करिब ७० वर्षदेखि अहिलेसम्म राजनीतिक स्थिरता भएको कुनै पनि सरकार ५ वर्ष टिक्न सकेन। यही राजनीतिक अस्थिरता चिर्न स्थायी सरकार बनाएर देशमा सुशासन, समृद्धि र समाजवादी नेपाल निर्माण गर्न एमाले माओवादी केन्द्रको नेकपाको वामपन्थी एकताको सरकार स्थापना भएको थियो। जसमा जनताले विश्वास गरेर करिब दुईतिहाइ नजिकको मत दिएर नेकपाले विगत ३ वर्षसम्म शासनसत्ता चलाएको थियो। यो वामपन्थी सरकारले देशको गरिबी, विपन्नता भ्रष्टाचार, अन्याय, उत्पीडन समाप्त गर्छ भन्ने उद्देश्यले जनताले यति ठूलो समर्थन गरेका थिए। देशको विकास र समृद्धि गर्छु भन्ने नारा यो शासक वर्गले दियो। प्रधानमन्त्री केपी शर्मा ओलीले घर–घरमा ग्यास, पूर्व–पश्चिम रेल र पानीजहाज ल्याउँछु भने। त्यो अहिले झुटो अव्यावहारिक नारा सावित भयो। यो वर्तमान सत्ताको चालक शासक वर्गले जनताको स्वाधीनता, सार्वभौमिकता, भौतिक विकासमा ध्यान दिएन। असंख्य भ्रष्टाचार काण्ड अराजक, अस्थिर फाँसीवादी, भस्मासुर प्रवृत्ति सरकारको चरित्रका रूपमा समाजमा छताछुल्ल भयो।
शासक वर्गको यो भ्रष्ट फाँसीवादी चरित्रले पूरा देशलाई नै तहसनहस बनाउन कोसिस गर्यो। प्रधानमन्त्री केपी ओलीले आफूलाई काम गर्न दिएनन् भनेर पुस ५ गते संसद् विघटन गरे। देशमा ठूलो आतंक फैलाए। तर अहिले यही फागुन ११ गते सर्वोच्च अदालतले सरकारको संसद् विघटनलाई बदर गरी संसद् पुनस्र्थापना गरेर देशको रक्षा गर्यो। केपी ओलीले गरेका गैरसंवैधानिक संसद् विघटन सर्वोच्च अदालतले बदर गरे तापनि प्रधानमन्त्री केपी ओलीले सहज राजीनामा दिएर राजनीतिक निकास दिनुपर्नेमा संसद्मा अविश्वासको प्रस्ताव सामना गर्ने भन्दै अडिग लिएर लोकतन्त्रविरुद्ध चुनौती दिएका छन्।
अहिले ओलीले दुई नीति लिएका छन्– एक, विपक्षले प्रस्तुत गर्ने अविश्वासको प्रस्ताव विफल पार्ने। दुई, जसरी पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रचण्ड–माधवसँग मिलेर सरकार बनाउने वातावरण असफल बनाउने। उनले तत्काल पार्टी पनि नफुटाउने र राजीनामा पनि नदिने विचारमा अडान लिएर बसेका छन। उनले काँग्रेससँग सहमति गरेर अर्को सरकार बन्ने अवस्था आउनै नदिने र आफैँ फेरि चुनाव गराउने बाटो खोजिरहेका छन्। यसमा प्रचण्ड–माधव समूहका अध्यक्ष माधव नेपाल भन्छन्– ‘अब सत्ताको नयाँ समीकरण प्रतिगमन विरोधी आन्दोलनमा सहभागी दलहरूलाई साथमा लिएर संयुक्त सरकार बनाउने हो। अब केपी ओलीसँग एकता गरेर मिलिजुली सरकार बनाउने परिकल्पनासमेत गरिँदैन। केपी ओलीले देश र जनताका लागि गम्भीर धोका दिएका छन्। उनी नेपाली समाजको क्रान्तिकारी विचारबाट स्खलित भइसकेका छन्। विचारविहीन क्रान्तिकारी विचार दर्शनको धारबाट स्खलित भएका प्रतिक्रियावादी सोच बोकेकासँग हाम्रो एकता हुने सवाल आउँदैन।’ माधव नेपाल भन्छन्– प्रतिगमन विरोधी हाम्रो संयुक्त लडाइँबाट अहिले प्रतिनिधिसभा मात्र पुनस्र्थापना भएको छ। हामीले एउटा लडाइँमात्र जितेको अवस्था छ। अब हामीले प्रतिगमनकारी सत्तालाई सरकारबाट च्युत गरेर सिंगो लडाइँ जित्न बाँकी छ।
सर्वोच्च अदालतको फैसलापछि नैतिकरूपले केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएका छैनन्। यो स्वाभाविक हो– सर्वोच्च अदालतद्वारा ससंद् पुनस्र्थापना गर्दा ओली सरकारको कानुनी वैधता समाप्त भयो। तर ओलीको आफ्नो दम्भ, अहंकार फाँसीवादी चरित्रद्वारा सत्ताबाट अवसान हुँदा पनि उनले सर्वोच्च अदालतको फैसला सामान्य हो भन्छन्। संसद्को अविश्वासको प्रस्ताव पारित गरेर देखाऊ भनेर बारम्बार ठूलो चुनौती दिएका छन्। सारमा सर्वोच्च अदालतले गरेको फैसलाले प्रतिनिधिसभाको विघटन असंवैधानिक, राजनीतिक र नैतिकरूपले अनुचित रहेको प्रमाणित गरेको छ। अब केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर आफूभित्र रहेको दुस्साहसवाद छाड्नु अनिवार्य भएको छ।
एमाले–माओवादी केन्द्रको यो वाम एकताको महान् अभियानमा निर्माण भएको वामपन्थी सरकारले लाखाैँ जनताको न्यायको मनोभावनाको प्रतिनिधित्व गर्नेछ, लोकतन्त्र जनवादको उच्च विकास गर्नेछ भन्ने थियो तर अहिले केपी ओलीको फाँसीवादी चरित्रको बुटले लोकतन्त्र कुल्चिरहेको छ। यो जनवादी सत्ताको कम्युनिस्ट एकताले आमजनताको मुक्तिको सन्देश बोकेर एउटा नयाँ युग सुरु गर्ने परिस्थित तयार गर्छ होला भन्ने थियो। तर १० वर्षको माओवादी जनयुद्ध तथा १९ दिने विद्रोहद्वारा निर्माण भएको नर्या संविधानका उल्लिखित उच्च उपलब्धि बढार्ने, विघटन गर्ने, तहसनहस गर्ने काम गरेको छ। वर्तमान केपी ओलीको सरकारले संवैधनिक सुनुवाइबेगर संवैधानिक आयोगका ३२ जनालाई आफूखुसी असंवैधानिक नियुक्ति गर्यो। तर त्यसलाई सर्वोच्च अदालतको प्रतिनिधिसभा विघटनको बदरको ऐतिहासिक फैसलाले छोएको देखिएन। केपी ओलीले आफ्नो असंवैधानिक मुद्दा अदालतले अवैधानिक घोषण गर्दा पनि नैतिकरूपले राजीनामा नदिइ आफनो निरंकुश शक्तिले अरूलाई कुल्चँदैछन्। लोकतन्त्रलाई आफ्नो तानाशाही व्यवहारले ध्वस्त गर्दैछन्।
अहिले सहिदले हिँडेको बाटोबाट हिँड्दै हामीले क्रान्तिको बाँकी कार्यभार पूरा गर्न एकताबद्ध हुनुपर्ने थियो। हामी नेपाली कम्युनिस्ट क्रान्तिकारीहरूको एकीकृत साँचो कम्युनिस्ट पार्टी निर्माणका लागि क्रान्तिको माक्र्सवादी सचेत धार बोकेर जनताप्रति समर्पित हुने बेला थियो। आमजनताको मुक्तिको क्रान्तिकारी राजनीतिक दर्शन माक्र्सवाद, लेनिनवाद र माओवाद भन्दा फरक धार समातेर प्रतिक्रान्तिकारी चिन्तनबाट बढेर तानाशाही बाटो रोजेको देखियो। देश निर्माण र विकासमा प्रधान सवाल भनेको क्रान्तिकारी विचार हो। क्रान्तिकारी विचारशक्तिले निर्देशित भएर मात्र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा जनताको मुक्तियुद्धमा लाग्ने हो। यो साँचो हो, राज्यसत्ताको बलले शक्तिशाली बनेर एकक्षत्र रजाइँ गर्ने फरक धार र सोच राख्नेउपर चुनौती दिने, जनतामा उत्पीडन थोपर्ने कार्य गर्ने कुनै पनि तानाशाह लामो समयसम्म टिक्न सक्दैन।
जनताको मुक्तिका लागि चालेको महान् कदमले नै साँचो स्वाधीनता प्राप्तिको काम गर्न सक्छ। अहिले वाम एकता हुन नदिने सवालमा देशी, विदेशी प्रतिक्रियावादी शक्तिले नकरात्मक भूमिका खेल्न सक्छन्, खेलेका छन्। अब त्यसमा हामी सचेत हुनुपर्छ। आफ्नो वर्ग स्वार्थ भन्दा फरकखालको राजनीतिक ताकत नयाँ अवस्थाबाट उदाउन लागेको देखेर प्रतिक्रियावादी वर्गले यसलाई दबाउन, विस्थापित गर्न विभाजित गर्ने पहल त गर्छन नै। तर हामी यस्ता दुश्मनका प्रतिक्रियावादी क्रियाकलापविरुद्ध सचेत हुनु अनिवार्य हुन्छ। हो, क्रान्ति, आन्दोलन र रूपान्तरणविरुद्ध विरोधी शक्तिले लोभलालच, डर, धम्की सबैखाले निरकुंश व्यवहार देखाउँछ। वाम एकतालाई विस्थापित पार्ने पहल गर्नु त प्रतिक्रियावादी शक्तिको आफ्नो वर्गचरित्र नै हो। हामी त्यसका विरुद्ध निरन्तर सामना गर्ने हैसियतबाट अघि बढ्नुपर्छ। प्रचण्ड–माधवको वामएकताको नयाँ धारलाई महान् क्रान्तिकारी धारमा बदल्दै अग्रगमनकारी कार्यदिशाबाट उठ्न जरुरी छ।
अवसरवादका दुई धार, घोर दक्षिणपन्थी र उग्रवामपन्थी धार हो। क्रान्तिकारी धारमा रुसी अक्टोबर क्रान्तिको धार र चिनिया नौलो जनवादी दीर्घकालीन जनयुद्धको क्रान्तिकारी बाटो हो। माओले विदेशी सोभियत संघको खुश्चेभी आधुनिक संशोधनवादी धारका विरुद्ध क्रान्तिकारी विचारले संघर्षलाई तेज पारे। अर्कोतर्फ आन्तरिकरूपमा चिनिया कम्युनिस्ट पार्टीमा रहेको लिन प्याओ र देङ सियाओ पिङको संशोधनवादी धारविरुद्ध लड्न माओले सन् १९६६ देखि १९७६ सम्म भीषण सांस्कृतिक क्रान्ति सम्पन्न गरे। अर्कोतर्फ नेपालमा आत्मसमर्पणवादी र विर्सजनवादी, भ्रष्ट काण्डैकाण्डबाट पोतिएको दक्षिणपन्थी संशोधनवादी धार बोकेर हिँडेको केपी ओलीको नेतृत्वको सरकार छ। त्यसविरुद्ध लड्न प्रचण्ड–माधव समूहको क्रान्तिकारी धार बलियो बनाउँदै जानु अनिवार्य छ। अहिले केपी ओली सरकारले विप्लवसँग वार्ता गरी हिंसाको राजनीति त्याग्ने बनाएको छ। विप्लव भने बाँकी नेपाली क्रान्ति सम्पन्न गर्न मालेमावादको क्रान्तिकारी विचारले लैस भएर बुर्जवा दलाल संसद्वादी राज्यसत्ता पराजित गर्छु भन्ने महान् लक्ष्य लिएर लडेको भन्छन्। उनले वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्ने विकल्प खोज्दै लडेको भन्दै आएका छन्। अब विप्लव समूह मूलधारे राजनीतिमा आएपछि यो यथास्थितिवादी संसदीय राज्यसत्तामा कुन वैचारिक लाइनसाथ अघि बढ्लान् हेर्न बाँकी छ।
अघिल्लो वर्ष नेपाली राजनीतिले सत्तामा उलटफेर ल्याएझैं यो वर्ष पनि सत्ता समीकरणमा त्यही भयो। वाम-लोकतान्त्रिक गठबन्धनको सरकार बनेको एक वर्षमै सत्तामा वामपन्थी वर्चस्व कायम भएको छ।
संसद्मा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसलाई प्रतिपक्षमा राखेर माओवादी केन्द्रकै नेतृत्वमा नयाँ गठबन्धन बनेको छ। नेकपा एमालेका ७८, माओवादी केन्द्रका ३२ सिट र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का १० सहित बनेको समीकरणले वर्षान्ततिर सत्तामा वामपन्थीको वर्चस्व बनेको हो।
पाँच वर्षअघि करिब दुई तिहाईको सरकार सञ्चालनको तहमा पुगेका वामपन्थी घटक एकाएक विवादको भुमरीमा फसेपछि कांग्रेसको नेतृत्वमा सरकार चलिरहेको थियो। तर २०७९ पुस १० गते फेरि सरकारको नेतृत्व वामपन्थीकै पोल्टामा पुग्यो।
कांग्रेससँगको गठबन्धन भत्काएर फागुन २१ मा नयाँ सत्ता समीकरण बनेपछि त्यसको नेतृत्व पनि माओवादीकै अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् । उनकै नेतृत्वको सरकारमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एस सहभागी भएका छन्।
मधेस प्रदेशबाहेक ६ वटै प्रदेशमा वामपन्थीहरूले आलोपालो सरकार चलाउने गृहकार्य गरिरहेका छन्। मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा नयाँ समीकरणअनुसार सरकार बनेका छन्।
गण्डकीमा भने मुख्यमन्त्रीको नियुक्ति विवादित बनेको छ। सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सरकार गठनका लागि कसरत भइरहेको छ। त्यहाँ नागरिक उन्मुक्ति पार्टी (नाउपा) र नेकपा एसको आलोपालो नेतृत्व रहने गरी सरकार बनाउने प्रयास भइरहेको छ। निर्वाचन भएको १६ महिनामा एमाले–माओवादीसहितको गठबन्धन कोसीमा छैटौं सरकार गठनको प्रयासमा छ।
गत वर्ष फागुन १५ मा सरकारबाट बाहिरिएको एमाले एक वर्ष ६ दिनमै सत्तामा फर्कियो। आफूलाई सत्ताबाहिर हुत्याएको कांग्रेसलाई त्यसरी नै हुत्याएर सरकारमा एमाले सहभागी भएको हो। पार्टी सचिव रघुवीर महासेठको नेतृत्वमा एमाले आठ मन्त्री लिएर सरकारमा सहभागी छ।
नेपाली राजनीतिमा देखिएको उत्तारचढावलाई नियाल्ने हो भने कम्युनिस्ट घटकहरूमध्ये माओवादी केन्द्रलाई सत्ता राजनीतिमा फाइदा देखिएको छ। २०७९ पुस १० देखि अहिलेसम्म निरन्तर सत्ताको नेतृत्व गर्ने अवसर माओवादी केन्द्रलाई प्राप्त भएको छ।
माओवादी अध्यक्ष दाहालले सरकारको नेतृत्व गरेयता नेपाली कांग्रेस र एमाले पालपालो सरकारमा सहभागी भएका छन्। सत्ताबाट बाहिरिएको एक वर्ष ६ दिनमा एमाले दाहाल नेतृत्वको सरकारमा सहभागी भए पनि उसले महत्त्वपूर्ण मन्त्रालय भने लिएको छैन। १५ महिनाअघि २०७९ पुस १० गते एमालेकै बलमा दाहाल प्रधानमन्त्री भएका थिए।
२०७९ मंसिरमा सम्पन्न निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एमालेबाट विभाजित नेकपा एसले गठबन्धन गरेका थिए। त्यसमा कांग्रेस सबैभन्दा ठुलो दल भयो भने एमाले दोस्रो बन्यो। कुनै दलको बहुमत आउन नसकेपछि सत्ताको चाबी माओवादी केन्द्रको हातमा पुग्यो। निर्वाचनमा गठबन्धन गरेको अवस्थामा सरकार बन्ने बेलामा कांग्रेस र माओवादी केन्द्रले हानथाप गरिरहे। एमालेले माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्यो। दाहालले पनि प्रस्ताव स्वीकार गरे।
प्रधानमन्त्री बनेपछि एमालेबाट बिच्किएका दाहल कांग्रेससँग सहकार्य गर्न पुगे। एमालेको सहयोगमा प्रधानमन्त्री बनेका दाहाल कांग्रेससँग मिल्न गएपछि २०८० लाग्दै गर्दा कांग्रेस–माओवादी केन्द्रबीच फाटो ल्याउन कोसिस भइरहेको थियो।
एमालेले वर्षको अन्तमा माओवादीलाई कांग्रेसको कब्जाबाट फुत्कायो। पहिले र अहिले क्रमशः पहिलो र दोस्रो दुवै दल तेस्रो दल माओवादीको नेतृत्वलाई स्विकारेर सरकारमा सहभागी भए।
त्यतिबेला एमाले–माओवादी समीकरणअनुसार संघ र प्रदेशसम्म सबै राजकीय पदमा भागबन्डा मिलाइएको थियो। तर राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा गठबन्धन भत्कियो। तीन महिना नपुग्दै गत वर्षको फागुन १६ गते समीकरण भत्किएपछि माओवादीले कांग्रेससँग सहकार्य गर्यो। त्यसको ठिक एक वर्षपछि फागुन २१ मा एमालेले माओवादीलाई आफ्नो साथमा ल्यायो। जसबाट वर्ष २०८० माओवादीका लागि सुखद बन्यो।
आम निर्वाचनपछिको समीकरण तोडेर माओवादी केन्द्र र कांग्रेसको गठबन्धन बनेपछि एमालेले २०८० लागेको दिनबाट त्यसलाई भत्काउन सुरु गरे पनि त्यही वर्षभित्र समीकरण बदलिनुलाई वामपन्थी एकताको आधार बताइएको छ। यद्यपि एमालेले अहिले सरकारमा समीकरण मात्रै भएको दाबी गर्दै गठबन्धन भन्न अस्वीकार गरिरहेको छ।
गत मंसिरमा मिसन २०८४ को नारा बोकेर मध्यपहाडी संकल्प यात्रा गरेको एमालेले पुसको पहिलो साता जनवर्गाीय संगठनहरूलाई आन्दोलनको तयारी गर्न निर्देशन दिएको थियो। युवा संघ र अखिलले छिटफुट आन्दोलन पनि गरिरहे। तर त्यो खास आन्दोलन थिएन भित्रभित्रै गठबन्धन भत्काउने नीतिका रूपमा तयार गरिएको एउटा रणनीति मात्रै थियो।
माओवादीहरूले ओली–दाहालको पुनर्मिलनले २०८० सालको अन्त्यलाई वामपन्थी एकताको आधार वर्षका रूपमा व्याख्या गर्न थालेका छन्। माघ २९ गते राष्ट्रिय सभागृहमा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै दाहालले कांग्रेससँगको सहकार्य राजनीतिक दृष्टिकोणले आवश्यक भए पनि पार्टीको समग्र विकासको दृष्टिकोणले लाभदायक नदेखिएको निष्कर्ष नेताहरूलाई सुनाएलगत्तै दाहालले ओलीसँग गैरआवसीय नेपाली उपेन्द्र महतोको घरमा गोप्य कुराकानी गरेका थिए। त्यही कुराकानी नै तत्काललाई सरकारमा वामपन्थीहरूको वर्चस्व कायम गर्ने आधार बन्यो।
माओवादी उपमहासचिव वर्षमान पुन ओलीसँग निरन्तर सम्पर्कमा रहेर गठबन्धन भत्काउन सफल भएका थिए। परिणामस्वरूप दाहालले फागुन २१ मा कांग्रेससँग सत्ता सहकार्य तोडे। त्यसपछि प्रधानमन्त्री निवास बालुवाटारमा एमाले, माओवादी, रास्वपा र जसपाको शीर्ष नेताहरूबीच सत्ता सहकार्यका लागि आठबुँदे सहमति भयो। तर चार दलले मात्र संघ र प्रदेशको सत्ता नजोगिने भएपछि नेकपा एसका अध्यक्ष माधव नेपाललाई फकाएर गठबन्धनमा ल्याउन सफल भए। फागुन २९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलको बैठकले सातबुँदे सहमति गरेपछि सत्ता सहकार्य अगाडि बढ्यो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।