नयाँ राष्ट्रवादसम्बन्धी बुझाइ
०९ असार २०७९
६ मिनेट पाठ
संग्रह
Email
ईमेल
नयाँ राष्ट्रवादसम्बन्धी बुझाइ

सन् १९८९ मा बर्लिन पर्खाल भत्केको घटनालाई फ्रान्सिस फुकुयामाले आर्थिक तथा राजनीतिक उदारवादको विजयको संज्ञा दिए पनि यो त्यतिमा मात्र सीमित थिएन। यो राष्ट्रियताको पतन पनि थियो। विश्वको अर्थतन्त्र तीव्ररूपमा एकीकृत भैरहेको अवस्थामा सर्वसाधारणले राष्ट्रिय पहिचान त्याग्ने आकलन गरिएको थियो। युरोपियन एकीकरण परियोजनालाई शिक्षित तथा उपल्लो तहमा जाँदै गरेका युवाहरूले आत्मसात गरेका थिए। यो सुप्रा–नेसनल मात्र नभई पोस्ट–नेशनल चरित्रको थियो।  

हाल राष्ट्रियताको विषय पुनः चर्चामा छ र यसले अन्तर्राष्ट्रिय राजनीतिमा केन्द्रीय भूमिका खेलेको छ। यो उपक्रम अमेरिका, फ्रान्समा मात्र सीमित छैन। राष्ट्रियताको अभियान अहिले हंगेरी, भारत, टर्कीलगायतका अन्य कैयन् देशमा जीवन्त छ। चीनले समेत नयाँ राष्ट्रवादी अधिनायकवादलाई आत्मसात गरेको छ भने रुसले राष्ट्रियताका आधारमा युक्रेन युद्ध अगाडि बढाएको छ।  

नयाँ राष्ट्रवाद जन्माउने तीन प्रमुख कारण छन्। पहिलो, कतिपय देशसँग ऐतिहासिक गुनासो छ। वेलायती उपनिवेशका कारण भारतको व्यवस्थित शोषण भएको थियो भने उन्नाइसौँ शताब्दीको अफिम युद्धमा चिनिया साम्राज्य कमजोर, अपमानित तथा वंशीभूत भएको थियो। आधुनिक टर्किस राष्ट्रवाद पनि पहिलो विश्व युद्धपछि आफ्नो ठूलो भूभाग पश्चिमा राष्ट्रले अधीनस्थ गरेको सम्झनाले ओतप्रोत बनेको छ।

दोस्रो, विश्वव्यापीकरणले यसअघि रहेको तनावलाई बढावा दिएको छ। यसले विभिन्न देशमा असमानतालाई गहिरो बनाएको छ। यी देशमा राजनीतिक सम्पर्कका आधारमा अनुचित फाइदा लिने प्रचलन बढेको देखिएको छ। यसले परापूर्वकालदेखि चल्दै आएका प्रचलन र सामाजिक मान्यतासमेत भत्काएको छ।  

तेस्रो, आफ्ना स्वार्थ पूरा गर्न राजनीतिक नेताहरू राष्ट्रियतालाई दुरूपयोग गर्न निर्लज्जतवरले सिपालु बनेका छन्। उदाहरणका लागि चिनिया राष्ट्रपति सि जिन पिङका अधिनायकवादी शासनअन्तर्गत राष्ट्रियताको भावना बढाउन विद्यालयका पाठ्यक्रमको प्रयोग गरिएको छ भने प्रोपोगान्डा अभियान अगाडि बढाइएको छ।  

यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कारण हिन्दुत्वको नाममा विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक देशमा बहुमतीय अनुदारवादले प्रश्रय पाएको छ। उता, टर्कीका राष्ट्रपति रेसेप टायिप इर्दाेगानले सन् २०१० को सुरुमा कुर्दहरूसँग शान्ति प्रक्रिया अगाडि बढाए तापनि राष्ट्रवादका नाममा स्वतन्त्र सञ्चार माध्यम, प्रतिपक्ष नेता र असन्तुष्टहरूलाई कारबाही गर्दै आएका छन्।

रुसी राष्ट्रवाद युक्रेनका लागि सुखद समाचार होइन किनभने यसले पुटिनको सत्तालाई झन सुरक्षित पारेको छ। प्रतिबन्ध लगाए पनि नलगाए पनि उनी सत्ताच्युत हुने संभावना कम छ।  

हालको राष्ट्रवाद शीतयुद्धपछिको विश्वव्यापीकरण परियोजनाअन्तर्गत आफैँलाई सुदृढ पार्ने प्रतिक्रिया पनि थियो। सन् २००० मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले स्वतन्त्र व्यापारलाई महत्वपूर्ण सहयोगी बताएका थिए भने रोनाल्ड रेगनले यसलाई स्वतन्त्रताका लागि अग्रगामी रणनीति भनेका थिए। रेगनले भनेका थिए– चीनसँग स्वतन्त्रतवरले व्यापार गरौँ, समय हाम्रो पक्षमा हुनेछ।

विश्व व्यापार र सञ्चारले सांस्कृतिक तथा संस्थागत सम्मिलन हुने अपेक्षा थियो। यसैगरी अमेरिकी र युरोपियन बजार तथा वित्त आफूले गुमाउन सक्ने डरमा विकासोन्मुख देशका लागि व्यापारको विषय महत्वपूर्ण बन्न गयो भने पश्चिमा कूटनीति झन बलियो हुन पुग्यो।  

तर सबै अपेक्षा पूरा भएनन्। विकासोन्मुख देशलाई विश्वव्यापीकरणले ठूलो फाइदा दिने र यसले उनीहरूको अर्थतन्त्र र औद्योगिक निर्यात बढाउने र ज्याला घटाउने अपेक्षा थियो। तेल र ग्यासका धनी राष्ट्रलाई यसले झन बढी फाइदा दिने आशा गरिएको थियो। तर यही क्रममा राष्ट्रवादी नेताहरूको पनि उदय भएको छ।  

संसाधनको जोहो गर्न सफल रहेका विकासोन्मुख देशले प्रोपोगान्डा चलाउन र गठबन्धन निर्माण गर्ने क्षमता बढाएका छन्। तर त्यो भन्दा पनि बढी महत्वपूर्ण ्वैचारिक आयामको पक्ष रहेको छ। पश्चिमी देशको कूटनीतिले मानव अधिकारको सुरक्षा, प्रेस स्वतन्त्रता तथा कतिपय देशमा प्रजातन्त्र स्थापनाका लागि प्रयास गरे पनि यसलाई हस्तक्षेपका रूपमा हेरियो। टर्कीको उदाहरण हेरौँ। युरोपियन युनियनमा आबद्ध हुँदा मानव अधिकारको रेकर्ड र प्रजातान्त्रिक संस्थाहरूको विकास हुने अपेक्षा गरिएकामा तत्कालका लागि त्यस्तो देखिएको छ। तर युरोपियन युनियनका प्रतिनिधिहरूको माग बढ्दै जाँदा राष्ट्रवादको मुकुण्डोलाई टर्कीले महत्ता दिएको छ। युरोपियन युनियनमा प्रवेश गर्ने प्रक्रिया अवरुद्ध भएको छ भने टर्कीमा प्रजातन्त्र कमजोर हुँदै गएको छ।  

युक्रेन आक्रमणपश्चात रुसमा विकास भएको राष्ट्रवादका लागि पनि माथि चर्चा गरिएका ३ कारण सान्दर्भिक देखिन्छन्। रुसको राजनीति तथा सुरक्षा क्षेत्रसँग सभ्रान्त वर्ग बर्लिन पर्खाल भत्केपछि पश्चिमा देशले रुसलाई अपमानित गरेको ठान्छ। विश्व अर्थतन्त्रमा एकीकरण भएपछि रुसका सर्वसाधारणले थोरै मात्र फाइदा पाएका छन् भने राजनीतिक सम्र्पक भएका, बेइमान तथा आपराधिक पृष्ठभूमि भएका खास वर्गले अकल्पनीय फाइदा लिएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एकातिर ग्राहकवादको बृहत् प्रणालीबाट फाइदा लिएका छन् भने अर्काेतिर राष्ट्रियताको भावनालाई कुशलतापूर्वक विकास तथा प्रयोग गरिरहेका छन्।  

रुसी राष्ट्रवाद युक्रेनका लागि सुखद समाचार होइन किनभने यसले पुटिनको सत्तालाई झन सुरक्षित पारेको छ। प्रतिबन्ध लगाए पनि नलगाए पनि उनी सत्ताच्युत हुने संभावना कम छ। आफ्ना स्वार्थ परिपूर्ति गर्ने सहयोगी र राष्ट्रियताको भावनाबाट ओतप्रोत भएका जमातबाट पुटिन सुरक्षित छन्। रुसलाई अलगथलग पार्ने प्रयासले पुटिनलाई झन सुदृढ पार्ने देखिएको छ। युद्धले पुटिनको सत्तालाई कमजोर पारेन भने अर्थतन्त्र नकारात्मक रहे पनि उनको सत्ता अनन्तकालसम्म जानेछ।  

यसरी राष्ट्रवादको पुनर्उत्थान युगले केही सिकाइ दिएको छ। हामीले आर्थिक विश्वव्यापीकरणको प्रक्रियालाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पुनर्विचार गर्न आवश्यक देखिएको छ। खुला व्यापारले विकासोन्मुख र विकसित अर्थतन्त्रलाई फाइदा पुग्नेमा कुनै शंका छैन तर यसले असमानता बढाएको छ, पश्चिमा उपभोक्तालाई उपभोग्य वस्तुको मूल्य घटाएको छ भने रुस र चीनका खास वर्गलाई फाइदा पुर्‍याएको छ।  

यो सन्दर्भमा वैकल्पिक अवधारणालाई आत्मसात गर्न आवश्यक देखिन्छ। सबैभन्दा महत्वपूर्ण पक्ष भनेको थोरै ज्याला र कमजोर श्रम व्यवस्थाबाट फाइदा लिने मल्टिनेसनल कर्पाेरेसनलाई मात्र फाइदा पुग्ने विद्यमान व्यवस्था परिवर्तन गर्न जरुरी छ। व्यापार सम्बन्धको आधार सस्तो र अनुदान प्राप्त खनिज इन्धनको मूल्य बन्नुहुँदैन।  

यसैगरी, पश्चिमा राष्ट्रले व्यापारको नातामा आफ्ना व्यापारिक साझेदारलाई राजनीतिक हस्तक्षेप गर्न मिल्दैन। यसैगरी भ्रष्ट र अधिनायकवादी सत्ताले आफ्नै राजनीतिलाई प्रभाव पार्न नसक्ने सुनिश्चतता पश्चिमा राष्ट्रले गर्नुपर्छ। सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने पश्चिमा नेताले आफ्ना विगतका गल्ती र दुर्रव्यवहारलाई स्वीकार गर्दा विश्वासको वातावरण बन्न सक्छ।  

त्यसैले पश्चिमा राष्ट्रको अन्य राष्ट्रमा सीमित भूमिकाको अर्थ मानव अधिकार हननको विषयलाई कम आकलन गरिएको मान्न हुँदैन। बरु, पश्चिमा सरकारले नयाँ रणनीतिका साथ अगाडि बढ्नुपर्छ। यसका लागि एमनेस्टी इन्टरनेसनल अथवा ट्रान्सपरेन्सी इन्टरनेसनल जस्ता संस्थामार्फत नागरिक समाजका गतिविधिलाई थप प्रोत्साहन दिनुपर्छ। राष्ट्रवादमा आधारित निरंकुशतालाई रोक्न निर्दिष्ट उपाय नहोलान् तर यसलाई रोक्ने राम्रा विकल्प छन्।  

(लेखक एसमोग्लु एमआइटीका अर्थशास्त्र विषयका प्राध्यापक हुन। प्रोजेक्ट सिन्डिकेटबाट)

लोकप्रिय
अर्को समाचार
सुत्केरीको मृत्यु शोक न सुर्ता
०३ असार २०७९
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
सुत्केरीको मृत्यु शोक न सुर्ता

‘तीन वर्षयता ७ सय ८९ जना सुत्केरीको मृत्यु, ५ करोड छुट्टयाइएको पैसा पनि पूर्णरूपमा परिचालन हुन नसकेको’ भन्ने थाहा पाएर मलाई मनमा लाग्यो, ‘सुत्केरीको मृत्युको यो सङ्ख्याले नेपालको स्वास्थ्य मन्त्रालय अनि सांसदहरूमा आगो बाल्नुपर्ने थियो तर बलेन किनभने यीमध्ये कोही पनि धनी परिवारका, काठमाडौंका र धेरै पढेका घरका महिलाहरू थिएनन्। मृत्यु हुनेमा कति दलित, कति सीमान्तकृत, कति कर्णाली र सुदुर पश्चिमका महिला थिए भन्ने तथ्याङ्क स्पष्ट बाहिर आयो भने थाहा हुने छ कि नेपालमा सीमान्तकृतहरूको जीवनको महत्व कति न्यून छ। तर यसको लेखाजोखा सरकारले राख्ने नै छैन।  

काठमाडौं, विराटनगरमा ३ वर्षमा ७ सय ८९ जना सुत्केरीको मृत्यु भएको भए के संसद्, मन्त्री स्वास्थ्य मन्त्रालय चुपचाप हेरिरहन्थे? यति धेरै सुत्केरीको मृत्यु हुँदा स्वास्थ्य मन्त्रालय र सांसदका लागि यो एक सिर्फ सङ्ख्या भएको छ। जसको मृत्यु हुन्छ, उसको परिवारका लागि त पहाड नै खस्छ। तर जनताको जीवनमा पहाड खस्नु–नखस्नुसँग नेताको वास्ता नै हुँदैन।  

यो मृत्यु भएकाहरूको अवस्था हेर्दा कि उमेर नपुग्दै गर्भवती भएका, कि धेरै सन्तान जन्माएका कि सुत्केरी हुँदा रगत धेरै बगेका र कुपोषित भएका महिलाहरू छन्। साथै धामीहरूलाई देवता मानेर सुत्केरीलाई समस्या परेपछि पनि मन्त्र गरेर नै निको पार्ने अन्धविश्वासले गर्दा पनि सुत्केरीको ज्यान गएको छ। स्वास्थ्य चौकी र सामुदायिक अस्पतालमा प्रसवको अवस्थामा रगत आवश्यक पर्दा केही गर्न सक्दैनन् भन्ने सरकारलाई पनि थाहा हुन्छ तर स्वास्थ्य संस्थामा गएर सुत्केरी गराऔँ भनेर भाषण र आमसञ्चारमा स्वास्थ्य मन्त्रालय बोलिरहँदा आमाको मृत्यु हुने सामाजिक कारणहरू चाहिँ सरकारले खोज्दैन।

किन दलितहरूको, किन कर्णाली र सुदूरपश्चिमका मान्छेको, किन गरिब आमाहरूको मृत्यु दर बढी छ? किन अझै पनि आमाहरूले ६, ७, ८ वटा बच्चा जन्माएका छन् भन्ने प्रश्न सिंहदरबारले कहिलै गर्दैन।  

गरिब, दलित, कुपोषित, रक्तल्पता भएका महिलाले बच्चा जन्माउँदा, उनीहरू स्वतः मृत्युको मुखमा जाने सम्भावना धेरै हुन्छ भने तथ्याङ्क बोल्छ तर यसका लागि ठूला संस्था र स्वास्थ्य चौकीहरूमा सुत्केरी गराउन जाऔं मात्र भन्ने कि यस्तो अवस्थामा आउने सामाजिक कारण पनि खोज्ने?

‘रूखको जरा नै खराब छ भने रूखको स्वास्थ्य कसरी राम्रो हुन्छ’ भन्ने कुरा किन नेता र स्वास्थ्य मन्त्रालयका कर्मचारीले विचार नगरेका?

‘हेर, मैले सरकारको भनाइअनुसार तिमीलाई आइरन चक्की, क्याल्सियम चक्की त लेख्नै पर्छ तर तिमीले स्वास्थ्यवर्द्धक खाना खायौ भने यस्ता चक्कीहरू नखाए पनि हुन्छ।’  

कर्णालीको निर्देशनालयले कुन उमेरका सुत्केरीको मृत्यु भएको छ भन्ने सूक्ष्म तथ्याङ्कहरू हेरेन रे भन्ने मैले खबर पाएर फेरि दुःख लाग्यो। कति सुत्केरीको मृत्यु भयो भने तथ्याङ्क छ तर उमेरको छैन भन्नु त लाजमर्दाे कुरा हुनुपर्ने हो। किनभने साना उमेरका सुत्केरी युवतीहरूको मृत्यु हुने ठाउँमा यस्तो मृत्यु हुने कारणको बारेमा स्थानीय स्तर, वडावडामा छलफल गरेर सामाजिक कारण निराकरण गर्न कदम चाल्नुपर्ने हो। तर, जब तथ्याङ्क स्पष्ट छैन, कति वर्षका आमाहरूको मृत्यु भयो भन्ने स्पष्ट छैन भने केको आधारमा कार्यक्रम बनाइन्छ? अनि जे विचार आयो, त्यसैको भरमा कार्यक्रम बनाउँदा कसरी आमा सुरक्षा कार्यक्रम सफल हुन्छ?

अझ स्वास्थ्य मन्त्रालय त केवल औषधी गर्ने अस्पतालमा ल्याउने, सुत्केरीको शल्यक्रिया गर्ने काममा मात्र बढी ध्यान दिन्छ।

गर्भवतीलाई रक्तअल्पता नहोस् भनेर केवल लौह तह भएका चक्की बाड्ने काम गर्छ। तर रक्तअल्पता नहोस् भनेर के स्थानीय खाना खाने भनेर सिकाउँदैन। त्यसमाथि पनि कोरोनाको बेलामा त त्यही लौह तत्वका चक्की पनि कति ठाउँमा पुगेनन्।  

केही दिनअघि काठमाडौंको एक मेडिकल कलेजका स्त्रीरोग विज्ञले ३२ वर्षीय गर्भवती महिलालाई भन्दै थिए, ‘हेर, मैले सरकारको भनाइअनुसार तिमीलाई आइरन चक्की, क्याल्सियम चक्की त लेख्नै पर्छ तर तिमीले स्वास्थ्यवद्र्धक खाना खायौ भने यस्ता चक्कीहरू नखाए पनि हुन्छ।’  

यसरी चक्कीको सट्टामा स्वस्थ्य खानेकुरा खाए पुग्छ भन्ने डाक्टर र स्वास्थ्यकर्मी थोरै मात्र हुन्छन् होला।

‘कोदो, फापर, जौ खाने सल्लाह दिँदा त यहाँका मानिसहरूले हेप्छन्। औषधी नदिने के स्वास्थ्यकर्मी भन्छन्,’ एक नर्सले मलाई अछाममा भनेकी थिइन्।

गर्भवतीलाई स्वास्थ्यकर, स्थानीय र अनेक सूक्ष्म पोषण तत्वले भरिपूर्ण भोजन गरे चक्कीहरू चाहिँदैन भन्ने कुरा ती ३२ वर्षीय युवतीलाई स्त्री रोग विज्ञबाट त थाहा भयो तर दलित, जनजाति, कर्णालीका महिलाहरूले न स्वथ्यकर भोजन खान पाउँछन्, न उनीहरूले कोदो, फापर खाने सल्लाह नै पाउँछन्।  

सुत्केरीको भाग्य त धामीको भरोसामा हुन्छ भन्ने चलन नै छ। ‘तराइमा गोरु नहुनु, पहाडमा महिला नहुनु’ भन्ने उखान पनि प्रचलित छ। अर्थात् महिलालाई गोरुजस्तै जोताएर दुःख दिने चलन छ।  

पहाडतिर त्यो अहिले पनि कायम नै छ। छोरा पाउनका लागि छोरी छोरी पाएर पाठेघर फुटेकी अछामकी सिरु विष्टको दुःखद् कथा स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूको कानसम्म पुग्दैन। छोरा नभई पिण्ड दिने कोही हुँदैन। त्यसैले महिलाहरूले ज्यान जोखिममा हालेर भए पनि छोरा पाउनु पर्छ भन्ने विचार धर्मगुरुहरूले दिन्छन् अनि समाज अनि धर्मको भनाइ सुनेर कर्णालीका महिलाहरू धेरै बच्चा पाएर ज्यान जोखिममा पार्न तयार हुन्छन्।  

महिलाहरू आफै नै आफ्ना लागि बाँच्नु पर्छ। आफ्नो अधिकार लिनुपर्छ भन्ने भाषण पनि काठमाडौंमा सुनिन्छ। तर मुख बाँधिएका, हातखुट्टा जेलिएका महिलालाई छोरा नपाए घरबाट निकालिदिन्छु भन्ने वचन सुनाइरहेपछि कुन दलित, गरिब महिलाले आफ्ना लागि बोल्न सक्छिन्? यसरी बोल्न नसक्दा विवश भएर बच्चा जन्माउँदा नेपालमा यति धेरै आमा मरेका छन्।  

कन्यादान गरेर मारे पाप, पाले पुण्य भन्दै छोरी विवाह गर्ने र छोरीले जस्तो दुःख पाए पनि घरमा सासुससुरा रिझाएर बस्नुपर्छ, त्यही घरबाट छोरीको लाश निस्कनुपर्छ भन्ने सामाजिक मान्यता भएको समुदायमा कसरी गर्भवती र सुत्केरीहरूले मेरो स्वास्थ्य खराब हुन्छ, म बच्चा धेरै पाउँन सक्दिनँ भन्ने विचार गर्लान्।  

ठुला राजनीतिक दलका नेता, दलित र जनजातिको भलो गर्छौं भन्ने नेता, महिलाका लागि काम गर्छौं भन्ने नेताले पनि यो ७ सय ८९ जना आमाको मृत्यु भएकोबारे एक शब्द खर्च गर्न चाहेनन्। यो त चारवटा ठूला जहाज दुर्घटना हुँदा मर्ने मानिसको सङ्ख्या हो।  

हरेक वडामा वा गाउँमा अस्पताल बनाउँछु भन्नेहरूले यस्तो तथ्याङ्कलाई वास्ता गरेनन्, गर्ने पनि छैनन्। त्यसैले दलित र गरिब महिलाहरूको सुत्केरी अवस्थामा वर्षमा झन्डै १३०–१४० सुत्केरी हुदाँ मर्ने महिलाहरूको सङ्ख्यामा कमी आउने सम्भावना भविष्यमा छैन। आमा बन्ने महिलाहरू कहिलेसम्म मरिरहने?

तीन वर्षमा यति सुत्केरीहरू मरे त के ठूलो कुरा भयो भन्ने स्वास्थ्य मन्त्रालयलाई कुनै विदेशी पत्रकारले सोधे के भन्लान्? मौन रहलान्? उत्तर देलान्?

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
पाको उमेरमा जवान ऊर्जा
पाको उमेरमा जवान ऊर्जा ०८ चैत्र २०७८ ७ मिनेट पाठ
जित्ने/जिताउने पालो महिलाको १८ पौष २०७८ ६ मिनेट पाठ
पाल्पालीलाई एयरपोर्ट चाहियो ०४ पौष २०७८ ६ मिनेट पाठ
खोप संङ्कीर्णताले खति
खोप संङ्कीर्णताले खति २० पौष २०७८ ७ मिनेट पाठ
रेलमा झेल ११ पौष २०७८ ९ मिनेट पाठ
सुयोग्य न्यायाधीशको सन्दर्भ १० असोज २०७८ ९ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस