समुदाय स्वास्थ्य र शिक्षामा सुदृढीकरणका लागि पहल परियोजना टीकापुर अस्पतालको सारथि बनेको छ। यो परियोजना कोइकाको आर्थिक सहयोगमा रोज क्लब इन्टरनेसनल (आरसिआई) र सेवक नेपालको संयुक्त साझेदारीमा सञ्चालित छ।
२०७६ असारदेखि लागु भएको परियोजनाले अस्पताललाई स्वास्थ्य उपकरण, जनशक्ति (स्वास्थ्यकर्मी), उनीहरूको क्षमता अभिवृद्धि र कोभिड–१९ रोकथाममा सहयोग गरिरहेको छ। उसले हालसम्म २ करोड ७० लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ। जसमध्ये १ करोड ५० लाख रुपैयाँको स्वास्थ्य उपकरण र १ करोड २० लाख रुपैयाँबराबरको कोभिड सुरक्षा सामग्री रहेको छ। परियोजनाकै सहयोगमा अस्पतालमा डिआर एक्स–रे मेसिन, टोकन सिस्टम, एनेस्थेसिया मेसिन, अल्ट्रासाउन्डलगायत स्वास्थ्य उपकरण जडान भएका छन्।
परियोजनाले मातृ शिशु स्वास्थ्यलाई ध्यानमा राखेर अस्पतालमा आफ्नै खर्चमा एक स्त्रीरोग विशेषज्ञ र दुई स्टाफ नर्स राखेको छ। परियोजनाको सहयोगमा स्त्रीरोग विशेषज्ञसहितको सेवा पाएपछि यस क्षेत्रका बासिन्दाले राहत महसुस गरिरहेका छन्। उनीहरूले सानो समस्या आउँदा नेपालगन्जलगायत ठाउँमा जानुपर्ने बाध्यताबाट छुटकारा पाएका छन्। परियोजनाले अन्य स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने तालिमका कार्यक्रमसमेत सञ्चालन गर्ने गरेको परियोजना व्यवस्थापक भीमबहादुर साउदले जानकारी दिए। उनले अस्पतालले माग गरेअनुसार परियोजनाले काम गरिरहेको बताए। ‘आवश्यकताअनुसार काम गरिरहेका छौं,’ उनले भने, ‘अस्पतालले माग गर्छ, हामी पूरा गर्ने कोसिस गर्छौं।’
परियोजनाले कोभिड–१९ महामारीको समयमा समेत अस्पताललाई धेरै सघाएको छ। उसले अस्पतालमा कोभिड–१९ लक्षित थुप्रै उपकरण जडान गरेको छ। परियोजना व्यवस्थापक साउदका अनुसार पछिल्लो समय एचडियु÷आइसियु सेटअप, आइपिसी टे«निङ र आर्टियल ब्लड ग्यास एनालायजर उपलब्ध गराइएको छ। यसले कोरोना संक्रमितको उपचारमा सहयोग पुगेको परियोजना व्यवस्थापक साउदले बताए। परियोजनाले अस्पताललाई आवश्यक पर्ने अक्सिजन कन्सिडेटर, पिपिई सेट, मास्क र सेनिटाइजरलगायत अन्य कोभिड सुरक्षा सामग्री उपलब्ध गराएको छ।
परियोजनाका कारण अस्पतालले प्रदान गर्दै आएको सेवासुविधामा बढोत्तरी भएको मेसु डा. रेमकुमार राईले जानकारी दिए। उनले परियोजनाले उपलब्ध गराएको स्वास्थ्य उपकरणका कारण काम गर्न निकै सहज भएको बताए। ‘स्वास्थ्यकर्मी भएर मात्रै हुँदैन। त्यसका लागि उपकरण चाहिन्छ। हामीसँग उपकरण अभाव थियो,’ उनले भने, ‘परियोजनाले सहयोग गरेपछि काम गर्न सहज भयो।’ कोभिड–१९ महामारीको दोस्रो भेरियन्टमा अस्पतालले राम्रो काम गरेको छ। अस्पतालले कतिपय कुरामा सरकारको मुख ताक्नुपरेन। त्यसका पछाडि मुख्य भूमिका परियोजनाको रहेको अस्पताल विकास समितिका अध्यक्ष दीपकबहादुर रावल बताउँछन्।
‘सरकारको मुख ताकेर बस्नुपरेन,’ उनले भने, ‘परियोजना विषम परिस्थितिमा टीकापुर अस्पतालको सारथि बन्यो।’ उनले पछिल्लो समय परियोजनाले सरकारको भन्दा धेरै सहयोग गरेको दाबी गरे।
परियोजनाले अस्पताललाई मात्रै होइन, टीकापुर नगरपालिकालाई समेत कोभिड–१९ रोकथाम लक्षित सामग्री प्रदान गरेको छ। उसले नगरवासीलाई स्वास्थ्य सचेततासम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। यसअघि समेत कोइकाको सहयोगमा टीकापुर क्षेत्रमा स्वास्थ्यमा थुप्रै काम भएको छ। कोइकाले केही वर्षअघि टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न ठाउँमा भवन निर्माण गरेको छ। जुन भवनमार्फत अहिले स्थानीय पालिकाहरूले स्वास्थ्य सेवा दिइरहेका छन्।
समुदाय स्वास्थ्य र शिक्षामा सुदृढिकरणका लागि पहल परियोजना टीकापुर अस्पतालको सारथि बनेको छ । यो परियोजना कोइकाको आर्थिक सहयोगमा रोज क्लब इन्टरनेशनल (आरसिआई) र सेवक नेपालको संयुक्त साझेदारीमा सञ्चालित छ ।
२०७६ असारबाट लागु भएको परियोजनाले अस्पताललाई स्वास्थ्य उपकरण, जनशक्ति (स्वास्थ्यकर्मी), उनीहरुको क्षमता अभिवृद्धि र कोभिड–१९ रोकथाममा सहयोग गरिरहेको छ । उसले हालसम्म २ करोड ७० लाख रुपैयाँ भन्दा बढी सहयोग गरेको छ । जसमध्ये १ करोड ५० लाख रुपैयाँको स्वास्थ्य उपकरण र १ करोड २० लाख रुपैयाँ बराबरको कोभिड सुरक्षा सामग्री रहेको छ । परियोजनाकै सहयोगमा अस्पतालमा डिआर एक्सरे मेसिन, टोकन सिस्टम, एनेस्थेसिया मेसिन, अल्ट्रासाउण्ड लगायतका स्वास्थ्य उपकरण जडान भएका छन् ।
परियोजनाले मातृ शिशु स्वास्थ्यलाई ध्यानमा राखेर अस्पतालमा आफ्नै खर्चमा एकजना स्त्रीरोग विशेषज्ञ र २ जना स्टाफ नर्स राखेको छ । परियोजनाको सहयोगमा स्त्रीरोग विशेषज्ञसहितको सेवा पाएपछि यस क्षेत्रका बासिन्दाले राहत महसुुस गरिरहेका छन् । उनीहरुले सानो समस्या आउँदा नेपालगञ्ज लगायतका ठाउँमा जानुपर्ने बाध्यताबाट छुट्कारा पाएका छन् ।
परियोजनाले अन्य स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने तालिमका कार्यक्रमहरु समेत सञ्चालन गर्ने गरेको परियोजना व्यवस्थापक भीमबहादुर साउँदले जानकारी दिए । उनले अस्पतालले माग गरे अनुसार परियोजनाले काम गरिरहेको बताए । ‘आवश्यकता अनुसार काम गरिरहेका छौं’ उनले भने, ‘अस्पतालले माग गर्छ हामी पूरा गर्ने कोशिस गर्छौ ।’
परियोजनाले कोभिड–१९ महामारीको समयमा समेत अस्पताललाई निकै धेरै सघाएको छ । उसले अस्पतालमा कोभिड–१९ लक्षित थुप्रै उपकरण जडान गरेको छ । परियोजना व्यवस्थापक साउँदका अनुसार पछिल्लो समय एचडियु÷आईसियु सेटअप, आईपिसी टे«निङ र आर्टियल ब्लड ग्यास एनालायजर उपलब्ध गराईएको छ । यसले कोरोना संक्रमितको उपचारमा सहयोग पुगेको परियोजना व्यवस्थापक साउँदले बताए ।
परियोजनाले अस्पताललाई आवश्यक पर्ने अक्सिजन कन्सिडेटर, पिपिई सेट, मास्क र सेनिटाइजर लगायत अन्य कोभिड सुरक्षा सामग्री उपलब्ध गराएको छ ।
परियोजनाका कारण अस्पतालले प्रदान गर्दै आएको सेवासुविधामा बढोत्तरी भएको मेसु डा. रेमकुमार राईले जानकारी दिए । उनले परियोजनाले उपलब्ध गराएको स्वास्थ्य उपकरणका कारण काम गर्न निकै सहज भएको बताए । ‘स्वास्थ्यकर्मी भएर मात्रै हुँदैन । त्यसका लागि उपकरण चाहिन्छ । हामीसँग उपकरण अभाव थियो’, उनले भने,‘परियोजनाले सहयोग गरेपछि काम गर्न सहज भयो ।’
कोभिड–१९ महामारीको दोस्रो भेरियन्टमा अस्पतालले राम्रो काम गरेको छ । अस्पतालले कतिपय कुरामा सरकारको मुख ताक्नु परेन । त्यसका पछाडी मुख्य भूमिका परियोजनाको रहेको अस्पताल विकास समितिका अध्यक्ष दीपकबहादुर रावल बताउँछन । ‘सरकारको मुख ताकेर बस्नु परेन’, उनले भने,‘परियोजना विषम परिस्थितिमा टीकापुर अस्पतालको सारथि बन्यो ।’ उनले पछिल्लो समय परियोजनाले सरकारको भन्दा धेरै सहयोग गरेको दावी गरे ।
परियोजनाले अस्पताललाई मात्रै हैन टीकापुर नगरपालिकालाई समेत कोभिड–१९ रोकथाम लक्षित सामग्री प्रदान गरेको छ । उसले नगरवासीहरुलाई स्वास्थ्य सचेतता सम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।
यसअघि समेत कोइकाको सहयोगमा टीकापुर क्षेत्रमा स्वास्थ्यमा थुप्रै काम भएको छ । कोइकाले केही वर्षअघि टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न ठाउँमा भवन निर्माण गरेको छ । जुन भवनमार्फत अहिले स्थानीय पालिकाहरुले स्वास्थ्य सेवा दिईरहेका छन् ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।