प्रधानमन्त्रीका नयाँ सत्ता–सारथि : अधिकांश पुरानै, आलोचित, अटाएनन् दलित
२४ फागुन २०८०
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रधानमन्त्रीका नयाँ सत्ता–सारथि :  अधिकांश पुरानै, आलोचित, अटाएनन् दलित
शपथग्रहणपछि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेसँग बुधबार सामूहिक तस्बिर खिचाउँदै नयाँ मन्त्रिपरिषद्। तस्बिर सौजन्यः दिनेश भण्डारी

प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार १४औं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। ११ महिनाअघि बनेको नेपाली कांग्रेससहितका दलको गठबन्धन तोड्दै दाहालले सोमबार बनाएकोे सत्ता समीकरणअनुसार बुधबार १९ जना नयाँ सारथि छानेका हुन्।

दाहालले सोमबार तीनजनालाई बिनाविभागीय मन्त्री बनाएका थिए। मन्त्रिपरिषद् पुनर्गठनसँगै २० सदस्यीय भएको छ। मन्त्रिपरिषदमा प्रधानमन्त्रीको दल माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) सहभागी भएका छन्। १४ महिनामा तेस्रो गठबन्धन गरेका प्रधानमन्त्री दाहालले तीनजनालाई उपप्रधानमन्त्री बनाएका छन्।

निवर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्रालयको जिम्मेवारीसहित फेरि सरकारमा सहभागी भएका छन्। सत्ता गठबन्धनको प्रमुख घटक एमाले पनि उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएको छ। प्रतिनिधिसभामा दोस्रो ठूलो दल एमाले नेता रघुवीर महासेठको नेतृत्वमा सरकारमा गएको छ। महासेठले उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन्।

प्रतिनिधिसभाको चौथो ठूलो दल रास्वपा पनि उपप्रधानमन्त्रीसहित पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी भएको छ। विगतमा पनि लामिछानेले दाहाल नेतृत्वको सरकारमा उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

दाहाल नेतृत्वको सरकारमा एमालेबाट महासेठसहित आठजना मन्त्री बनेका छन्। २०७९ पुस १० गतेको सहमतिअनुसार तत्कालीन मन्त्रिपरिषद्मा सहभागी नेतालाई नै एमालेले फेरि सरकारमा पठाएको हो। यसअघि पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले ८ मन्त्रालय लिएर सरकारमा सहभागी भएको थियो। तर ११ महिनापछि एमाले आठवटा मन्त्रालय नै लिएर महासेठको नेतृत्वमा सरकारमा गएको छ।

यसअघि दाहाल नेतृत्वको सरकारमा मन्त्री भएका पौडेल र विमला राई पौडेल अहिले सरकारमा अटेनन्। एमालेबाट राजेन्द्रकुमार राई खानेपानी, पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक, दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति हरि उप्रेती रक्षा र ज्वालाकुमारी साह कृषि मन्त्रालयको जिम्मेवारीमा पुगेका छन्।

सरकारको नेतृत्व गरेको माओवादी केन्द्रबाट पाँचजना मन्त्री भएका छन्। माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानसहित परराष्ट्र, वर्षमान पुन अर्थ, शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइ, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन्।

मन्त्रिपरिषद् हेरफेर गर्न कांग्रेस तयार नभएको भन्दै गठबन्धन नै परिवर्तन गर्नुपरेको बताएका प्रधानमन्त्री दाहालले पुरानै तीनजनालाई मन्त्री बनाएका छन्। निवर्तमान अर्थमन्त्री प्रकाशशरण महतलाई गठबन्धन टुट्नुको प्रमुख कारकका रूपमा देखाएका दाहालले उक्त मन्त्रालयको जिम्मेवारी पुनलाई दिएका हुन्। कांग्रेससहितको गठबन्धन माओवादीबाट पर्यटनमन्त्री बनेका सुदन किराँती भने पुनर्गठित मन्त्रिपरिषद्मा परेनन्।

त्यस्तै सत्ता साझेदार रास्वपाबाट लामिछाने उपप्रधानसहित गृहमन्त्री, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री र डोलप्रसाद अर्याल (डिपी) श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन्।

यसैगरी नेकपा एस दुई मन्त्रालयसहित सरकारमा सहभागी भएको छ। नेकपा एसबाट भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र धनबहादुर बुढा सहरी विकासमन्त्री भएका छन्। एमालेसँग विभाजित भएर बनेको नेकपा एसलाई सरकारमा समेट्न केपी शर्मा ओली अनिच्छुक भए पनि सत्ता टिकाउन दाहालको जोडबलमा सझेदार बनाइएको हो।

तर सोमबार आठबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेको जनता समाजवादी पार्टी (जसपा) भने सरकारमा सहभागी भएको छैन। माओवादी, एमाले रास्वपा र जसपाका अध्यक्षले आठबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।। आन्तरिक विवाद र मधेस प्रदेशको मुख्यमन्त्रीमा कुरा अल्झदा जसपा सरकारमा सहभागी नभएको हो। विस्तारित मन्त्रिपरिषद्मा चारजना महिला छन्।

आमनिर्वाचनपछि २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले त्यसको भोलिपल्ट मन्त्रिपरिषद् गठन गरेका थिए। पटकपटक गरेर माघमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका दाहालले फागुन १० गते एमाले, रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको गठबन्धन तोडेर कांग्रेससँग हात मिलाएका थिए। त्यसपछि एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएका थिए। नागरिकता विवादमा रवि लामिछानेको प्रतिनिधिसभा सदस्य नै गुमेपछि रास्वपा माघ १३ गते सरकारबाट अलग भइसकेको थियो।

२०७९ चैत १७ गते कांग्रेस, जसपा, नेकपा एस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसहितका दललाई लिएर दाहालले मन्त्रिपरिषद् विस्तार गरेका थिए। सरकारको नेतृत्व सम्हालेको एक वर्ष पुग्दानपुग्दै दाहालले मन्त्री हेरफेर गर्ने बताएका थिए। तर दाहालले सोमबार तेस्रो पटक गठबन्धन नै परिवर्तन गरेर। वन तथा वातावरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफंैले राखेका छन्। सरकारमा सहभागी हुने अन्य दललाई ती मन्त्रालय दिइनेछ।

नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरूले बुधबार साँझ नै राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका छन्। १४ महिनामा दुई पटक पुस २६ र चैत ६ गते विश्वासको मत लिएका दाहालले अब फेरि एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ।

प्रधानमन्त्री दाहालले पूर्वसहमतिविपरीत गठबन्धन तोडेपछि नेपाली कांग्रेस विपक्षमा पुगेको छ। उसले अघिल्लो गठबन्धनमा रहेका दलहरूलाई आफ्नो साथमा राख्ने प्रयाससहित छलफल अघि बढाएको छ। सोही अनुसार नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रमेश चौधरीसँग सभापति देउवाले छलफल गरेका छन्।

लोकप्रिय
अर्को समाचार
वर्षान्त: सत्तामा वाम वर्चस्व
०१ वैशाख २०८१
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
वर्षान्त: सत्तामा वाम वर्चस्व

अघिल्लो वर्ष नेपाली राजनीतिले सत्तामा उलटफेर ल्याएझैं यो वर्ष पनि सत्ता समीकरणमा त्यही भयो। वाम-लोकतान्त्रिक गठबन्धनको सरकार बनेको एक वर्षमै सत्तामा वामपन्थी वर्चस्व कायम भएको छ।

संसद्मा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसलाई प्रतिपक्षमा राखेर माओवादी केन्द्रकै नेतृत्वमा नयाँ गठबन्धन बनेको छ। नेकपा एमालेका ७८, माओवादी केन्द्रका ३२ सिट र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का १० सहित बनेको समीकरणले वर्षान्ततिर सत्तामा वामपन्थीको वर्चस्व बनेको हो।

