अफगानिस्तानको राजधानी काबुलको एक शैक्षिक केन्द्रमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्।
प्रहरीका अनुसार शहरको पश्चिमी भागमा रहेको काज एजुकेशन सेन्टरमा विष्फोट भएको हो। विद्यार्थी परीक्षा दिइरहेका बेला विष्फोट भएको केन्द्रका कर्मचारीले बताएका छन्। यस क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिस हजारा समुदायका छन्।
विगतमा पनि हजारा समुदायलाई लक्षित गरी आक्रमण भएका छन्। अहिलेसम्म कुनै पनि संगठनले विष्फोटको जिम्मेवारी लिएको छैन। तालिवानले आक्रमणको निन्दा गरेको छ तालिवानको आन्तरिक मन्त्रालयले आक्रमणको निन्दा गर्दै सुरक्षा बल घटनास्थलमा पुगेको बताएको छ। अब्दुल नाफी टकोरले नागरिकमाथि आक्रमणले 'शत्रुको अमानवीय क्रूरता र नैतिक मूल्यमान्यताको कमी' प्रमाणित गरेको बताए।
तालिबान गत वर्ष अगस्टमा अफगानिस्तानमा सत्तामा फर्कियो र उनीहरूले देशको अवस्थालाई स्थिर बनाउन प्रयास गरिरहेको बताएका छन्। तर, देशमा तालिवानको विपक्षी इस्लामिक स्टेटले आक्रमण जारी राखेको छ।
अफगानिस्तानका करिब ८० प्रतिशत नागरिक खानेपानीको पहुँचभन्दा टाँढा रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले शुक्रवार सार्वजनिक गरेको उक्त प्रतिवेदनले अफगानिस्तानका करिब ७९ प्रतिशत जनसङ्ख्यामा पिउने पानीको पहुँच नभएको देखाएको छ।
प्रतिवेदनमा गम्भीर खडेरीको अवस्था, आर्थिक अस्थिरता र लामो समयदेखिको द्वन्द्वको विनाशकारी प्रभावका कारण अफगानिस्तानको पानीको पूर्वाधारमा उल्लेखनीय कमी आएको उल्लेख गरिएको छ।
यस सङ्कटले महिला प्रधान परिवारहरूलाई असमान रूपमा प्रभावित गरेको पनि प्रतिवेदनमा उल्लेख छ।
भूपरिवेष्ठित अफगानिस्तान खडेरीको चपेटामा परेको छ। अफगानिस्तानको कामचलाउ सरकारले भूमिगत पानीको सुधार र भण्डारणका लागि देशभर साना बाँध, पानी आपूर्ति सञ्जाल र पानीका नहरहरू निर्माण गरिरहेको छ। रासस
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।