संग्रह
सचिव फेरिरहने मन्त्रालय
स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवाको सचिव राखेर प्रशासन सेवाको सचिव राख्न सुरु गरेपछि तीनदेखि पाँच महिनाको बीचमा सचिव परिर्वतन भइरहेको छ । नेपाल चिकित्स संघलगायत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित निकायले स्वास्थ्य सेवाकै सचिव राख्न निरन्तर माग गरिरहे पनि सरकारले प्रमुख विशेषज्ञबाट सचिव बनाउन चाहेको छैन ।
भारतमा कोराेनाबाट मृत्यु भएकामध्ये ५० प्रतिशत ६० वर्षमाथिका व्यक्ति : स्वास्थ्य मन्त्रालय
भारतमा कोभिड–१९ संक्रमणपछि मृत्यु भएका ५० प्रतिशतभन्दा धेरै व्यक्ति ६० वर्ष र सोभन्दा माथि उमेर समूहका रहेको पाइएको छ ।
सबै स्थानीय तहमा ५ शय्याको अस्पताल
स्वास्थ्य मन्त्रालयले सबै स्थानीय तहमा ५ शय्याको अस्पताल तुरुन्तै सञ्चालन ल्याउने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज मन्त्रीस्तरीय निर्णय गर्दै सबै स्थानीय तहका स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीहरूमा ५ शय्याको अस्पताल तुरुन्तै सञ्चालनमा ल्याउने निर्णय गरेका हुन् ।
कोरोना भाइरसः स्वास्थ्य मन्त्रालयद्वारा देशभरका प्रजिअलाई ठूला भेला रोक्न आग्रह
कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै स्वास्थ्य र जनसंख्या मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरू (सीडीओ) लाई सबै प्रकारका जनसभालाई प्रतिबन्धित गर्न आग्रह गरेको छ।
संक्रमणको चक्रलाई रोक्न नसके केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाँउसम्म हुने छैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढ्दो संक्रमण रोकथामका लागि सबैसँग आग्रह गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संक्रमण रोकथामका लागि सबैले भूमिका खेल्न मन्त्रालयले आग्रह गरेको हो ।
अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो।
कोरोना रोकथाममा स्थानीय सरकार : न क्वारेन्टिन, न आइसाेलेसन
बितेको एक महिनाको अवधिमा नेपाल भारत सीमा क्षेत्र कोयलाबासबाट ७ सय जना नागरिक नेपाल भित्रिए । स्वास्थ्य कार्यालयका अनुसार उनिहरु सबै भारतमा रोजगारीका लागि गएका नेपाली नागरिक हुन् । सरकारले निर्धारण गरेको मापदण्ड अनुसार नाकामा स्थापना भएको हेल्पडेस्कमा उनिहरु सबैको कोरोना एन्टिजेन परीक्षण भयो । यो परीक्षण बिधिले ७ सय मध्य एकजनामा मात्रै कोरोना संक्रमण देखायो ।
सरकारले लत्तो छोड्नु गैह्रजिम्मेवारपूर्ण : विवेकशील साझा
स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिप्रति विवेकशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको छ। विवेकशील साझाले सरकार आफ्नो दायित्वबाट पन्छिन नहुने जनाउँदै मन्त्रालयको उक्त अभिव्यक्ति गैरजिम्मेवारपूर्ण समेत भएको जनाएको छ।
निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन
निजी अस्पतालहरुले अक्सिजन अभावका कारण कोरोना संक्रमितको उपचार गर्न असमर्थता जनाइरहेको बेला स्वास्थ्य मन्त्रालयले तिनीहरुलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न अनुरोधसहितको निर्देशन दिएको हो।
स्वास्थ्य मन्त्रालयले भन्योः बिरामीलाई नै अक्सिजन लिएर आउनू भन्ने अस्पताललाई कारबाही गर्छौं
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारबाही गर्ने भएको छ। मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई नै लिएर आउनू भन्नै नहुनेमा कहीँकतै यस्तो गर्ने गरिएको भए नगर्न/नगराउन अनुरोध गरेको छ।