पाँच वर्षअघि करिब दुई तिहाईको सरकार सञ्चालनको तहमा पुगेका वामपन्थी घटक एकाएक विवादको भुमरीमा फसेपछि कांग्रेसको नेतृत्वमा सरकार चलिरहेको थियो। तर २०७९ पुस १० गते फेरि सरकारको नेतृत्व वामपन्थीकै पोल्टामा पुग्यो।

कांग्रेससँगको गठबन्धन भत्काएर फागुन २१ मा नयाँ सत्ता समीकरण बनेपछि त्यसको नेतृत्व पनि माओवादीकै अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् । उनकै नेतृत्वको सरकारमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एस सहभागी भएका छन्।

मधेस प्रदेशबाहेक ६ वटै प्रदेशमा वामपन्थीहरूले आलोपालो सरकार चलाउने गृहकार्य गरिरहेका छन्। मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा नयाँ समीकरणअनुसार सरकार बनेका छन्।

गण्डकीमा भने मुख्यमन्त्रीको नियुक्ति विवादित बनेको छ। सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सरकार गठनका लागि कसरत भइरहेको छ। त्यहाँ  नागरिक उन्मुक्ति पार्टी (नाउपा) र नेकपा एसको आलोपालो नेतृत्व रहने गरी सरकार बनाउने प्रयास भइरहेको छ। निर्वाचन भएको १६ महिनामा एमाले–माओवादीसहितको गठबन्धन कोसीमा छैटौं सरकार गठनको प्रयासमा छ।

गत वर्ष फागुन १५ मा सरकारबाट बाहिरिएको एमाले एक वर्ष ६ दिनमै सत्तामा फर्कियो। आफूलाई सत्ताबाहिर हुत्याएको कांग्रेसलाई त्यसरी नै हुत्याएर सरकारमा एमाले सहभागी भएको हो। पार्टी सचिव रघुवीर महासेठको नेतृत्वमा एमाले आठ मन्त्री लिएर सरकारमा सहभागी छ।

नेपाली राजनीतिमा देखिएको उत्तारचढावलाई नियाल्ने हो भने कम्युनिस्ट घटकहरूमध्ये माओवादी केन्द्रलाई सत्ता राजनीतिमा फाइदा देखिएको छ। २०७९ पुस १० देखि अहिलेसम्म निरन्तर सत्ताको नेतृत्व गर्ने अवसर माओवादी केन्द्रलाई प्राप्त भएको छ।

माओवादी अध्यक्ष दाहालले सरकारको नेतृत्व गरेयता नेपाली कांग्रेस र एमाले पालपालो सरकारमा सहभागी भएका छन्। सत्ताबाट बाहिरिएको एक वर्ष ६ दिनमा एमाले दाहाल नेतृत्वको सरकारमा सहभागी भए पनि उसले महत्त्वपूर्ण मन्त्रालय भने लिएको छैन। १५ महिनाअघि २०७९ पुस १० गते एमालेकै बलमा दाहाल प्रधानमन्त्री भएका थिए।

२०७९ मंसिरमा सम्पन्न निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एमालेबाट विभाजित नेकपा एसले गठबन्धन गरेका थिए। त्यसमा कांग्रेस सबैभन्दा ठुलो दल भयो भने एमाले दोस्रो बन्यो। कुनै दलको बहुमत आउन नसकेपछि सत्ताको चाबी माओवादी केन्द्रको हातमा पुग्यो। निर्वाचनमा गठबन्धन गरेको अवस्थामा सरकार बन्ने बेलामा कांग्रेस र माओवादी केन्द्रले हानथाप गरिरहे। एमालेले माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्‍यो। दाहालले पनि प्रस्ताव स्वीकार गरे।

प्रधानमन्त्री बनेपछि एमालेबाट बिच्किएका दाहल कांग्रेससँग सहकार्य गर्न पुगे। एमालेको सहयोगमा प्रधानमन्त्री बनेका दाहाल कांग्रेससँग मिल्न गएपछि २०८० लाग्दै गर्दा कांग्रेस–माओवादी केन्द्रबीच फाटो ल्याउन कोसिस भइरहेको थियो।

एमालेले वर्षको अन्तमा माओवादीलाई कांग्रेसको कब्जाबाट फुत्कायो। पहिले र अहिले क्रमशः पहिलो र दोस्रो दुवै दल तेस्रो दल माओवादीको नेतृत्वलाई स्विकारेर सरकारमा सहभागी भए।

त्यतिबेला एमाले–माओवादी समीकरणअनुसार संघ र प्रदेशसम्म सबै राजकीय पदमा भागबन्डा मिलाइएको थियो। तर राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा गठबन्धन भत्कियो। तीन महिना नपुग्दै गत वर्षको फागुन १६ गते समीकरण भत्किएपछि माओवादीले कांग्रेससँग सहकार्य गर्‍यो। त्यसको ठिक एक वर्षपछि फागुन २१ मा एमालेले माओवादीलाई आफ्नो साथमा ल्यायो। जसबाट वर्ष २०८० माओवादीका लागि सुखद बन्यो।

आम निर्वाचनपछिको समीकरण तोडेर माओवादी केन्द्र र कांग्रेसको गठबन्धन बनेपछि एमालेले २०८० लागेको दिनबाट त्यसलाई भत्काउन सुरु गरे पनि त्यही वर्षभित्र समीकरण बदलिनुलाई वामपन्थी एकताको आधार बताइएको छ। यद्यपि एमालेले अहिले सरकारमा समीकरण मात्रै भएको दाबी गर्दै गठबन्धन भन्न अस्वीकार गरिरहेको छ।

गत मंसिरमा मिसन २०८४ को नारा बोकेर मध्यपहाडी संकल्प यात्रा गरेको एमालेले पुसको पहिलो साता जनवर्गाीय संगठनहरूलाई आन्दोलनको तयारी गर्न निर्देशन दिएको थियो। युवा संघ र अखिलले छिटफुट आन्दोलन पनि गरिरहे। तर त्यो खास आन्दोलन थिएन भित्रभित्रै गठबन्धन भत्काउने नीतिका रूपमा तयार गरिएको एउटा रणनीति मात्रै थियो।

माओवादीहरूले ओली–दाहालको पुनर्मिलनले २०८० सालको अन्त्यलाई वामपन्थी एकताको आधार वर्षका रूपमा व्याख्या गर्न थालेका छन्। माघ २९ गते राष्ट्रिय सभागृहमा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै दाहालले कांग्रेससँगको सहकार्य राजनीतिक दृष्टिकोणले आवश्यक भए पनि पार्टीको समग्र विकासको दृष्टिकोणले लाभदायक नदेखिएको निष्कर्ष नेताहरूलाई सुनाएलगत्तै दाहालले ओलीसँग गैरआवसीय नेपाली उपेन्द्र महतोको घरमा गोप्य कुराकानी गरेका थिए। त्यही कुराकानी नै तत्काललाई सरकारमा वामपन्थीहरूको वर्चस्व कायम गर्ने आधार बन्यो।

माओवादी उपमहासचिव वर्षमान पुन ओलीसँग निरन्तर सम्पर्कमा रहेर गठबन्धन भत्काउन सफल भएका थिए। परिणामस्वरूप दाहालले फागुन २१ मा कांग्रेससँग सत्ता सहकार्य तोडे। त्यसपछि प्रधानमन्त्री निवास बालुवाटारमा एमाले, माओवादी, रास्वपा र जसपाको शीर्ष नेताहरूबीच सत्ता सहकार्यका लागि आठबुँदे सहमति भयो। तर चार दलले मात्र संघ र प्रदेशको सत्ता नजोगिने भएपछि नेकपा एसका अध्यक्ष माधव नेपाललाई फकाएर गठबन्धनमा ल्याउन सफल भए। फागुन २९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलको बैठकले सातबुँदे सहमति गरेपछि सत्ता सहकार्य अगाडि बढ्यो।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस