क्वारेन्टाइन समयसँग वाचाल छ मन । दृश्यदृश्यमा बाँडिएको घर वरिपरिको परिवेशसँग बोलिरहन्छ, मन आजभोलि । सुकिलो न सुकिलो भएर फिँजारिएको नीलो आकाश खुरखुर्ती झर्छ र बोलिदिन्छ, ‘के तिमी मसँग बोल्दिनौ ?’
म आकाशसँग संवाद गर्न चाहन्छु कि आकाश मसँग ? दुवै हुन सक्छ ! आँखाभरि पोतेर कहिल्यै नसकिएको आकाशको नीलिमा एकाएक सरिदिन्छ मेरो अंगअंगमा, अनि आकाशसँगै फैलिँदै जान्छ मन, दूर देशमा रहेको सन्तान र आफन्त भेट्न । एउटै आकाश, उही आकाश, मलाई उसैगरी झारिदिन्छ जून र घामको न्यानो । घामसँग मन आफैँ बाँडिन्छ कताकता ।
घरको छतमा निस्केर आकाश नियाल्दै गर्दा उडिरहेका चराहरूमा ठोकिन्छन् आँखाहरू । चराहरू स्वतन्त्र छन्, यिनीहरूलाई लकडाउन छैन । मन आफैँसँग संवाद गर्छ ।
खै के चिर्बिराउँछन् चराहरू आजभोलि ? मान्छेको बन्दी जीवनको विवशता या आफ्नै जीवनको गीत ? घरीघरी तिनका आवाजमा पनि सुनिदिन्छ यो मनले पैदलयात्री हुँदै गन्तव्यमा पुग्दै गरेका हाम्रा भुइँमान्छेको रित्तो पेट र थकानका सुस्केराहरू ! कोरोनासँग जुझ्दै गरेका डाक्टर र नर्सका थकानहरू ! कोइलीको गीतले साँच्चै प्रेमलाई डाकेको छ कि प्रेमीसँगको वियोगको वेदना खोलेको छ ? मन उसैसँग टोलाइरहन्छ र सोध्छ कतिन्जेल थुनिन्छ हँ यो संसार यसरी ? के कोरोनासँग अभ्यस्त हुँदै बाँच्ने विकल्प निर्माण गर्न सक्दैनौँ हामी ?
०००
यतिखेर कसैको प्रश्नलाई आफैँतिर फर्काएर सोधिरहेछु, कसरी बितिरहेछन् दिनहरू ? के हो मेरो लकडाउन दैनिकी ? के फरक छु म पहिलेभन्दा ? सबै उस्तै छ फेरि पनि केही फरक ! के म आफैँलाई उत्तर दिन सक्छु ? आफ्नो मनले के मानिरहेछ यस बेला यो समयसँग ? कहाँ छु म ? मेरो स्वतन्त्रता के हो ? कहाँ जान चाहन्छ मेरो मन ?
बिहानको घामभन्दा छिटो उदाउँछ मन र गर्छ आफैँसँग संवाद । हरेक दिन बिहानै, सुन्दासुन्दै चरीका चिरिबिरी अभ्यस्त बनेको छ यो मन, दिनका लयहरूमा क्रमशः क्रियाशील हुन सिकेको छ । के गरूँ आज दिनभरि ? यो मनलाई यस्तो प्रश्न आवश्यक छैन । किनकि आफ्नै लयमा कर्मशील भइसक्छ । मानौँ, कुनै प्रश्नपूर्वको उत्तर हो, ऊ आफूलाई अनुशासनको दीर्घ पहरेदारीमा उभ्याइरहेको सिपाहीजस्तो ! सायद छोरी (मान्छे ?) हुनुको पहिलो परिचय समयले र समाजले उसलाई यसैगरी गराएथ्यो– नकुरेर कुनै आवाजको आदेश, देखिएका काममा अनुवाद हुनु जतिबेला पनि !
हो ‘छोरी–मन’लाई फुर्सदमा टोलाएर बस्ने कुनै अनुमति थिएन । उसले सधैँ परिणत हुनुपथ्र्यो परिआएका हरेक काममा ! जस्तासुकै अभाव, अप्ठेरा र असुरक्षाबाट आहत भए पनि अभ्यस्त हुनुपथ्र्यो सहज दैनिकीमा ।
०००
पहिले टेलिभिजनमा हतपत नटाँसिने आँखाहरू शून्यतामा टोलाइरहन्छन्, उही उदास खबर लिन । किन आतुर हुन्छ मन ! कहाँ–कहाँ के के हुँदैछ ? किन टाँसिन मान्दैन पहिले जसरी किताब र कापीमा यो मन ? किन बगिरहन्छ सामाजिक सञ्जालका साझा गरिएका न्युजपोर्टल र तस्बिरहरूमा ? किन वल्र्डोमिटरको जाँच गरिरहेछ घरीघरी मनले ? मन क्वारेन्टाइन बनेकै छैन ! के यी सबै सीमाहरू नाघेर मन मृत्यु कुरिरहेछ ? यो विवश विश्वसँगै घरीघरी जोडिरहेछ मन । फेरि पनि ऊ एक्लो छ । चुपचाप बन्दी छ, आफ्नै मौन संवादमा !
किन अमेरिकाले आरोप लगाउँछ वुहानलाई ? कसले बनाएर फैलाउन सक्ला यो भाइरस ? के हामी सबै दोषी होइनौँ यो परिस्थिति आउनुमा ?
०००
गृहस्थ हुनुसँगै थामिएको गृहिणीको अभिभारा कहिल्यै बोझ लागेन यो मनलाई । सहजै स्वीकार ग¥यो भान्साको संगीत र नाचिरह्यो कोठाकोठामा पर्खिरहेका अन्त्यहीन कामहरूमा ! आज सके फेरि भोलि, अहिले सके फेरि एकछिनमा... ! कुनाकाप्चामा अड्किरहेको धुलो, कसिंगर र फोहोर हटाउन शरीरलाई आदेश दिने यही मन हो ? भर्दै अनि रित्याउँदै भान्साका भाँडाका नियमिततालाई यो मनले उडाइरह्यो दशकौँ दशकको समय ! दिनहुँ धाराको पानीसँगै जीवनको जुठो समय माझ्दै बगिरह्यो यो मन ! भोक, भान्सा र सेवामा डुब्न मात्र होइन, उसले समय चेतनाको नयाँ बाटो पनि खोजिरह्यो सधैँ र बनायो आफ्नै खोजसँगको प्रिय संवाद ! सुरु भएपछि आफैँसँगको परिचयको संवाद, ऊ कहिल्यै सीमित भएन सामाजिक हीनताका संकुुचित कोठाहरूमा । उसले खोजिरह्यो चेतना र पहिचानको मुक्त उडान । हो उसले सधैँ एउटा परिचय खोजिरह्यो र बनाइरह्यो आफैँसँग आफ्नो परिचय– स्वतन्त्र अस्तित्वको !
०००
संवाद आफैँसँगको या समयसँगको केही भन्न सक्दिनँ । सबैसँग संवादमा छु, तर लागिरहेछ मौन छु युगौँदेखि । फेरि लागिरहेछ, मौनताको परिभाषा फेरिएको छ, यो क्वारेन्टाइन समयदेखि । एकान्तबास आफैँसँगको संवादमय समय हो र हो आफैँसँगको प्रश्नोत्तरपूर्ण जीवन । आफैँसँग गुनगुनाइरहने यो मन आज पनि उस्तै छ, जस्तो हिजो थियो । समय भौतिक दूरीमा बाँधिनुपूर्व पनि यसैगरी गुनगुनाउँथ्यो मन र योजनाबद्ध हुन्थ्यो कर्महरूमा ! आदेश दिन्थ्यो आफ्नो भौतिक स्वरूपलाई र हिँडाउँथ्यो आवश्यक स्थलहरूमा । बाँधिएपछि समय वैयक्तिक दूरीहरूमा मन त उस्तै छ, समभावमा तर आदेश दिन सकिरहेको छैन पूर्ववत् । अनि ऊ थुनिएको छ, घरको परिवेशमा शरीरसँग तर ऊ हावा जतिकै वाचाल छ, अनि यो वसन्तको फूल जत्तिकै मगमग छ आफ्नै अन्तरंग समयसँग ।
नीलो आकाश उसैगरी लिएर आउँछ घाम र जून । किरणसँगै डुलिबस्छ घाम कार्यशील जिन्दगीमा ! मनलाई घाम र किरण सधैँ प्रिय भए । ‘पोले पनि घामै जाति, पिटे पनि आमै जाति’ सायद यो उखान आमा मनलाई गहिरो गरी थुमथुम्याइदिन्छ । तर अझबढी पुलकित हुन्छ मन एकान्तको जून देखेर ! सायद त्यही जून भएर भेटिरहन्छ उसले उसका हरेक प्रियतालाई र हृदयको संवादलाई ! सधैँ प्रिय लाग्छ, उसलाई जून जसले कहिल्यै फेरेन आफ्नो पहिचानको लय र हार्दिकताको भाका । उही मन जसरी भरेर दागमय पीडा मनभरि झलमलाइदिन्छ ऊ प्रियहरूका लागि । चकोरको संवादमा एकाकार हुन उदाउँछ जून । पे्रमिल भावलाई प्राथमिकतामा राखिदिन्छ र समर्पित हुन्छ समयसँग ।
०००
हो, हिजोआज, मिचीमिची धोएर साबुनपानीले सुकाइदिन्छ यही मनले चन्द्रागिरिको टँगालोमा यो समयको प्रिय क्षितिजलाई । बढ्दै गएपछि भौतिक दूरीहरू मानिससँग सायद सबै मानिसका हार्दिकता त्यही क्षितिजमा एकाकार भएका छन् र कोर्दै गएका छन्, समभावको समानान्तर रेखा । त्यही बलियो रेखा समातेर पटकपटक मित्रहरूको हृदयमा पुग्छ ऊ अनि झर्दैझर्दै वनहरूमा हरियो न हरियो पारिदिन्छ समय ! वनको हरियाली आइपुगेको छ, बगैँचासम्म र हम्किरहेछ शीलत पवन उसकै मृदुमुस्कानमा !
हराउँदै गएका अप्रिय आवाजलाई यो मनले अब प्रियतामा अनुवाद गर्न सिकेको छ । सिकेको छ, तिनलाई एकान्तको मधुर गीत बनाएर पुनःपुनः सुन्न र अथ्र्याउन । कोसौँ दूरीका सम्बन्धलाई बगैँचाका झारपात उखेले जसरी सही र गलत केलाइबस्न प्रयत्नशील छ ऊ । आफैँसँगको मौन संवाद सायद उसको दैनिकी हो ।
लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्।
भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।
त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।
यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।
उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।
वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।
शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।
लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।