कहिल्यै खोजी हुँदैनथ्यो अक्सिजन प्लान्टको
२४ वैशाख २०७८
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
कहिल्यै खोजी हुँदैनथ्यो अक्सिजन प्लान्टको
पोखरा औद्योगिक क्षेत्रमा संचालित पोखरा अक्सिजन प्लान्टमा काम गर्दै कर्मचारी । तस्बिरः उशेम पुन/नागरिक

पोखरा औद्योगिक क्षेत्रभित्र अक्सिजन उत्पादनका दुईवटा प्लान्ट छन् । कालिगण्डकी र पोखरा यहाँका दुईवटा अक्सिजन उत्पादन गर्ने प्लान्ट हुन् । वर्षाैअघिदेखि यहाँका यी दुई प्लान्टले अक्सिजन उत्पादन गर्दै आएका छन् । प्लान्टबाट उत्पादित मध्ये अधिकांश अक्सिजन मेटल उद्योग, जलविद्युत र व्यक्तिगत रुपमा घरमा उपयोग हुन्थ्यो ।

अक्सिजन चाहिने दीर्घरोगीका लागि घरमै लैजाने हुँदा केही अक्सिजन खपत हुँदै आएको थियो । यी प्लान्टको उत्पादन न्यून मात्रामा अस्पतालमा उपयोग हुन्थ्यो, किनभने अस्पतालले आफैले पनि अक्सिजन उत्पादन गरेर आवश्यकता अनुसार बिरामीका लागि प्रयोग गर्दै आएका थिए । अस्पतालको आन्तरिक उत्पादनले नपुग्ने अवस्था कहिल्यै सिर्जना भएको थिएन । अस्पतालमा अहिलेजस्तो माग पनि कहिल्यै थिएन ।  

अस्पतालमा माग कम हुने, उद्योग तथा जलविद्युत र घरायसी उपयोग मात्र खपत हुने भएपछि यी प्लान्टले आफ्नो क्षमता अनुसार उत्पादन गर्न पनि पाएका थिएनन । किनकी माग नै उत्तिसारो थिएन । मेटल उद्योग र जलविद्युत उत्पादनको मागको भरमा मात्र प्लान्ट धानिनुपर्ने बाध्यता थियो ।  

कोरोना भाईरस संक्रमणको दोश्रो लहर फैलिन सुरु हुनुअघि यहाँका अक्सिजन प्लान्टको अधिकांश उत्पादन अस्पताल बाहिरै खपत हुन्थ्यो । यसअघि अक्सिजनको उत्तिसारो हाहाकार कहिल्यै नभएकोले यहाँ अक्सिजन उत्पादन गर्ने अरु प्लान्ट पनि थपिएनन । दुईवटाकै उत्पादन प्रयाप्त भएकोले पनि नयाँ लगानीकर्ता भित्रिएनन् । अरु बस्तु उत्पादन गर्ने उद्योग थपिँदै गर्दा अक्सिजनका प्लान्ट थप्नेतिर कसैको चाँसो थिएन ।  

पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्रीय प्रबन्धक भूषणकुमार उपाध्याय भन्छन, ‘औद्योगिक क्षेत्रभित्रका यी दुईवटा अक्सिजन प्लान्टले कहिल्यै आफ्नो क्षमता अनुसार उत्पादन गर्न पाएका थिएनन । किनभने यी उद्योगको उत्पादन क्षमता निकै नै बढि छ । तर, माग भने कम थियो ।’ क्षमता अनुसार उत्पादन गर्न यी प्लान्ट कहिल्यै बाध्य नभएको उपाध्यायले बताए ।  

‘अधिकांश अस्पतालले आफ्नै उत्पादन गर्थे । आफै उत्पादन नगर्ने अस्पतालले पनि चाहिएजति अक्सिजन प्लान्टमा किन्न पाउँथे । सबै बिरामीलाई अक्सिजन नचाहिने भएकोले अस्पतालको खपत पनि उत्तिसारो थिएन । ‘बल्ल अहिले माग बढेको हो । अक्सिजन प्लान्टको आवश्यकता बोध बल्ल भएको हो । यसअघि त अस्पताल भन्दा मेटल उद्योग र जलविद्युत कम्पनि तथा केही व्यक्तिगत प्रयोजनमा घरमा लैजाँदाको भरमा मात्र यी प्लान्ट धानिएका थिए,’ उपाध्याय भन्छन, ‘दुईवटा प्लान्टलाई नै काम नपुगेको बेला अरु लगानीकर्ता पनि यो क्षेत्रमा भित्रिन चाहेनन । किनकी भएका दुईवटा प्लान्टलाई नै काम पुगेको थिएन । नयाँ प्लान्ट भित्रिएर पनि काम थिएन ।’  

उपाध्यायका अनुसार क्षमता अनुसार यी प्लान्ट अहिले पनि पूर्ण क्षमतामा चल्न पाएका छैनन । किनभने अहिले भने उत्पादन गरेको अक्सिजन भर्ने सिलिन्डर अभाव छ । सिलिन्डर भएमा आवश्यकता र माग अनुसार उत्पादन गर्न प्लान्ट सक्षम छन् । तर, सिलिन्डर नै छैनन् । ‘पहिले माग कम थियो, भरिएका सिलिन्डर महिनौसम्म उपयोगमा आउँदैनथे । अहिले सिलिन्डर अभाव छ, उत्पादन गरेर मात्र भएन,’ उनले भने । उपाध्यायका अनुसार दुईवटा प्लान्टले एकघण्ठामा झन्डै ७०–८० वटा सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमता राख्छन ।  

‘सरकारले तत्कालै एकहजार सिलिन्डर भित्रयाउन सक्ने हो भने पोखरामा अक्सिजन अभाव हुँदैन,’ उनले भने, ‘उत्पादन क्षमता प्लान्टसँग छ । तर राख्ने भाँडो अभाव हो ।’ उनका अनुसार अक्सिजन सिलिन्डर भारत र चीनमा मात्र पाइन्छन् । अहिले भारतले सिलिन्डर बिक्री गर्न रोकेको छ । चीनबाट ल्याउन तदारुकता देखाउने हो भने केही सहज हुने उनले बताए ।  

अक्सिजन उत्पादन गर्ने प्लान्टका संचालकहरु पनि अहिले सिलिन्डर अभाव भएको बताउँछन् । कालिगण्डकी अक्सिजनका संचालक कालिदास बराल भन्छन, ‘व्यक्तिगत रुपमा घरमा लैजान दुईसाता देखि रोक लगाएका छौ । भएजतिका सिलिन्डर उपयोगमा छन । सिलिन्डर अभाव हुँदा चाहेजति उत्पादन गर्न पाएका छैनौ ।’ उनले सिलिन्डर प्रयाप्त आकारमा नपाउँदा बढी अप्ठेरो पर्ने सम्भावना रहेको बताए । 

‘दिनमै १८ घण्टासम्म पनि प्लान्ट चलाउन हामी तयार छौ । तर, सिलिन्डर प्रयाप्त छैनन । अहिले अस्पतालमा मात्र माग हो,’ बरालले भने, ‘पहिला अस्पतालमा निकै नै कम खपत हुन्थ्यो, अहिले बल्ल माग बढेको हो, अस्पतालमा बल्ल अक्सिजन खोजी हुन थालेको छ ।’ उनका अनुसार यो प्लान्टसँग पुराना घरायसी ग्राहक चारसय जति छन् । दीर्घरोगीका लागि घरमा सिलिन्डर प्रयोग हुने गरेको छ । ‘पहिल्यैदेखि सेवा लिईरहेका ग्राहकलाई अहिले पनि दिन बाध्य छौ । किनकी उनीहरु पनि बिरामी नै हुन् । घरमा अक्सिजनको भरमा बाच्ने बिरामी पनि छन्,’ उनले भने, ‘नयाँ सिलिन्डर घरमा राख्न रोकेका छौ ।’ अहिले दिनमा साढे ५ सय लिलिन्डर उत्पादन गरिरहेको उनले बताए । उनले पनि यसअघि कहिल्यै पनि अक्सिजनको यो आकारमा माग नहँुँदा लगानीकर्ता पनि आकर्षित हुन नसकेको बताए ।  

पोखरा अक्सिजनका अध्यक्ष डा. प्रदीप घिमिरेले पनि उत्पादनमा समस्या नभएको तर सिलिन्डरको हाहाकार मात्र रहेको बताए । ‘हामीसँग पनि झन्डै १७ सय सिलिन्डर छन् । केही सिलिन्डर अन्यत्रै होल्ड पनि भएका छन,’ घिमिरेले भने, ‘दिनमा एकहजार सिलिन्डर भर्न सक्ने क्षमता छ । तर, उत्पादित अक्सिजन राख्ने सिलिन्डर अभाव छ ।’ उनका अनुसार कोरोना कहर सुरु हुनअघि अक्सिजनको खपत निकै नै कम थियो । उत्पादनको ५० प्रतिशत त मेटल उद्योग, जलविद्युतमा खपत हुने गरेको थियो । अहिले बल्ल अस्पतालमा माग बढेको हो ।

‘हामीले उद्योगमा पठाएका सबै सिलिन्डर फिर्ता गरिसकेका छौ,’ घिमिरेले भने, ‘अहिले अस्पतालमा माग बढिरहेको छ । तर, अब सिलिन्डर अभाव हुने देखेका छौ । तत्काल सिलिन्डर संख्या बढाउने हो भने उत्पादनमा समस्या छैन ।’ घिमिरेले पनि पहिलो पटक अक्सिजन प्लान्ट र सिलिन्डरको आवश्यकता सबैलाई महसुस भएको बताए । ‘कतै खोजि नभएको उद्योगको रुपमा अक्सिजन प्लान्ट थिए । बल्ल अहिले अप्ठेरो अवस्था आएको हो,’ उनले भने, ‘अक्सिजन नै अहिले बाच्ने अचुक औषधि बनेको छ ।’

लोकप्रिय
अर्को समाचार
ठेकेदारको लापरबाही: कमसल ट्रस भवनमा अक्सिजन प्लान्ट स्थापना
२६ असार २०७९
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
ठेकेदारको लापरबाही: कमसल ट्रस भवनमा अक्सिजन प्लान्ट स्थापना

जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको छ। प्रदेश सरकार, १ नं प्रदेशको १ करोड ५० लाख लगानीमा मुन रक्स इन्टरनेशनल प्रालिले निर्माण गरेको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको हो।

जिल्लामै अक्सिजन उत्पादन गर्ने उद्देश्यले जडान गरिएका उपकरण सही देखिए पनि ट्रस भवन कमसल बनेको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए। 'ट्रस भवनको पर्खाल धकेल्दा ढल्ने र छानासमेत कागजजस्तो हालेको देखिएको छ', उनले भने, 'पर्खालभन्दा माथि र छानामुनिको ‘स्पेस’मा कुखुराको खोरलाई बारेजस्तो पातलो तारजालीले बारेको देखिएकाले भुक्तानी रोक्न भनिएको छ।'

अक्सिजन प्लान्टको ट्रस जिल्ला अस्पतालकै एउटा भवनसँग अडेस लगाएर (टाँसेर) बनाइएको छ। तर, ट्रस टाँसिएको भागमा पर्खाल लगाइएको छैन्। सिङ्गल इँटाको पर्खाल रहेकाले निर्माणाधीन अस्पताल भवनको निर्माण सामग्री ओसारपसारका क्रममा ओहोरदोहोर गर्ने ठूला सवारी साधन (हेभिवेट) गाडीको कम्पनले अक्सिजन प्लान्टको ट्रस चर्किएर भत्किने खतरा छ। अक्सिजन प्लान्टको ट्रस निर्माणका क्रममा गुणस्तरहीन काम भएको आवाज उठाउँदासमेत निर्माण कम्पनीका प्रतिनिधिले बेवास्ता गरेको स्थानीय बासिन्दा इन्द्र कसजूले बताए।  

'अक्सिजन प्लान्टजस्तो संवेदनशील ठाउँमा कमजोर संरचना बनेकाले दुर्घटना निम्तिने सम्भवना छ', उनले भने, 'खबरदारी गर्दा निर्माण कम्पनीले बजेट अभाव देखाएको छ।' अक्सिजन प्लान्टको ट्रस कमसल बनाइएको भन्दै गुनासो आएपछि गत शुक्रबार नगरप्रमुख तीर्थराज भट्टराई, जिसस सदस्य दुर्गाप्रसाद घिमिरे, कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशी, राप्रपाका अध्यक्ष ललितकुमार राईलगायतको टोलीले निरीक्षण गरेको थियो।

'अक्सिजन प्लान्टको भवन निर्माण कम्पनीको लापरबाही देखिएको छ', नगरप्रमुख भट्टराईले भने, 'लापरबाही गर्ने निर्माण व्यवसायीमाथि तत्काल छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ।' अक्सिजन प्लान्ट जडान गर्ने मुनरक्स इन्टरनेशनल प्रालिका सञ्चालक अशोक धमलाले प्लान्टको उपकरण खरिद गरेर ल्याउने र इन्स्टलेसन मात्र आफ्नो दायित्व भएको र बाँकी काम अस्पतालले गर्नुपर्ने  बताए।'  

ट्रस निर्माणका क्रममा गुणस्तर कायम गर्न पटक–पटक निर्माण कम्पनीलाई खबरदारी गर्दा ‘हुन्छ’ भन्दै टारेको जिल्ला अस्पतालका प्रमुख डा.नीतु लामाले बताइन्। 'अक्सिजन प्लान्ट स्थापना गर्नका लागि ट्रस भवन यस्तै हुनुपर्छ भनेर डिजाइन थिएन। तर, स्थापना गर्ने जिम्मा सम्बन्धित ठेकेदार कम्पनीको हो', उनले भनीन्, 'सम्भौता अनुसार ठेकेदार कम्पनीले प्लान्ट स्थापना गर्‍यो। गुणस्तर कायम गर्न पटक–पटक गरिएको खबरदारीलाई बेवास्ता गर्दा संरचना कमजोर भएको छ।' अक्सिजन प्लान्ट स्थापनाका क्रममा भएको लापरबाहीको विषयमा छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस