सक्रिय उमेर समूहकै बढी संक्रमित, कारण लापरबाही
२६ साउन २०७८
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
सक्रिय उमेर समूहकै बढी संक्रमित, कारण लापरबाही

कोरोना भाइरसका कारण संक्रमित हुनेहरुमा सक्रिय उमेर समूहकै व्यक्तिहरु बढी रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थपिएका ४ हजार ९०४ जना कोरोना संक्रमितमध्ये सक्रिय उमेर समूहकै व्यक्तिहरु बढी संक्रमित भइरहेको जनाएको हो।

मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार २१ वर्षदेखि ३० वर्ष उमेर समूहका र ३१ वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्तिहरु बढी संक्रमित भएको जनाएको छ। तथ्यांक अनुसार मंगलबार मात्र २१ देखि ३० वर्ष उमेर समूहका ७८२ जना र ३१ देखि ४० वर्ष उमेर समूहका ७२८ जना संक्रमित भएका छन्।

त्यस्तै ४१ देखि ५० वर्ष उमेर समूहका ५१७, ५१ देखि ६० वर्ष उमेर समूहका ४१० जना संक्रमित भएका छन्।

मंगलबार मात्र नभएर सोमबारको तथ्यांकले पनि सक्रिय उमेर समूहकै व्यक्तिहरुमा बढी संक्रमण भएको थियो। मन्त्रालयका अनुसार सोमबार २१ देखि ३० वर्ष उमेर समूहका ६४८, ३१ देखि ४० उमेर समूहका ६१२ र ४१ देखि ५० वर्ष उमेर समूहका ३८६ जना संक्रमित भएका थिए। मन्त्रालयको पछिल्लो तीन दिन यताको तथ्यांकले कोरोना भाइरसले सक्रिय समूहकै व्यक्तिहरुलाई संक्रमण गरिरहेको छ।  

आइतबार २१ देखि ३० वर्ष उमेर समूहका ५०९, ३१ देखि ४० वर्ष उमेर समूहका ५०२ र ४१ देखि ५० वर्ष उमेर समूहका ३३७ जना संक्रमित भएका थिए।

सक्रिय उमेर समूहका व्यक्तिहरुमा बढी संक्रमण हुनुमा तिनीहरुको आनीबानी रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्यविज्ञहरुको तर्क छ। सरुवा रोग विशेषज्ञ डा. बासुदेव पाण्डेले सक्रिय उमेर समूहका व्यक्तिहरुमा संक्रमण हुनुलाई स्वभाविक भएको बताए।  

उनले भने, ‘समाजका बढी सक्रिय जनसंख्या नै उनीहरु हुन्, उनीहरुको संख्या स्वभाविक रुपले बढ्छ, त्यतिमात्र हैन, त्यो समूह नै कामकाजका लागि निस्कन्छन्, उनीहरु नै साथीभाइ भेट्छन्, उनीहरु नै बढी चलायमान् हुन्छन्।’

उनले त्यस अलावा सरकारकै लापरबाहीको कारण युवा उमेरका व्यक्तिहरु संक्रमणको चपेटामा परेको जनाए। उनले सरकार परिवर्तनसँगै, सरकारका केही विषयमा गडबड हुने बित्तिक्कै निकालिएको जुलुस, कार्यक्रमले पनि त्यो संख्या बढेको बताए।

‘सरकार आफै अनुशासनमा छैन, त्यसको प्रभाव स्वभाविक रुपमा नागरिकमा पर्छ, युवामा पर्छ, राजनीतिक दलले निकालेको जुलुस हेर्दा कोरोना सकियो भन्ने भान जोकोहीलाई पर्छ, त्यसको सीधा असर दैनिक काम गर्नुपर्ने वर्गमा पर्छ,’ उनले भने।  

उनले सक्रिय संक्रमणसँगै मृत्युदरको अवस्थाबारे ख्याल गर्नुपर्नेमा जोड दिए। उनले आफू अनुशासित हुने, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आफ्नो दैनिकी चलाउनु नै अहिलेको राम्रो उपाय हुने समेत सुझाए।

‘कोही यस्तो गर्दैछ, मैले किन गर्न हुन्न भन्ने छोडेर आफै सचेत हुनुपर्छ, आफै अनुशासित हुनुको विकल्प छैन,’ उनले भने।

लोकप्रिय
अर्को समाचार
कोरोना भाइरसबाट आज एक जनाको निधन
२३ पौष २०७९
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
कोरोना भाइरसबाट आज एक जनाको निधन

कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको हो।  

नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ। आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन्। हाल २१ जना सक्रिय सङ्क्रमित रहेका छन्। 

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस