खोप लिए पनि कोरोना संक्रमण हुन्छ। तर उनीहरूमा कोरोनाको लक्षण कम देखिने र कम सताउने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
विश्व स्वास्थ्य संगठनले पहिला नै निर्देशन गरेको यो विषय नेपालमा अहिलेका संक्रमितहरूमा समेत प्रमाणित भएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताए। ‘कोरोना पुष्टि भए पनि खोप लिएकाहरूमा जटिल समस्या देखिएको छैन’, उनले भने। पछिल्लो पटक कोरोना संक्रमण फैलिएपछि अस्पतालमा आएका बिरामीको अवस्था हेर्दा खोप लिएकामा सामान्य समस्या देखिएको पाइएको उनले बताए।
डा.अधिकारीका अनुसार खोप लिएकाहरूमा भन्दा नलिएकाहरूमा कोरोना संक्रमणले १० गुणा बढी जटिल समस्या बनाउँछ भने मृत्युको जोखिम १७ प्रतिशत हुन्छ। अहिले नेपालमा दुवै खाले भेरिएन्टको संक्रमण देखिए पनि खोप लिएका कारण अस्पताल भर्नादर कम भएको हुन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा.शेरबहादुर पुनले बताए। उनले भने, ‘डेल्टाको संक्रमण पनि छ तर खोप लिएको जनसंख्या बढेको र जोखिममा रहेको समूहले खोप लिइसकेको हुनाले जटिल समस्या देखिने बिरामी कम छन्।’
सरकारले कोभिड १९ विरुद्धको खोप अभियान तीव्र बनाउन सकेमा कोरोनाको असर कमभन्दा कम मात्रामा पर्ने चिकित्सकहरूले बताएका छन्। ‘कति खोप कभरेज गर्न सकिन्छ, त्यही अनुसार असर कति पर्छ भन्ने कुरा निर्धारण हुन्छ ’ पुनले भने।
एकै दिन ५५ सय संक्रमित भेटिए
गत २४ घण्टामा नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५ हजार ५ हजार ८७ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो संख्या १५ सय ३४ ले बढी हो। यो हिसाबले शुक्रबार संक्रमणदर २४.७ प्रतिशत पुगेको छ । गत २४ घण्टामा २० हजार ५ सय ६० नमुना परीक्षण भएका थिए।
नयाँ संक्रमितमध्ये सबैभन्दा बढी
काठमाडौं उपत्यकाका छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा १ हजार ९ सय १३, ललितपुरमा ३ सय ७७ र भक्तपुरमा ३ सय १७ जना संक्रमित भएका छन् । त्यसैगरी मोरङमा २ सय ४०, कास्कीमा १ सय ७५ र चितवनमा १ सय १ जनामा संक्रमण पुष्टि भएको छ।
थप संक्रमितसहित नेपालमा संक्रमितको संख्या ९ लाख ४५ हजार ६ सय ९ पुगेको छ। हाल देशभरिमा १८ हजार २ सय ३५ जना सक्रिय संक्रमित छन्। तीमध्ये १७ हजार २ सय ९१ जना होम आइसोलेसन, ९ सय ४४ जना संस्थागत आइसोलेसनमा छन्। १ सय ११ जनाको आइसियु र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गइरहेको छ। संक्रमणदर बढेसंगै मृत्यु हुनेको संख्या पनि बढेको देखिन्छ। मंगलबार मात्र कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरिरहेको छ। मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारी बिरामी हुने जोखिम कम गर्न, कोभिड–१९ लागेमा गम्भीर रूपमा बिरामी हुनबाट बच्न र परिवार, साथी र समुदायलाई सुरक्षित राख्न खोप लगाउनुपर्ने बताउँछन्।
कोरोनाविरुद्धको खोप लगाउने कुरा समुदायमा संक्रमण कतिको फैलिएको छ, समुदायमा प्रतिरोधात्मक क्षमता कमजोर भएर मानिसहरु अस्पताल भर्ना हुने दर बढ्दै जादा बूस्टर डोज लगाउनुपर्ने अधिकारीले बताए।
सामान्य अवस्थामा कोरोनाविरुद्धको खोप ३ वटा डोज मात्र लगाए पुग्ने उनको भनाइ छ। कोरोनाको अलि बढी जोखिममा भएका फ्रन्टलाइनरहरु, स्वास्थ्यकर्मी, ५५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक र दिर्घरोगीहरुलाई कोरोनाविरुद्धको खोपको अतिरिक्त डोज दिएको उनले बताए।
तर नेपालमा कोरोना संक्रमण कम हुँदा खोप लगाउन नजाने र संक्रमण बढेपछि खोप लगाउन जाने परिपाटीले खोपको व्यवस्थापन गर्न गाह्रो भएको अधिकारी बताउँछन्।
उनी भन्छन्,‘हाम्रोमा कोरोना संक्रमण कम हुँदा खोप लगाउन कोही जानु हुँदैन्। संक्रमण बढेपछि खोप लगाउन जाने संख्या पनि बढ्छ। त्यसैले खोप व्यवस्थापन गर्नै गाह्रो भइरहेको छ। खोपले हामीलाई थप सुरक्षित गर्न र जटिल अवस्था भएर अस्पताल भर्ना हुन नपरोस भनी खोप लगाउने हो।’
अहिलेसम्म आएका कोरोनाको भेरियन्टहरुका लागि यस अघि लगाएको ३ डोज खोपले पुग्ने उनको बुझाइ छ। अहिले दिइरहेको अतिरिक्त डोज भने बढी जोखिम भएकालाई दिइरहेको अधिकारीले बताए।
सरकारले पछिल्लो समय बुस्टर डोजमा फाइजर खोप लगाइरहेको छ। कोरोनाविरुद्धको अन्य खोप लगाएकाहरुले बुस्टर डोजमा फाइजर खोप लगाउन मिल्ने डा.अधिकारीले बताए।
नेपालमा अहिलेसम्म कोरोनाविरुद्धको खोपहरुमा कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, फाइजर लगाइएको छ। उनले यी खोपहरु लगाएकाहरुलाई पनि बुस्टर डोजमा फाइजर लगाउन मिल्ने बताए।
‘पछिल्लो समय हामीले लगाएको कोरोना विरुद्धको बुस्टर डोज खोप ओमिक्रोन भेरिएन्टलाई लक्षित गरेर लगाइएको हो। नभए पहिलाको नै २ डोज खोपले पुग्ने थियो। अहिले अतिरिक्त डोज दिनै पर्ने व्यक्तिहरुलाई दिएका हौं’, अधिकारीले भने।
पछिल्लो समय सरकारले कोरोनाविरुद्धको खोप स्थानीय तहरुको माग अनुसार पठाइरहेको छ भने स्थानीय तहहरुको व्यवस्थापनमा खोप लगाइरहेको छ।
काठमाडौं उपत्यकामा भने यस अघि खोप लागाइएका ठूला अस्पताल र काठमाडौं महानगरका केही वडाहरुको स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउन पाइन्छ। खोप लगाउन जाँदा यस अघि खोप लगाएको कार्ड लिएर जार्नुपर्ने छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।