ग्यास अभाव अन्त्य कहिले?
२५ साउन २०८३
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
ग्यास अभाव अन्त्य कहिले?

पछिल्लो समय खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन सरकारले विभिन्न प्रयास गरिरहेको बताए पनि काठमाडौं उपत्यकालगायत देशभर ग्यास अभाव कायमै रहनु गम्भीर चिन्ताको विषय हो। साउनको झरी र चर्को घामको पर्वाह नगरी घण्टौं लाइनमा बसेर पनि एक सिलिन्डर ग्यास नपाउने अवस्था सामान्य आपूर्ति व्यवस्थाको संकेत होइन। अझ ग्यास अभावसँगै बढ्दो बजार महँगीले सर्वसाधारणको दैनिक जीवन थप कष्टकर बनाएको छ।

खाना पकाउने ग्यास नेपाली घरपरिवारका लागि विलासिताको वस्तु होइन, आधारभूत आवश्यकताको इन्धन हो। त्यसैले यसको अभावलाई सामान्य बजार उतारचढावका रूपमा मात्र हेर्न मिल्दैन। आपूर्ति प्रणालीमा देखिएको कमजोरी, वितरणमा हुने असमानता, कृत्रिम अभावको सम्भावना र बजार अनुगमनको प्रभावकारितामाथि गम्भीर प्रश्न उठ्नु स्वाभाविक हो।

अहिले काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा एक सिलिन्डर ग्यास लिन उपभोक्ताले लामो समय लाममा बस्नुपर्ने अवस्था छ। डिलर तथा पसलमा पुग्दा पनि ग्यास नपाएर खाली हात फर्किनुपर्ने, कतिपय अवस्थामा तोकिएको मूल्यभन्दा बढी रकम तिर्नुपर्ने र डेलिभरीका नाममा अतिरिक्त शुल्क असुलिनेजस्ता गुनासा सार्वजनिक भइरहेका छन्। सामाजिक सञ्जालदेखि प्रत्यक्ष बजारसम्म देखिएका यस्ता दृश्यले आपूर्ति पर्याप्त रहेको सरकारी दाबी र बजारको वास्तविक अवस्थाबिच ठुलो अन्तर रहेको देखाउँछन्।

आपूर्ति व्यवस्थाको नियामक निकाय नेपाल आयल निगमले पर्याप्त आपूर्ति रहेको वा अवस्था सुधारोन्मुख रहेको दाबी गर्दै आएको छ। बजारमा उपभोक्ताको लामो लाइन छ भने त्यस्तो दाबीको विश्वसनीयता आफैं कमजोर हुन्छ। आपूर्ति पर्याप्त छ भने उपभोक्ताले ग्यास पाउन किन दिनभर लाइन बस्नुपर्छ ? पर्याप्त मौज्दात छ भने डिलरमा पुग्दा उपभोक्ता किन खाली हात फर्कनुपर्छ ? र सरकारी मूल्य कायम छ भने कतिपय उपभोक्ताले किन अतिरिक्त रकम तिर्नुपर्छ ? यी प्रश्नको जवाफ तथ्य र पारदर्शिताका आधारमा दिनुपर्ने समय आएको छ। नेपालमा एलपी ग्यासको आपूर्ति ठुलो मात्रामा छिमेकी मुलुक भारतबाट हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढाव र क्षेत्रीय आपूर्ति संकटको प्रत्यक्ष असर नेपाली बजारमा पर्न सक्छ।

विगतमा मध्यपूर्वमा देखिएको तनाव तथा अन्तर्राष्ट्रिय बजारको अस्थिरतालाई ध्यानमा राख्दै नेपाल आयल निगमले आपूर्ति व्यवस्थापनका लागि ७.१ केजीका आधा सिलिन्डर बिक्री गर्ने व्यवस्था गरेको थियो। तत्कालीन संकट व्यवस्थापनका लागि गरिएको उक्त निर्णयले केही हदसम्म आपूर्ति व्यवस्थापन गर्न खोजे पनि उपभोक्ताले आफ्नो आवश्यकताअनुसार ग्यास पाउन नसकेको गुनासो गरेका थिए।

पछि अन्तर्राष्ट्रिय परिस्थितिमा केही सुधार आएको र भारतबाट ग्यासको आपूर्ति सहज भएको दाबी गर्दै निगमले १४.२ केजीको पूर्ण सिलिन्डर पुनः बजारमा पठाउने निर्णय गर्‍यो। गत महिनादेखि पूर्ण सिलिन्डर बिक्री सुरु गर्दै निगमले यसको खुद्रा मूल्य प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँ तोकेको थियो तर पूर्ण सिलिन्डर बजारमा आएको भनिए पनि उपभोक्ताको लाइन घटेको छैन। बरु कतिपय स्थानमा एक सिलिन्डरका लागि कैयौं दिन कुर्नुपर्ने अवस्था देखिएको छ। यसले एउटा गम्भीर प्रश्न जन्माउँछ– समस्या आयातमा मात्र हो कि वितरण प्रणालीमै छ? भारतबाट पर्याप्त ग्यास आइरहेको छ भने आयातित ग्यास उपभोक्तासम्म पुग्ने क्रममा कहाँ अवरोध भइरहेको छ? निगम, ग्यास उद्योगी, वितरक र डिलर तहबिचको आपूर्ति शृंखलामा कतै समस्या छ कि छैन ? मौज्दात, आयात, ढुवानी र बिक्रीको वास्तविक तथ्यांक सार्वजनिक नगरी केवल ‘आपूर्ति पर्याप्त छ’ भन्ने दाबीले समस्या समाधान हुँदैन।

अहिलेको समस्या केवल ग्यासको अभावमा सीमित छैन। यसको प्रत्यक्ष प्रभाव महँगीमा समेत पर्न थालेको छ। ग्यास महँगो वा दुर्लभ हुँदा होटल, रेस्टुरेन्ट, चिया पसल तथा साना व्यवसायको सञ्चालन लागत बढ्छ। व्यवसायीले बढेको लागत उपभोक्ताबाट असुल्न थालेपछि खाना, खाजा र अन्य दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत त्यसको असर पर्छ। यसरी एउटा इन्धनको आपूर्ति समस्या अन्ततः समग्र उपभोक्ता मूल्यवृद्धिको कारक बन्न सक्छ। त्यसैले सरकारले तत्काल प्रभावकारी बजार अनुगमन गर्नुपर्छ। कृत्रिम अभाव सिर्जना गर्ने, अनावश्यक सञ्चय गर्ने, कालोबजारी गर्ने वा तोकिएको मूल्यभन्दा बढी असुल्ने जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्छ। स्थानीय तह, जिल्ला प्रशासन, उपभोक्ता अधिकारसम्बन्धी निकाय र नेपाल आयल निगमबिच समन्वय गरी अनुगमनलाई परिणाममुखी बनाउन आवश्यक छ। अनुगमन केवल सञ्चारमाध्यममा देखाउनका लागि गरिने औपचारिक अभ्यास बन्नु हुँदैन।

त्यससँगै आयात, भण्डारण र वितरण प्रणालीलाई दीर्घकालीन रूपमा बलियो बनाउनुपर्ने आवश्यकता छ। संकट उत्पन्न भएपछि मात्र आधा सिलिन्डर बेच्ने, वितरणको समय र मात्रा घटाउने वा अन्य अस्थायी उपाय अपनाउने प्रवृत्तिले दीर्घकालीन समाधान दिँदैन। पर्याप्त भण्डारण क्षमता निर्माण, आपूर्ति शृंखलाको डिजिटल निगरानी, डिलर तहको नियमित अनुगमन र मौज्दात तथा वितरणसम्बन्धी तथ्यांकमा पारदर्शिता कायम गर्नु आवश्यक छ। सरकारसँग पर्याप्त ग्यास छ भने त्यो कहाँ छ, कुन डिलरलाई कति पठाइयो र उपभोक्तासम्म कति पुग्यो भन्ने तथ्य सार्वजनिक हुनुपर्छ।

अर्को समाचार
विपद्मा बिमा
२२ साउन २०८३
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
विपद्मा बिमा

युरोपमा यस वर्ष फैलिएको भीषण डढेलोले जलवायु परिवर्तनजन्य विपद्को क्षतिपूर्ति कसले बेहोर्ने भन्ने प्रश्नलाई सतहमा ल्याएको छ। हुन पनि केही दशकअघिसम्म असामान्य मानिने अत्यधिक गर्मी, लामो खडेरी र विनाशकारी डढेलो अहिले विश्वका कैयन् क्षेत्रमा नियमितजस्तै बन्न थालेका छन्। वैज्ञानिकहरूले भविष्यमा यस्ता घटना अझ बढी आवृत्तिमा र अझ तीव्र रूपमा दोहोरिने चेतावनी दिइरहेका छन्। यस्तो अवस्थामा जलवायु बिमा केवल निजी सम्पत्ति जोगाउने माध्यम मात्र होइन, जलवायु जोखिम व्यवस्थापनको महत्त्वपूर्ण आधार बन्न पुगेको छ।

फ्रान्स, स्पेन र ग्रिसमा फैलिएको पछिल्लो डढेलोले हजारौं मानिसलाई विस्थापित गरेको छ। फ्रान्समा मात्रै करिब दुई लाख २० हजार मानिसलाई सुरक्षित स्थानमा सार्नुपरेको छ। प्रारम्भिक अनुमानअनुसार फ्रान्समा यस पटकको डढेलोबाट १० अर्बदेखि १५ अर्ब युरोसम्मको क्षति हुन सक्छ। घर, व्यवसाय, पूर्वाधार र आपूर्ति प्रणालीमा परेको प्रत्यक्ष तथा अप्रत्यक्ष असरले बिमा उद्योगमाथि ठुलो दायित्व थपिएको छ तर युरोपकै अनुभवले एउटा महत्त्वपूर्ण कमजोरी देखाएको छ।

जलवायु जोखिम र बिमा सुरक्षाबिच निकै ठुलो खाडल छ। युरोपेली केन्द्रीय बैंक र बिमा नियामक निकायका अनुसार सन् १९८० देखि २०२४ सम्म युरोपमा जलवायुजन्य विपद्बाट भएको कुल क्षतिको करिब एकचौथाइ मात्र बिमाबाट सुरक्षित थियो। यसको अर्थ ठुलो हिस्सा क्षति व्यक्ति, समुदाय र सरकारकै काँधमा परेको छ।

यो समस्या केवल युरोपको मात्र होइन। जलवायु परिवर्तनका असर तीव्र रूपमा भोगिरहेको नेपालजस्ता विकासोन्मुख देशका लागि यो अझ गम्भीर चुनौती हो। नेपालमा बाढी, पहिरो, हिमताल विस्फोट, सुक्खा, अत्यधिक गर्मी र असामान्य वर्षाका घटना बढिरहेका छन्। यी घटनाले मानिसको ज्यान मात्र लिएका छैनन्, कृषि, पूर्वाधार, पर्यटन, ऊर्जा उत्पादन र स्थानीय अर्थतन्त्रमा दीर्घकालीन क्षति पु¥याइरहेका छन्।

केही साता अघि मात्र प्रकाशित एक वैज्ञानिक अध्ययनले नेपालमा जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी र भारी वर्षाका घटना बढेको प्रमाण प्रस्तुत गरेको थियो। नेपाली तथा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मिलित उक्त अध्ययनले जलवायु परिवर्तनका कारण भएको हानि–नोक्सानीलाई वैज्ञानिक रूपमा प्रमाणित गर्दै त्यस आधारमा अन्तर्राष्ट्रिय सहयोग लिन नेपालले आफ्नो तयारी बलियो बनाउनुपर्ने सुझाव दिएको छ। अध्ययनले जलवायु तथा मौसमसम्बन्धी तथ्यांक प्रणाली, वैज्ञानिक अनुसन्धान, संस्थागत क्षमता र समन्वय सुधार गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

यस सन्दर्भमा जलवायु बिमा र जलवायुजन्य हानि–नोक्सानीको विषयलाई अलग–अलग रूपमा हेर्न मिल्दैन। व्यक्तिगत स्तरमा बिमाले घर, कृषि, व्यवसाय र जीविकोपार्जनमा परेको क्षति व्यवस्थापन गर्न सहयोग पुर्‍याउन सक्छ तर विपद्को आकार अत्यन्त ठुलो हुँदा निजी बिमाले मात्र समाधान दिन सक्दैन। त्यस्तो अवस्थामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय संयन्त्र आवश्यक हुन्छन्।

नेपालले जलवायु परिवर्तनबाट हुने क्षतिलाई प्रमाणसहित अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न सक्नुपर्छ। जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि यसको असर भने गम्भीर रूपमा भोगिरहेको छ। त्यसैले विकसित देशहरूले जलवायु वित्त, अनुकूलन सहयोग र हानि–नोक्सानीसम्बन्धी कोषमार्फत सहयोग उपलब्ध गराउने अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन आवश्यक छ।

सहयोग माग्नका लागि केवल नैतिक दाबी पर्याप्त हुँदैन। वैज्ञानिक प्रमाण, विश्वसनीय तथ्यांक र क्षतिको व्यवस्थित अभिलेख आवश्यक हुन्छ। कुन क्षेत्रमा कति क्षति भयो, जलवायु परिवर्तनले त्यसमा कस्तो भूमिका खेलेको छ र पुनःस्थापनाका लागि कति स्रोत आवश्यक छ भन्ने स्पष्ट आधार नेपालसँग हुनुपर्छ। यसले अन्तर्राष्ट्रिय जलवायु कोषमा पहुँच बढाउन मद्दत गर्छ।

नेपालले अब जलवायु बिमालाई पनि दीर्घकालीन नीतिगत प्राथमिकतामा राख्नुपर्छ। कृषि बिमा, विपद् बिमा र जलवायु जोखिममा आधारित बिमा कार्यक्रमलाई विस्तार गर्नुपर्छ। सरकारले निजी बिमा प्रदायकसँग सहकार्य गर्दै उच्च जोखिम भएका क्षेत्रका लागि उपयुक्त बिमा मोडल विकास गर्न सक्छ, साथै पुनर्बिमा प्रणालीमार्फत ठुलो विपद्को आर्थिक जोखिम व्यवस्थापन गर्न सकिन्छ। यद्यपि बिमा मात्रै पर्याप्त हुँदैन।

जोखिम घटाउने पूर्वतयारी, जलवायु अनुकूल पूर्वाधार, सुरक्षित बस्ती विकास, वन व्यवस्थापन र समयमै चेतावनी प्रणाली पनि उत्तिकै आवश्यक छन्। विपद् आएपछि क्षतिपूर्ति दिनेभन्दा पहिले नै जोखिम घटाउनु सस्तो र प्रभावकारी उपाय हो। युरोपको भीषण डढेलोले दिएको सन्देश स्पष्ट छ - जलवायु परिवर्तन अब वातावरणीय समस्या मात्र होइन, आर्थिक सुरक्षा र वित्तीय स्थायित्वको प्रश्न पनि हो।

नेपालले पनि भविष्यका विपद्लाई आकस्मिक घटनाका रूपमा होइन, बढ्दो जलवायु जोखिमका रूपमा बुझ्नुपर्छ। वैज्ञानिक प्रमाणमा आधारित नीति, प्रभावकारी बिमा प्रणाली र अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच विस्तार गरेर मात्र नेपालले जलवायु परिवर्तनबाट हुने बढ्दो क्षतिको सामना गर्न सक्छ।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ८ घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
नियुक्तिमा पूर्ववत् मनोमानी
नियुक्तिमा पूर्ववत् मनोमानी २१ साउन २०८३ ४ मिनेट पाठ
सम्मान, सहअस्तित्व र समानता १९ साउन २०८३ ४ मिनेट पाठ
सद्भावको दियो जलाऔं १५ साउन २०८३ ४ मिनेट पाठ
तिर्खाएको मधेस
तिर्खाएको मधेस २० साउन २०८३ ४ मिनेट पाठ
हिमताल जोखिम १८ साउन २०८३ ४ मिनेट पाठ
सार्क पुनर्जीवनको अपरिहार्यता १५ साउन २०८३ ४ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस