गायिका टेलर स्विफ्टले टेनेसीका सांसदहरूलाई जातीय स्मारक हटाउन आह्वान गरिरहेको छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा ‘खलनायक मूर्तिहरूको लायक नभएको’ ट्वीट गर्दै जातीय स्मारक हटाउन आह्वान गरेकी थिइन ।
‘हाम्रो राज्यमा राखिएका खराब काम गर्ने जातीय ऐतिहासिक व्यत्तित्वहरूको स्मारकहरूले टेनेसीको प्रतिनिधित्व गर्छु भन्ने कुराले मलाई बिमारी तुल्याउँछ,’ उनले ट्वीट गरेकी थिइन, ‘एडवर्ड कारम्याक र नेथन बेडफोर्ड फोरेस्ट हाम्रो राज्यको इतिहासका लाथि तुच्छ व्यक्तित्वहरू थिए र उनीहरूलाई पनि यस्तै व्यवहार गर्नुपर्दछ ।’
अमेरिकामा जारी ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले मे ३० मा टेनेसीमा रहेको वकिल तथा न्युजपर्सन कारम्याकको स्मारक भत्काएपछि उनले आक्रोशित प्रतिक्रिया दिएकी हुन् । गायिका स्विफ्टका अनुसार कारम्याकको लेखले जातीय विभेद र अश्वेत व्यक्तिहरूप्रति लक्षित हिंसात्मक आक्रमणलाई बढावा दिएका थिए ।
टेनेसी राज्य सरकारले कारम्याकको स्मारकलाई प्रतिस्थापन गर्ने बताएको थियो । उनले अनावश्यक रूपमा राज्यको कोष खेर नफाल्न अनुरोध गर्दै सही काममा खर्चिन सुझाव दिएकी थिइन ।
गायिका स्विफ्टले पनि राज्यको समितिको आलोचना गदै मतदानमार्फत नेथन बेडफोर्ड फोरेस्टको प्रतिमा समेत हटाउन आग्रह गरेकी थिइन । ‘उनको प्रतिमा अझै उभिरहेको छ र जुलाई १३ मा हामी नेथन बेडफोर्ड फोरेस्ट डे मनाएरहेका छौं,’ उनले ट्वीट गरेकी थिइन । त्यस्ता विवादित व्यक्तित्वहरूको स्मारक हटाउँदा टेनेसीमा बसिरहेका अश्वेत अमेरिकीहरूको जीवनमा सुधार आउने तर्क उनले गरिन् ।
‘जब तपाईं जातीयवादी विभेद गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्न लागि पर्नुहुन्छ । त्यसले टेनेसीमा बसिरहेका अश्वेत अमेरिकी र उनीहरूको लागि न्याय मागिरहेका सहयोगीहरूलाई चोट पुग्दछ,’ उनले ट्वीट गरिन्, ‘तपाईंले इतिहास परिवर्तन गर्न सक्नुहुन्न । तर तपाईं यसलाई परिवर्तन गर्न सक्नुहुन्छ ।’
यसअघि अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा रहेका बेला मिनियापोलिसमा भएको हत्याको विरोधमा अमेरिकाभर विभिन्न शहरमा प्रदर्शन भइरहेको अवस्थामा गायिका स्विफ्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनको अन्त्य हुने प्रतिक्रिया दिएकी थिइन ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालको हिंसाविरुद्धको नियमलाई उल्लंघन गर्दै अनलाइनबाट ‘लुटपाट सुरू गरे गोली चलाइने’ धक्की दिएपछि उनी आक्रोशित भएकी थिइन । ‘तपाईको राष्ट्रपति पद सेताका वर्चस्वमा रहेर जातीय भेदभावको विरोधमा हिंसाको धम्की दिनुअघि नैतिक श्रेष्ठता दर्साउने साहस छ ?,’ गायिका स्विफ्टले राष्ट्रपति ट्रम्पलाई ट्वीटरमा सम्बोधन गर्दै लेखेकी थिइन, ‘लुटपाट सुरू गरे गोली चलाउनु हुन्छ ? हामी आउँदो नोभेम्बरमा तपाईंलाई मतदान गर्नेछौं ।’ ट्वीटरमा सर्वाधिक अनुसरण गरिएको व्यक्तिको सूचीमा उनी पाँचौं स्थानमा छिन् ।
१४ वर्षिया बालिकामाथि भएको यौन दुर्व्यवहारबारे सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोलाई पछ्याउँदै जाँदा प्रहरीले एकजना १६ वर्षिय बालकलाई पक्राउ गर्न सफल भएको छ। पक्राउ परेका ती बालकलाई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।
कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकका अनुसार कास्कीमा बसोबास गर्दै आएकी ती बालिकामाथि यौन दुर्व्यवहार भएको भनेर सामाजिक सञ्जाल टिकटकमा भिडियो भाइरल भएको थियो। धेरैजनाले त्यो भिडियो सेयर समेत गरेको प्रहरीले बताएको छ। त्यसपछि प्रहरीले त्यो भिडियोलाई पछ्याउँदै अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानकै क्रममा पीडितसमक्ष प्रहरी पुगेपछि बल्ल दुर्व्यवहार गरेको भनेर आरोप लागेका बालकबारे थाहा भएको डिएसपी विकले बताए।
‘शनिबारदेखि एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। १४ वर्षकी बालिकामाथि यौन दुर्व्यवहार भएको भनेर टिकटकमा पनि धेरैले सेयर गरेपछि प्रहरीको ध्यानाकर्षण भएको हो,’ उनले भने, ‘अनुसन्धानमा खटिएको प्रहरी पीडित बालिकाको परिवारको सम्पर्कमा पुगेपछि बल्ल घटनाबारे धेरै कुरा थाहा पायौं।’
प्रहरीले घटना कहिले भएको भन्ने खुलाएको छैन। तर पीडित पक्षले बाल यौन दुरुपयोग शीर्षकमा आइतबार मात्र कास्की प्रहरीमा जाहेरी दिएको डिएसपी विकले जानकारी दिए। आफन्तको जाहेरी पछि यौन दूव्र्यवहार गरेको भनि विवादमा परेका बालकलाई नियन्त्रणमा लिएको डिएसपी विकले बताए। प्रहरीका अनुसार ती बालक पनि कास्कीमा बसोबास गर्छन। प्रहरीको नियन्त्रणमा रहेका ती बालक १६ वर्षका हुन्।
‘धेरै कुरा अनुसन्धान भईरहेको छ। सामाजिक सञ्जालमा भाइरल भएकै कारण हामीलाई पीडितसम्म पुग्न सहज भयो। घटना लुक्न पाएन,’ उनले भने, ‘सामाजिक सञ्जालमा भाइरल नभएको भए यो उजुरी तत्काल नपर्न पनि सक्थ्यो। जबकी प्रहरी आफैले पीडितबारे बनेको भिडियोलाई पछ्याउँदै परिवारसम्म पुगेको थियो। परिवारको सम्पर्कमा प्रहरी पुगेपछि उजुरी गर्न झनै सहज भएको छ।’ प्रहरीको नियन्त्रणमा रहेका ती बालकलाई बाल यौन दूरुपयोग सम्बन्धि मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको डिएसपी विकले बताए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।