जित्ने/जिताउने पालो महिलाको
१८ पौष २०७८
६ मिनेट पाठ
संग्रह
Email
ईमेल
जित्ने/जिताउने पालो महिलाको

पछिल्लो समय नेपालमा भएको राजनीतिक परिवर्तनले राज्यका हरेक क्षेत्रमा सकारात्मक परिबर्तन आएका छन्। विशेषगरी महिलालगायत सबै पछाडि परेका पारिएका वर्ग नेतृत्व तहमा आउने सुअवसर मिलेको छ। सबै वर्ग आप्नो हकहित र अधिकारका लागि बोल्ने आवाज उठाउन सक्षम भएका छन्। अझ विशेषगरी २०६२/२०६३ को जनआन्दोलनपछि महिलाको राजनीतिलगायत हरेक क्षेत्रमा सहभागिता उत्साहजनकरूपले बढेको छ।  

लैंगिक समानता कायम गर्न बनेका विभिन्न अन्तर्राष्ट्रिय प्रावधान र ती प्रावधानका आधारमा बनेका राष्ट्रिय कानुनी तथा नीतिगत व्यवस्थाले विशेषगरी महिलाको राजनीतिक सहभागितामा थप सहजता मिलेको छ। तुलनात्मकरूपले महिलाका पक्षमा बनेका कानुनहरूकै कारणले गर्दा आज हामी धेरै महिलालाई नेतृत्व तहमा पुगेको देखेका छौँ। संसद् सचिवालयको तथ्यांकअनुसार विभिन्न आमनिर्वाचनपछि राजनीतिमा महिलाको प्रतिनिधित्व बढ्दै गएको पाइन्छ। जसअनुसार २०१५ मा ०.९२ प्रतिशत, २०४८ मा ३.४१ प्रतिशत, २०५१ मा ३.४१ प्रतिशत, २०५६ मा ५.७३ प्रतिशत, २०६४ मा ३३ प्रतिशत, २०७० मा २९.९ प्रतिशत र २०७४ मा ४०.७९ प्रतिशत रहेको पाइन्छ।

संयुक्त राष्ट्र संघको सन् २०१८ नोभेम्बरको तथ्यांकअनुसार करिब १० प्रतिशत सदस्य राष्ट्रको राज्य प्रमुख वा सरकार प्रमुख महिला छन्। विश्वका कुल सांसदमध्ये करिब २४ प्रतिशत महिला छन् भने ३१ वटा सदस्य राष्ट्रमा १० प्रतिशत भन्दा कम महिला सदस्य छन्। नेपालमा २०७४ सालमा स्थानीय तह, प्रादेशिक, संघीय, राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसमेत गरी सबै तहको निर्वाचन सम्पन्न भयो। जसमा मुलुकभरबाट १४ हजार ६५३ जना महिलासहित कुल ३५ हजार ९२४ जना जनप्रतिनिधि निर्वाचित भए। दिगो विकासको लक्ष्य नं. ५ को उपलक्ष्य ५.५ हासिल गर्न समयबद्ध सूचक तय गरी सन् २०३० सम्म महिलाको सहभागिता पुरुषसरह बनाउने तयारी पनि नेपालले गरेको छ।

जनसंख्याका आधारमा राज्यका हरेक क्षेत्रमा महिलाको सहभागिता लगभग आधा भन्दा बढी हुनुपर्छ, ३३ प्रतिशत होइन।

अहिलेको समयसम्म आइपुग्दा हामीले राष्टप्रमुख, सभामुख, प्रधानन्यायाधीश, उपप्रधानमन्त्री, प्रमुख जिल्ला अधिकारीका रूपमा महिलालाई पाइसकेका छौँ। यसको श्रेय हाम्रा अग्रज महिला नेतृहरू योगमाया न्यौपाने, मंगलादेवी सिंह, दिव्या कोइराला आदिलाई जान्छ जसको योगदानले गर्दा आज महिला हरेक क्षेत्रमा सहभागी भएका छन्। विकासको सन्दर्भमा समविकासलाई महत्वपूर्ण अवधारणाका रूपमा लिइन्छ। त्यसैले जबसम्म राजनीतिमा पनि महिलाको जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व हुँदैन तबसम्म समविकास हुँदैन। यस अर्थमा जनसंख्याका आधारमा राज्यका हरेक क्षेत्रमा महिलाको सहभागिता लगभग आधा भन्दा बढी हुनुपर्छ, ३३ प्रतिशत होइन।  

नेपालले महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव उन्मूलन गर्ने महासन्धि १९७९, बेइजिङ घोषणा तथा कार्यनीति १९९५ र दिगो विकास लक्ष्य २०१५ लगायत संयुक्त राष्ट्रसंघीय निकायका निर्णयहरूमा हस्ताक्षर गरेर राज्यका सबै तहको नीति निर्माण र निर्णय प्रक्रियामा महिलाको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव उन्मूलन गर्ने महासन्धिको भाग २ को धारा ७ मा महिलाको सरकारी नीति निर्माण र त्यसको कार्यान्वयन गर्ने तथा सार्वजनिक क्रियाकलाप सम्पादन गर्ने अधिकार सुनिश्चित गरिएको छ। त्यस्तै, बेइजिङ घोषणा तथा कार्यनीतिले पहिचान गरेको महिलाको सरोकारका बाह्रवटा क्षेत्रमध्ये ’शक्ति संरचना र निर्णय प्रक्रियामा महिला’ एक हो।

यिनै प्रतिबद्धतालाई आधार बनाएर राज्यले महिलाको नेतृत्व विकास गर्न र राजनीतिमा महिलाको सहभागितामा अभिवृद्धि गर्न नीतिगत व्यबस्था गरेको छ। जस्तै– राष्ट्रपति र उपराष्ट्रपति, प्रतिनिधिसभाको सभामुख र उपसभामुख, राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष, प्रदेशसभाको सभामुख र उपसभामुख, स्थानीय तहको प्रमुख र उपप्रमुख फरक फरक दल, लिंग र समुदायको हुनुपर्ने, प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एकतिहाइ सदस्य महिला हुनुपर्ने जस्ता अत्यन्त राम्रा नीति बने तापनि कार्यान्वयनमा भने यो देखिएको छैन।  

२०७४ को स्थानीय तहको निर्वाचनमा महिला मेयर २.७६%, पुरुष मेयर ९७.२४%, उपमेयर महिला ९३.८२%, पुरुष उपमेयर ६.१८ %, महिला वडाध्यक्ष्य ०.७८ %, पुरुष वडाध्यक्ष्य ९९.२८% हुनुले भएका नीतिनियम प्रभावकारीरूपले कार्यान्वयन नभएको अवस्था छ। यो तथ्यांकले त प्रष्टै देखायो कि महिलामाथि भएको चरम राजनीतिक विभेद। यो भन्दा अर्को कहालीलाग्दो कुरा महिला नेतृत्वलाई विश्वासै नगर्ने, स्थानीय तहमा महिला उपप्रमुखहरूको हक अधिकारहरू खोसिने, प्रमुख र प्रमुख प्रशासकीय अधिकृत मिलेर सूचना लुकाउने, काम गर्न सहज वातावरण नबनाइदिने, सोधखोज गरेमा क्षमता नभएको जस्ता आरोप लगाउने जस्ता यावत गुनासा सुनिन्छ। यतिमात्र नभै वडामा वडाध्यक्ष्य पुरुष भएका कारण महिला सदस्यहरूका कुराको सुनुवाइ नहुने, उनीहरूले छनोट गरी ल्याएका योजनामाथि बेवास्ता हुने र बजेट विनियोजन नगरिने, निर्णय प्रक्रियामा सामेल नगराउने, कुरै नबुझाइ हस्ताक्षर गर्न दबाब दिने जस्ता दुःखद अवस्था अर्कोतिर छ। पितृसत्ताले महिलालाई नेतृत्व तहमा देख्नै सकेन वा चाहेन। महिलालाई जहिले पनि दोस्रो दर्जाको नागरिकका रूपमा हे¥यो। महिलालाई थिचोमिचो पार्न खोज्यो।

सदियौँदेखि पुरुषले घर, समाज, कार्यालय, राजनीति पार्टीहरू हाँके, नीतिनियमहरू आफ्नै पक्षमा लेखे, महिलालाई घरभित्रै सीमित राखे र सधँै आफूमै निर्भर हुने गरी वातावरण सिर्जना गरे। महिला राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिकरूपमा वञ्चितिमा परे। महिलाको अथक प्रयास तथा लामो संघर्षहरूबाट महिलाका पक्षमा राष्ट्रमा केही असल नीतिगत व्यवस्थाहरू भए तापनि कार्यान्वय र व्यवहारमा समान नहुँदा अझै पनि महिला हिंसाकै सिकार भएका छन्। महिलाहरूको नेतृत्व विकास भएको छैन, महिलाहरूको आवाज बुलन्दरूपमा बाहिर आउन सकेको छैन, महिलाहरूको सहभागिता अर्थपूर्ण हुन सकेको छैन, महिलाहरू आर्थिक र सामाजिकरूपमा सशक्त भएका छैनन्, महिलामाथि अत्यधिक घरेलु तथा सामाजिक हिंसा यथावत छ। अब यी सबै समस्या समाधानका लागि महिलालाई राज्यको मूलधारमा ल्याउन, महिलाको समग्र विकासका लागि तथा लैंगिक विभेद अन्त्य गरी समतामूलक समाज निर्माण गर्नका लागि पुरुषको भूमिका, सहभागिता, इच्छा र चाहना हुन अति नै आवश्यक छ।  

समाजमा लिंगका आधारमा हुने विभेद अन्त्य गर्न, लैंगिक समानता कायम गर्न, महिलाको नेतृत्व विकास गर्न, महिलाको राजनीतिमा सहभागिता अभिवृद्धि गर्न, महिलालाई सशक्तीकरण गर्न तथा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चितताका लागि पुरुषहरूको भूमिका आवश्यक छ। यसका अलावा महिलाको राजनीतिमा सहभागिता अभिवृद्धि गर्नका लागि र महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चितताका लागि अब छिटै आउँदै गरेको स्थानीय तहको निर्वाचनमा महिलालाई धेरै भन्दा धेरै पालिका प्रमुख र वडाध्यक्ष्यमा टिकट दिलाइ उनीहरूलाई वास्तविक निर्णायक तहमा ल्याउने पहल गरौँ।

पहिला जे/जस्तो भए तापनि त्यसबाट पाठ सिक्दै अब आउने स्थानीय चुनावमा हरेक राजनीतिक पार्टीले महिलालाई पालिका प्रमुख र वडाध्यक्ष्यमा टिकट दिलाउन् र महिला नै पालिका प्रमुख र वडाध्यक्ष्य बनाएर उनीहरूको नेतृत्व तथा विकास गर्नका लागि दाजुभाइहरूले दिल खोलेर सहयोग गरौँ, महिलालाई अवसर दिउँ। महिलाले नेतृत्व गरेको स्थानीय सरकार पनि हेरौँ किनकि महिला पनि पुरुष भन्दा कम छैनन् भन्ने कुरा विश्वमा महिला प्रमुखहरूले गरेका कामबाट हामी देख्न सक्छौँ। त्यसैले अब एकपल्ट नेपालको स्थानीय तह महिलालाई जिम्मा दिएर हेरौँ। यसका लागि सबै पुरुषले हातेमालो गरौँ। महिलाको नेतृत्व विकासमा सहयोगी सहयात्री बनी आफ्ना दिदीबहिनी, श्रीमती, बुहारी, आमा, अन्टीहरूको सहयोगी बनौँ। उहाँहरूको नेतृत्व विकास र राजनीतिमा सहभागिता अभिवृद्धिका लागि सक्दो पहल गरौँ।

लोकप्रिय
अर्को समाचार
नयाँ राष्ट्रवादसम्बन्धी बुझाइ
०९ असार २०७९
६ मिनेट पाठ
संग्रह
Email
ईमेल
नयाँ राष्ट्रवादसम्बन्धी बुझाइ

सन् १९८९ मा बर्लिन पर्खाल भत्केको घटनालाई फ्रान्सिस फुकुयामाले आर्थिक तथा राजनीतिक उदारवादको विजयको संज्ञा दिए पनि यो त्यतिमा मात्र सीमित थिएन। यो राष्ट्रियताको पतन पनि थियो। विश्वको अर्थतन्त्र तीव्ररूपमा एकीकृत भैरहेको अवस्थामा सर्वसाधारणले राष्ट्रिय पहिचान त्याग्ने आकलन गरिएको थियो। युरोपियन एकीकरण परियोजनालाई शिक्षित तथा उपल्लो तहमा जाँदै गरेका युवाहरूले आत्मसात गरेका थिए। यो सुप्रा–नेसनल मात्र नभई पोस्ट–नेशनल चरित्रको थियो।  

हाल राष्ट्रियताको विषय पुनः चर्चामा छ र यसले अन्तर्राष्ट्रिय राजनीतिमा केन्द्रीय भूमिका खेलेको छ। यो उपक्रम अमेरिका, फ्रान्समा मात्र सीमित छैन। राष्ट्रियताको अभियान अहिले हंगेरी, भारत, टर्कीलगायतका अन्य कैयन् देशमा जीवन्त छ। चीनले समेत नयाँ राष्ट्रवादी अधिनायकवादलाई आत्मसात गरेको छ भने रुसले राष्ट्रियताका आधारमा युक्रेन युद्ध अगाडि बढाएको छ।  

नयाँ राष्ट्रवाद जन्माउने तीन प्रमुख कारण छन्। पहिलो, कतिपय देशसँग ऐतिहासिक गुनासो छ। वेलायती उपनिवेशका कारण भारतको व्यवस्थित शोषण भएको थियो भने उन्नाइसौँ शताब्दीको अफिम युद्धमा चिनिया साम्राज्य कमजोर, अपमानित तथा वंशीभूत भएको थियो। आधुनिक टर्किस राष्ट्रवाद पनि पहिलो विश्व युद्धपछि आफ्नो ठूलो भूभाग पश्चिमा राष्ट्रले अधीनस्थ गरेको सम्झनाले ओतप्रोत बनेको छ।

दोस्रो, विश्वव्यापीकरणले यसअघि रहेको तनावलाई बढावा दिएको छ। यसले विभिन्न देशमा असमानतालाई गहिरो बनाएको छ। यी देशमा राजनीतिक सम्पर्कका आधारमा अनुचित फाइदा लिने प्रचलन बढेको देखिएको छ। यसले परापूर्वकालदेखि चल्दै आएका प्रचलन र सामाजिक मान्यतासमेत भत्काएको छ।  

तेस्रो, आफ्ना स्वार्थ पूरा गर्न राजनीतिक नेताहरू राष्ट्रियतालाई दुरूपयोग गर्न निर्लज्जतवरले सिपालु बनेका छन्। उदाहरणका लागि चिनिया राष्ट्रपति सि जिन पिङका अधिनायकवादी शासनअन्तर्गत राष्ट्रियताको भावना बढाउन विद्यालयका पाठ्यक्रमको प्रयोग गरिएको छ भने प्रोपोगान्डा अभियान अगाडि बढाइएको छ।  

यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कारण हिन्दुत्वको नाममा विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक देशमा बहुमतीय अनुदारवादले प्रश्रय पाएको छ। उता, टर्कीका राष्ट्रपति रेसेप टायिप इर्दाेगानले सन् २०१० को सुरुमा कुर्दहरूसँग शान्ति प्रक्रिया अगाडि बढाए तापनि राष्ट्रवादका नाममा स्वतन्त्र सञ्चार माध्यम, प्रतिपक्ष नेता र असन्तुष्टहरूलाई कारबाही गर्दै आएका छन्।

रुसी राष्ट्रवाद युक्रेनका लागि सुखद समाचार होइन किनभने यसले पुटिनको सत्तालाई झन सुरक्षित पारेको छ। प्रतिबन्ध लगाए पनि नलगाए पनि उनी सत्ताच्युत हुने संभावना कम छ।  

हालको राष्ट्रवाद शीतयुद्धपछिको विश्वव्यापीकरण परियोजनाअन्तर्गत आफैँलाई सुदृढ पार्ने प्रतिक्रिया पनि थियो। सन् २००० मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले स्वतन्त्र व्यापारलाई महत्वपूर्ण सहयोगी बताएका थिए भने रोनाल्ड रेगनले यसलाई स्वतन्त्रताका लागि अग्रगामी रणनीति भनेका थिए। रेगनले भनेका थिए– चीनसँग स्वतन्त्रतवरले व्यापार गरौँ, समय हाम्रो पक्षमा हुनेछ।

विश्व व्यापार र सञ्चारले सांस्कृतिक तथा संस्थागत सम्मिलन हुने अपेक्षा थियो। यसैगरी अमेरिकी र युरोपियन बजार तथा वित्त आफूले गुमाउन सक्ने डरमा विकासोन्मुख देशका लागि व्यापारको विषय महत्वपूर्ण बन्न गयो भने पश्चिमा कूटनीति झन बलियो हुन पुग्यो।  

तर सबै अपेक्षा पूरा भएनन्। विकासोन्मुख देशलाई विश्वव्यापीकरणले ठूलो फाइदा दिने र यसले उनीहरूको अर्थतन्त्र र औद्योगिक निर्यात बढाउने र ज्याला घटाउने अपेक्षा थियो। तेल र ग्यासका धनी राष्ट्रलाई यसले झन बढी फाइदा दिने आशा गरिएको थियो। तर यही क्रममा राष्ट्रवादी नेताहरूको पनि उदय भएको छ।  

संसाधनको जोहो गर्न सफल रहेका विकासोन्मुख देशले प्रोपोगान्डा चलाउन र गठबन्धन निर्माण गर्ने क्षमता बढाएका छन्। तर त्यो भन्दा पनि बढी महत्वपूर्ण ्वैचारिक आयामको पक्ष रहेको छ। पश्चिमी देशको कूटनीतिले मानव अधिकारको सुरक्षा, प्रेस स्वतन्त्रता तथा कतिपय देशमा प्रजातन्त्र स्थापनाका लागि प्रयास गरे पनि यसलाई हस्तक्षेपका रूपमा हेरियो। टर्कीको उदाहरण हेरौँ। युरोपियन युनियनमा आबद्ध हुँदा मानव अधिकारको रेकर्ड र प्रजातान्त्रिक संस्थाहरूको विकास हुने अपेक्षा गरिएकामा तत्कालका लागि त्यस्तो देखिएको छ। तर युरोपियन युनियनका प्रतिनिधिहरूको माग बढ्दै जाँदा राष्ट्रवादको मुकुण्डोलाई टर्कीले महत्ता दिएको छ। युरोपियन युनियनमा प्रवेश गर्ने प्रक्रिया अवरुद्ध भएको छ भने टर्कीमा प्रजातन्त्र कमजोर हुँदै गएको छ।  

युक्रेन आक्रमणपश्चात रुसमा विकास भएको राष्ट्रवादका लागि पनि माथि चर्चा गरिएका ३ कारण सान्दर्भिक देखिन्छन्। रुसको राजनीति तथा सुरक्षा क्षेत्रसँग सभ्रान्त वर्ग बर्लिन पर्खाल भत्केपछि पश्चिमा देशले रुसलाई अपमानित गरेको ठान्छ। विश्व अर्थतन्त्रमा एकीकरण भएपछि रुसका सर्वसाधारणले थोरै मात्र फाइदा पाएका छन् भने राजनीतिक सम्र्पक भएका, बेइमान तथा आपराधिक पृष्ठभूमि भएका खास वर्गले अकल्पनीय फाइदा लिएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एकातिर ग्राहकवादको बृहत् प्रणालीबाट फाइदा लिएका छन् भने अर्काेतिर राष्ट्रियताको भावनालाई कुशलतापूर्वक विकास तथा प्रयोग गरिरहेका छन्।  

रुसी राष्ट्रवाद युक्रेनका लागि सुखद समाचार होइन किनभने यसले पुटिनको सत्तालाई झन सुरक्षित पारेको छ। प्रतिबन्ध लगाए पनि नलगाए पनि उनी सत्ताच्युत हुने संभावना कम छ। आफ्ना स्वार्थ परिपूर्ति गर्ने सहयोगी र राष्ट्रियताको भावनाबाट ओतप्रोत भएका जमातबाट पुटिन सुरक्षित छन्। रुसलाई अलगथलग पार्ने प्रयासले पुटिनलाई झन सुदृढ पार्ने देखिएको छ। युद्धले पुटिनको सत्तालाई कमजोर पारेन भने अर्थतन्त्र नकारात्मक रहे पनि उनको सत्ता अनन्तकालसम्म जानेछ।  

यसरी राष्ट्रवादको पुनर्उत्थान युगले केही सिकाइ दिएको छ। हामीले आर्थिक विश्वव्यापीकरणको प्रक्रियालाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पुनर्विचार गर्न आवश्यक देखिएको छ। खुला व्यापारले विकासोन्मुख र विकसित अर्थतन्त्रलाई फाइदा पुग्नेमा कुनै शंका छैन तर यसले असमानता बढाएको छ, पश्चिमा उपभोक्तालाई उपभोग्य वस्तुको मूल्य घटाएको छ भने रुस र चीनका खास वर्गलाई फाइदा पुर्‍याएको छ।  

यो सन्दर्भमा वैकल्पिक अवधारणालाई आत्मसात गर्न आवश्यक देखिन्छ। सबैभन्दा महत्वपूर्ण पक्ष भनेको थोरै ज्याला र कमजोर श्रम व्यवस्थाबाट फाइदा लिने मल्टिनेसनल कर्पाेरेसनलाई मात्र फाइदा पुग्ने विद्यमान व्यवस्था परिवर्तन गर्न जरुरी छ। व्यापार सम्बन्धको आधार सस्तो र अनुदान प्राप्त खनिज इन्धनको मूल्य बन्नुहुँदैन।  

यसैगरी, पश्चिमा राष्ट्रले व्यापारको नातामा आफ्ना व्यापारिक साझेदारलाई राजनीतिक हस्तक्षेप गर्न मिल्दैन। यसैगरी भ्रष्ट र अधिनायकवादी सत्ताले आफ्नै राजनीतिलाई प्रभाव पार्न नसक्ने सुनिश्चतता पश्चिमा राष्ट्रले गर्नुपर्छ। सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने पश्चिमा नेताले आफ्ना विगतका गल्ती र दुर्रव्यवहारलाई स्वीकार गर्दा विश्वासको वातावरण बन्न सक्छ।  

त्यसैले पश्चिमा राष्ट्रको अन्य राष्ट्रमा सीमित भूमिकाको अर्थ मानव अधिकार हननको विषयलाई कम आकलन गरिएको मान्न हुँदैन। बरु, पश्चिमा सरकारले नयाँ रणनीतिका साथ अगाडि बढ्नुपर्छ। यसका लागि एमनेस्टी इन्टरनेसनल अथवा ट्रान्सपरेन्सी इन्टरनेसनल जस्ता संस्थामार्फत नागरिक समाजका गतिविधिलाई थप प्रोत्साहन दिनुपर्छ। राष्ट्रवादमा आधारित निरंकुशतालाई रोक्न निर्दिष्ट उपाय नहोलान् तर यसलाई रोक्ने राम्रा विकल्प छन्।  

(लेखक एसमोग्लु एमआइटीका अर्थशास्त्र विषयका प्राध्यापक हुन। प्रोजेक्ट सिन्डिकेटबाट)

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
सुत्केरीको मृत्यु शोक न सुर्ता
सुत्केरीको मृत्यु शोक न सुर्ता ०३ असार २०७९ ५ मिनेट पाठ
खोप संङ्कीर्णताले खति २० पौष २०७८ ७ मिनेट पाठ
पाल्पालीलाई एयरपोर्ट चाहियो ०४ पौष २०७८ ६ मिनेट पाठ
पाको उमेरमा जवान ऊर्जा
पाको उमेरमा जवान ऊर्जा ०८ चैत्र २०७८ ७ मिनेट पाठ
रेलमा झेल ११ पौष २०७८ ९ मिनेट पाठ
सुयोग्य न्यायाधीशको सन्दर्भ १० असोज २०७८ ९ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस