स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवाको सचिव राखेर प्रशासन सेवाको सचिव राख्न सुरु गरेपछि तीनदेखि पाँच महिनाको बीचमा सचिव परिर्वतन भइरहेको छ । नेपाल चिकित्स संघलगायत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित निकायले स्वास्थ्य सेवाकै सचिव राख्न निरन्तर माग गरिरहे पनि सरकारले प्रमुख विशेषज्ञबाट सचिव बनाउन चाहेको छैन । स्वास्थ्यमा प्रमुख विशेषज्ञबाट सचिव बनाउँदै आएकोमा तीन जना प्रमुख विशेषज्ञ हुँदा हुँदै सचिव नबनाउनु गतल भएको नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्की बताउँछन् ।
सरकारले २०७५ मंसिरमा स्वास्थ्य सेवाकी सचिव डा. पुष्प चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर उनको ठाउँमा केदारबहादुर अधिकारीलाई ल्याएको थियो । सचिव चौधरीले सर्वोच्च अदालतबाट सरुवाविरुद्धमा अन्तरिम आदेश लिएर आएपछि केही समय स्वास्थ्यमा दुई सचिव रहनेगरी व्यवस्थापन गरियो । चौधरीले मन्त्रालयमा नियमित रुपमा काम गर्न थालेपछि सचिव अधिकारी सरुवा मागेर वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गएका थिए । उनको ठाउँमा वाणिज्यका सचिव चन्द्र घिमिरे आए ।
घिमिरेलाई पनि तीन महिना नपुग्दै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सचिव सरुवा गरेर उनको ठाउँमा कर्णाली प्रदेशको प्रमुख सचिव रामप्रसाद थपलियालाई ल्याइएको थियो । थपलिया पनि चार महिना पुगेलगत्तै युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएर गए र उनको ठाउँमा शिक्षा मन्त्रालयका सचिव खगराज बराल सरुवा भएर आए । बराल पाँच महिना काम गरेपछि उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएपछि उनको ठाउँमा सरुवा भएर आएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवमा कार्यंरत कोइराला तीन महिना नटिकी प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् उनको ठाउँमा सचिव अर्याल आएका छन् ।
अर्याल पनि लामोसमयसम्म टिक्नेमा स्वास्थ्यका अधिकारीहरु ढुक्क छैनन् । स्वास्थ्य सेवा बाहिरको सचिव ल्याएर स्वास्थ्य जस्तो संवेदनशील मन्त्रालयलाई अस्थीर बनाएको उनीहरुको गुनासो छ । प्रशासन सेवाका सचिव चिकित्सकहरुप्रति असंवेदनशील देखिँने भएकाले स्वास्थ्य सेवामा काम गर्न समस्या भएको स्वास्थ्यकर्मीहरुले दुःखेसो पोख्न थालेका छन् ।
स्वास्थ्य सचिव कोइरालाको सरुवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव यादव कोइरालाको सरुवा भएको छ । सरकारले सचिव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्दै उनको ठाउँमा प्रधानमन्त्री कार्यलयमै कार्यरत सचिव लक्ष्मण अर्याललाई ल्याइएको हो ।
कारोना भाइरस (कोभिड—१९)को महामारीसँग जुधिरहेको स्वास्थ्य मन्त्रालयको सचिव फेरिदाँ नयाँ आउने सचिवलाई मन्त्रालय बुझ्दै समय जाने भएकाले समस्या पर्ने एकथरी अधिकारीको भनाइ छ । अर्काथरी अधिकारीहरुले भने सचिव कोइरालाले चिकित्सकहरुसँग रुखो व्यवहार गरेर मनोबल गिराउँने काम गरेको आरोप लगाउँछन् । मेडिकल सामग्री, खरिद डाक्टर शेरबहादुर पुन कारबाही प्रकरण, पूर्वसचिव भीम उपाध्याय, आरडिटी किट प्रयोगलगायतमा सचिव कोइरालाको महत्वपूर्ण भूमिका रहेको र यसले महामारीविरुद्धको लडाइमा समस्या परेको ती अधिकारीहरुको भनाइ छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वास्थ्यमा आएको तीन महिनामा नबित्दै कोइरालालाई प्रधानमन्त्री कार्यालयले सरुवा गरेको हो । सचिव कोइरालाले भने आफूले राम्रो काम गर्दा गर्दै सरुवा गरेको गुनासो पाखेका छन् । मन्त्रालयको काम कारबाही र कोरोनाविरुद्धको कठोर रुपमा प्रस्तुत भइरहेको बेला आफ्नो सरुवा भएको उनको भनाइ छ । उनको पछिल्लो समय स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, र मन्त्रीको सचिवालय र मन्त्रालयका कर्मचारीहरुबीच त्यति राम्रो सम्बन्ध हुन नसकेकाले सरुवा भएको हुन सक्ने मन्त्रालय स्रोतको दावी छ । ओम्नी ग्रुपसँग मेडिकल सामाग्री खरिद गरेपछि स्वास्थ्य मन्त्रालय निकै बिबादमा तानिएको थियो ।
सरकारले ११ सचिवको सरुवा र दुई सचिवको पदस्थापना गरेको छ। एक मन्त्रीका अनुसार हालै सचिवमा बढुवा भएका घनश्याम उपाध्यायलाई वाग्मती प्रदेश मुख्य मन्त्रीको कार्यालयमा र लक्ष्मी बस्नेतलाई गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा पदस्थापना गरिएको छ।
प्रदेशमा उपाध्याय र बस्नेतले प्रमुख सचिवको रूपमा काम गर्नेछन्। सरकारले सचिव मधुसुदन बुर्लाकोटीलाई उपराष्ट्रपतिको कार्यालय र अर्का सचिव मुकुन्द निरौलालाई उद्योग मन्त्रालयमा सरुवा गरेको छ।
निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सरुवा गरिएको छ। सचिव सूर्य गौतमलाई निर्वाचन आयोगमा लगिएको छ। उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव तोयाम रायलाई तथ्यांक कार्यालयमा लगिएको छ। पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीलाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ। सचिव भरतमणि सुवेदीलाई पर्यटन मन्त्रालय, रामकृष्ण सुवेदीलाई वित्त आयोग र रविलाल पन्थलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ।
सचिव दामोदर रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय र गोपी खनाललाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरिएको छ। मन्त्रिपरिषद्को यही साउन ३ गते बसेको बैठकले सचिवको सरुवा र पदस्थापनाको निर्णय गरेको जानकारी ती मन्त्रीले दिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।