडौंको चक्रपथमा सेनाका बख्तरबन्द गाडी घुमाइएको थियो । त्यसतर्फ संकेत गर्दै नेपालले प्रधानमन्त्री ओलीले आफूसँग सहमत नहुनेलाई तर्साउने कोसिस गरेको तर त्यसबाट कोही पनि नतर्सिने प्रतिक्रिया दिएका हुन् । ‘केपी ओली चेतना भया, रिङरोडमा सेनाको कारगेड प्रदर्शन हुँदैमा कोही डराउनेवाला छैन’, अध्यक्ष नेपालले भने ।  

अध्यक्ष नेपालले ओलीलाई लक्षित गर्दै पार्टीबाट चोइटिएर जाने भए गए हुने बताए । ‘कसैलाई चोइटिएर जाने इच्छा भए गए हुन्छ, बालकोटमै पार्टी बनाएर त्यहीं बसे हुन्छ,’ उनले भने । उनले ओलीको प्रतिनिधिसभा विघटनलगायतका गलत कदमविरुद्ध आफूहरू चुप लागेर नबस्ने बताए । ‘केपी ओलीले जे–जे गर्छन्, हामी तमासा हेरेर बस्दैनौं । हामी उनको असंवैधानिक कदमविरुद्ध, प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर सडक आन्दोलनमा छौं,’ नेपालले भने । ओलीको गलत प्रवृत्तिको एकएक हिसाब इतिहासले लिने पनि उनले बताए । अध्यक्ष नेपालले आफूहरूले माघ २८ गते बृहत् विरोध कार्यक्रम गर्न लागेको जानकारी पनि दिए । आफूहरूको आन्दोलन प्रतिगमनविरुद्ध भएको उनको स्पष्टोक्ति छ ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस