कैलालीको टीकापुर अस्पतालमा पाँच जनाको उपचारका क्रममा ज्यान गएको छ। ज्यान जानेमा टीकापुर नगरपालिकाका ३ र जानकी गाउँपालिकाका २ जना रहेका छन्। अस्पतालका अनुसार टीकापुर नगरपालिका १ का ६०, ५० र ६२ वर्षका पुरुष र जानकी गाउँपालिका २ का ५४ र १ का ५१ वर्षका पुरुषको ज्यान गएको छ। उनीहरु मध्ये कतिपयको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ भने कतिपयको परीक्षण गर्न नपाएरै ज्यान गएको छ।
चिकित्सकका अनुसार कोरोना परीक्षण नगरेका व्यक्तिहरुमा समेत कोरोना जस्तै लक्षण देखिएको थियो। अस्पतालमा अक्सिजनको चरम अभाव रहेको छ। अनियन्त्रित रुपमा बिरामीको चाप बढेपछि अस्पतालमा उपचारको निकै समस्या भएको कोरोना फोकल पर्सन डा.रमेशप्रसाद उपाध्यायले जानकारी दिए। उनले थुप्रै बिरामीको स्वास्थ्य अवस्था जटिल बन्दै गैरहेको बताए।
‘स्थिति हाम्रो नियन्त्रण भन्दा धेरै बाहिर गैसक्यो’ उनले भने –‘स्रोतले नभ्याउने अवस्थामा पुगेका छौं।’अस्पतालमा अहिले ५०/६० जना उपचाररत छन्। उनीहरु सबैलाई अक्सिजनको आवश्यकता छ। अस्पतालका अनुसार कतिपय बिरामीलाई अक्सिजन दिन सकिएको छैन। धेरैजसो बिरामीलाई अब दोस्रो पटक अक्सिजन थप्न सकिने अवस्था छैन। अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले सहयोगका लागि सार्वजनिक अपिल गरेका छन्।
उनले सामाजिक सञ्जाल मार्फत अपिल गर्दै अस्पतालको अवस्था भयावह बन्दै गैरहेको उल्लेख गरेका छन्। दोस्रो चरणको कोरोना फैलिएपछि अस्पतालमा हालसम्म १३ जनाको ज्यान गएको छ। अस्पतालमा एकपछि अर्को व्यक्तिको ज्यान जान थालेपछि त्रास फैलिएको छ। अस्पतालमा फिजिसियन र एनेस्थेसिया चिकित्सकको अभावमा भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आईसियु) सञ्चालनमा आउन सकेको छैन।
कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन्। उक्त संख्या सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो।
अस्पतालका स्त्री रोग विशेषज्ञ डा. सञ्जयकुमार दासले सुत्केरी सेवा लिने र पाठेघर समस्या भएकालाई शल्यक्रिया सेवा दिएका हुन्। सो अवधिमा उनले जटिलता रहेका तीन हजार बढीलाई नर्मल सुत्केरी सेवासमेत दिएका छन्।
टीकापुर अस्पतालमा हरेक महिना झन्डै दुई सयले सुत्केरी सेवा लिने गरेका छन्। सुत्केरी हुन जटिलता भएका ३५ देखि ४० जनाको शल्यक्रिया हुने गरेको डा. दास बताउँछन्। यसबाहेक अस्पतालमा सातामा तीन-चार महिलाको पाठेघरको शल्यक्रिया हुने गरेको छ।
यसका साथै अस्पतालले पाठेघरको ल्याप्रोस्कोपी प्रविधिबाट समेत शल्यक्रिया सेवा दिने गरेको छ। ल्याप्रोस्कोपी प्रविधिबाट हालसम्म आठजनाको शल्यक्रिया गरिएको डा. दासले बताए।
टीकापुर अस्पतालमा गर्भवती, पाठेघरसम्बन्धी समस्या भएका, पाठेघरमा मासु पलाएका तथा अन्य समस्या भएका महिला उपचारका लागि आउने गरेका छन्। ‘कहिलेकाहीँ एकै दिन सातवटासम्म पनि शल्यक्रिया सेवा दिइएको छ’, उनले भने, ‘सुत्केरी सेवाका साथै पाठेघर समस्याको उपचार, पाठेघर बाहिर निस्किएका वा संक्रमण भएकाको शल्यक्रिया, पाठेघरमा ट्युमर पलाएकाको उपचार गर्दै आएका छौं।’
अस्पतालमा स्त्री रोगको उपचार सहजै हुन थालेपछि बिरामीलाई राहत मिलेको छ। डा. दासले टीकापुर अस्पतालमा सेवा दिँदा विपन्न वर्गले राहत पाएको स्थानीय वासु थरुनीले बताइन्।
‘मेरो बुहारीको अवस्था खतरामा थियो। बाहिर लैजान हामीसँग रकम थिएन। टीकापुर अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्मियो’, उनले भनिन्, ‘धेरै गरिबको रकम बचत भएको छ।’ पहिला उपचार नपाएर ज्यान गुमाउनुपर्ने तथा बाहिर लैजानुपर्ने बाध्यता अब हटेको उनले बताइन्।
टीकापुर नगरपालिकाले स्त्री रोगविशेषज्ञको व्यवस्था गरेपछि यहाँका नागरिकले न्यून खर्चमै विशेषज्ञ चिकित्सकको सेवा स्थानीयस्तरमै पाउन थालेका हुन्। स्त्री रोग विशेषज्ञ डा. दासले दैनिक ७० देखि ८० महिलाको उपचार गर्दै आएका छन्। तीन दिनअघि मात्रै बौनियाबाट रेफर भएर आएको जटिल खालको गर्भवतीको शल्यक्रिया गरेर टीकापुर अस्पतालले आमा र बच्चालाई बचाउन सफल भएको छ।
‘शिशुको नाभि र एउटा खुट्टा बाहिर निस्किएको लामो समयपछि अस्पताल ल्याइएको थियो। यस्ता घटनामा आमा र शिशु दुवैलाई जोखिम हुन्छ’, डा. दासले भने, ‘हामीले दुवैलाई बचाउन सक्यौं।’
टीकापुर अस्पतालमा जोशीपुर, भजनी, जानकी र बर्दियाका केही पालिकाबाट सुत्केरी सेवा लिन आउने गरेका छन्। उपचार सहजरुपमा पाइन थालेपछि अस्पतालमा बिरामीको चाप बढेपछि शय्या अभाव हुन थालेको अस्पतालले जनाएको छ।
–रासस
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।