कसो मारेन त्यो बाडुलीले
१० जेष्ठ २०७७
११ मिनेट पाठ
संग्रह
Email
ईमेल
कसो मारेन त्यो बाडुलीले

बोल्दा पनि हिक्हिक्, खाँदा पनि हिक्हिक्, पिउँदा पनि हिक्हिक् । उठ्दा पनि हिक्हिक्, बस्दा पनि हिक्हिक्, हिँड्दा पनि हिक्हिक् । हाँस्दा पनि हिक्हिक्, नहाँस्दा पनि ह्किहिक् । यतिसम्म कि राति सुत्दा पनि हिक्हिक् । हिक्हिक्ले गर्दा निदाउनै सकिएन । एकैछिन् हिक्हिक् रोकिँदा थाहै नपाई फुस्स निदाइने, तर एकछिनपछि निद्रामै हिक्हिक् सुरु हुँदा ब्युँझन करै लाग्छ । सुत्नै नसकिने ।

गाउँ, सहर र संसारमै सन्त्रास छ, कोरोना भाइरस संक्रमणको । सन्त्रास यसकारण छ, हरेक मान्छेमा जीजिविषा छ । त्यसैले गाउँ अनि सहर लकडाउन अर्थात् बन्दाबन्दीमा छ ।

चैत ११ गतेदेखि म पनि घरमै छु । घरमा हुनु भनेको धेरै फुर्सदमा हुनु रै’छ । अचेल मलाई धेरै फुर्सद छ । मान्छेहरू फुर्सदमा धेरै सिर्जनात्मक काम गर्न सकिन्छ भन्छन् । तर यो कुरो होइन जस्तो लाग्यो मलाई । फुर्सद हुँदैमा कल्पनामा हराउन नसकिने रैछ । फुर्सद हुँदैमा सिर्जनात्मक काम गर्न नसकिने रैछ । सिर्जनाका लागि त आशा र उज्यालो चाहिने रैछ । कोरोनाको सन्त्रासले अहिले त्यो आशा र उज्यालो हराएको अवस्था छ ।  

किताब पढ्छु, मन अड्दैन । लेख्न खोज्छु, दिमागमा केही फुर्दैन । सामाजिक सञ्जालको जञ्जालभित्र पस्छु । त्यहाँ पनि मन अड्दैन । पुराना एल्बमहरू पल्टाउँछु र कतैकतै नोस्टाल्जिक हुन्छु । फोनमा साथीभाइसँग बात मार्छु । तैपनि समय बाँकी रहन्छ । फेरि टिभी हेर्छु । उही कोरोना, कालापानी, लिम्पियाधुरा र लिपुलेकका कुरा । अनि भारतीय च्यानलका नेपालविरुद्धका एकोहोरो आलाप र आक्षेप । त्यहाँ पनि मन अड्दैन । छटपटीजस्तो हुन थाल्छ । अब के गर्ने ? संगीत सुन्ने । हो, मलाई संगीत मनपर्छ । त्यसैले एफएम खोल्छु । एउटा निकै पुरानो र निकै चर्चित गीत गुन्जिरहेको हुन्छ ः

मायालुले सम्झे कि कसो, बाडुली लाग्यो नि लाग्यो नि लौ मलाई

मायाको बन्धनले जीवन उज्याल्यो नि

मायालुले ...... ।  

(शब्दः शशि ठटाल, संगीतः शान्ति ठटाल, स्वरः डेजी बराइली र दावा ग्याल्मो)

हो, कसैले सम्झ्यो भने बाडुली लाग्छ भन्ने विश्वास हाम्रो समाजमा अझै पनि छ । नेपाली बृहत् शब्दकोशले भने ‘बात–विकार आदिका कारणले घाँटीबाट हिक्क–हिक्क निस्कने आवाज, हिक्का’ भनेर परिभाषित गरेको छ बाडुलीलाई ।  

चिकित्सा विज्ञानका अनुसार हाम्रो छाती र पेटलाई छुट्याउने भागमा एउटा पातलो मासुको झिल्ली हुन्छ । यसलाई डायफ्रम भनिन्छ । हामीले सास लिँदा त्यो फैलिन्छ र सास फेरेपछि पहिलेकै अवस्थामा खुम्चन्छ । यसै क्रममा त्यो डायफ्रामले हाम्रो फोक्सोलाई फैलन र खुम्चिन मद्दत गर्छ । त्यही डायफ्रममा कुनै कारणले उत्तेजना पैदा भयो भने त्यो अचानक खुम्चिन मात्रै पुग्छ । त्यस्तो अवस्थामा हाम्रो स्वरयन्त्रबीचको भाग बन्द हुन पुग्छ । अनि, हिक्हिक् आवाज आउँछ । यसैलाई हामी बाडुली लागेको भन्छौँ । हिक्हिक् सामान्यतः एकैछिनदेखि ४८ घन्टासम्म आउन सक्ने भनिए तापनि कहिलेकाहीं कसैकसैलाई महिना दिनसम्म पनि आउन सक्ने डाक्टरले बताउने गरेका छन् । हिक्हिक् आउँदा सास रोकेर बस्ने अथवा लामो सास फेर्ने, गिलासमा पानी राखेर सानोसानो घुट्को गरेर छ–सातपटक पिउने, जिब्रोलाई दबाइराख्ने, कागती चपाउने, कुल्ला गर्ने, चिनीको फाँको मुखमा राखेर त्यसको रस निलिरहने सल्लाह डाक्टरहरूले दिने गरेका छन् ।  

हाम्रो समाजमा विशेषगरी युवायुवतीलाई ह्किहिक् आउँदा अर्थात् बाडुली लाग्दा आफूलाई मन पर्ने अथवा आफूलाई मन पराउने मान्छेले सम्झेको भनेर जिस्काउने चलन छ ।  

गीत सुन्दै गर्दा म आफ्नै विगत सम्झिन थाल्छु । २०४९ सालको मंसिर महिनामा मलाई पनि मज्जैले लाग्यो बाडुली । तर त्यतिखेर मलाई कसैले सम्झेर बाडुली लागेको चाहिँ थिएन । कसरी कसरी एक्कासि नै बाडुली लाग्यो मलाई । थोरै समय म पनि रोमाञ्चित भएँ, कसैले साँच्चै नै सम्झ्यो कि भनेर । तर लागेको बाडुलीले छोड्ने नामै नलिएपछि भने त्यो रोमाञ्च क्रमशः चिन्तामा बदलिन थाल्यो । घरीघरी पानी खाँदा पनि भएन । छातीमा मुड्कीले हान्दा पनि भएन । पिठ्युँमा अरूलाई मुड्की हान्न लगाउँदा पनि भएन । चिनीको फाँको मुखमा हालेर घुटुकघुटुक गर्दै त्यसको गुलियो रस निल्दा पनि भएन । घन्टौंसम्म एकनासले हिक्हिक् आइरह्यो अर्थात् बाडुली लागिरह्यो । गायिका दावा ग्याल्मो र डेजी बराइलीलाई त उनीहरूको मायालुले सम्झेर बाडुली लागेको थियो । मेरो त कोही मायालु थिएन । कसले सम्झेर लाग्यो होला मलाई बाडुली ?  

बोल्दा पनि हिक्हिक्, खाँदा पनि हिक्हिक्, पिउँदा पनि हिक्हिक् । उठ्दा पनि हिक्हिक्, बस्दा पनि हिक्हिक्, हिँड्दा पनि हिक्हिक् । हाँस्दा पनि हिक्हिक्, नहाँस्दा पनि ह्किहिक् । यतिसम्म कि राति सुत्दा पनि हिक्हिक् । हिक्हिक्ले गर्दा निदाउनै सकिएन । एकैछिन् हिक्हिक् रोकिँदा थाहै नपाई फुस्स निदाइने, तर एकछिनपछि निद्रामै हिक्हिक् सुरु हुँदा ब्युँझन करै लाग्छ । सुत्नै नसकिने ।

हिक्हिक् सुरु भएको तीन–चार दिनसम्म कुनै अस्पताल गइएन । कुनै डाक्टरको सल्लाह पनि लिइएन । बरु हिक्हिक् गर्दै नियमित अफिस गइरहेँ । मिनिबसमा जान्थेँ । मैले लगातार हिक्हिक् गरेको सुनेर अरू यात्रुहरू छक्क परेर मलाई हेर्थे । कोही मुसुक्क हाँस्थे । कोही अनौठो मानेर हेर्थे । कोहीकोहीले मुखै फोरेर भने, ‘भाइलाई कसले सम्झ्यो ?’  

करिब एक हप्तासम्म म हिक्हिक् गर्दै अफिस आउजाउ गरिरहेँ । मिनिबसमा अनौठो मानेर हेर्नेहरूको हेराइ र जिस्काउनेहरूको जिस्काइलाई चुपचाप सहिरहेँ । जिज्ञासु प्रश्नकर्ताको प्रश्नको उत्तर पनि आफ्नै ढंगले दिइरहेँ । अनि मनकारीहरूको सुझावलाई पनि मनन गरिरहेँ । केही गर्दा पनि मेरो बाडुली रोकिएन ।  

सातौं दिनको रातिसम्म म निकै गलेँ । पानी र चिनी खाँदाखाँदा पेट अटेसमटेस भएर बस्नै नसक्ने भएँ । हिक्हिक् रोक्नलाई सास रोक्न खोज्दा सासै बन्द होलाजस्तो लाग्न थाल्यो । त्यसपछि बाआमालाई बोलाएर भनेँ, ‘मलाई  गाह्रो हुन थाल्यो ।’ हिक्हिक्कै कारण यस्तोसम्म हुन्छ भनेर कहिल्यै नसोचेको मेरो बा चिन्तित बन्नुभयो । रोगै नठानेको हिक्हिक्ले पनि ज्यानै लिने स्थिति देखियो । गर्ने के ?  

बेलाबेला हिक्हिक् रोकिँदा अलिकति फूर्ति आएजस्तो भएको मेरो शरीर हिक्हिक् सुरु हुनासाथ फेरि लल्याकलुलुक हुन थाल्यो । मेरा हातखुट्टा गल्न थाले । मलाई मेरो ज्यानको भन्दा बा र आमाको चिन्ता लाग्यो । मेरै कारण उहाँहरूको निद्रा बिथोल्नु उचित ठानिनँ । त्यसैले भनेँ, ‘यस्तै हो, यो हिक्हिक् रोकिँदैन । म भोलि बिहानै उठेर अस्पताल जान्छु । तपाईंहरू सुत्न जानुस् ।’  

सजिलै के मान्थ्यो बाआमाको मनले । गाह्रोसित उहाँहरू उठेर जानुभयो । म भोलि बिहानको प्रतीक्षामा बसेँ ।

जसोतसो सातौँ रात काटेँ । भोलिपल्ट मंसिर १४ गते बिहानै उठेर महाराजगन्जस्थित शिक्षण अस्पतालतिर लागेँ । मेरो हिक्हिक् सुनेर बसमा सँगै यात्रा गर्नेहरूले अनौठो मानेर हेरे । अरूलाई बाधा नपुगोस भनेर मैले हातेरुमालले मुख छोपेर हिक्हिक्को आवाजलाई सकेसम्म कम गर्ने प्रयत्न गरिरहेँ ।

अस्पताल पुगेर टिकटका लागि लाइनमा बस्दा पनि मलाई अनौठो मानेर हेर्नेहरूको कमी भएन । एकजना बाजस्तो उमेरको मान्छेले जिस्काउनुभयो, ‘बाबुलाई सम्झिनेहरू धेरै छन् कि कसो ? अघिदेखि बाडुली लागेको लाग्यै छ ।’  

डाक्टरले मेरो मुख, घाँटी, छाती र पेटको जाँच गरे । छातीको एक्स–रे पनि गराए । सिङ्गै टाउको र घाँटीसम्म प्लास्टिकको ब्यागले छोपेर सास फेर्न लगाए । मैले सास फेर्दा प्लास्टिकको ब्याग बेलुन फुलेजस्तो फुलेको र सुकेको देख्दा अरू बिरामीहरू हाँस्न थाले । उनीहरू हाँस्दा मलाईचाहिँ पीडा भयो ।  

तुरुन्त रोग खुट्टिने कुरै थिएन । दुई–तीन थरी औषधि लेखिदिएर डाक्टरले भने, ‘यी औषधि खाएर हेर्नुस् । भएन भने फेरि आउनुस् ।’ सबै डाक्टरले यस्तै भन्ने हुन् ।  

डाक्टरले लेखिदिएका औषधि खाइरहेँ । तर मेरो हिक्हिक् पूर्णरूपमा रोकिएन । एकछिन रोकिन्थ्यो । फेरि आउँथ्यो । फेरि एकछिन रोकिन्थ्यो । फेरि सुरु हुन्थ्यो । हिक्हिक् गर्दै बोल्नु, खानु, पिउनु, उठ्नु, बस्नु, हिँड्नु र सुत्नु मेरो बानी नै भयो । राम्रोसँग निदाउन नसक्दा भने शरीर बिस्तारै गल्दै गएको महसुस हुन थाल्यो ।

नवौं दिन सधैंझैं अफिस गएँ । अफिसमा दिनभरि काम गरेर बेलुका घर फर्कें । रात परेपछि फेरि गाह्रो हुन थाल्यो । घाँटी नै टालिएजस्तो भएर सासै रोकिन खोज्यो । सधैँ गर्दै आएको उपाय अपनाएँ । केही छिनका लागि हिक्हिक् रोकिन्थ्यो र फेरि सुरु हुन्थ्यो । यो हिक्हिक्ले मलाई छोड्दैन जस्तो लाग्न थाल्यो ।

दशौं दिन फेरि बिहानै शिक्षण अस्पताल गएँ । डाक्टरले कस्तो छ भनी सोधे । मैले उस्तै छ भनेँ । उनले भने, ‘नआत्तिनु, त्यही औषधि खाइरहनु, बिस्तारै ठीक हुन्छ ।’ मनमा अलिअलि आशा र अलिअलि निराशा लिएर म घर फर्कें ।  

घरमा छिमेकी आएका थिए । एकै ठाउँको भर परेर हुँदैन भन्दै अन्त पनि देखाउन सुझाए । हो कि जस्तो लाग्यो । तुरुन्तै पाटन अस्पताल दौडिएँ । इमर्जेन्सीमा देखाएँ । डाक्टरले जम्मा तीन मोहोरको ६ वटा पहेँलो ट्याबलेट दिए । त्यो लिएर म घर फर्कें । अब त निको होस् भन्ने कामना गर्दै एक ट्याबलेट औषधि खाएँ । तर उही क्रम रोकिएन । मन निराशको निराश नै भयो ।

साँझपख अलि गाह्रो महसुस भयो । हिक्हिक् गर्दागर्दा छाती दुख्न थाल्यो र सास रोकिन खोज्यो । सासै रोकिए त अवश्य मरिन्छ । मलाई आफू मर्छुजस्तो लाग्न थाल्यो । मृत्युनजिक आएको ठानेर म झन् अत्तालिन थालेँ । बा र आमा पनि अत्तालिनुभयो । यसोउसो गर्दागर्दै रात प¥यो । अब के गर्ने ? एकजना आफन्तको कारमा बसेर तुरुन्तै वीर अस्पतालतिर कुद्यौँ ।  

बाडुली रोक्नकै लागि एकै दिनमा तीनवटा अस्पताल पुगियो । तर, रोकिएन । वीर अस्पतालको इमर्जेन्सीमा डाक्टरले जाँच गरे । मेरो मुख, घाँटी, छाती र पेटको जाँच गरिसकेपछि डाक्टरहरूले आपसमा सल्लाह गरेर दुइटा ट्याब्लेट खान दिए र झोल औषधिले गार्गल गर्न लगाए । एकैछिनमा हिक्हिक् रोकियो । डाक्टरहरूले भने, ‘रोकियो । अब आउँदैन । घर गए हुन्छ ।’

हामी घर फक्र्यौं । मेरो दुर्भाग्य ! घर पुगेको एकछिनपछि नै फेरि हिक्हिक् सुरु भयो । मेरो आशा पानीमा गयो । फेरि निराशाले मेरा हातखुट्टा लल्याकलुलुक हुन थाले । अगाडि जे गर्थें, ती सबै गरे । तर हिक्हिक रोकिएन । मैले भनेँ, ‘अब मरे पनि मर्छु । यति राति कहीँ जान्नँ ।’

बाको मुख पीरले निन्याउरो भयो । आमाको हालत उस्तै थियो । म स्वयं पनि निकै कमजोर भइसकेको थिएँ । मैले बाआमालाई ढाडस दिन सकिनँ ।  

निकै सकसले रात बित्यो । रातभरिमा धेरैपटक घाँटीमा केही अड्केजस्तो भएर सासै रोकिन खोज्यो । मैले मनमनै सोचेँ, अब म मर्छु । बाँच्नु यत्ति नै रहेछ ।  

उज्यालो हुनासाथ बा हतारिँदै मेरो कोठामा पस्नुभयो र भन्नुभयो, ‘जाऔँ अस्पताल ।’  

हामी फेरि वीर अस्पतालको इमर्जेन्सीमा पुग्यौँ । बेडमा सुताएर डाक्टरले जाँचे । छिनछिनमा औषधि पनि खुवाए । औषधि खाँदाखाँदा म कमजोरीले आँखै खोल्न नसक्ने अवस्थामा पुगेँ । हिक्हिक्ले घाँटी नै टालिएजस्तो भएर सासै रोकिन खोज्यो । म बेडबाटै लड्न लागेँ । बाले समाउनुभयो । डाक्टरहरू पनि अत्तालिएर सिनियर डाक्टरलाई बोलाए ।  

सिनियर डाक्टरले मेरो नाडी छामे । आँखा पल्टाएर हेरे । मुख, घाँटी, छाती र पेटमा जाँचे, छामेर हेरे । धेरैबेर सोचेपछि डाक्टरले अस्पतालकै एउटा चिर्कटोमा लेखेर बालाई दिँदै भने, ‘यो इन्जेक्सन लिएर आउनुस् ।’

चिर्कटो लिएर मेरो अनपढ बा औषधि पसलमा जानुभयो । इन्जेक्सन लिएर आउनुभयो । डाक्टरले मलाई बेडबाट उठाएर कमिजको दाहिने बाहुला सार्न लगाए । डाक्टरले त्यो इन्जेक्सन मेरो दाहिने पाखुरामा लगाइदिए । पाखुरामा चसक्क भएजस्तो अनुभव भयो मलाई । संयोग हेरियोस्, त्यो इन्जेक्सन लगाउनासाथ लगातार आइरहेको हिक्हिक् ठ्याक्कै रोकियो । हिक्हिक् मात्रै रोकिँदा पनि मलाई सन्चो अनुभव भयो । तर, कमजोरीले म उठ्नै नसक्ने भइसकेको थिएँ । आँखा खोल्न पनि गाह्रो भइरहेको थियो ।  

एकछिन् त्यही बेडमै पल्टेँ । मलाई निद्रा लागेजस्तो भयो । म निदाएको हो कि बेहोस भएको हो, त्यो मलाई थाहा छैन । म ब्युँझँदा भने डाक्टरहरूले छिटै बेड खाली गर्न बालाई भनिरहेको सुनेँ । मेरो अनपढ बाले अर्धबेहोश अवस्थामा पुगेको छोरालाई कसरी बाहिरसम्म लाने भनेर अलमलिरहनुभएको थियो । मलाई त बाको सहारा थियो । तर बालाई सहारा दिने कोही थिएन । सायद घरसम्म ट्याक्सीमा जान बासँग खल्तीमा पैसा पनि थिएन ।  

मैले झट्टै सम्झेँ एकजना चिनेको मान्छे । मैलेभन्दा पनि बाले चिनेको मान्छे । उनी जमलको परीक्षा नियन्त्रण कार्यालयमा काम गर्थे । मैले सकिनसकी एउटा चिर्कटोमा उनको नाम र अफिसको नाम लेखेर बालाई दिएर पठाएँ । बा त्यो चिर्कटो देखाउँदै सोध्दै–खोज्दै त्यहाँसम्म पुग्नुभएछ । उनी तुरुन्तै बासँगै हतारिँदै आइपुगे । मलाई ट्याक्सीमा हालेर घरसम्म पु¥याइदिए । उनको नाम हो, मनोहर अधिकारी । उनको त्यो गुन म अहिले पनि सम्झिरहेछु ।  

पाखुरामा लगाउनेबित्तिकै मेरो हिक्हिक् रोक्ने इन्जेक्सनको नाउँ थियो, ‘पेरिनर्म’ । मैले डाक्टरले लेखिदिएको चिर्कटो पढेर थाहा पाएको । त्यो चिर्कटो मैले आजसम्म साँचेर राखेको छु, फेरि पनि हिक्हिक् आए काम लाग्छ कि भनेर ।  

अहिले पनि कसैले हिक्हिक् गरेको सुनेँ भने म आफ्नो विगतलाई सम्झन्छु र डराउँछु । फेरि डरैडरमा पनि कसैले सम्झेको कारण बाडुली लागेको भनेर कसैले जिस्काएको सम्झेर रोमाञ्चित पनि हुन्छु ।

हिक्हिक् त रोकियो । फेरि छाती पोल्ने र पेट दुख्ने क्रम सुरु भयो । ग्यास्ट्रिकले यस्तो हुन्छ भनेको सुनेर त्यतिखेरका चर्चित डाक्टर पुष्करराज सत्यालदेखि आइएल आचार्यसम्म धाएँ । इन्डोस्कोपीपछि पुस ९ गते डाक्टर बीबी वैद्यले बायोप्सीको रिपोर्ट दिए । रिपोर्टमा लेखिएको थियो, ‘नन् स्पेसिफिक ग्यास्ट्रिटिस । हेलिकोब्याक्टर पोजिटिभ’ । रिपोर्ट हेरेर डाक्टर सत्यालले फेरि ट्राइमो, मेट्रोजिल, जिमोक्सलगायत औषधि दिए । भनेअनुसार औषधि खाइरहेँ । तर व्यथा बीसको उन्नाइस पनि भएन । बरु हल्का पेट दुख्ने र छाती पोल्ने भएर केही खानै मन नलाग्ने हुन थाल्यो ।

एक जनाले सल्लाह दिए– एकपटक होमियोप्याथिक डाक्टरलाई देखाएर औषधि खाइ हेर्नू । कहाँ जाने त ? उनैले दिए, इटुम्बहालका डाक्टर अच्युतबहादुर श्रेष्ठको नाउँ । हान्निएर उनैकहाँ पुगेँ । इटुम्बहाल चोकको पुरानो घरको एउटै मात्र झ्याल भएको सानो कोठामा बसिरहेका डाक्टर अच्युतबहादुर श्रेष्ठले सामान्य रूपमा मेरो पेट छामेर भने, ‘ग्यास्ट्रिक नै हो । ग्यास्ट्रिकले गर्दा नै हिक्हिक् आएको ।’  

उनैको औषधि खाएपछि ठीक भयो ।

लोकप्रिय
अर्को समाचार
शिखर यात्रामा डा.पुष्करराज भट्ट
२२ वैशाख २०८१
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
शिखर यात्रामा डा.पुष्करराज भट्ट

लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्। 

भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।

त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।

यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।

उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।

वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।

शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।

लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
कवितामा जीवनचक्र
कवितामा जीवनचक्र २२ वैशाख २०८१ ५ मिनेट पाठ
एक मुठी घामसँगै उदाए सरित् २० वैशाख २०८१ १ मिनेट पाठ
रमितेखोलो
रमितेखोलो २१ वैशाख २०८१ ११ मिनेट पाठ
परशु-कल्पना स्रष्टा सम्मानको घोषणा २० वैशाख २०८१ १ मिनेट पाठ
यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ! १५ वैशाख २०८१ २ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस