अफिस जान थालेपछि श्रीमतीसँग ‘सामाजिक दूरी’
०३ जेष्ठ २०७७
१० मिनेट पाठ
संग्रह
Email
ईमेल
अफिस जान थालेपछि श्रीमतीसँग ‘सामाजिक दूरी’

बन्दाबन्दी (लकडाउन) को ४६औँ दिन । कार्यालयको ल्यान्डलाइनबाट फोन आयो । लकडाउन सुरु भएपछि यतिन्जेल खासै जिम्मेवारी पाइएको थिएन । खुसीले गदगद हुँदै फोन उठाएँ, सम्पादक रहेछन् । मधुर स्वरमा उनले भने, ‘दीपकजी, के छ खबर ?’

‘ठीक छ सर । कोठामै बसिरा‘छु,’ आनन्दको हाँसो तरंगित भयो ।

‘अब तपाईंलाई घरमा बस्न नदिने भइयो नि,’ सम्पादक उद्देश्यतिर लम्किए । सरकारले लकडाउन खुकुलो बनाउँदै विभिन्न कार्यालय खुलाउने निर्णय गरेको थियो । लाग्यो– अब कार्यालय खुल्ने भयो ।  

‘हुन्छ नि सर,’ मैले पढिरहेकी श्रीमतीतिर पुलुक्क हेर्दै भनेँ । उनको ध्यान भंग भयो । उनी संवाद सुन्न लागिन्, मोबाइलमा लाउडस्पिकर गरिएकाले उनलाई झनै सजिलो भयो ।

‘भोलिदेखि अफिस आउनू न त । अहिले पत्रिकामा खासै काम छैन, अनलाइनलाई सघाउनुप¥यो,’ सम्पादकले अनुरोध गरे ।  

मैले अनायासै सहमति जनाएँ, ‘हुन्छ सर ।’

फोन संवाद सकिनासाथ श्रीमतीले मेरो हात तानेर रुन्चे अनुहार बनाउँदै भनिन्, ‘यस्तो बेला नि अफिस जाने र !’  

कोठामा बस्दाबस्दा दिक्क लागिसकेको थियो । काम गर्ने अवसर पाएकामा  खुसी भएँ । तर, श्रीमती भइन्, बेखुस । केही बेर उनको  र मेरो विवादै भयो । कारण म बाहिर जाँदा मलाई कोरोना भाइरस संक्रमण हुनेछ । यसैकारण उनी भन्दै थिइन्– घरबाटै काम गर्छु भनेर भन्नू न ।

मैले सम्झाएँ, ‘केही दिन हामीलाई तालिम दिने रे । त्यसपछि घरबाटै काम गर्ने हो । अफिसमा सुरक्षाका सबै सामग्री उपलब्ध छन्, चिन्ता नगर न, केही हुँदैन ।’

भोलि म अफिस जाने कुराले राति निदाउनुअघि पनि उनको अनुहार मलिन थियो ।

०००

उठ्दा बिहानको ७ बजेछ । उनले सिरक पट्याउँदै भनिन्, ‘साँच्चै, अफिस जाने हो र ?’

‘अँ, जाने हो । नगएर कहाँ हुन्छ र ?’ मैले झ्याल खोलेर बाहिर हेरेँ । वातावरण सुनसान नै थियो ।

हामी दुवै खाना पकाउने सुरसारमा लाग्यौँ । म तरकारी काट्न थालेँ । ८ बज्दा नबज्दै खाना तयार भयो । उनले सोधिन्, ‘गाडी कतिखेर आउँछ ?’

श्रीमती ढोकामा उभिइरहेकी थिइन् । कोठामा पस्नुअघि लुगा फुकालेर छुट्टै राख्न र नुहाउन भनिन् । त्यसपछि म बाथरुममा पसेँ । नुहाएर निस्केपछि उनले सेनिटाइजर हातमा हालिदिइन् र अर्काे लगाउने लुगा ल्याइदिइन् । त्यसपछि मात्र कोठाभित्र पस्न दिइन् ।

‘साढे ९ बजेतिर आउला,’  मैले सर्ट लगाउँदै भनेँ ।

‘त्यसो भए पौने ९ बजेतिर खान खाऔँ न त,’ उनी कोठामा बढार्न लागिन् ।

‘म एकछिन छतमा बसेर घाम ताप्छु है,’ यो मेरो दैनिकी थियो । म छततिर उक्लिएँ । उनी कोठा बढार्न छाडेर मलाई हेर्न लागिन् । भनिन्, ‘फोन गर्नु नपरोस् है, बेलैमा आउनू ।’

छतमा बसेर घाम ताप्दै सडकतिर नियाल्दै थिएँ । गाडी धेरै चल्न थालेछन् । लाग्यो– अब दैनिकी सहज हुने भयो, मीठो–मसिनो खान पाइने भयो । तर, अर्काे मनले भन्योे– अब झनै संक्रमण पैmलिने भयो !

यत्तिकैमा चियाकप बोकेर घरबेटी अंकल मनजिकै आइपुगे । र, सोधे, ‘चिया खान्छौ बाबु ?’

‘नखाने अंकल,’ मैले सडकतिरै नजर लगाएँ ।

‘आज त गाडी धेरै चलेछन् त बाबु ?’ उनले घाँटी तन्काइतन्काई सडकतिर हेरे ।

‘अब उद्योग, बैंक, सरकारी कार्यालय खोल्न पाइन्छ, त्यसैले धेरै गाडी  चलेका हुन् । आजदेखि मेरो अफिस पनि खुल्छ,’ मैले उनको अनुहार हेर्दै भनेँ । उनको अनुहार त कच्याककुचुक भयो । नभएको खोकी निकाले । उनले भने, ‘अफिस नजाऊ बाबु ।’

‘पत्रिका त कहिल्यै बन्द हुँदैन । अचेल थोरै पृष्ठ प्रकाशित भएकाले मात्र मैले छुट्टी पाएको । अफिसमा केही समस्या हुँदैन,’ उनलाई सम्झाउन खोजेँ ।

उनी बम्किँदै भान्छाकोठातिर गए, ‘नजाऊ, बाबु, नजाऊ । हामीलाई पनि गाह्रो हुन्छ ।’ मैले उनलाई निकै बेर हेरेँ । उनी अलप भए ।  म तल कोठामा आएँ, पौने ९ बजेको रहेछ ।

खाना खाँदै थिएँ,  चालकको फोन आयो, ‘म आइपुगेँ ।’

खाना थप्ने मन हुँदाहुँदै हात धोएँ र हतारहतार बाहिर निस्किँदै थिएँ । श्रीमतीले हाँस्दै भनिन्, ‘भरे ओछ्यान अलग हुन्छ है ।’ म पनि उनलाई हेरेर हाँसेँ ।  

०००

गाडीमा बस्दा नबस्दै चालक भाइले गफ सुरु गरे । उनी रहेछन्, बडा गफाडी ।  चोकचोकमा हामीलाई रोकेर सोधियो– प्रेसकै गाडी  हो त ?

‘हो सर,’ चालकले झ्यालबाहिर टाउको निकालेर परिचयपत्र देखाए ।

‘नक्कली प्रेस र पत्रकारको बिगबिगी छ । धेरै जनाले पत्रकार भनेर झुक्याए त्यसैले सोधेको,’ प्रहरीले हात हल्लाउँदै जान अनुमति दिए । यसैगरी विभिन्न ठाउँमा हामीलाई रोकियो, जवाफ दिँदै अघि बढिरह्यौं । करिब १ घण्टामा कार्यालय रहेको एघार तले भवनमा पुगियो, जहाँ गेटमै तेस्र्याइयो– थर्मल गन (ज्वरो नाप्ने उपकरण) । अनि गन तेस्र्याउने दाइले भने, ‘ठीक छ, जानुस् ।’

आठौँ तलामा रहेको कार्यालयमा छिरेपछि पनि सुरक्षाकर्मी दाइले उसरी नै थर्मल गन तेस्र्याए र भने, ‘पहिले साबुनपानीले हात धुनुस् । त्यसपछि यो फाराम भर्नुस् । फाराममा स्वास्थ्य अवस्था र घरबाहिर हिँडे–नहिँडेकोबारे सोधिएको थियो । त्यसपछि पन्जा र मास्क लगाएर मात्रै प्रवेश पाइयो ।      

केही साथी आइसकेका रहेछन् । पहिलेदेखिको बानी, हात मिलाउन हात अघि बढाइहालिएछ । साथीहरू हाँस्न थाले– लकडाउनपछि मिलाउँला हात ।  

०००

अनलाइनमा समाचार अपलोडसम्बन्धी तालिमका लागि हामीलाई कार्यालयमा बोलाइएको रहेछ । समयअनुसारको प्रविधि सिक्नु राम्रै कुरा हो । एकखालको नयाँ आनन्द महसुस भयो ।

तालिम सकेर बेलुका कार्यालयकै गाडीले घर पु¥याइदियो । श्रीमती ढोकामा उभिइरहेकी थिइन् । कोठामा पस्नुअघि लुगा फुकालेर छुट्टै राख्न र नुहाउन भनिन् । त्यसपछि म बाथरुममा पसेँ । नुहाएर निस्केपछि उनले सेनिटाइजर हातमा हालिदिइन् र अर्काे लगाउने लुगा ल्याइदिइन् । त्यसपछि मात्र कोठाभित्र पस्न दिइन् ।

‘कस्तो भयो त ट्रेनिङ,’ अझै टाढैबाट सोधिन् । यसअघि कार्यालयबाट आउनेबित्तिकै अँगालो हालुँलाझैं गरेर हालखबर सोध्ने श्रीमतीको व्यवहार जीवनमा पहिलोपटक फरक अनुभव गर्दै थिएँ ।  

‘अँ, रमाइलै भयो । एक हप्ता जति हुन्छ रे ट्रेनिङ,’ मैले उनको मुहार अध्ययन गर्न खोजेँ ।

‘मलाई त कस्तो डर लागेको छ, पत्रकारमा पनि कोरोना देखियो रे । आजै काठमाडौं र भक्तपुरका तीन जनामा कोरोना देखियो रे । अब भोलिदेखि अफिस नजानू,’ उनको अनुहार झन् अँध्यारिँदै गयो  । म उनको नजिक जान मात्र के खोजेको थिएँ, उनी त उठेर अर्को कोठामा पो गइन् ।

केही बेरपछि म बसेको कोठामा आइन्, हातमा थाल लिएर । त्यसमा  एउटा उसिनेको अन्डा र केही आलु रहेछन्, हेर्दै खाउँखाउँ लाग्ने । मैले खाएँ, तर उनले खाइनन् । भनिन्, ‘भर्खर खाएको ।’

साँझपख घरबेटी अंकलले मलाई फोन गरे, ‘बाबु घर आइपुग्यौ ?’  

‘अँ, अघि नै आइसकेँ अंकल, तपाईं घरमा हुनुहुन्न कि क्या हो ?’

‘घरमै छु बाबु,’ उनले ख्वाकख्याक खोके, मैले तल कोठाबाटै सुनेँ । उनी बेलाबेला यस्तै बनावटी खोकी निकालिरहन्छन् ।  

‘बोलाउनुभएको भए त म माथि नै आइहाल्थेँ नि । किन फोनै गर्नुभयो अंकल ?’ म फोनमै जोडजोडले हाँसेँ ।  

उनले अत्तालिँदै भने, ‘भो भो बाबु, माथि आउनुपर्दैन ।’ उनले फोनबाटै करिब आधा घण्टा मलाई अफिस नजान अनुरोध गरे, भनिरहे– ‘अफिस नजाऊ, बाँडीचुँडी खाऔँला, बाँचिएछ भने पछि काम गरौँला ।’ मैले उनलाई अफिसमा अपनाइएको सुरक्षाबारे अवगत गराउँदै सक्दो सम्झाउने कोसिस गरेँ । तर उनी मानिरहेका थिएनन् । तैपनि,  म  कार्यालय जाने अडानमै रहेँ ।  

त्यसपछि उनले ‘भोलि पनि अफिस गयौ भने उतै बस्नू, घर नआउनू’ भने र  फोन काटे ।

मैले नै उनलाई फोन गरेँ, तर उठाएनन् । तल कोठाबाटै बोलाएँ, बोलेनन् । सायद उनी भान्छातिर गए होलान् ।

०००

पहिले सँगै बसेर खाना खाने हामी दुई (श्रीमान्–श्रीमती) यसपटक अलग्गै बसेर खान थाल्यौं । खानापछि म फेसबुकतिर अल्झिएँ, उनी भाँडा माझ्न लागिन् । यसपछि उनी पर बसेर किताब पढ्न लागिन्, उनको चैतमा हुने भनिएको एमए दोस्रो वर्षको परीक्षा लकडाउनकै कारण रोकिएको थियो र अनिश्चित बनेको थियो । तैपनि, उनी तयारीका लागि बेलाबेला किताब पल्टाउँछिन् । उनको बानी नै छ, पढ्दै गएपछि ‘पेट दुख्यो’ भन्ने । अनि मेरो जवाफ हुन्छ, ‘अल्छी लागेर होला ।’  

यसपटक पनि मैले यस्तै भनेँ ।  

‘होला होला,’ मतिर हाइलाइटरको झटारो हान्दै उनले सोधिन्, ‘हाम्रो परीक्षा कहिले हुन्छ ?’

‘कहिले हुनु, लकडाउन खुलेपछि,’ मैले जिस्क्याएँ ।  

‘परीक्षा कहिले पो हुने हो !’ किताबले मुख छोपेर निदाएझैँ गरिन् ।

सोधेँ, ‘परीक्षाको तयारी गर्दै हो ?’

‘छ्या, कस्तो अल्छी लाग्यो । म त सुतेँ,’ उनी किताब थन्क्याएर सिरकभित्र गुटुमुटु भइन् ।

मैले सोधेँ, ‘हाम्रो ओछ्यान एउटै कि फरक ?’

‘पल्लो कोठामा गएर सुत्नू,’ सिरक हटाएर मलाई पुलुक्क हेरिन् र फेरि सिरकभित्र पसिन् ।  

म फेसबुकमै रमाउँदै थिएँ, रातको ११ बजेछ । उनी निद्राकै तालमा कत्तिखेर भित्तानेर पुगिछन् । लाग्यो– मेरा लागि केही ठाउँ छाडिदिइन् ।  

अनि अर्कै ओढ्ने ओढेर उनीछेउ पल्टिएँ ।  

लोकप्रिय
अर्को समाचार
शिखर यात्रामा डा.पुष्करराज भट्ट
२२ वैशाख २०८१
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
शिखर यात्रामा डा.पुष्करराज भट्ट

लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्। 

भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।

त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।

यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।

उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।

वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।

शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।

लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
कवितामा जीवनचक्र
कवितामा जीवनचक्र २२ वैशाख २०८१ ५ मिनेट पाठ
एक मुठी घामसँगै उदाए सरित् २० वैशाख २०८१ १ मिनेट पाठ
रमितेखोलो
रमितेखोलो २१ वैशाख २०८१ ११ मिनेट पाठ
परशु-कल्पना स्रष्टा सम्मानको घोषणा २० वैशाख २०८१ १ मिनेट पाठ
यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ! १५ वैशाख २०८१ २ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस