यो बुढेसकाललाई सलाम
१० जेष्ठ २०७७
९ मिनेट पाठ
संग्रह
Email
ईमेल
यो बुढेसकाललाई सलाम

पद्मावती सिंह

पद्मावती सिंह
अहिले विश्व नै कोरोना भाइरस (कोभिड–१९)सँग जुधिरहेको छ । विश्वका केही देशमा यसले महामारीको रूप लिँदै गर्दा हामीले घरबाट बाहिर ननिस्कने अनुशासनको पालना गरिरहेका छौँ, अर्थात् यो भाइरस फैलन नदिन ‘लकडाउन’को अवस्थामा छौँ । महामारीमा वृद्धवृद्धा र बालबालिकालाई बढी जोखिम हुन्छ । मानिस वृद्ध हुँदै गएपछि अनेक रोगले थिच्दा रहेछन् । म पनि मधुमेहबाट पीडित छु ।  

काठमाडौं छाउनीस्थित आफ्नै घरमा बसिरहेका बेला मेरा मनमा बुढेसकालबारे अनेक कुरा खेल्दै छन् । वास्तवमा म अहिले बुढेसकालबारे चिन्तन गर्दै छु, आफ्ना उर्वर दिनहरूको सम्झना गर्दैछु । बुढेसकालका आफ्नै पीडा छन् तर उमेर ढल्कँदै गर्दा बितिसकेको यौवनावस्था सम्झेर ठट्टा गर्न मनलाग्दो रहेछ ।

०००

लामो यात्रा र अनुभवहरू भोग्दै बूढेसकालमा पाइला टेकिन्छ । बुढेसकालमा खुट्टा टेकेपछि ज्येष्ठ नागरिक हुन पाइन्छ । ज्येष्ठ नागरिक अर्थात् एक आदरणीय पद्वी । ज्येष्ठ नागरिक हुन ६० वर्षमा टेक्नैपर्छ । कहिले ज्येष्ठ नागरिक भइएला र सबैबाट सम्मान र माया पाइएला भनी कुर्दा आफू पनि ज्येष्ठ नागरिक भइयो, १० वर्षअगाडि नै ।

यस वर्ष म ठ्याक्कै ७१ की भएँ । यत्तिका वर्ष बाँच्ने मेरो धोको थिएन । ६० वर्ष बाँचे काफी थियो । तर के गर्ने जन्मने र मर्ने आफ्नो हातमा छैन । आफ्नो हातमा भएको भए यत्तिका वर्ष बाँच्ने मेरो मनै थिएन ।  

आँखा फुटेर हो वा बैंस चढेर हो, कोही–कोही बूढाले ‘क्या च्वाँक तपाईं त’ भन्न पछि पर्दैनन् । त्यसो भन्दा ‘ला त बूढो’ भनेर एक थप्पड हान्न मन लाग्छ । तर जवानीमा कसैलाई एक थप्पड हान्न सकिएन भने झन् यो उमेरमा के तमासा गर्ने भनी चुपचाप बाटो लाग्नुबाहेक के गर्न सक्छु र म ।

 

७१ वर्ष हुनु भनेको साँच्चिकै बूढी हुनु हो । अचम्म, तन बूढी भए पनि मन बूढो हुन्न रैछ ! अहिले पनि मलाई राम्रो लगाउन, शृंगार र घुमफिर गर्न मन हुन्छ । हाम्री सासू त ७० वर्षमा बिहान पूजाआजा गर्नुहुन्थ्यो र रामायण पढेर दिन बिताउनुहुन्थ्यो । आफूलाई भने फुर्सद भयो कि घुमफिर गर्न, हातमा मोबाइल लिएर मस्त हुन मन लाग्छ । मैले पनि कहिलेकाहीँ फेसबुकमा फोटो अपलोड गर्छु, त्यसमा केही ‘लाइक’ र ‘कमेन्ट’ आउँछन् । ती कमेन्ट पढ्दा मेरो मन फुरुंग हुन्छ र मलाई भ्रम हुन्छ– कतै म पनि यौवनावस्थामा फर्कंदै त छैन ?    

लुगा पनि फेरि–फेरि नयाँ फेसनको लगाउन मन लाग्छ । आजकल ७१ वर्षमा बूढेसकाल आउँदैन कि क्या हो ? कसै–कसैले बूढी भएर पनि कति नक्कल गर्न प¥या भन्छन् भने, उनीहरुलाई मेरो जवाफ हुन्छ– नक्कल गर्न हुन्न भन्ने कुन शास्त्रमा लेख्या छ ?  

कसै–कसैले तारिफ गर्छन्, ‘बूढी भएर पनि कति राम्री भएर हिँडेको !’ यिनीहरुलाई खुसी भई आशीर्वाद दिन मन लाग्छ । अरु सबै त ठीक छ, तर उमेर भएपछि समस्याचाहिँ लस्करै लाएर आउँदा रहेछन् । अहिलेसम्म टेम्पु–ट्याक्सी एक्लैै चढेर यताउति गर्छु, तर ओर्लन उक्लन भने हम्मे–हम्मे पर्छ । तैपनि घुमफिर गर्न, यताउति काममा जान कसैलाई गुहार्नपरेको छैन । मज्जाले जान मन लाग्या ठाउँमा गइरहेकी छु । घँुडा दुख्छ, तैपनि वास्ता गर्दिनँ ।

बूढी भएपछि हाम्रा आमा र सासूहरू एक्लै हिँडेको थाहा छैन । कतै जानुप¥यो भने कोही न कोही साथ लागेकै हुन्छ । बूढी मान्छे एक्लै कहाँ जाने भनेर सब कराउँछन् । अहिले त कसैले त्यसो भन्दैनन् । हुन पनि हो, सधैँ साथ लाग्न आजको छोरी–बुहारीलाई कहाँ फुर्सद छ र ? तिनीहरू यति व्यस्त रहन्छन् कि बोल्ने त फुर्सद छैन, बिहानदेखि बेलुकीसम्म जागिरमै व्यस्त रहन्छन् ।

मैले पनि ६० वर्ष नहुन्जेल जागिर खाएकै हँु क्यार । आइमाईहरूले मोटरसाइकल नचढेका बेला मोटर साइकल चढेर अफिस गएकै हुँ । उमेरमा त म कम व्यस्त थिएँ र ? अफिस–घर र साहित्यिक कार्यक्रमहरूमा सहभागी हुन साँजोपाँजो सबै मिलाएकै थिएँ । सबैले वाह–वाह गर्थे ।

अहिले कहिलेकाहीँ यो घुँडा दुख्ने समस्याले यताउता जान गाह्रो हुन्छ, बढो दिक्क लागेर आउँछ । घुँडासुँडा दुखिरहोस्, बाहिर जानचाहिँ छाड्दिनँ भनी हिँड्याहिँड्यै छु । छोराछोरीले भन्छन्, ‘घुँडा दुख्या मान्छेलाई कति हिँड्नुप¥या ?’  

मेरो जवाफ हुन्छ, ‘दुखे मेरो घुँडा दुख्छ, तिमीहरूको दुख्दैन क्या रे ।’ त्यसो भनेपछि उनीहरू नाजवाफ हुन्छन् ।

उमेर पुगेपछि केही निजी समस्याले चाहिँ पिरोल्न आइपुग्दा रहेछन् । जस्तो कि बाहिर कतै भोजसोज जानुप¥यो भने कपाल रंगाउनुपर्ने । कम झन्झट लाग्छ, कपालमा मेहन्दी लगाएर कालो बनाउन ! त्योे पनि अकस्मात कतै सभा–समारोहमा जानुप¥यो र कपाल रंगाउने बेला भइसकेको रहेछ भने क्या दिक्क लाग्छ । कपाल रंगाउँ भने अबेर हुने, नरंगाउँ भने समारोहमा बूढी देखिने गरी के जानूँ ? होस् भनेर कहिले त्यसै जान्छु । मनले मान्दैन, बरु ढिला भए होस्, कपाल कालो नलगाई त जाँदै जान्न भनी ढिला गरी समारोहमा पुग्छु । कुनै बेला समारोहमा म ढिलो पुगे भने यही कारण सम्झे हुन्छ है मेरा दौँतरीहरू ।

कहिले भने ट्राफिक जामले गर्दा ढिलो होइन्छ । ट्राफिक जामको त कुरै गरेर साध्य छैन । कतै समयमा पुग्नु छ भने आधा घन्टामा पुगिने स्थानमा दुई घन्टा लाग्छ । स्वयंवर गर्न हिँडेका साइतमा नपुगेर दिक्क नभएका पनि होइनन् । ‘कहीँ नभएको जात्रा हाडी गाउँमा’ भनेको सायद काठमाडौंको ट्राफिक जामलाई भन्दा अनुपयुक्त नहोला । यो ट्राफिक जामले कतिको जागिर समेत खाइदिएको छ । कति विदेश उड्न नपाई फर्केका छन् । हो कि होइन ? भन्नुस् त । बुढेसकालका पीर र व्यथा कम छैनन्, सम्झिँदै ल्याउने हो भने । एउटा प्रसंग झट्ट सम्झे ।  

मेरा पिताजी बूढा भए पनि चिटिक्क भई हिँड्नुपर्ने । उहाँको लबाई देखेर सबै हे¥याहे¥यै हुन्थे । एक दिन एकजना दौँतरीले उहाँलाई व्यंग्य गर्दै भनेछन्, ‘के बूढो भएर पनि यस्तरी ठाँट्टिनुप¥या होला ? कसलाई देखाउन हो कुन्नि ।’  

उहाँले झर्कंदै व्यंग गर्दै भन्नुभयो, ‘म बूढो होइन तिमी बूढो । बूढो मात्र होइन च्याउरे बूढो ।’  

उहाँका दौँतरीले भन्न छाड्दैनन् ‘हेर हेर गति छाडिहिँडेको ? बूढो भयो भन्दैमा जथाभावी लुगा लाएर हिँड्न हो र ?’  

बुवाको जवाफ, ‘जबसम्म मन बूढो हुन्न, मान्छे कहिल्यै बूढो हुन्न । मेरो मन तन्नेरीको जस्तै छ, त्यसैले म तन्नेरी भएर हिँड्छु । तिम्रो कपाल किन दुखेको हँ ? सक्छौ भने मजस्तै हिँड्नु नि ।’

बुवाको जवाफले दौँतरी खुसुक्क परेर त्यहाँबाट हिँडेछन् । त्यही बाबुको छोरी न हुँ ! मलाई पनि राम्रो लुगा लाएर हिँड्न खुब सोख छ । मलाई पनि कसैले बूढी भन्यो भने साह्रै रिस उठ्छ । हो त नि, बूढी भयो भन्दै गति छाडेर हिँड्न भएन नि, कसो ?

जत्तिकै बूढी हुन्न भने पनि उमेरले आफ्नो करामत त देखाइहाल्दो रहेछ । पहिले म जति छिटो खाने र छिटो हिँड्ने को थियो र ? अहिले खान एक घन्टा लाग्छ । हिँड्नुप¥यो भने नौनाडी गलेर आउँछ । जत्तिकै फूर्ति गरेर मै हुँ भने पनि उमेरले कहाँ छोड्छ र । कतिपटक बिर्सेर एउटा मितिमा जानुपर्ने कार्यक्रममा अर्को मितिमा गएर हैरान भएकी छु । केही सीप नलागेर डायरी लेख्न थालेँ । डायरी नै कता राखेँ कता, अब भएन फसाद ! एउटा सहायक चाहिए जस्तो भो । कहाँ पाउने सहायक, घरमा काम गर्ने घरेलु कामदार त पाउन गाह्रो छ ।

उहिले हाम्रा आमाहरूको पालामा कामदार भान्छे सजिलै पाइन्थ्यो । अहिले त सबै काम आफैँ गर्नुपर्ने । अहिले जमाना बदलिएको छ ।  

सासूलाई देखेर म कहिलेकाहीँ कल्पन्थे । क्या आराम छ सासुलाई । तीनजना बुहारी, दुईजना काम गर्ने मान्छे । सबैले उनलाई आदर गर्थे । बुहारीहरू उहाँदेखि थरथर हुन्थे भने काम गर्नेहरू त उहाँको अघिपछि । आफ्नो पनि बुढेसकाल आउँदा यस्तै आराम पाइन्छ भनी कुर्दाकुर्दा बल्ल बुढेसकालमा प्रवेश पाएँ, तर उहिलेको कुरा खुइल्यो भनेझैँ बुहारीहरू जागिरे, घरमा काम गर्ने छ भनुँ भने दिनभर छैन, बिहान दुईघन्टे मात्र पाइएको छ । अनि आराम न सारम, आफ्नो काम सबै आफैँले नगरी सुखै छैन । खानासाना भने बुहारी पकाउँछे । धन्न चुलोचौको गर्नुपरेन । त्यो पनि गर्नुपरेको भए यो बुढेसकालमा बाबुको बिहे देख्नुपथ्र्यो ।

बल्लतल्ल एकजना कामदार भेट्टाइयो, दिनभरि काम गर्ने । खुसीको सिमाना रहेन, अब चियासिया आफूले बनाएर खानुपरेन, पाहुना आए पनि आफू भान्छामा जानुपरेन भनी मख्ख परेँ । कामदार पनि बढीजसो मोबाइलमै व्यस्त हुने ।

यता ८५ वर्षका मेरा बूढा म अगाडि परेँ भने काम अह्राइहाल्छन् ।  

म भन्छु, ‘मलाई पनि त गाह्रो हुन्छ नि तल–माथि गर्नुपर्दा ।’  

उनी भन्छन्, ‘तँ मभन्दा तरुनी नि छस् !’  

उनको अगाडि म ७१ वर्षीया तरुनी नै पो रहेछु । के भन्नु र मनमनै दिक्क हुनु सिवाय । बरु म पनि ८० वर्षकी भए हुन्थ्योझैँ लाग्छ ।  

आजभोलि चाहिँ हाइसञ्चो भएको छ, घरमा कामदार राखेपछि । केही चाहियो भने उसैलाई गुहार्छन् बूढा । छिनछिनमा काम अह्राएर हैरान पार्छन् । एकदिन त मैले प्वाक्क भने, ‘अब आफ्ना लागि सिंगै मान्छे राख्नु क्या ! घरमा अरु काम गर्नुपर्दैन ?’

‘खोजी देऊ न त,’ मैले चाहेको पनि त्यही हो भन्छन् बा । अब कसको के लाग्छ । कहाँ खोज्न जाऊँ, बूढालाई स्याहार्ने छुट्टै सुसारे ! नाजवाफ हुनुपरेन ?

होस्, भनेर आजकाल त चुप लाग्छु । बूढालाई केही भन्दिनँ । बोल्यो कि पोल्यो । आऽऽऽ को बोलिरहोस् । बुढेसकालमा मलाई मात्र यस्तो हुन्छ कि अरुलाई पनि यस्तै हुन्छ कुन्नि बा !  

फेरि बूढाबूढी भएपछि सधैं ठाकठुक, कुरै मिल्दैन । कुरा ग¥यो कि पोल्ने । केही यसो बसिबियाँलो गरुँ भनी बूढोको छेउ गयो, गुनासोबाहेक केही सुन्न पाइने होइन । मीठो कुरा सबै पोलेर खाए कि बूढाले कुन्नि ! आफूलाई पनि मीठो–मसिनो कुरा बोल्नै आउँदैन आजकाल । यो पनि बूढेसकालकै करामत त हो नि । त्यसैले कसैलाई बूढेसकाल नआओस् भन्न मन लाग्छ । तर यो नआई कहाँ छोड्छ र ! लुसुक्क देखापर्छ । बालककाल मज्जा, यौवनकाल झनै मज्जा अनि बुढेसकाल धेरै नै नमज्जा ! दुःख नपाई त्यसै कहाँ मर्न पाइन्छ र ? दुःखको अनुभूति गर्नलाई बूढेसकाल आउने रहेछ नि हगि ? दुःखको पहाड उक्लँदैमा हैरान ! ७१ वर्षमा टेकेर अहिले ठमठम हिँड्न नसके पनि हिँडिरहेकै छु । कति काम गर्न गाह्रो भए पनि गरिरहेकै छु । कति कुरा सहन नसके पनि सहिरहेकै छु । मनमनै रोए पनि हाँसिरहेकै छु ।  

मन पनि किन रुवाउनु व्यर्थै । म मात्र बूढी भएकी हुँ र ? मेरा साथीहरू सब बूढी भएका छन् । तिमीहरू भन्दा त बरु म नै बूढी भए पनि कम उमेरकी देखिन्छु ।

आँखा फुटेर हो वा बैंस चढेर हो, कोही–कोही बूढाले ‘क्या च्वाँक तपाईं त’ भन्न पछि पर्दैनन् । त्यसो भन्दा ‘ला त बूढो’ भनेर एक थप्पड हान्न मन लाग्छ । तर जवानीमा कसैलाई एक थप्पड हान्न सकिएन भने झन् यो उमेरमा के तमासा गर्ने भनी चुपचाप बाटो लाग्नुबाहेक के गर्न सक्छु र म ।

आजभोलि सुन्न पनि के के प¥या हो । अस्ति अखबारमा ७० वर्षकी बूढीलाई बलात्कार भन्ने खबर पढ्दा आफ्नो त हंस नै उडेझैँ भयो । सत्तरी वर्षमै आइमाई सुरक्षित छैन भने तरुनीहरूको त के कुरा गर्ने हगि ? कस्तो कलियुग आएछ ।

बुढेसकालको कथा–व्यथा सुनाउने हो भने एउटा पुस्तकै तयार हुन्छ । एउटा मन बुझाउने कुरा के छ भने बुढेसकालमा कान, आँखा, दाँत र हात–खुट्टाले धर्म छाडे पनि मनले चाहिँ धर्म नछाड्ने रहेछ, अर्थात् मन जस्ताको त्यस्तै हुँदो रहेछ ।

त्यसैले यो ७१ वर्षे बूढेसकालप्रति केही गुनासो छैन । दुई हात जोरेर म आफ्नो बुढेसकाललाई नमस्कार गर्छु र एक हात निधारमा पु¥याएर सलाम गर्छु । जय होस् बुढेसकाल ।

अँ, यो कोरोना भाइरसको संकलकालीन घडीमा राज्यले सबै जनतासँगै वृद्धवृद्धा, बालबालिका र असहायलाई विशेष ध्यान देओस् । सबै सुरक्षित रहनुहोला, हामी सबै पृथ्वीवासीले कोरोना लगायत भाइरसहरुलाई जित्न सकौँ ।  

लोकप्रिय
अर्को समाचार
शिखर यात्रामा डा.पुष्करराज भट्ट
२२ वैशाख २०८१
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
शिखर यात्रामा डा.पुष्करराज भट्ट

लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्। 

भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।

त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।

यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।

उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।

वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।

शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।

लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
कवितामा जीवनचक्र
कवितामा जीवनचक्र २२ वैशाख २०८१ ५ मिनेट पाठ
एक मुठी घामसँगै उदाए सरित् २० वैशाख २०८१ १ मिनेट पाठ
रमितेखोलो
रमितेखोलो २१ वैशाख २०८१ ११ मिनेट पाठ
परशु-कल्पना स्रष्टा सम्मानको घोषणा २० वैशाख २०८१ १ मिनेट पाठ
यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ! १५ वैशाख २०८१ २ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस