नवप्रवर्तनको कार्यदिशा
१९ साउन २०८३
७ मिनेट पाठ
संग्रह
Email
ईमेल
नवप्रवर्तनको कार्यदिशा

मन्त्रालयको संख्या घटाउने प्रतिबद्धतासहित सरकारमा गएका बालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय मात्र थपेनन्, बरु पर्याप्त बजेटसहितको निकाय विज्ञान, प्रविधि तथा नवप्रवर्तनको क्षेत्रमा दशकौंदेखि काम गरेका वैज्ञानिक महावीर पुनलाई सुम्पिए। विगतमा सत्ता बाँडफाँडको भाग पुर्‍याउन खडा गरिने विज्ञान मन्त्रालय यस पटक अधिकारसम्पन्न देखियो। राम्रै बजेट अनि उपयुक्त पात्रले हाक्ने मन्त्रालयले असल नै गर्ला भन्ने आशा राखौं। यो लेखको उद्देश्य विज्ञान र प्रविधिको चर्चा गर्नुभन्दा माटो सुहाउँदो प्रवर्तनको उत्खनन हो।

विज्ञानले ज्ञानको भण्डार खोल्छ। नवीन आविष्कारका लागि वर्षौंको मेहनत अनि जटिल उत्खननको जरुरत पर्छ। फिजिक्स, केमेस्ट्री अनि बायोलोजीका प्रयोगशालामा गरिने क्लिष्ट परीक्षण विज्ञान हो। र, विज्ञानका सफलतालाई अनुभव गर्न सकिने उपकरणमार्फत सुसूचित गर्छ प्रविधिले। अनि विज्ञान र प्रविधिले देखाएका विकासलाई मानव उपयोगी साबित गर्ने काम नवप्रवर्तकको हो। नवप्रवर्तनले जनतालाई प्रत्यक्ष फाइदा दिन्छ।

विज्ञान, प्रविधि र नवप्रवर्तन बुझ्न घरमा जडान भएको सोलारलाई हेरौं। झन्डै दुई सय वर्षअघि सूर्यकिरण पदार्थमा पर्दा विद्युतीय तरंग पैदा हुने विधि ‘फोटोभोल्टोनिक इफेक्ट’ विज्ञानले पत्ता लगायो। उक्त आविष्कारको धेरै वर्षपछि सूर्यको प्रकाशमार्फत उत्पादित बिजुली भण्डारण गर्ने ‘सोलार सेल’ बनायो। विज्ञान र प्रविधिले आविष्कार गरेको प्रक्रियालाई उपयोग गर्दै प्रवर्तकले सोलार हिटर बनाए। सोलार हिटर बनाएर संसारभर वितरण गरे, पैसा कमाए नवप्रवर्धकहरूले। कम्प्युटर, सेलफोन, टिभी, एक्स–रे मेसिनलगायतका समाज उपयोगी उपकरण विज्ञान, प्रविधि अनि नवप्रवर्तनको फल हो।

झट्ट हेर्दा नवप्रवर्द्धनका लागि धेरै पैसाको खाँचो पर्ला भन्ने लाग्न सक्छ तर यथार्थमा यसका लागि ठुलो लगानीको आवश्यकता हुँदैन, नवीन सोचको भने अत्यावश्यक हुन्छ। कतिपय नवीनताको अवसर गाउँकै अनुभव र यन्त्रबाट समेत सम्भव छ। प्रतिफलको सम्भाव्य देखिएको खण्डमा नवप्रवर्तनका लागि लगानी समस्याको विषय नै होइन। संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्क मात्र होइनन्, बरु एप्पल, गुगल, एमेजनलगायतका कम्पनी स्थापना हुँदा सञ्चालकसँग योजनाको खाकाबाहेक अरू केही थिएन भन्ने कुरा बुझ्नुपर्छ। नयाँ विचारले सकारात्मक परिणाम दिएमा धेरै प्रतिफल पाइने भएकाले मानिसले जोखिम मोलेर लगानी गर्छ। एक अध्ययनले नवपवर्तनमा गरिएको १०० रुपैयाँको लगानीले १८० को प्रतिफल दिन्छ भन्ने देखिएको छ। त्यसमाथि विज्ञानमन्त्री पुनले सम्भाव्य बोकेका विचार र मोडल संयन्त्र भएको खण्डमा सरकार पैसा दिन तयार रहेको बारम्बार दोहोर्‍याइरहेका छन्। त्यसको मतलब भरोसायोग्य प्रोजेक्टका लागि सरकारी लगानी निश्चित भयो।

सफलता पाएको खण्डमा नवीन विचारले ठुलो मुनाफा दिने भएकाले जोखिमपूर्ण लगानीप्रति संसारभर ठुलो उत्साह छ। मंगलग्रहमा बस्ती बसाउने योजनामा खुलेको स्पेसएक्सले गतिलो अन्तरिक्षयान बनाउनसमेत सफल नहुँदै गत महिना मात्र हजारौं लगानीकर्ताले अर्बौं डलरको सेयर खरिद गरे। भविष्य ठानेर अर्बौंको सम्पत्ति नभएको रकेट कम्पनीलाई भरोसा गरेर खर्बौं डलर लगानी भयो।

अब प्रश्न उठ्छ, नयाँ विचारको स्रोत के हो? एप्पल, गुगल, टेस्ला, माइक्रोसफ्टलगायतका कम्पनीको सफलता हेर्दा नवप्रवर्तनको स्रोत पाको उमेर, विश्वविद्यालयको अध्ययन र वर्षौंको अनुभव होइन भन्ने देखिन्छ। यद्यपि नवीन विचार भने युवा दिमागले अधिक प्रवाहित गरेको देखिन्छ। केही महिनाअघि मात्र संयुक्त राज्य अमेरिकास्थित युनिभर्सिटी अफ सिकागोको ज्ञान प्रयोगशाला (नलेज ल्याब)मा कार्यरत समाजशास्त्रका प्राध्यापक जेम्स एभेन्सलगायतका अनुसन्धानकर्ताले सन् १९६० देखि २०२० का बिचमा एक करोड २५ लाख अन्वेषणकर्ताले प्रकाशित गरेका अनुसन्धानात्मक आलेखलाई विश्लेषण गरी जर्नल ‘साइन्स’मा एक रिसर्च आर्टिकल प्रकाशित गरे। २५–३० वर्षको हाराहारीमा मस्तिष्क सबैभन्दा बढी सिर्जनशील हुन्छ भन्ने उक्त आर्टिकलको सार देखियो। विज्ञान, प्रविधि तथा नवप्रवर्द्धनको क्षेत्रमा भएका अधिकांश सफलताको विश्लेषण गर्दा नवीन उत्खननका लागि धेरै पढ्नुपर्छ भन्ने छैन तर युवावस्था आविष्कारका लागि अनुकूल देखियो। विज्ञानमा नोबेल पुरस्कार पाएका अधिकांश वैज्ञानिकले युवावस्थामा गरेको अनुसन्धानको प्रतिफल पाको उमेरमा पाएको तथ्यांकले देखायो। नवप्रवर्तनका लागि तीक्ष्ण बुद्धि र अधिकांशले भन्दा पृथक् ढंगले सोच्ने क्षमता भने चाहिन्छ।

युरोप, अमेरिका र एसियाका धेरै देश डढेलोको समस्या भोगिरहेका अवस्थामै केही दिनअघि मात्र आगलागी नियन्त्रणको नवीन सफलताको खबर स्पेनबाट बाहिरियो। दमकल, हवाईजहाजलगायतका कुनै पनि आधुनिक उपकरणको प्रयोग नभएको, बरु गाउँले अनुभवले भूमिका खेलेकाले पनि उक्त ‘इनोभेटिभ’ कामले संसारभर चर्चा पायो। केही वर्षअघि ठुलो आगलागीको चपेटामा पर्‍यो स्पेनको क्याटालोनिया क्षेत्र। त्यसबेला धनजनको धेरै क्षति भयो। डाँडाकाँडा अनि जटिल भौगोलिक बनोटका कारण हेलिकोप्टर अनि दमकल पुग्न नसकेर भएको संहारलाई नजिकबाट नियालेका एक स्थानीयले प्राकृतिक उपायमार्फत डढेलो नियन्त्रण गर्ने सोच बनाए। एक दिन टहल्ने क्रममा गधाले सुकेको झारपातसमेत जरैसँग खाएको उनले देखे। उक्त कामबाट हौसिँदै देशभर त्यागिएका गधाहरू संकलन गरेर सहरको डढेलो लाग्न सक्ने इलाकामा छोडे। जटिल भूभागमा पनि सजिलै जान सक्ने अनि सुकेको घाँसपात सबै खाने भएपछि पाखामा आगलागीको सम्भाव्य घट्यो। सुकेका झारपात नै नभएपछि डढेलोको समस्या समाधान भयो। यो परिदृश्य विशाल समस्या समाधानमा स्थानीय नवप्रवर्द्धनको चोटिलो उदाहरण हो। डढेलो नियन्त्रणमा विद्यावारिधि गर्नेले नसोचेको समाधान एक सर्वसाधारणले खोज्यो, संसारभर चर्चा पायो।

झट्ट हेर्दा नवप्रवर्द्धनका लागि धेरै पैसाको खाँचो पर्ला भन्ने लाग्न सक्छ तर यथार्थमा यसका लागि ठुलो लगानीको आवश्यकता हुँदैन, नवीन सोचको भने अत्यावश्यक हुन्छ। कतिपय नवीनताको अवसर गाउँकै अनुभव र यन्त्रबाट समेत सम्भव छ। प्रतिफलको सम्भाव्य देखिएको खण्डमा नवप्रवर्तनका लागि लगानी समस्याको विषय होइन।

अब स्कुले विद्यार्थीले हासिल गरेको एक उत्कृष्ट सफलता हेरौं। कलिला स्कुले युवा–युवतीलाई वैज्ञानिक प्रतिस्पर्धामा लगाउने हेतुले बर्सेनि अन्तर्राष्ट्रिय विज्ञान तथा इन्जिनियरिङ महोत्सव गरिन्छ। त्यहाँ संसारका झन्डै दुई हजार बढ्दो दिमागको परीक्षण हुन्छ। ज्ञान–विज्ञानको दोहोरीमा धेरैथरीका प्रोजेक्टहरू प्रदर्शन हुन्छन्। भेलामा अर्गानिक केमेस्ट्रीको गीताभन्दा पनि फरक नपर्ने जेरी मार्चको किताब पूरै कण्ठस्थ गर्ने स्कुले केटा मात्र देखिएनन्, बरु सानै उमेरमा क्यान्सर पत्ता लगाउने उपकरण बनाउनेसम्म देखिए। १५ वर्षीय किशोर ज्याक एन्ड्याकाले मधुमेह रोग जाँच्न प्रयोग हुने सर्वसुलभ टेस्ट पेपर प्रविधिलाई परिष्कृत गरी पाचनथैलीमा लाग्ने क्यान्सर रोग पत्ता लगाउने उपकरण बनाएर देखाए। उनले निर्माण गरेको सानो मेसिनले अस्पतालमा प्रयोगमा रहेको उपकरणभन्दा २८ गुणा छिटो, सस्तो र १०० गुणा ठोकुवाका साथ क्यान्सरको किटान गर्न सक्ने बेहोरा आयो। कुनै पनि क्लिष्ट उपकरण र रासायनिक तत्व प्रयोग नभएको उक्त संयन्त्र नेपाललगायत संसारका कुनै पनि भागका विद्यार्थीले गर्न सक्ने प्रवर्तन हो। एउटा स्कुलमा पढ्दै गरेको विद्यार्थीले कतिसम्म चमत्कारी काम गर्न सक्छ भन्ने एउटा उदाहरण हो यो वैज्ञानिक आविष्कार।

उल्लिखित दुई उदाहरण हेर्दा गाउँले अनुभव र स्कुले बच्चाले समेत अद्वितीय आविष्कार गर्न सक्ने भएकाले नवप्रवर्तन मन्त्रालयले आफ्नो रकम विनियोजनमा उक्त पक्षलाई समेट्न आवश्यक देखियो। ७७ जिल्लामा विज्ञान शिक्षकलाई सरिक गराई गाउँले सिप अनि किताबी ज्ञानको सम्मिश्रण गरी स्थानीय तहमा नवप्रवर्तनको सुरुआत गर्न नसकिने होइन। किसानको दुःखका रूपमा रहेको बाँदर अनि बदेलको समस्यालगायतका स्थानीय सरोकारको सम्बोधन गर्ने दिशामा जिल्लास्तरीय रूपमा गरिने विज्ञान प्रतियोगिताले सहयोग गर्न सक्छ। आखिर व्यावहारिक ज्ञानमा गाउँले अनुभव कलेजको विद्यावारिधिभन्दा कहाँ कम हुन्छ र?

आर्थिक वर्षका लागि सरकारले नवगठित नवप्रवर्तन मन्त्रालयका लागि चार अर्बभन्दा अधिक रकम विनियोजन गर्‍यो। आधुनिक प्रयोगशाला तथा महँगा अत्याधुनिक उपकरण खरिद नगर्ने हो भने विनियोजित रकमका सम्बन्धमा धेरै असन्तोष गर्नुपर्ने अवस्था रहेन। जीवनस्तर त्यति महँगो नभएकाले विकसित मुलुकको तुलनामा नेपालमा उक्त रकमले धेरै काम गर्न सक्छ। प्रतिफल लिन सकिन्छ। त्यसका लागि कहाँ र कुन प्रयोजनका लागि पैसा खर्चिंदा अधिक लाभ पाउन सकिन्छ, त्यसको हेक्का राख्न जरुरी छ। स्थानीय समस्या समाधान गर्ने अनि गाउँले उत्पादनलाई परिमार्जन गरी अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सकिने प्रकृतिका अनुसन्धानबाट धेरै मुनाफा लिन सकिने भएकाले त्यस्ता क्षेत्रमा गरिने विनियोजन लाभप्रद हुन्थ्यो होला।

अर्को समाचार
बालबालिकाको गोपनीयता हक
२५ साउन २०८३
७ मिनेट पाठ
संग्रह
Email
ईमेल
बालबालिकाको गोपनीयता हक

प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय। राज्यको परिकल्पना नै व्यक्तिको जीवन, स्वतन्त्रता र सम्पत्तिमाथिको अधिकार कायम गर्ने अवधारणाबाट भएको मानिन्छ। नागरिकको सुरक्षाकै लागि नागरिकद्वारा निर्माण गरिएको संयन्त्र विशेषलाई नै विशेष आधिकारयुक्त राज्य मानिँदै आएको छ। प्रजातान्त्रिक मुलुकमा राज्य सञ्चालनको प्रतिनिधि सरकारले जनतालाई अधिकार दिने नभई जनताका अधिकारलाई संरक्षण गर्ने भूमिका बहन गरेको हुन्छ। यही परिपाटी प्रजातान्त्रिक मुलुकका हरेक एकाइमा लागु हुने भएकाले परिवारमा नयाँ सदस्यको आगमन नै उसको अधिकार सिर्जनाको कारक तत्त्व बन्छ।

बालबालिकाको पालनपोषण, शिक्षादीक्षालगायत कुरामा अभिभावककै लगानी हुने भए पनि यी नवजातका मौलिक हकका रूपमा स्थापित भएका हुन्छन्। सामान्य सोचाइमा गोपनीयतासित सम्बन्धित कुराहरू बालिग नागरिकका मात्र विषय हुन् भन्ने सोचिन्छ तर वैयक्तिक गोपनीयताका विषय पारिवारिक सम्बन्धभन्दा पनि विशिष्ट रहने गर्छन्।

बालबालिकालाई दीर्घकालीन रूपमा प्रभाव पर्ने विषय तत्काल अभिभावकका लागि लाभदायक भए पनि सार्वजनिक गर्न मिल्दैन। मुलुकको संविधान र कानुनले बालबालिकाका यसप्रकारका नैसर्गिक एवं गोपनीयतासम्बन्धी हकलाई सुनिश्चित गर्न आवश्यक कानुनी प्रबन्धसमेत गरेको हुन्छ।  

पछिल्लो समय सामाजिक सञ्जालको विकाससँगै अभिभावक आफ्ना बालबालिका नितान्त वैयक्तिक एवं वयस्क बन्दा प्रतिकूल प्रभाव पार्न सक्ने कुरालाई मनोरञ्जनका साधनकै रूपमा सञ्जालमा सार्वजनिक गर्ने गरेको देखिन्छ। केही बालबालिका आफ्ना अभिभावकले आफ्ना शिशु अथवा बाल्यअवस्थामै सार्वजनिक गरेका तस्बिर एवं भिडियोका कारण किशोरावस्थामा विभिन्न किसिमका मानसिक समस्याका सिकार बनेका घटना सार्वजनिक गर्न थालेका छन्। सामाजिक सञ्जालको प्रयोग र वैयक्तिक गोपनीयताको विषयमा विद्यार्थी र शिक्षकलाई मात्र नभएर आमअभिभावकलाई शिक्षा दिनु अति आवश्यक हुँदै गएको छ।

नेपालको संविधान २०७२ को धारा २८ मा मौलिक हकअन्तर्गत गोपनीयताको हकसम्बन्धी व्यवस्था रहेको छ। कुनै पनि व्यक्तिको जिउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक र पत्राचारसम्बन्धी विषयको गोपनीयता कानुनबमोजिम बाहेक अनतिक्रम्य हुने व्यवस्था गरेको छ।

संविधानअन्तर्गत बनेका अन्य कानुनहरूमा पनि व्यक्तिका गोपनीयतासम्बन्धी कुरालाई सम्बन्धित व्यक्तिकै अधिकारका रूपमा व्याख्या गरिएको छ। बालबालिकाका सन्दर्भमा उनीहरूका प्रथम र सबैभन्दा नजिकका संरक्षक अभिभावक नै हुन्। बालबालिकासँग सम्बन्धित कुनै पनि तस्बिर वा भिडियो सार्वजनिक गर्ने सन्दर्भमा होस् वा उनीहरूलाई दीर्घकालीन रूपमा प्रभाव पर्ने कुनै पनि विषयमा निर्णय गर्ने सन्दर्भमा अभिभावकको मञ्जुरी आवश्यक पर्ने कुरा कानुनमा उल्लेख छ। यसको आशय पनि अपरिपक्व अवस्थाका बालबालिकाका अधिकारको संरक्षण उसका अभिभावक र राज्यले गर्नुपर्छ भन्ने मान्यतासँग सम्बन्धित छ।

बालबालिकासम्बन्धी ऐन २०७५ मा पनि बालबालिकालाई के कस्ता काममा लगाउने र उनीहरूसित सम्बन्धित निर्णय प्रक्रिया कस्तो हुने भन्नेबारे व्यवस्था छ। यसमा अभिभावक नै बालबालिकाको पहिलो संरक्षणकर्ताका रूपमा रहने र असमर्थ अभिभावकका सन्दर्भमा राज्यले नै सो भूमिका बहन गर्नुपर्ने व्यवस्था गरिएको छ।

पश्चिमी समाजमा निर्वाध र निःसर्त अभिभावकलाई बालबालिकाको संरक्षक र सर्वोपरि हित सुरक्षित गर्ने व्यक्तिका रूपमा नलिए पनि हाम्रो समाजमा कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवती अर्थात् सन्तान खराब भए पनि उसका अभिभावक खराब हुँदैनन् भन्ने मान्यतालाई आत्मसात गरी प्रथम र अन्तिम संरक्षणकर्ता अभिभावकलाई निःसर्त रूपमा मानिएको छ।

अभिभावकले आफ्नो इज्जत र औकातअनुसार बालबालिकाको स्वास्थ्य, शिक्षा र आवश्यकता पूरा गर्ने सन्दर्भमा भूमिका बहन गर्नुपर्छ। कथाकथंचित सो व्यवस्था हुन नसकेमा स्थानीय तहले अधिकार क्षेत्र ग्रहण गरी बालबालिकाको सर्वांगीण हितका लागि उपयुक्त कदम चाल्नुपर्ने कानुनी व्यवस्था छ।

समाजमा भित्रँदै गएको पाश्चात्य संस्कार, संस्कृति र आधुनिक जीवन पद्धतिका कारण पारिवारिक संरचनामा आएको विचलनले पछिल्लो समय बालबालिका बिचल्लीमा पर्ने घटना पनि बढ्दै गएका छन्। खास गरी अभिभावकको पारिवारिक सम्बन्धमा आएको विचलनका कारण सम्बन्धविच्छेद र नयाँ सम्बन्ध स्थापनाका घटनाले बालबालिका उपेक्षामा पर्ने, दुव्र्यवहारको सिकार हुने एवं अन्य मनोसामाजिक समस्याबाट पीडित हुने घटना पनि बढ्दै गएका छन्। परिस्थितिजन्य कारणबाट सिर्जना भएका असामान्य अवस्थाले बालबालिका समस्यामा पर्ने कुरा एकातिर छ भने अर्कातिर अभिभावकको असावधानीका कारण पनि धेरै बालबालिका मनोसामाजिक समस्याबाट ग्रसित हुने गरेका छन्।

गत हप्ता केही सञ्चारका माध्यममा १२ वर्षकी बालिका शिक्षण संस्थामा प्रताडित भएको भनी समाचार सार्वजनिक भयो। उक्त समाचारको आशय बालिकालाई न्याय दिलाउने भनिए पनि बालिकाको तस्बिर, उनमा बढ्दै गएको मानसिक समस्या र सोसँग सम्बन्धित सम्पूर्ण चिकित्सकीय रिपोर्टहरूसमेत सार्वजनिक गरिए। घटनालाई सनसनीपूर्ण बनाउने नाममा बालिकाको वैयक्तिक गोपनीयताको हकका बारेमा न अभिभावक सचेत हुन सके न त संसार माध्यम नै।

बालिकाका बारेमा छरपस्ट पारिएका नितान्त वैयक्तिक विषय उनको मानसिक स्वास्थ्य समस्याबारे प्रमाणका रूपमा चिकित्सकीय रिपोर्टसमेत पहिचानसहित प्रकाशन गरियो। यसले आगामी दिनमा बालिकाको स्वस्थ विकासका लागि अवरोध नै पु¥याउने प्रस्ट छ।  

समाचारमा बालिकाको मौलिक हकअन्तर्गत गोप्य रहनुपर्ने वैयक्तिक विवरणको प्रकाशनले उनलाई सामाजिक रूपमा लाञ्छनाको सिकार बनाउने सम्भावना बढायो। अभिभावक आफ्नै सन्तानबारे प्रस्तुत गरेका विवरणले पु¥याउने सामाजिक क्षति आँकलन गर्न नसकेकै देखिन्छ। अर्कातिर सम्बन्धित विषयकै बारेमा विद्यालयले जारी गरेको विज्ञप्तिमा बालिकाको नाम, वतन र पहिचानका कुनै पनि विषयवस्तु उल्लेख भएका थिएनन्। संस्थामाथि लगाइएका आरोपका खण्डनमा विद्यालयको संवेदनशीलता र बालमैत्री व्यवहार उक्त विज्ञप्तिबाटै स्पष्ट छर्लंगिन्छ। बालिका अहिले अभिभावकले भनेअनुसार असामान्य अवस्थामा रहेकी र नाबालक नै भएकाले अभिभावकविरुद्ध कानुनी वा अन्य उपचारमा जान सक्ने अवस्था देखिँदैन तर उनी वयस्क हुनासाथ अभिभावक विरुद्ध नै कानुनी उपचारको खोजी गरिन् भने अनौठो मान्नुपर्दैन।

केही विद्यालयले पौडी वा खेलकुदका अन्य यस्तै क्रियाकलापका फोटो र भिडियो सार्वजनिक गरी आफ्ना विद्यालयमा हुने गरेका अतिरिक्त क्रियाकलापबारे प्रचारप्रसार पनि गर्ने गरेका छन्। यसप्रकारका चित्र र भिडियो सार्वजनिक गर्ने क्रममा बालबालिकाको गोपनीयता तथा प्रसारित सामग्रीको दुरुपयोग हुन सक्ने विषयमा विचार गरिएको देखिँदैन। यसले बालबालिकामा सिर्जना गरेको भय र मानसिक तनावलाई आधार मानेर सचेत अभिभावकले बालबालिकाका वैयक्तिक विवरण सार्वजनिक गर्ने विषयमा विद्यालयहरू पनि सावधान हुनुपर्ने भनी आवाज उठाउन थालेका छन्।

अभिभावक र स्वयं बालबालिकाकै हितमा सक्रिय शैक्षिक संस्थाले समेत असावधानीवश बालबालिकालाई राम्रो देखाउन गर्ने गरेको प्रचारप्रसारको सामग्रीले उल्टै बालबालिका पीडित भएका कुरामा सतर्क हुनु आवश्यक छ। यस्तै घटनाका कारण मनोवैज्ञानिक परामर्शमा आउने किशोर किशोरीको संख्यासमेत बढ्न थालेको छ। बालबालिका सम्बन्धी ऐन २०७५ बालबालिका सम्बन्धी नियमावली २०७७ तथा स्थानीय तहहरूले बालबालिकाको संरक्षण र उनीहरूमाथि हुनसक्ने दुव्र्यवहार न्यूनीकरणका लागि कानुनहरू तर्जुमा गरेका छन्। यी कानुनमा विद्यालय र घरपरिवारलाई निःसर्त रूपमा बालबालिकाका अभिभावक ग्रहण गरिएको छ।

सामाजिक सञ्जाल तथा अन्य सूचनाका माध्यमका कारण बालबालिकाको परिधि विश्वव्यापीकरण भएको छ। यस सन्दर्भमा स्थानीय वा राष्ट्रिय संस्कार र संस्कृतिले मात्र बालबालिकाको आचरण र व्यवहार निर्धारण हुन सक्ने अवस्था देखिँदैन। विश्वव्यापीकरणको प्रभावसँगै पश्चिमा समाजमा विकसित घटनाक्रमले बालबालिकालाई प्रत्यक्ष प्रभाव पार्न थालेका छन्।

विश्वव्यापीकरणसँगै बालबालिकाको सुरक्षाको दृष्टिले घरपरिवार, आफन्त र विद्यालयलाई पनि निःसर्त रूपमा संरक्षणकर्ता मान्न सकिने अवस्था बिगँ्रदै गएको छ। अभिभावकको असावधानी र भाइरल हुने मोहले वैयक्तिक गोपनीयताको हकको ठाडो उल्लंघन भएको पनि देखिन्छ।

सामान्य घटनामा पारिवारिक विषय भनेर कसैले औंला नउठाए पनि यस प्रकारको विकृतिले अन्ततः आगामी पुस्तालाई स्वस्थ रूपमा हुर्कन असहयोग गर्ने भएकाले बालबालिकाको डिजिटल गोपनीयतासम्बन्धी कानुन निर्माण हुनु आवश्यक छ। तीनै तहका सरकारले यस विषयमा अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ। हरेक विद्यालयले विद्यार्थी स्वयंलाई साइबर संसारमा प्रकाशित सामग्रीले भविष्यमा पार्न सक्ने प्रभावबारे सचेत बनाउनु आवश्यक छ।  

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
चीनका लागि एआई किन जोखिम बन्दै छ?
चीनका लागि एआई किन जोखिम बन्दै छ? २५ साउन २०८३ ७ मिनेट पाठ
टिक्दैन नियन्त्रित लोकतन्त्र २२ साउन २०८३ ६ मिनेट पाठ
समृद्धिको मृगतृष्णा २१ साउन २०८३ ७ मिनेट पाठ
हामीभित्रका अदृश्य छिद्रहरू
हामीभित्रका अदृश्य छिद्रहरू २३ साउन २०८३ ९ मिनेट पाठ
विश्व व्यवस्थाको शिखरमा को? २२ साउन २०८३ ५ मिनेट पाठ
राेजगारी खाेज्ने हाेइन, दिने बनाैं २१ साउन २०८३ ६ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस