कैलालीको टीकापुर अस्पतालमा कोरोना संक्रमितको संख्या ह्वात्तै घटेको छ। अस्पतालका अनुसार विगत दश दिन यता एकजना कोरोना संक्रमित मात्रै उपचारका लागि भर्ना भएका छन्।
कोरोना फोकल पर्सन डा. रमेशप्रसाद उपाध्यायका अनुसार हाल अस्पतालमा १० जना कोरोना संक्रमितको उपचार भैरहेको छ । ती मध्ये ५ जना एचडियु (उच्च उपचार कक्ष) र ५ जना कोभिड जनरल वार्डमा उपचाररत छन्।
अस्पतालमा उपचाररत सबै कोरोना संक्रमितको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको फोकल पर्सन डा. उपाध्यायले जानकारी दिए। अस्पतालबाट हालसम्म १८८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन । उनीहरु सबै उपचार पश्चात निको भएका हुन्। अस्पतालमा उपचारका लागि भर्ना भएका मध्ये ४९ जना कोरोना संक्रमितले भने ज्यान गुमाएका छन्।
अस्पतालमा ज्यान गुमाउने मध्ये धेरैजसो टीकापुर नगरपालिकाका रहेका छन्। अस्पतालका व्यवस्थापक टेकराज भट्टका अनुसार टीकापुर नगरपालिकाका २६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। त्यसैगरी टीकापुर अस्पतालमा ज्यान गुमाउनेमा जानकी गाउँपालिकाका ११ जना, जोशीपुर गाउँपालिकाका ६ जना, भजनी नगरपालिकाका ३ जना, लम्कीचुहा नगरपालिकाका २ जना र बर्दगोरीया गाउँपालिकाका १ जना रहेका छन्। उनीहरु सबैको उपचारका क्रममा ज्यान गएको थियो।
कोरोना संक्रमितको संख्या घटेपछि अस्पतालले आजदेखी ओपिडी सेवा सुचारु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन बमोजिम अस्पतालले बैशाख १६ गतेदेखी ओपिडी सेवा बन्द गरेको थियो। मेसु डा.रेमकुमार राईले जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्ने गरी बन्द रहेको ओपिडी सेवा सुचारु गरिएको जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय कैलालीले एक साता यता लकडाउन खुकुलो पार्दै लगेको छ। एकसाता अघि बिहान ११ बजेसम्म बजार क्षेत्र खुल्ला रहने निर्णय गरेको प्रशासनले आजदेखी अपरान्ह ३ बजेसम्म बजार खुल्ला रहने जनाएको छ। लकडाउन खुकुलो भएसँगै सर्वसाधारणको चहलपहल बढ्न थालेको छ।
लकडाउन खुकुलो भएपछि कोरोना संक्रमितको संख्या फेरी बढ्ने आशंका फोकल पर्सन डा. उपाध्यायको छ। उनी फेरी अस्पतालमा कोरोना संक्रमितको संख्या बढ्न सक्ने बताउँछन। ‘विगतको झैं उच्च चाप नहुन सक्छ तर केही हदसम्म बिरामीको संख्या बढ्छ’ उनले भने–‘लकडाउन खुकुलो भएपछि झन बढी सचेतता अपनाउन आवश्यक छ।’
अस्पतालले कोरोनाको तेस्रो लहर आउन सक्ने सम्भावनालाई समेत गम्भिरताका साथ हेरेको छ। फोकल पर्सन डा.उपाध्यायले सरकारको निर्देशन अनुसार तयारी भैरहेको जानकारी दिए। उनले अस्पतालमा बालबालिका लक्षित स्वास्थ्योपचारको प्रबन्ध भैरहेको बताए।
टीकापुर अस्पतालमा बिरामीको अत्याधिक चाप हुने गरेको छ। यसले कैलालीको पूर्वी क्षेत्रका ६ वटा पालिकाका साथै छिमेकी जिल्ला बर्दियाको पश्चिमी भेगका बासिन्दालाई समेत उपचार सेवा दिँदै आईरहेको छ। यहाँ पहाडी जिल्ला डोटी र सुर्खेतबाट समेत बिरामीहरु उपचारका लागि आउने गरेको पाईन्छ।
कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन्। उक्त संख्या सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो।
अस्पतालका स्त्री रोग विशेषज्ञ डा. सञ्जयकुमार दासले सुत्केरी सेवा लिने र पाठेघर समस्या भएकालाई शल्यक्रिया सेवा दिएका हुन्। सो अवधिमा उनले जटिलता रहेका तीन हजार बढीलाई नर्मल सुत्केरी सेवासमेत दिएका छन्।
टीकापुर अस्पतालमा हरेक महिना झन्डै दुई सयले सुत्केरी सेवा लिने गरेका छन्। सुत्केरी हुन जटिलता भएका ३५ देखि ४० जनाको शल्यक्रिया हुने गरेको डा. दास बताउँछन्। यसबाहेक अस्पतालमा सातामा तीन-चार महिलाको पाठेघरको शल्यक्रिया हुने गरेको छ।
यसका साथै अस्पतालले पाठेघरको ल्याप्रोस्कोपी प्रविधिबाट समेत शल्यक्रिया सेवा दिने गरेको छ। ल्याप्रोस्कोपी प्रविधिबाट हालसम्म आठजनाको शल्यक्रिया गरिएको डा. दासले बताए।
टीकापुर अस्पतालमा गर्भवती, पाठेघरसम्बन्धी समस्या भएका, पाठेघरमा मासु पलाएका तथा अन्य समस्या भएका महिला उपचारका लागि आउने गरेका छन्। ‘कहिलेकाहीँ एकै दिन सातवटासम्म पनि शल्यक्रिया सेवा दिइएको छ’, उनले भने, ‘सुत्केरी सेवाका साथै पाठेघर समस्याको उपचार, पाठेघर बाहिर निस्किएका वा संक्रमण भएकाको शल्यक्रिया, पाठेघरमा ट्युमर पलाएकाको उपचार गर्दै आएका छौं।’
अस्पतालमा स्त्री रोगको उपचार सहजै हुन थालेपछि बिरामीलाई राहत मिलेको छ। डा. दासले टीकापुर अस्पतालमा सेवा दिँदा विपन्न वर्गले राहत पाएको स्थानीय वासु थरुनीले बताइन्।
‘मेरो बुहारीको अवस्था खतरामा थियो। बाहिर लैजान हामीसँग रकम थिएन। टीकापुर अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्मियो’, उनले भनिन्, ‘धेरै गरिबको रकम बचत भएको छ।’ पहिला उपचार नपाएर ज्यान गुमाउनुपर्ने तथा बाहिर लैजानुपर्ने बाध्यता अब हटेको उनले बताइन्।
टीकापुर नगरपालिकाले स्त्री रोगविशेषज्ञको व्यवस्था गरेपछि यहाँका नागरिकले न्यून खर्चमै विशेषज्ञ चिकित्सकको सेवा स्थानीयस्तरमै पाउन थालेका हुन्। स्त्री रोग विशेषज्ञ डा. दासले दैनिक ७० देखि ८० महिलाको उपचार गर्दै आएका छन्। तीन दिनअघि मात्रै बौनियाबाट रेफर भएर आएको जटिल खालको गर्भवतीको शल्यक्रिया गरेर टीकापुर अस्पतालले आमा र बच्चालाई बचाउन सफल भएको छ।
‘शिशुको नाभि र एउटा खुट्टा बाहिर निस्किएको लामो समयपछि अस्पताल ल्याइएको थियो। यस्ता घटनामा आमा र शिशु दुवैलाई जोखिम हुन्छ’, डा. दासले भने, ‘हामीले दुवैलाई बचाउन सक्यौं।’
टीकापुर अस्पतालमा जोशीपुर, भजनी, जानकी र बर्दियाका केही पालिकाबाट सुत्केरी सेवा लिन आउने गरेका छन्। उपचार सहजरुपमा पाइन थालेपछि अस्पतालमा बिरामीको चाप बढेपछि शय्या अभाव हुन थालेको अस्पतालले जनाएको छ।
–रासस
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।