अफगानिस्तानको दक्षिण भागमा पर्ने जाबुल प्रान्तमा सोमबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा ३० व्यक्ति घाइते भएका छन्। एक कार र ट्रक एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको जनाइएको छ। काबुल र कान्दाहार राजमार्गमा एक विवाह समारोहमा गईरहेको एक ट्रक माज्दा कारसँग ठोक्किँएको खामा प्रेसले जनाएको छ।
दुर्घटनामा परी घाइते हुनेहरुमा महिला र बालबालिका रहेका र उनीहरुलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको छ। ती मध्ये केहीको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ।
दुर्घटनाको कारण हाल पुष्टि भएको छैन्। तर चालकको लापरवाह र तीव्र गतिमा सवारी साधान चलाउने नै अफगानिस्तानमा प्रायः दुर्घटनाहरुको कारण बनेको छ।
अफगानिस्तानका करिब ८० प्रतिशत नागरिक खानेपानीको पहुँचभन्दा टाँढा रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले शुक्रवार सार्वजनिक गरेको उक्त प्रतिवेदनले अफगानिस्तानका करिब ७९ प्रतिशत जनसङ्ख्यामा पिउने पानीको पहुँच नभएको देखाएको छ।
प्रतिवेदनमा गम्भीर खडेरीको अवस्था, आर्थिक अस्थिरता र लामो समयदेखिको द्वन्द्वको विनाशकारी प्रभावका कारण अफगानिस्तानको पानीको पूर्वाधारमा उल्लेखनीय कमी आएको उल्लेख गरिएको छ।
यस सङ्कटले महिला प्रधान परिवारहरूलाई असमान रूपमा प्रभावित गरेको पनि प्रतिवेदनमा उल्लेख छ।
भूपरिवेष्ठित अफगानिस्तान खडेरीको चपेटामा परेको छ। अफगानिस्तानको कामचलाउ सरकारले भूमिगत पानीको सुधार र भण्डारणका लागि देशभर साना बाँध, पानी आपूर्ति सञ्जाल र पानीका नहरहरू निर्माण गरिरहेको छ। रासस
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।