अध्यादेशले अवरोध
१५ असोज २०७८
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
अध्यादेशले अवरोध

मुलुकले कठिन संघर्षबाट प्राप्त गरेको लोकतान्त्रिक शासन व्यवस्थाको असफलताको प्रमुख कारण अध्यादेश हुने लक्षण देखिँदैछ। अध्यादेशको दुरूपयोगले सम्पूर्ण प्रणाली सञ्चालनमै अवरोध देखिन थालेको छ। तत्काल संसद् नभएका बेला कुनै काम गर्न आवश्यक हुँदा सरकारले अध्यादेश जारी गर्न पाउँछ। तर यस्तो अध्यादेश ६ महिनाभित्र कानुनमा परिणत भइसक्नुपर्छ। अन्यथा यो निष्क्रिय हुन्छ।संसद् अधिवेशन सुरु हुनासाथ प्रतिस्थापन विधेयकमार्फत यसको कार्यान्वयनलाई सुचारु गर्न सकिन्छ। अध्यादेशबाट कुनै काम गर्ने अनि त्यसलाई खारेज गर्ने वा संसद्मा प्रस्तुत नगरी निष्क्रिय बनाउने अभ्यास अहिले निरन्तर भइरहेको छ। एकातिर, अध्यादेशमार्फत कानुन संशोधन गर्ने सरकारको स्वेच्छाचारी अनुहार प्रकट भएको छ। अर्कोतिर, संसद्लाई कानुन बनाउने अवसर नदिएर कार्यकारिणीले अधिकारको दुरूपयोग गर्दै आएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश प्रयोग गरी नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) विभाजनलाई सहज बनाइदिएका छन्। यी दुई दल विभाजित भई नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भइसकेका छन्। यी दुई दल गठनका निम्ति ल्याइएको अध्यादेश फेरि सोमबार सरकारले फिर्ता गरिसकेको छ। एमाले र जसपा विभाजनका निम्ति सहज बनाइएको अध्यादेशका प्रावधान कायम रहेमा अरू विभाजनलाई सजिलो पर्ने भएपछि फिर्ता गर्ने बाध्यता भएको हो। कानुनी प्रावधान दुरूपयोग गर्दै भएको यो अभ्यास एउटा विकृतिका रूपमा रहेको छ। तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले सुरु गरेको अध्यादेशबाट शासन गर्ने अभ्यासलाई अहिलेको सरकारले पनि निरन्तरता दिएको हो।  

अध्यादेशबाट शासन गर्नु हुँदैन भन्दै विरोध गरेर आएको अहिलेको सरकारले फेरि त्यही बाटो अपनाउनु आफैँमा चिन्ताको विषय हो। यसले नैतिकतामा आधारित लोकतान्त्रिक शासन व्यवस्था सञ्चालनमा भाँजो हालेको छ। ओलीले अध्यादेश ल्याउँदा पार्टी केन्द्रीय समिति वा संसदीय दलका ४० प्रतिशत सदस्य भए पुग्ने प्रावधान राखिएको थियो। कानुनी व्यवस्था भने पार्टी र संसदीय दल दुबैमा ४० प्रतिशत जुट्नुपर्ने भन्ने छ। वास्तवमा दलहरू सजिलै नफुटुन भनेर यस्तो व्यवस्था गरिएको हो। अहिले देउवा सरकारले ल्याएको अध्यादेशले पार्टी वा संसदीय दलको २० प्रतिशत संख्या भएमा नयाँ दल बनाउन सकिने व्यवस्था राख्दा एस र लोसपा बनाउन सजिलो भएको छ। यो सरासर सत्ताको दुरूपयोग भएको हो। फेरि दल विभाजन नहोस् भनेर अहिले फिर्ता गरिएको छ। यसरी गरिएको व्यवहारबाट सिर्जित विकृतिले मुलुकको लोकतन्त्रलाई लामो समयसम्म प्रहार गर्न सक्नेछ।

यतिबेला राज्यका सबैजसो अंग ठप्पप्रायः छन्। संसद्ले बनाएका कानुनका आधारमा शासन गर्ने परिपाटी स्थापित गर्न सकेको भए स्थिति अहिलेजस्तो अप्ठ्यारो हुने थिएन। ओलीकै बेलामा अध्यादेशबाट संवैधानिक नियुक्तिलाई सजिलो बनाउने काम भयो। संवैधानिक परिषद्मा ६ सदस्य हुने गरेकामा तीन जना मात्र उपस्थित भए पनि निर्णय गर्न सकिने व्यवस्था गर्दा अहिले सम्पूर्ण निकाय राम्ररी क्रियाशील हुन सकेका छैनन्। प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष र प्रधानन्यायाधीशको मात्र उपस्थितिमा भएका संवैधानिक निकायका ५० भन्दा बढी नियुक्तिका कारण यो प्रणाली धर्मराएको छ। यतिबेला अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफूलाई क्रियाशील बनाएको देखिएको छ। तर, नियुक्तिविरुद्ध अदालतमा मुद्दामामिला चलिरहेको अवस्थामा अख्तियारले सक्रिय भएर काम गर्न सक्ने अवस्था नरहन सक्छ। अख्तियारले बुधबार दुई नम्बर प्रदेशमा ‘बेटी बचाओ, बेटी पढाओ’ कार्यक्रमअन्तर्गत साइकल खरिद आदिमा अनियमितता भएको आधारमा अनुसन्धान सुरु गरेको छ। अख्तियारले काम गर्न खोजे पनि अन्य धेरै निकाय अहिले अलमलको अवस्थामा छन्। यो स्थिति सिर्जना गरेको अध्यादेशले हो। राम्ररी नियुक्ति हुन पाएको भए अहिले आएर यो संस्थालाई काम गर्न सहज हुन्थ्यो।

यतिबेला सर्वोच्च अदालतमा एकपछि अर्को गर्दै संवैधानिक प्रश्नका मुद्दा दर्ता भइरहेका छन्। यी मुद्दाका कारण सरकारले सहजै काम गर्न सक्ने स्थिति छैन। राज्यका सबै अंग कुनै न कुनै रूपमा कानुनी झन्झटमा फसेका छन्। यो स्थिति सिर्जना हुनुको एक मात्र कारण अध्यादेश हो। संसद् राम्ररी चल्न सकेको छैन। ओलीदेखि अहिलेको देउवा सरकारसम्मले संवैधानिक प्रावधानको दुरूपयोग गरेका कारण यस्तो अवस्था आएको हो। लोकतान्त्रिक शासन व्यवस्थामा संसद्ले कानुन नबनाइ वा संशोधन नगरी सरकारले काम गर्न सक्दैन। सरकारलाई तत्काल कुनै काम गर्न अवरोध भएमात्र अध्यादेश ल्याउने व्यवस्था भएको हो। यसरी आउने अध्यादेशले कानुन संशोधन गर्ने स्थिति पनि हुनुहुँदैन। तर, अध्यादेशको प्रावधान दुरूपयोगका कारण संसद्को मानमर्दन भएको छ। प्रधानमन्त्रीले आफूलाई निरंकुश बनाएर जान सक्ने अवस्था अहिले देखिएको छ।

संसद् छलेर सरकार चलाउन सकिँदैन। सरकारलाई संसद्ले बनाएका कानुनका आधारमा मात्र शासन गर्ने सीमित अधिकार हुन्छ। सरकारले आफूलाई जथाभावी चलाउन पाउँदैन। यसै कारण लोकतन्त्रमा सीमित अधिकारमात्र भएको सरकार हुने गरेको हो। आदेश जारी गरेका भरमा सरकार चलाउन पाउने स्थिति आयो भने त्यस्तो शासन व्यवस्थामा जवाफदेही नहुन सक्छ। जवाफदेही नभएको सरकारले मुलुकमा असजिलो अवस्था ल्याउन सक्छ। सबै राजनीतिक दलले यसरी शासन नचलाउने प्रतिवद्धता व्यक्त गर्ने बेला भइसकेको छ। अन्यथा, जोसुकै सरकारमा आएका बेला राजनीतिक लाभ–हानिका हिसाबले अध्यादेश जारी गर्ने परिपाटी सुरु हुन सक्छ। यसले लोकतान्त्रिक शासन व्यवस्थामा विकृति बढ्न थाल्नेछ। अहिलेको शासन व्यवस्था अध्यादेश दुरूपयोगकै कारण अप्ठ्यारोमा पर्ने निश्चित भएको छ।  

लोकप्रिय
अर्को समाचार
कारबाही गर्न सिफारिस गरिएका कर्मचारी अख्तियारमा
१२ वैशाख २०८१
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
कारबाही गर्न सिफारिस गरिएका कर्मचारी अख्तियारमा

नक्कली लाइसेन्स वितरण गरेको विषयमा यातायात व्यवस्था विभागले गठन गरेको छानबिन प्रतिवेदनले कारबाही गर्न सिफारिस गरिएका एकजना प्राविधिक कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा काज सरुवा गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार सञ्चार मन्त्रालयमा कार्यरत कम्प्युटर इञ्जिनियर सुरज प्रकाश अर्याललाई सञ्चारबाट अख्तियारमा तीन महिने काज सरुवा गरिएको हो। उनले सोमबार नै सरुवाको चिठीसमेत बुझिसकेको मन्त्रालय स्रोतले बताएको छ।

अर्यालले कारागारमा रहेका संशाक बस्नेतलाई उहीँ पुगेर नक्कली लाइसेन्स बुझाएको छानबिन प्रतिवेदनमा उल्लेख छ। बस्नेत हाल जेलबाट रिहा भइसकेका छन्। विभागका आइटी इन्जिनियर मुकेश रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो।

समितिले प्रतिवेदन बुझाइसकेपछि अर्याललाई विभागबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएको थियो। सामान्य मन्त्रालयका अर्का एक उच्च कर्मचारीका अनुसार अख्तियारबाटै माग भएपछि अर्यालालई अख्तियार पठाइएको हो। सामान्यतया सामान्यले अख्तियारमा कर्मचारी सरुवा गर्दा अख्तियारले नै माग गरेका कर्मचारी पठाउने गर्छ।

राष्ट्रपति कार्यालय, लोकसेवा आयोग, प्रधानमन्त्री कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान राष्ट्रिय सतर्कता केन्द्रलगायतका कार्यालयमा सम्बन्धित कार्यालयले नै माग गरेका कर्मचारी सरुवा गर्ने गरिएको छ।

नक्कली लाइसेन्स छानबिन प्रकरण अहिले अख्तियारमा पुगेको छ। अनुसन्धानको दायरामा रहेका कर्मचारी आफैं अख्तियारमा सरुवा हुनुले यसबाट छानबिन प्रभावित हुने यातायात व्यवस्था विभागका एक कर्मचारी बताउँछन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस