कैलालीको टीकापुर अस्पतालमा कोरोना संक्रमण नियन्त्रणमा आउन थालेको छ । चिकित्सकका अनुसार मृत्युदर र निको भएर जानेको संख्या हेर्दा कोरोना संक्रमण नियन्त्रणमा आउने दिशातर्फ अघि बढेको छ ।
अस्पतालका कोरोना फोकल पर्सन डा. रमेशप्रसाद उपाध्यायले पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको मृत्युदर शुन्यमा झरेको बताए । उनले कोरोनाको दोस्रो भेरियन्ट सुरु भए यता अस्पतालमा उपचारका लागि भर्ना भएका मध्ये ४८ जना निको भएर घर फर्किएको जानकारी दिए ।
‘अहिले नै नियन्त्रणमा आएको त भन्न मिल्दैन’, उनले भने, ‘मृत्युदर र निको हुनेको संख्या हेर्दा त्यसतर्फ अघि बढेको हो कि भन्न सकिन्छ ।’
उनले अस्पतालमा रहेको उच्च उपकार कक्ष (एचडियु) मा हाल १२, अब्जरभेसन वार्डमा ११ र कोभिड जनरल वार्डमा ९ जनाको उपचार भैरहेको बताए । उनका अनुसार ती मध्ये ३/४ जनाको मात्रै स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।
अस्पतालमा हालसम्म कोरोना संक्रमणबाट २९ जनाले ज्यान गुमाएका छन । ती मध्ये ७ महिला र २२ पुरुष रहेको अस्पतालका व्यवस्थापक टेकराज भट्टले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै वैशाख २७ गते ८ र वैशाख २६ गते ६ जनाले ज्यान गुमाएका थिए । अस्पतालमा वैशाख १६ गतेदेखी कोरोना संक्रमितको मृत्यु हुने क्रम सुरु भएको थियो ।
अस्तापलमा ज्यान गुमाउनेमा सबैभन्दा धेरै टीकापुर नगरपालिकाका १५ जना रहेका छन् । त्यस्तै जानकी गाउँपालिकाका ७, जोशीपुर गाउँपालिकाका ३, लम्कीचुहा नगरपालिकाका २, भजनी नगरपालिकाका १ र बर्दगोरीया गाउँपालिकाका १ जनाले कोरोनाका कारण अस्पतालमा ज्यान गुमाएका छन् ।
अस्पतालमा धेरैजसो कोरोना संक्रमितले समयमा अक्सिजन नपाएका कारण ज्यान गुमाउनु परेको थियो । चिकित्सकहरुले नै बिरामीलाई समयमा अक्सिजन दिन नसकेका कारण ज्यान जोगाउन नसकेको बताएका छन् ।
‘अस्पतालमा अहिले पनि अक्सिजनको अभाव रहेको छ । अहिले पनि हामीसँग ब्याकअप छैन’ फोकल पर्सन डा. उपाध्यायले भने, ‘सबैभन्दा ठूलो समस्या नै अक्सिजन अभाव हो ।’
अस्पतालमा अक्सिजनको अभाव भएपछि स्थानीयले रकम संकलन गरेर अक्सिजनको जोहो गर्न थालेका छन् । विभिन्न संघसंस्थाहरुले अक्सिजनका लागि अभियान नै थालेका छन् ।
टीकापुर सरोकार समूह, टीकापुर उद्योग वाणिज्य संघ र अस्पतालको संयुक्त पहलमा सुरु भएको अभियानमा हालसम्म ४३ लाख ३० हजार ४१० रुपैयाँ संकलन भएको अभियानका प्रवक्ता परमानन्द पाण्डेले जानकारी दिए । उनका अनुसार अभियान अन्र्तगत हालसम्म ३० थान अक्सिजन सिलिण्डर खरिद गरेर दिनुका साथै ६० हजार पिस सिटामोल समेत अस्पताललाई उपलब्ध गराईएको छ ।
आजै किसान बहुउदेश्यीय सहकारी संस्था लि. ले समेत अस्पताललाई १०० थान अक्सिजन सिलिण्डर रिफिल गरेर दिएको छ । उसले समेत किसान अक्सिजन बैंक सञ्चालन गरेर विभिन्न अस्पताललाई सहयोग गर्दै आएको छ ।
कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन्। उक्त संख्या सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो।
अस्पतालका स्त्री रोग विशेषज्ञ डा. सञ्जयकुमार दासले सुत्केरी सेवा लिने र पाठेघर समस्या भएकालाई शल्यक्रिया सेवा दिएका हुन्। सो अवधिमा उनले जटिलता रहेका तीन हजार बढीलाई नर्मल सुत्केरी सेवासमेत दिएका छन्।
टीकापुर अस्पतालमा हरेक महिना झन्डै दुई सयले सुत्केरी सेवा लिने गरेका छन्। सुत्केरी हुन जटिलता भएका ३५ देखि ४० जनाको शल्यक्रिया हुने गरेको डा. दास बताउँछन्। यसबाहेक अस्पतालमा सातामा तीन-चार महिलाको पाठेघरको शल्यक्रिया हुने गरेको छ।
यसका साथै अस्पतालले पाठेघरको ल्याप्रोस्कोपी प्रविधिबाट समेत शल्यक्रिया सेवा दिने गरेको छ। ल्याप्रोस्कोपी प्रविधिबाट हालसम्म आठजनाको शल्यक्रिया गरिएको डा. दासले बताए।
टीकापुर अस्पतालमा गर्भवती, पाठेघरसम्बन्धी समस्या भएका, पाठेघरमा मासु पलाएका तथा अन्य समस्या भएका महिला उपचारका लागि आउने गरेका छन्। ‘कहिलेकाहीँ एकै दिन सातवटासम्म पनि शल्यक्रिया सेवा दिइएको छ’, उनले भने, ‘सुत्केरी सेवाका साथै पाठेघर समस्याको उपचार, पाठेघर बाहिर निस्किएका वा संक्रमण भएकाको शल्यक्रिया, पाठेघरमा ट्युमर पलाएकाको उपचार गर्दै आएका छौं।’
अस्पतालमा स्त्री रोगको उपचार सहजै हुन थालेपछि बिरामीलाई राहत मिलेको छ। डा. दासले टीकापुर अस्पतालमा सेवा दिँदा विपन्न वर्गले राहत पाएको स्थानीय वासु थरुनीले बताइन्।
‘मेरो बुहारीको अवस्था खतरामा थियो। बाहिर लैजान हामीसँग रकम थिएन। टीकापुर अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्मियो’, उनले भनिन्, ‘धेरै गरिबको रकम बचत भएको छ।’ पहिला उपचार नपाएर ज्यान गुमाउनुपर्ने तथा बाहिर लैजानुपर्ने बाध्यता अब हटेको उनले बताइन्।
टीकापुर नगरपालिकाले स्त्री रोगविशेषज्ञको व्यवस्था गरेपछि यहाँका नागरिकले न्यून खर्चमै विशेषज्ञ चिकित्सकको सेवा स्थानीयस्तरमै पाउन थालेका हुन्। स्त्री रोग विशेषज्ञ डा. दासले दैनिक ७० देखि ८० महिलाको उपचार गर्दै आएका छन्। तीन दिनअघि मात्रै बौनियाबाट रेफर भएर आएको जटिल खालको गर्भवतीको शल्यक्रिया गरेर टीकापुर अस्पतालले आमा र बच्चालाई बचाउन सफल भएको छ।
‘शिशुको नाभि र एउटा खुट्टा बाहिर निस्किएको लामो समयपछि अस्पताल ल्याइएको थियो। यस्ता घटनामा आमा र शिशु दुवैलाई जोखिम हुन्छ’, डा. दासले भने, ‘हामीले दुवैलाई बचाउन सक्यौं।’
टीकापुर अस्पतालमा जोशीपुर, भजनी, जानकी र बर्दियाका केही पालिकाबाट सुत्केरी सेवा लिन आउने गरेका छन्। उपचार सहजरुपमा पाइन थालेपछि अस्पतालमा बिरामीको चाप बढेपछि शय्या अभाव हुन थालेको अस्पतालले जनाएको छ।
–रासस
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।