संग्रह
स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेललाई दिइएको छ।
कोरोना संक्रमणको जोखिम घटेको छैन: स्वास्थ्य मन्त्रालय
नियमित जीवन संचालको लागि निषेधाज्ञा खुकुलो पारेपनि हामी अहिले पनि जोखिममै रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले बताए। ‘ जोखिम घटेको छैन, हरेक व्यक्ति सजक हुँदै काम गर्नु होला’ प्रवक्ता पौडेलले भने। एक साता अघि औसत १८ देखि २० प्रतिशतमा रहेको संक्रमण बुधवार बढेर २६.३ प्रतिशत पुगेको हो।
वीपीमा आन्दोलनरत पक्षसँग वार्ता गर्न मन्त्रालयको टोली आउने
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समितिसँग वार्ता गर्न काठमाडौंबाट स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसहितको एक टोली धरान आउने भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसँग वार्ता गर्न वीपीका आन्दोलनरत पक्षद्वारा अस्वीकार
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समितिले स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरुको रोहबरमा पदाधिकारीहरुसँग वार्ता गर्न अस्वीकार गरेको छ।
आठ लाख खोपको मात्रा यहि साता नेपाल आइपुग्ने
जापानमै उत्पादित कोभिड–१९ विरुद्धको सो खोपको पहिलो खेप शनिबार काठमाडौं आइपुग्ने काठमाडौँस्थित जापानी राजदूतावासले जनाएको छ। दोस्रो खेप आइतबार आइपुग्ने समेत बताइएको छ।
नेपालमा संक्रमणको तेस्रो लहर सुरु
जनस्वास्थ्य विज्ञहरूले नेपालमा संक्रमणको तेस्रो लहर सुरु भएको बताएका छन्। दैनिक संक्रमणदर बढ्दै गएको र यो थप बढ्ने क्रममा रहेकाले तेस्रो लहर सुरु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। ‘संक्रमण बढ्ने क्रममा देखिनु भनेको तेस्रो लहरको सुरुवात हो’, उनले भने।
म्याद सकिएको खोप प्रयोग गरिएको छैन, अफवाहको पछि नलागौंः स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याद सकिएका कोरोना भाइरसविरुद्धको खोप नलगाएको स्पष्ट पारेको छ।
बीपी प्रतिष्ठानलाई आर्थिक कारोबार बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई अनिवार्यबाहेकका आर्थिक कारोबार बन्द गर्न निर्देशन दिएको छ।
स्वस्थ रहन परम्परागत ज्ञान
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सन् १९९६ मा २ प्रतिशत नेपाली मोटा थिए। तर २०१६ मा यो २२ प्रतिशत भएछ। त्यसमा पनि महिला बढी मोटा छन्। मोटोपन भएपछि उच्च रक्तचाप, मधुमेह, घुँडा दुख्ने, कलेजोमा बोसो जम्मा हुने जस्ता समस्या हुन सक्छन्। डाक्टरले औषधि दिए पनि दुःख त आफैँलाई हुन्छ नि। युवावस्थामा मधुमेह छ भने मिर्गौला र आँखामा समस्या पर्न सक्छ।
खोप लगाएकामा कोरोनाको असर कम
सरकारले कोभिड १९ विरुद्धको खोप अभियान तीव्र बनाउन सकेमा कोरोनाको असर कमभन्दा कम मात्रामा पर्ने चिकित्सकहरूले बताएका छन्। ‘कति खोप कभरेज गर्न सकिन्छ, त्यही अनुसार असर कति पर्छ भन्ने कुरा निर्धारण हुन्छ ’ पुनले भने।