बेलायती मामा
२९ वैशाख २०७८
१० मिनेट पाठ
संग्रह
Email
ईमेल
बेलायती मामा

कृष्णदेव रिमाल

 

“ए हौ भान्जी तिमी त फोनै पो गर्दिनौ त अचेल !”  हर्कबहादुरले मोपिङ गर्दै आफ्नै गार्ड हाउस नजिकै आइपुगेकी कृष्टीलाई मायालु नजरले हेर्दै भने। कृष्टीका सिल्की कपाल गहुँगोरी वदन पुटुस्स परेको नितम्ब उसले महिनौंपछि देख्न पाएको हो आज। रातो ज्याकेट र कालो पाइन्टमा सजिएकी कृष्टीलाई उसले परैबाट चिनिसकेके थियो। चिन्न पनि किन नचिनोस् यो ज्याकेट समरको एक शनिबार उलिचस्थित एक सपिङ मलमा गएर उसैले किनिदिएको त थियो नि।

“अचेल सारै व्यस्त छु मामा म।” कृष्टीले मामा नजिकै आएर अगाडि लर्किएको लामो कालो कपाल पछाडि पन्छाउँदै स्पष्टीकरण नै दिएजसरी जवाफ दिइन्। त्यतिखेर कपालको टुप्पाले हर्कको पाखुरामा छोएछोएजस्तो लाग्यो।  

“हैन तिमीले मामाको गुन त भुसुक्कै बिर्सिहाल्यौ कि क्या हो ?” हर्क सुस्तरी फुस्फुसायो।

“बिर्सेको छैन नि मामा किन बिर्सन्थेँ र। त्योबेला तपाई नहुनुभएको भए म त मरिसक्थेँ होला आजसम्म” उनले पनि हर्कको आँखामा आँखा जुधाइन् र लवजमा पनि केही प्यार मिसाएर भनिदिइन्। अनि “फेरि भेटौँला है मामा, अहिले गएँ, भरे फोन गरौँला” यति भनेर ऊ मोपिङ गर्दै परपर पुगेर कम्प्लेक्सको कुनै कोठामा बिलाइन्। हर्क भने आफ्नो प्रशंसा सुनेर सिरुपाते जुँगामा ताउ लाउन थाल्यो। सायद उसले डिउटी अफ हुने समय विचार गरिरहेको छ। निकैबेरसम्म कृष्टी गएतिरै हेरेर के सोचिरहेको थियो कुन्नि खुल्लै रहेको गेटबाट ऊ काम गर्ने कम्पनी लोकोग को साइट मेनेजर स्वाट्ट मर्सिडिज हाँकेर भित्र पसे । हर्क नजिकै आएर उनले गाडी रोके । तबसम्म पनि हर्कले देखेन। कारको आवाज पनि सुनेन।  

“आर यु राइट हर्क !” मेनेजर माइकलले झ्यालको सिसा खोलेर सोधे।

“यस सर आम अल राइट” उसले सम्हालिँदै भन्यो। माइकल मुसुक्क हाँसे स्टेरिङ घुमाए र बेपत्ता भैहाले। हर्क निकै डरायो। अब उसको जागिर धरापमा थियो। यी अंग्रेजहरू मुसुक्क हाँसेरै जागिर चपाइदिन सक्छन्। कति साथीहरूको जागिर यसैगरी चैट भएको अनुभव छ हर्कलाई।

उसले कृष्टीलाई बिर्सियो। माइकलसँगको सम्वाद मात्र सम्झिरह्यो। यस घटनाले हर्कको बाँकी दिन निकै लामो बनाइदियो।

उलिचनगर लण्डन महानगरको एउटा निकै चहलपहलयुक्त ट्रेन स्टेसन हो। महानगरले यस क्षेत्रका बासिन्दाको सेवाका लागि उलिचमा नगरपालिकाको स्थानीय कार्यालय तथा कर कार्यालय पनि स्थापना गरेको छ। यहाँ केही ठूला सपिङ मलहरू पनि बनेका छन्। त्यसैले रोजगारीका अवसरहरू पनि यथेष्ट छन् यहाँ। उलिचबाट दुई किलोमिटरको दूरीमा प्लमस्ट्रीट नामक आवास क्षेत्र छ। यो नेपाली र भारतीयहरूको प्रसस्तै स्थायी बसोबास भएको क्षेत्र हो।

नेपाल र भारतबाट भर्खरै लण्डन आएका आप्रवासीहरू यतैतिर डेरा गरेर बस्छन्। तुलनात्मक रूपमा यता कोठाहरू सस्तै पाइन्छन्। सस्तो पनि के भन्नु तिन चारवटा बेड अटाउने तर किचन सेयरिङ गर्नुपर्ने कोठालाई पनि तीनचार सय पाउन्ड भनिहाल्छन्। यिनैमध्येको एउटा चार वेड भएको कोठामा तीनजना साथीहरूसँग बस्थिन् कृष्टी। आज उनी आपतमा जागिर लगाइदिएका तर निकै दिनपछि भेटिएका हर्कलाई कल गर्ने मुडमा छिन् साँझतिर।

कृष्टीकी रुममेटहरू खरीमाया गरिमा र झरनाको पनि आआफ्नै काम छन्। खरीमाया खेतमा काउली टिप्ने काम गर्छिन्। खेत वस्तीबाट निकै टाढा थियो। बस चढेर जानुपर्ने। काउली टिपेको ज्याला गोटा गन्तिमा पाउँथिन् उनी। प्रतिपिस दस पेन्स। दश थुँगा काउली टिपेपछि बल्ल एक पाउन्ड कमाइ हुने। पचास पाउन्ड कमाउन पाँच सय थुँगा टिप्नुपर्ने। टिपेर मात्र कहाँ सुख पाउनु, फटाफट बाक्सामा प्याक पनि गर्नुपर्ने। बेलुका घर आउँदा कम्मर दुखेर अररो हुन्थिन् खरीमाया। साथीहरूले तेल लाएर मालिस गरिदिनुपर्ने नत्र भोलि काममा जान कठिन हुन सक्थ्यो। यसरी पिस रेटमा काम गराउनु भनेको कानुनसम्मत होइन। बेलायतजस्तो देशमा पनि यसरी श्रमशोषण हुनु विडम्बनाको विषय हो। बोलूँ भने त्यही जागीर पनि चट भैहाल्छ । आप्रवासीहरू चूपचाप काम गर्छन्।

गरिमाचाहिँ गार्डेनमा काम गर्थिन्। फूलहरूसँग काम गर्नुपर्ने । फूलहरू टिप्ने र कल्ली बनाउनुपर्ने। प्रतिकल्लीका हिसाबले दिनमा तीसचालिस पाउन्ड कमाउँथिन्। अर्की साथी झरना डिपार्टमेन्ट स्टोरमा काम गर्थिन्। घन्टाको साँढे छ पाउन्ड पाउँथिन्। यो भनेको सामान्यतया राम्रो र कानुनसम्मत थियो। विदेशमा नेपालीहरूले पाउने भनेको सामान्यतया निम्नस्तरको काम हो। संविधान नभएको देशमा आप्रवासीको कुरा गरी के साध्य हुन्छ र।

बेलायतमा कामको नियमितता हुँदैन। कहिले पाइन्छ कहिले गुम्छ। आप्रवासी विद्यार्थीहरूलाई काम गुमेको बेला सारै गाह्रो पर्छ। यस्तो बेला केटीहरूलाई मामाहरूले मद्दत गर्छन्। केटाहरूले त त्यो सहयोग पनि पाउँदैनन्। केटाहरूलाई काम खोज्न झनै दुख छ। मामा भनेको नेपाली विद्यार्थीले बेलायतमा बसोबास गर्ने भूपू गोर्खा सैनिकलाई सम्बोधन गर्नुपर्दा लगाइने नाता हो। त्यहाँ यस्तो कम्पनी हुँदैन जहाँ भूपू गोर्खा सैनिकहरू सुरक्षागार्ड नभएका होऊन्। त्यसकारण गार्डहरूले थुप्रै मानिस चिनेका हुन्छन्। जहाँ पनि चिनेको नै त काम लाग्ने हो।

कृष्टी र हर्कको नाता पनि यस्तै मामाभान्जीको नाता हो। नत्र त कसरी नाता लाग्नु।  हर्क लमजुङको मान्छे कृष्टी झापाकी। नेपाली विद्यार्थीहरू बल्लतल्ल आएल्टस्मा पाँचछ ल्याएर गएका हुन्थे। उनीहरू प्रायः अन्तर्वार्ताहरूमा भाषा नबुझेर नै फेल हुन्थे र जागिरको अवसर गुमाउँथे। कृष्टी कयौँपटक यही समस्याका कारण फेल भएकी छिन्। एउटा अन्तर्वार्तामा उनलाई छिटोछिटो सोधिएको थियो “हावेनहेय माफ्रेन?” उनले यो शब्द बुझिनन् र उत्तर दिन सकिनन्। अन्तर्वार्ताकारलाई लाग्यो कि यस केटीले भाषा बुझ्दिरहिनछ। यसले काम गर्न सक्तिन। त्यो राम्रो जागिर थियो गुम्यो। खासमा प्रश्न सजिलै थियो। “माइ फ्रेन्ड हाउ यु ह्याव वीन हेयर?” बिस्तारै सोधिदिएको भए आज कृष्टीको जागिर पनि झरनाकै डिपार्टमेन्ट स्टोरमा भैसक्थ्यो।      “त्यतिजाबो तिमी कति भो बेलायत बसेकी?” भन्ने प्रश्नमा “एक वर्ष भयो।” भन्न नसक्ने त थिइनन् नि कृष्टी। भाषाको ठूलो महत्व रहेछ यो संसारमा भन्ने बल्ल बोध भयो उनलाई।

यसरी अन्तर्वार्ताहरूबाट निरास भएकी हुनाले एउटी साथीको सहयोगमा कृष्टी हर्क मामाको सम्पर्कमा आएकी हुन्  एक वर्षअघि। सबैले त होइन धेरैजसो मामाले कम्पनीका बोसहरूको मन जितेका हुन्छन्। नेपालीहरू कामको मामलामा सामान्यतया इमानदार नै हुन्छन्। आपतविपतहरूमा सघाएको र कम्पनीलाई ठूलो नोक्सान हुनबाट जोगाएका गार्डहरू बोसको नजरमा परिरहेका हुन्छन्। त्यसैले यहाँका कम्पनीहरूमा मामाहरूको बोली बिक्छ। वास्तवमा कम्पनीहरू गार्डहरूकै जिम्मामा रहेका हुन्छ। यो कुरा नवआगन्तुक नेपाली विद्यार्थी समाजमा हावासरी फैलिएको हुन्छ।

प्रायः मामाहरूको बेलायतमा आफ्नै घर हुन्छ। प्रायःसबै अवकाश प्राप्त बेलायती सैनिक भएकाले राम्रो पेन्सन पनि आउँछ। यता कम्पनीहरूमा गार्ड पनि भएकाले उनीहरूलाई खर्चको कुनै चिन्ता हुँदैन। उनीहरू मन फुकाएर खर्च गर्न सक्छन्। कतिपयका माइजूहरू नेपालमा नै बसेका हुन्छन् । उनीहरूचाहिँ अलि फुक्काफाल जस्ता देखिन्छन्। उनीहरूले जागिर गुमाएका र नपाएका भान्जीहरूलाई दिल खोलेर सहयोग पनि गर्छन्। हर्क पनि यस्तैमध्येका एक बहादुर सैनिक हुन्। उनले धेरै भान्जीहरूलाई आपत परेका बेला सघाएका छन्।

यस प्रकारको सहयोगको बदलामा मामाहरूले भान्जीहरूसँग कुनै आर्थिक अपेक्षा गरेका पनि हुँदैनन्। भान्जीहरूलाई चाहिँ बेलायतको प्रसिद्ध स्थानहरूमा घुम्ने चाह हुने नै भयो । तर, उनीहरू आफ्नो कमाइले घुम्नु भनेको आकाशको फल ठान्छन्। कृष्टीलाई पनि पानीजहाज आउँदा स्वचालित रूपमा खुल्ने लण्डन ब्रीज हेर्ने रहर थियो। यो रहर रहरमै सीमित भएको थियो।

साँझको सात बजेको हुँदो हो। दिउँसो बोस कुटिल मुस्कान छोडेर गएकामा हर्क चिन्तित भएर आफ्नै घरको सानो बगैंचामा बसिरहेको थियो। टिरिङ् रिङ् रिङ् ....उसको सेलफोन बज्यो। नम्बर हेर्यो। कृष्टी भान्जीको रहेछ। रिसिभ बटम थिचेर “हेलो भाञ्जी” भन्यो उसले। “दिउँसो बोल्नै पाइएन कति काम बाँकी थियो।” कृष्टीले भनिन्।  

“त्यै त नि । मलाई त सारै बोर लागेको छ आज। आज दिउँसो बोससँग एउटा कोल्डवार नै चल्यो। बिदा लिएर कतै घुम्न जाउँ जस्तो भाको छ। एक्लै हिँड्न पनि के रमाइलो होला र। साँच्चि तिमी कताकता घुमेकी छौ नि भान्जी लन्डन आएर ?” हर्कले घुमाएर प्रस्ताव राख्यो।

“मलाई पनि लण्डन आइ र लण्डन ब्रिज हेर्ने धोको थियो। आफ्नु त घुम्ने रहर सपना नै भो। न घुम्न पेन्नी नै पुग्छ न घुमाइदिने कोही विश्वासिला गाइड नै पाउँछु” कृष्टीले नाइँनाइँ भनेझैं गरी मामालाई विश्वासिलो मित्र मानेर सहमति जनाई।

“के कुरा गरेकी त्यस्तो मामा मरेको छ  र ?”  हर्कले पनि घुमाउन लगिहालूँ भनेजसरी तत्काल कुराले छोपिहाल्यो।

लगत्तै पछिल्लो सन्डे हर्क र कृष्टी लण्डनब्रीज रेष्टुराँमा चिकेन विङस् टोक्दै कार्ल्सवर्ग पिउँदै बसेको देखियो। थेम्स नदीको किनारमा रहेको त्यो पुरानो रेष्टुराँ सम्भ्रान्तहरूलाई लक्षित गरी बनाइएको थियो। खासमा यो शाही खानदानकै नातेदारको रेष्टुराँ हो भन्ने सुनिएको थियो। राजपरिवारका सदस्यहरू पनि यहाँ आएर पोट्याटो चिप्स खान्छन् भन्ने कुरा जो कोही ग्राहकलाई थाहा छ।

सैनिकमा काम गर्दा राजकुमार ह्यारीसँग हर्कको दोस्ती निकै जमेको थियो ह्यारीले नै पहिलो पटक हर्कलाई यस मनोरम स्थानको स्वादिला परिकार चखाएका थिए। आज कृष्टीलाई यो स्थान र परिकारको स्वाद चखाउन पाएर हर्क पनि आफूलाई ह्यारी नै हुँ कि भन्ने सम्झिरहेको थियो। कृष्टी झ्यालबाट थेम्स नदीमा पौडिरहरेका सेता स्वानहरूमा मन पौडाइरहेकी थिई। साथै किनारमा ढकमक्क फुलेका ब्लु मिमोसा र ज्याकरन्डा हेरेर आनन्दित पनि थिइन्। ज्याकरन्डा त्यही फूल हो जुन वसन्त ऋतुमा काठमाण्डूको रत्नपार्क वरिपरि ढकमक्क फुल्ने गर्छ। अलिपर लण्डनब्रीजमा कारहरू कुदिरहेको दृश्य पनि सारै सुन्दर देखिएको थियो कृष्टीको टेबुल अगाडिको झ्यालबाट।

उनले हेर्दाहेर्दै लण्डनब्रीजको मध्येभाग यसरी चिरीयो कि उनको स्मृति  एकैचोटि  उनको पहाड घर भोजपुर पुग्यो। त्यो घरको भरयाङमा लगाइएको घोप्टे जसरी खुल्थ्यो पुल त्यसै गरी खुल्यो। घोप्टे खुल्नासाथ अवरोध रहेन। उँधोतिरबाट विशाल मालवाहक पानीजहाज बेलायती झन्डा फहराउँदै त्यो कृत्रिम नदीबाट उँभोतिर गयो। जहाज गएपछि दुई किनारमा ठडिएका पुलका पल्लाहरू घोप्टे लागेजस्तै गरी लागे। फेरि पुल दुरुस्तै बन्यो। गाडीहरु पूर्ववत् कुदेर गन्तव्य पहिल्याउन थाले। केही क्षणपछि सानासाना यात्रुवाहक स्टिमरहरू पुलमुनिबाट तीव गतिमा कुदेको पनि देखिन् कृष्टीले। उनलाई लण्डनको सौन्दर्यपान गर्न पाएर आफ्नो जन्म सफल भएको जस्तो लाग्यो। उनी मामाप्रति अनुगृहित नजरले हेर्न थालिन्।  वियरको मातले केही रसिला देखिएका कृष्टीका आँखामा हर्कका आँखा निकैबेर रोकिए।

त्यतिखेर कृष्टी अघिल्लो दिन हर्कले घुमाएका स्थानहरू सम्झेर हर्षविभोर देखिन्थिन्। ग्रीनवीच वा ग्रनीच जहाँबाट समय सुरु हुन्छ, त्यहाँ सजाइएको विशाल घडी सम्झिन्। समयको सुरुवातसँग आफ्नो नयाँ जिन्दगी आरम्भ भएको परिकल्पनामा हराइन्। वेस्ट मिनिस्टर हल सम्झिन्। साउथवाक ल्याम्बेथ एलफेन एन्ड क्यासल आदि स्थानहरू आफ्ना आँखामा बारम्बार ल्याइरहिन्। वेस्टमिनिस्टर भवन हेर्दै गर्दा हर्कले भनेको थियो राजाको पुरानो दरबार बकिङ्घम शायरमा छ म एक दिन तिमीलाई त्यहाँ  पनि घुमाउँछु। तिमी चाहना राख्छ्यौ भने नर्थ ह्याम्प्टन र शेक्सपियर शायर पनि घुमाउनेछु। कृष्टीले हर्कको आँखामा यिनै कुराहरू पढिरहेकी थिई। हर्कले भने उनको आँखामा के देख्यो उसैलाई थाहा होला।  

“मामा यो लण्डन धेरै ठूलो छ हकि ?”  उसले हर्कको आँखालाई नै प्रश्न गरेझैं गरी सोधी।

“ तिम्रो आँखाभन्दा त सानै छ नि प्रिय।” हर्क कृष्टीको विशाल नयनमा बेस्करी भासियो।

“तिमीले के सोचेकी छ्यौ यतिखेर ?”

“अलि दिगो जागिर छैन। घरभाडा र खाना खर्च मात्रै टार्न पनि हम्मेहम्मे पर्छ। कलेज फी को पीर छुट्टै छ। घरमा कति दुख देखाउनु। बाआमालाई निकै ठूला सपना देखाएर आएकी थिएँ। सब चकनाचूर भयो। यस्तामा के सोचाइ आउँछ होला र मामा मलाई।”

“ त्यति कुरामा के चिन्ता गर्छ्यौ मामा यहाँ हुँदाहुँदै। सकेको गर नसके मामा मरेको छैन। तिम्रो भागको कोठाभाडा सय खानाखर्च पचास  नेट र अरू पाकेट खर्च पचास न हो। जाबो दुई सय पाउन्ड। त्यतिचाहिँ मामाको जिम्मा भो ?” मामाको कुरा सुनेर कृष्टी  

अनायास मामाको विशाल छातीमा ढुक्क भएर पोखिई।

बितेको दुई वर्ष कृष्टी र उसका साथीहरूलाई पटक्कै दुख भएन। कृष्टीले उसका साथीहरूलाई पनि भिन्दाभिन्दा सहयोगी मन भएका मामाहरू खोजिदिई। यही बीचमा बेलायतका प्रसिद्ध स्थानहरू पनि घुमे उनीहरूले । यी वर्षहरूमा उनीहरूका जिन्दगी लण्डनका सडकजस्तै शान्त र चिल्ला देखिएको थियो।

पढाइ सकिएको र आवासीय भिसा प्राप्त हुने छाँटकाँट पनि नदेखिएकाले भने उनीहरूको मनमा छुट्टै पीर परेको थियो। यसैबीच कोरोनाको महामारीले लण्डन छाड्न बाध्य बनायो उनीहरूलाई। नेपालमा आफन्त मिलनको सुखानुभूति भए पनि फर्केको कैयौँ महिनासम्म बेलायती मामाहरूलाई भने बिर्सन साह्रै गाह्रो परेको छ। कोरोनाकालीन एकान्तवासहरूमा पनि कृष्टी र उनका साथीहरूको मन भने लण्डनका सुन्दर पार्कहरूमा विचरण गरिरहेकै छन्।

लोकप्रिय
अर्को समाचार
शिखर यात्रामा डा.पुष्करराज भट्ट
२२ वैशाख २०८१
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
शिखर यात्रामा डा.पुष्करराज भट्ट

लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्। 

भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।

त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।

यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।

उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।

वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।

शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।

लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
कवितामा जीवनचक्र
कवितामा जीवनचक्र २२ वैशाख २०८१ ५ मिनेट पाठ
एक मुठी घामसँगै उदाए सरित् २० वैशाख २०८१ १ मिनेट पाठ
रमितेखोलो
रमितेखोलो २१ वैशाख २०८१ ११ मिनेट पाठ
परशु-कल्पना स्रष्टा सम्मानको घोषणा २० वैशाख २०८१ १ मिनेट पाठ
यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ! १५ वैशाख २०८१ २ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस