घोराही उपमहानगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा २०७७ असारसम्म क्वारेन्टिन व्यवस्थापनमा भएको खर्च विवरण पठायो। क्वारेन्टिन निर्माण र क्वारेन्टिनमा प्रयोग हुने सामग्री खरिद शीर्षकमा उपमहानगरले २२ लाख ३४ हजार एक सय ३९ रूपैयाँ खर्च भएको विवरण मन्त्रालमा पेस गरेको छ। यसैगरी, क्वारेन्टिनमा बसेकाको खाना/खाजामा चार लाख ४२ हजार चार सय ६ रूपैयाँ खर्च भएको विवरण मन्त्रालयमा पेस भएको छ। उपमहानगरले यो अवधिसम्म २३ सय ११ जना क्वारेन्टिनमा बसेको उल्लेख गरेको छ। .jpg)
वडा तहमा क्वारेन्टिन व्यवस्थापन गरेका वडाहरूका अनुसार उपमहानगरले किन्दै नकिनेको सामान किनेको देखाएर विवरण संघीय सरकारलाई पठाएको हो। खाना खर्च भनिएको साढे चार लाख रूपैयाँ त सरासर झुटो छ। सम्बन्धित वडाका अनुसार उपमहानगरले कुनै पनि वडाका क्वारेन्टिनमा बसेकालाई खाना खुवाएको छैन। उपमहानगरले सुत्नका लागि जनही एक–एकवटा म्याट, तन्ना र झुल दिएको थियो। तीबाहेक उपमहानगरले किनेको भनिएको सामान फर्जी हो।
घोराही–३ मा ५ वटा क्वारेन्टिन थिए। पाँचवटैमा बसेकालाई खाना उनीहरूकै परिवारले खुवाए। यो वडाका अध्यक्ष माधव चौधरी भन्छन्, ‘उपमहानगरले वडामा खाना, खाजा बापत केही पठाएको छैन।’
वडाले स्थानीयसँग चन्दा मागेर केही दिन खानाको मेस चलाएको चौधरीले बताए। ‘हामीले केही क्वारेन्टिनमा स्थानीयसँग माना चामल सहयोग मागेर मेस चलाएका थियौं,’ उनले भने, ‘तर अधिकांशका आफन्तले नै खाना र खाजाको व्यवस्था गरेका थिए।’
त्यसैगरी, उपमहानगरपालिकाले उल्लेख गरेको टुथपेस्ट, तौलिया, चप्पल, सुत्ने खाट यो वडामा खरिद भएकै छैन। ‘हामीले हात धुने साबुन भने किनिदिएका हौं, त्यो पनि यो रकम वडाकै हो,’ उनले भने, ‘चप्पल, तौलिया, खाट, टुथपेस्ट ब्रस केही पनि किनिएको होइन।’
उनका अनुसार उपमहानगरपालिकाले यो वडालाई प्रतिव्यक्ति सुत्नका लागि एउटा म्याट, एउटा तन्ना र एउटा झुल मात्रै दिएको थियो। ‘यसबाहेक उपमहानगरले अरू केही दिएको छैन, ढाँटेर के गर्नु ?’ वडा अध्यक्ष चौधरीले भने।
उपमहानगरको ४ नम्बर वडामा चलेका चारवटा क्वारेन्टिनमा बसेकालाई वडाले स्थानीयसँग सहयोग उठाएर खानाको व्यवस्था गरेको थियो। तर उपमहानगरले संघीय मन्त्रालयमा विवरण पठाउँदा आफूले खर्च गरेको देखाएको छ। यस वडाका अध्यक्ष भक्तबहादुर सार्कीले उपमहानगरपालिकाबाट खाद्यान्न सहयोगै नभएको बताए। ‘हामीले स्थानीयसँग सहयोग मागेर खानपिनको व्यवस्था गरिदिएका हौं,’ उनले भने, ‘उपमहानगरले खाद्यान्नका एक दाना अन्न पनि सहयोग गरेको छैन।’
यो वडाले पनि उपमहानगरपालिकाबाट पाएको भनेको एक–एक थान म्याट, तन्ना र झुल मात्रै हो। ‘यी तीन चिजबाहेक उपमहानगरपालिकाबाट केही आएको छैन,’ उनले भने, ‘तौलिया, ब्रस मन्जन, चप्पल केही पनि आएका छैनन्।’
वडा नम्बर ५ का अध्यक्ष बिष्णुमणि दाहालले पनि एक–एकवटा तन्ना, म्याट र झुल बाहेक अन्य सहयोग उपमहानगरबाट नभएको बताए। यहाँ सञ्चालित ६ वटा क्वारेन्टिनमा बसेकालाई उनीहरूकै परिवारले खाना ख्वाएको पनि उनले जानकारी दिए।
वडा नम्बर १५ ले भने क्वारेन्टिनमा बसेका सबैलाई खानाको व्यवस्था गरेको थियो। एउटा मात्रै क्वारेन्टिन रहेको यो वडाले दाताको सहयोगमा खानाको व्यवस्था गरेको हो। उपमहानगरले यो वडामा पनि खाना, खाजा दिएको उल्लेख गरेको छ। ‘उपमहानगरबाट खाद्यान्नका लागि सहयोग भएकै छैन,’ वडाअध्यक्ष रमेशकुमार पाण्डेले भने, ‘विभिन्न दाता गुहारेर मेस चलाएका थियौं।’ यहाँ पनि जनही एकएक थान तन्ना, झुल र म्याट मात्रै उपमहानगरबाट आएको छ। ‘खोइ ! उपमहानगरले यी सामग्री किनेर कहाँ प्रयोग ग¥यो ?’ पाण्डेले भने, ‘क्वारेन्टिनका लागि त कुनै पनि वडाले यो सहयोग पाएकै छैनन्।’
उपमहानगरका वडा नम्बर ६, ७ र ८ का अध्यक्षहरूको भनाइले पनि उपमहानगरको खर्च दाबीलाई झुटो साबित गर्छ। वडा नम्बर ६ का अध्यक्ष रेबबहादुर बुढाथोकीका अनुसार यो वडामा सञ्चालित नौवटा क्वारेन्टिनमा बसेकालाई उपमहानगरले एक छाक खाजा पनि खुवाएको छैन। अध्यक्ष बुढाथोकीले भने, ‘टुथपेस्ट, ब्रस, चप्पल, तौलिया, पलङ केही पनि पठाएको छैन।’
वडा नम्बर ७ का अध्यक्ष खोपीराम चौधरीले पनि क्वारेन्टिनमा बसेकालाई खाना परिवारले नै ल्याएको बताए। यो वडामा सञ्चालित तीनवटा क्वारेन्टिनमध्ये कुनैमा पनि उपमहानगरले भनेजस्तो सामान खरिद भएन। चारवटा क्वारेन्टिन सञ्चालन गरेको वडा नम्बर ८ पनि अन्त दिएर सरहबाहेक थप सामान नआएको वडाअध्यक्ष चन्द्रप्रसाद चौधरीले भने।
उपमहानगरले केही वडामा भने बिजुली र पानीको व्यवस्था गरिदिएको थियो। वडा नम्बर ९ का अध्यक्ष मानबहादुर बस्नेतले बिजुली नभएका क्वारेन्टिनमा बत्ती, पंखा र पानी तताउने भाँडा उपमहानगरले दिएको बताए। अन्यत्र जस्तै म्याट, झुल र तन्ना यो वडाले पनि पाएको छ। खाना, खाजा खर्च र अन्य सामग्री भने केही नआएको उनले जानकारी दिए।
उपमहानगरले गर्दै नगरेका कामको प्रतिवेदन किन तयार पार्यो त ? उपमहानगरको स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीको भनाइलाई आधार मान्ने हो भने उसले मन्त्रालयमा बुझाएको प्रतिवेदन झुटो हो। खर्च कागजमा मात्रै छ, व्यवहारमा भएको छैन। जबकि मन्त्रालयमा पठाइएको प्रतिवेदन प्रमाणित गरेर हस्ताक्षर गर्ने उनै घर्ती पनि हुन्। उनले पनि उपमहानगरमा सञ्चालित क्वारेन्टिनमा जनही एकएकवटा म्याट, तन्ना र झुल दिएको बताए। बिजुली र पंखा नभएको ठाउँमा त्यसको व्यवस्थापन भयो। पानी नभएका क्वारेन्टिनमा पानी दिइयो। तौलिया, चप्पल, टुथपेस्ट, ब्रस, पलङ लगायत वस्तु उपमहानगरले सहयोग नगरेको उनले बताए। ‘यी वस्तु उपमहानगरले पठाएको होइन,’ आफैंले हस्ताक्षर प्रमाणित गरेको उपमहानगरको प्रतिवेदनलाई गलत साबित गर्दै उनले भने, ‘हामीले पठाएको म्याट, तन्ना र झुल हो। यसबाहेक कतै बिजुली विस्तरा, पंखा, पिउने पानीको व्यवस्था र भवन मर्मत गरिएको हो।’
उपमहानगरले खाना र खाजाको व्यवस्था कुनै पनि क्वारेन्टिनमा नगरेको उनले बताए। ‘कतै वडाहरू आफैंले सहयोग उठाएर मेस चलाए भने अधिकांशका परिवारले नै खाना खुवाए,’ उनले भने।
आर्थिक वर्ष ०७७/०७८ मा थप साढे तीन लाख झुटो खर्च
आर्थिक वर्ष ०७६/०७७ मा क्वारेन्टिन व्यवस्थापनमा झुटो खर्च विवरण पठाएको उपमहानगरले आर्थिक वर्ष ०७७/०७८ को पहिलो चौमासिकमा खरिदै नगरिएका सामग्री खरिद गरेको भनेर तीन लाख ३८ हजार नौ सय चार रूपैयाँ खर्च विवरण मन्त्रालयमा पेस गरेको छ। यो आर्थिक वर्षमा यो रकम क्वारेनिटन निर्माण, क्वारेन्टिनमा चाहिने सामग्री खरिद टुथपेस्ट, ब्रस, तौलिया, चप्पल लगायत सामग्री खरिदसँगै खाना, खाजामा यो रकम खर्च भएको देखाइएको छ।
घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उनका श्रीमान् खुशीराम चौधरी दुनाटपरी उत्पादन गर्न व्यस्त छन्। करिब ५० वर्षीया शान्ति र ५६ वर्षीय खुशीरामले विसं २०६९ बाट दुनाटपरी व्यवसाय गर्दै आउनुभएको हो। घरको काम सकेर बचेको समय यहीँ व्यवसायमा उनीहरुको दैनिकी बित्ने गरेको छ।
यस सहारा दुनाटपरी लघु उद्योगमा स्थानीय १० महिलाले पनि नियमित रुपमा काम गर्दै आएका छन्। ‘उद्योगका अध्यक्ष शान्तिले आफूसँगै अन्य दिदीबहिनीहरु पनि जोडिएर आम्दानी गर्दै आएकाले खुशी व्यक्त गर्छिन्’,उनले भनिन्, ‘अलि गाह्रो भनेको वनबाट पात टिपेर ल्याउँदा हुने गरेको छ।’ बजारीकरणका लागि त्यति समस्या नहुने गरेको उनले बताइन्।
‘पहिले घरको चुलोचौकोमा आफूसँगै अरू दिदीबहिनीहरुको दिन बित्थ्यो, अहिले भने उद्यागेले सीपसँगै आम्दानी पनि राम्रो दिएको छ’, उनले भनिन्,‘अहिले घरको सबै काम सकेर श्रीमानले पनि सहयोग गर्ने भएको हुँदा झनै सहज हुने गरेको छ।’ उनको दम्पतीले मासिक १५ हजार आम्दानी गर्दै आएका छन्।
दुनाटपरी व्यवसायमा जोडिएका अन्य महिलाले पनि मासिक रु १०/१२ हजार आम्दानी गरिरहेका छन्। चाडपर्वको समयमा मागअनुसारको बजार पु¥याउन समस्या हुने उनको भनाइ छ। मेहनत र दुःखअनुसारको मूल्य पाउन नसक्दा समस्या हुने गरेको उनले सुनाइन्। उत्पादित ठूलो बौत्तालाई साढे दुई र एक सय वटा भएको प्याकेटलाई साढे दुई सयमा बिक्री गरिएको छ।
यसैगरी,टपरी पाँचका दरले बिक्री हुने गर्दछ। दुनाटपरी उद्योगमा दुई मेसिनमार्फत उत्पादन गरिन्छ। उद्योगमा मेसिन चलाउन, वनबाट पात टिपेर ल्याउन श्रीमतीलाई सहयोग गर्दै आएको शान्तिका श्रीमान् खुशीराम बताउछन्। घरमा दुवै जना मिलेर काम गर्दा सहज हुने गरेको उनको अनुभव छ।
मेसिन बिग्रेमा कुनै सामान लिनु परेमा भारतसम्म खुशीराम नै जान्छन्। उत्पादन गरेका दुनाटपरी घोराहीका विभिन्न होटल तथा मःमः पसलमा पठाउने गरिएको उनले बताए। कतिपय घरमै पनि लिने आउने गर्दछन्। जिल्लामा सञ्चालित मेला महोत्सवमा बढी बिक्री हुने गरेको छ।
प्लास्टिकबाट बनेका वस्तुको प्रयोग बढ्दै जाँदा वातावरण नै प्रदूषित भइरहेको भन्दै सालका पातबाट बनाइने दुनाटपरीले वातावरणलाई पनि स्वस्थ्य बनाउन यस दुनाटपरी उद्योगले सहयोग पु¥याउँदै आएको छ। विवाह, व्रतबन्ध, पूजाआजालगायत कार्यमा दुनाटपरी अहिले पनि प्रयोग हुँदै आएको छ।
उद्योगमा आवश्यक कच्चापदार्थ सङ्कलनदेखि अन्य कार्यका लागि फुर्सदको समयलाई उपयोग गर्दै राम्रो आम्दानी गर्न सफल भएको दुनाटपरी उद्योगका सदस्य ४० वर्षीया कमला चौधरीले जानकारी दिइन्। समयको सदुपयोग, सीप र आम्दानी पनि आफूले काम गरे अनुसारको प्राप्त हुने उनी बताउछिन्।
सहारा दुनाटपरी लघु उद्योगका अध्यक्ष शान्तिको प्रयासबाट सञ्चालित उद्योगले स्वरोजगार प्रदान गर्नाका साथै परम्परागत दुनाटपरीको संरक्षण भएको उनको भनाइ छ। खेर जाने सालको पातलाई प्रयोगमा ल्याएर आम्दानीको पाटोलाई बढाउन पाउँदा खुशी व्यक्त गर्छिन्।-रासस
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।