सार्क पुनर्जीवनको अपरिहार्यता
१५ साउन २०८३
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
सार्क पुनर्जीवनको अपरिहार्यता

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्थापना भएको चार दशक पुग्न लाग्दा यसको अवस्था दयनीय बन्न पुगेको छ। विश्वका सबैभन्दा बढी जनसंख्या भएका, समान इतिहास, संस्कृति, भाषा र आर्थिक सम्भावना बोकेका आठ देशलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले १९८५ मा स्थापित सार्क विगत १२ वर्षदेखि निष्क्रिय छ। सन् २०१४ मा काठमाडौंमा सम्पन्न १८औं शिखर सम्मेलनपछि अर्को शिखर सम्मेलन हुन सकेको छैन। पछिल्लो समयमा माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले सार्कलाई पुनर्जीवित गर्न गरेको आह्वान र त्यसअघि बंगलादेशले देखाएको सक्रियता स्वागतयोग्य छ।

सार्क निष्क्रिय हुनुको कारण संगठनका आठमध्ये दुई देश भारत र पाकिस्तानबिच रहेको तिक्तता हो। भारतले पाकिस्तानलाई आतंकवादसँग जोडेर सहकार्य असम्भव भएको बताउँदै आएको छ भने पाकिस्तानले पनि आफ्नै अडान दोहोर्‍याउँदै आएको छ। यो तिक्तताले सार्कलाई लगभग बन्धक बनाएको छ। त्यति मात्र होइन, यो क्षेत्रको विकास र भाइचारालाई पनि कमजोर बनाएको छ। दुई देशबिचको यो द्वन्द्वको मूल्य अन्य ६ सदस्य राष्ट्रले चुकाउनुपर्ने स्थिति कुनै पनि हिसाबले सुखद होइन। अझ यस्ता संगठनले विवादलाई हटाउने र मित्रतालाई बढाउने काम गर्छन्। जुन विश्वका अन्य क्षेत्रीय संगठनहरूकोे सफल उदाहरणबाट पनि देखिन्छ। युरोपेली संघ (इयू) पनि युद्धको इतिहास बोकेका राष्ट्रहरूबिचको सहकार्यबाट विकसित भएको हो। दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) मा पनि सदस्य राष्ट्रबिच अनेक राजनीतिक मतभेद छन् तर ती मतभेदले व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापनका क्षेत्रमा हुने सहकार्यलाई असर पारेका छैनन्। बरु यिनै संस्थाले संवादको ढोका खुला राखेर तनाव कम गर्न भूमिका खेलेका छन्। दुर्भाग्यवश, दक्षिण एसियामा भने राजनीतिक विवादले सम्पूर्ण क्षेत्रीय संयन्त्रलाई नै निष्क्रिय बनाइदिएको छ।

यसको सबैभन्दा ठुलो क्षति दक्षिण एसियाका करिब दुई अर्ब मानिसले भोगिरहेका छन्। विश्वकै सबैभन्दा कम अन्तरक्षेत्रीय व्यापार हुने क्षेत्र दक्षिण एसिया हो। सार्क सदस्य राष्ट्रबिचको व्यापार कुल व्यापारको पाँच प्रतिशत हाराहारीमा सीमित छ। जबकि आसियानमा यो २० प्रतिशतभन्दा माथि छ। खुला व्यापार, सहज पारवहन, ऊर्जा आदानप्रदान, डिजिटल कनेक्टिभिटी, पर्यटन प्रवर्धन, जलवायु परिवर्तनको साझा सामना र जनस्तरको आदानप्रदानका असंख्य सम्भावना राजनीतिक अविश्वासका कारण रोकिएका छन्। संसारका अन्य क्षेत्रले सहकार्यबाट समृद्धि खोजिरहेका बेला दक्षिण एसिया भने विभाजनको राजनीतिमा अल्झिएको छ।

असंलग्न परराष्ट्र नीतिलाई अँगाल्दै आएको नेपालले सधैं संवाद, सन्तुलन र बहुपक्षीय सहकार्यलाई प्राथमिकता दिँदै आएको छ। त्यसैले सार्कलाई पुनः सक्रिय बनाउन नेपालले अझ सक्रिय कूटनीतिक पहल गर्नुपर्ने छ किनकि नेपालको आर्थिक विकास र समृद्धिका लागि पनि त्यसको सक्रियता आवश्यक छ। निस्सन्देह भारत दक्षिण एसियाको सबैभन्दा ठुलो शक्ति भएकाले उसको भूमिका निर्णायक हुन्छ। भारत मात्र होइन, सार्कका अन्य राष्ट्रका सुरक्षा चासोहरूलाई हल्का रूपमा लिनुहुँदैन। आतंकवाद कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन। आतंकवादविरुद्धको अडान र क्षेत्रीय सहकार्यलाई पूर्ण रूपमा रोक्ने निर्णय पनि ठिक होइन। बरु त्यसविरुद्ध एकै ठाउँमा उभिएर साझा संकल्प गर्न सके समस्या समाधानमा सहयोग हुनेछ। सुरक्षा संवेदनशीलतामा केन्द्रित हुँदा स्वास्थ्य, जलवायु, विपद् व्यवस्थापन, गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, शिक्षा र वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहकार्य रोकिनु तर्कसंगत मान्न सकिदैन।

विशेषतः गरिबी, जलवायु परिवर्तनले हिमालयदेखि हिन्द महासागरसम्म एउटै संकट सिर्जना गरिरहेको छ। हिउँ पग्लिने समस्या नेपाल र भुटानको मात्र होइन, त्यसको असर भारत, बंगलादेश र पाकिस्तानसम्म पुग्छ। समुद्री सतह बढ्नु माल्दिभ्सको मात्र चिन्ता होइन। महामारी, प्राकृतिक विपद्, ऊर्जा सुरक्षा र खाद्यान्न संकट कुनै एक देशको सीमाभित्र सीमित रहँदैनन्। यस्ता साझा चुनौतीसँग जुध्न साझा संस्था आवश्यक हुन्छ र दक्षिण एसियामा त्यो भूमिका सार्कबाहेक अर्को कुनै संस्थाले निर्वाह गर्न सकेको छैन।

क्षेत्रीय सहकार्यमा बिम्स्टेकजस्ता अन्य वैकल्पिक मञ्चहरू उपयोगी हुन सक्छन् तर तिनले सार्कको स्थान लिन सक्दैनन् किनकि दक्षिण एसियाका सबै देशलाई समेट्ने एक मात्र क्षेत्रीय संस्था सार्क नै हो। त्यसको विकल्पमा अन्य संगठनको खोजी गर्ने होइन, यसलाई पुनः सक्रिय बनाउनुपर्छ। अध्यक्ष राष्ट्रको हैसियतले नेपालले पनि आफ्नो सक्रियता र भूमिका देखाउनुपर्छ। कम्तीमा तत्कालका लागि विदेशसचिव वा विदेशमन्त्रीस्तरको बैठकबाट संवाद पुनः सुरु गर्ने, प्राविधिक समितिहरूलाई सक्रिय बनाउने र राजनीतिक मतभेदभन्दा बाहिर रहेका क्षेत्रहरूमा सहकार्य अघि बढाउने बाटो खोल्न सकिन्छ।  

अर्को समाचार
ग्यास अभाव अन्त्य कहिले?
२५ साउन २०८३
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
ग्यास अभाव अन्त्य कहिले?

पछिल्लो समय खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन सरकारले विभिन्न प्रयास गरिरहेको बताए पनि काठमाडौं उपत्यकालगायत देशभर ग्यास अभाव कायमै रहनु गम्भीर चिन्ताको विषय हो। साउनको झरी र चर्को घामको पर्वाह नगरी घण्टौं लाइनमा बसेर पनि एक सिलिन्डर ग्यास नपाउने अवस्था सामान्य आपूर्ति व्यवस्थाको संकेत होइन। अझ ग्यास अभावसँगै बढ्दो बजार महँगीले सर्वसाधारणको दैनिक जीवन थप कष्टकर बनाएको छ।

खाना पकाउने ग्यास नेपाली घरपरिवारका लागि विलासिताको वस्तु होइन, आधारभूत आवश्यकताको इन्धन हो। त्यसैले यसको अभावलाई सामान्य बजार उतारचढावका रूपमा मात्र हेर्न मिल्दैन। आपूर्ति प्रणालीमा देखिएको कमजोरी, वितरणमा हुने असमानता, कृत्रिम अभावको सम्भावना र बजार अनुगमनको प्रभावकारितामाथि गम्भीर प्रश्न उठ्नु स्वाभाविक हो।

अहिले काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा एक सिलिन्डर ग्यास लिन उपभोक्ताले लामो समय लाममा बस्नुपर्ने अवस्था छ। डिलर तथा पसलमा पुग्दा पनि ग्यास नपाएर खाली हात फर्किनुपर्ने, कतिपय अवस्थामा तोकिएको मूल्यभन्दा बढी रकम तिर्नुपर्ने र डेलिभरीका नाममा अतिरिक्त शुल्क असुलिनेजस्ता गुनासा सार्वजनिक भइरहेका छन्। सामाजिक सञ्जालदेखि प्रत्यक्ष बजारसम्म देखिएका यस्ता दृश्यले आपूर्ति पर्याप्त रहेको सरकारी दाबी र बजारको वास्तविक अवस्थाबिच ठुलो अन्तर रहेको देखाउँछन्।

आपूर्ति व्यवस्थाको नियामक निकाय नेपाल आयल निगमले पर्याप्त आपूर्ति रहेको वा अवस्था सुधारोन्मुख रहेको दाबी गर्दै आएको छ। बजारमा उपभोक्ताको लामो लाइन छ भने त्यस्तो दाबीको विश्वसनीयता आफैं कमजोर हुन्छ। आपूर्ति पर्याप्त छ भने उपभोक्ताले ग्यास पाउन किन दिनभर लाइन बस्नुपर्छ ? पर्याप्त मौज्दात छ भने डिलरमा पुग्दा उपभोक्ता किन खाली हात फर्कनुपर्छ ? र सरकारी मूल्य कायम छ भने कतिपय उपभोक्ताले किन अतिरिक्त रकम तिर्नुपर्छ ? यी प्रश्नको जवाफ तथ्य र पारदर्शिताका आधारमा दिनुपर्ने समय आएको छ। नेपालमा एलपी ग्यासको आपूर्ति ठुलो मात्रामा छिमेकी मुलुक भारतबाट हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढाव र क्षेत्रीय आपूर्ति संकटको प्रत्यक्ष असर नेपाली बजारमा पर्न सक्छ।

विगतमा मध्यपूर्वमा देखिएको तनाव तथा अन्तर्राष्ट्रिय बजारको अस्थिरतालाई ध्यानमा राख्दै नेपाल आयल निगमले आपूर्ति व्यवस्थापनका लागि ७.१ केजीका आधा सिलिन्डर बिक्री गर्ने व्यवस्था गरेको थियो। तत्कालीन संकट व्यवस्थापनका लागि गरिएको उक्त निर्णयले केही हदसम्म आपूर्ति व्यवस्थापन गर्न खोजे पनि उपभोक्ताले आफ्नो आवश्यकताअनुसार ग्यास पाउन नसकेको गुनासो गरेका थिए।

पछि अन्तर्राष्ट्रिय परिस्थितिमा केही सुधार आएको र भारतबाट ग्यासको आपूर्ति सहज भएको दाबी गर्दै निगमले १४.२ केजीको पूर्ण सिलिन्डर पुनः बजारमा पठाउने निर्णय गर्‍यो। गत महिनादेखि पूर्ण सिलिन्डर बिक्री सुरु गर्दै निगमले यसको खुद्रा मूल्य प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँ तोकेको थियो तर पूर्ण सिलिन्डर बजारमा आएको भनिए पनि उपभोक्ताको लाइन घटेको छैन। बरु कतिपय स्थानमा एक सिलिन्डरका लागि कैयौं दिन कुर्नुपर्ने अवस्था देखिएको छ। यसले एउटा गम्भीर प्रश्न जन्माउँछ– समस्या आयातमा मात्र हो कि वितरण प्रणालीमै छ? भारतबाट पर्याप्त ग्यास आइरहेको छ भने आयातित ग्यास उपभोक्तासम्म पुग्ने क्रममा कहाँ अवरोध भइरहेको छ? निगम, ग्यास उद्योगी, वितरक र डिलर तहबिचको आपूर्ति शृंखलामा कतै समस्या छ कि छैन ? मौज्दात, आयात, ढुवानी र बिक्रीको वास्तविक तथ्यांक सार्वजनिक नगरी केवल ‘आपूर्ति पर्याप्त छ’ भन्ने दाबीले समस्या समाधान हुँदैन।

अहिलेको समस्या केवल ग्यासको अभावमा सीमित छैन। यसको प्रत्यक्ष प्रभाव महँगीमा समेत पर्न थालेको छ। ग्यास महँगो वा दुर्लभ हुँदा होटल, रेस्टुरेन्ट, चिया पसल तथा साना व्यवसायको सञ्चालन लागत बढ्छ। व्यवसायीले बढेको लागत उपभोक्ताबाट असुल्न थालेपछि खाना, खाजा र अन्य दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत त्यसको असर पर्छ। यसरी एउटा इन्धनको आपूर्ति समस्या अन्ततः समग्र उपभोक्ता मूल्यवृद्धिको कारक बन्न सक्छ। त्यसैले सरकारले तत्काल प्रभावकारी बजार अनुगमन गर्नुपर्छ। कृत्रिम अभाव सिर्जना गर्ने, अनावश्यक सञ्चय गर्ने, कालोबजारी गर्ने वा तोकिएको मूल्यभन्दा बढी असुल्ने जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्छ। स्थानीय तह, जिल्ला प्रशासन, उपभोक्ता अधिकारसम्बन्धी निकाय र नेपाल आयल निगमबिच समन्वय गरी अनुगमनलाई परिणाममुखी बनाउन आवश्यक छ। अनुगमन केवल सञ्चारमाध्यममा देखाउनका लागि गरिने औपचारिक अभ्यास बन्नु हुँदैन।

त्यससँगै आयात, भण्डारण र वितरण प्रणालीलाई दीर्घकालीन रूपमा बलियो बनाउनुपर्ने आवश्यकता छ। संकट उत्पन्न भएपछि मात्र आधा सिलिन्डर बेच्ने, वितरणको समय र मात्रा घटाउने वा अन्य अस्थायी उपाय अपनाउने प्रवृत्तिले दीर्घकालीन समाधान दिँदैन। पर्याप्त भण्डारण क्षमता निर्माण, आपूर्ति शृंखलाको डिजिटल निगरानी, डिलर तहको नियमित अनुगमन र मौज्दात तथा वितरणसम्बन्धी तथ्यांकमा पारदर्शिता कायम गर्नु आवश्यक छ। सरकारसँग पर्याप्त ग्यास छ भने त्यो कहाँ छ, कुन डिलरलाई कति पठाइयो र उपभोक्तासम्म कति पुग्यो भन्ने तथ्य सार्वजनिक हुनुपर्छ।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
विपद्मा बिमा
विपद्मा बिमा २२ साउन २०८३ ४ मिनेट पाठ
तिर्खाएको मधेस २० साउन २०८३ ४ मिनेट पाठ
हिमताल जोखिम १८ साउन २०८३ ४ मिनेट पाठ
नियुक्तिमा पूर्ववत् मनोमानी
नियुक्तिमा पूर्ववत् मनोमानी २१ साउन २०८३ ४ मिनेट पाठ
सम्मान, सहअस्तित्व र समानता १९ साउन २०८३ ४ मिनेट पाठ
सद्भावको दियो जलाऔं १५ साउन २०८३ ४ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस